माया गर्छौ थाछ मलाई (Gajal)


माया गर्छौ थाछ मलाई तर भन्दैनौ
'मलाई छोडी कैले नजाऊ पर' भन्दैनौ

'नदेखेको धेरै भयो तिम्लाई आँखाभरी
चाडै आऊ  भेट्नलाई घर' भन्दैनौ

माया लग्छ तिम्रो धेरै भन्छु म त सधै
'तिम्रो बाहेक मेरो को नै छ र ?' भन्दैनौ

रिसाउदा  कैले तिम्रो दुखाउदा मन
'मलाई खुसि राख्ने तिम्रै कर' भन्दैनौ

चाहिदोहो तिम्लाई पनि मेरो धेरै माया
'आऊ आइ मलाई माया गर' भन्दैनौ

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय