Posts

Showing posts with the label नवराज पराजुली

सगरमाथाको गहिराइ नाप्दाः कविताको कथा

Image
जुन काँधमा कुनै दिन न बसेर मेरो खुट्टा हल्लाउँदा मैले थाहा पाएको थिएँ यदि सधैभरि मसँग मेरो बुबाको काँध हुने भए म सधै भरि गाउँभरिकै सबै भन्दा अग्लो मान्छे हुने थिएँ बुकाहोलिकमा सगरमाथाको गहिराइ माथिको छुद्र टिप्पणी पढे पश्चात यो पुस्तक पढ्ने लालसा अझै बढेको थियो । कारण त्यस अघि नै पनि नवराज पराजुलीका कविताहरु यूट्युबमा हेरेको थिएँ । अरु भन्दा पनि बुबाका लागी लेखिएको कविताले मुटु हल्लाएको थियो । यो सबैको यस्तै हुन्छ भन्ने छैन । अवस्थाले पनि फरक पार्छ । रातदिन आमाबा सँगै रहनेलाई त्यसले खासै असर पार्दैन होला । बरु बाबाको खप्कीका कारण अझ बढि बेमतलबको हुनसक्छ । तर परिवारबाट सात समुद्र पारी सपना पछ्याइ रहेकाहरुका लागी यस्ता कविताले निकै हल्लाउँछ । आफ्ना सपनाहरु समेट्न नपाउँदै हातबाट समय कसिँदै गरेको मुट्ठीको बालुवा जसरी फुस्किँदै गर्दा बुढा बाबुप्रतिको कर्तव्य र उनले आफ्ना लागी गरेको संघर्ष अझै बुझिँदै गइन्छ । जीवन त्यति सहज त रहेनछ भन्ने भान हुँदै जान्छ । सपनाहरु त्यति सहजै प्राप्त हुँदा रहेनछन् भन्ने बुझिँदै जान्छ । बा प्रतिका गुनासाहरु सबै निरर्थक बनेर जान्छ कारण आफूले बाक...