Posts

Showing posts with the label Travelogue

आल्प्सहरूमा चुली पछ्याउँदै

Image
केहि महिना अघि एउटा भिडियो टिकटकमा हेर्न पुगेको थिएँ । सृजनासिज्जु नामको खाताबाट कर्णालीका फाँटका मनोरम दृश्य देखाउँदै आंशु झार्दै गरेको भिडियो थियो । त्यस्तो सुन्दर ठाउंमा पनि अभाव र गरिवी हुनुले उनको मन रोएको थियो । त्यसै भिडियो हेरेको आसपासको समयमा म केम्प्टनर हुटे सम्म पुगेको थिएँ । युक्रेनयुद्ध सुरु भएदेखि तेलको मुल्यमा भएको वृद्धि र सामानका आयातमा भएको अप्ठ्यारोले गर्दा जर्मनीमा महँगी अचाक्ली बढेको छ । त्यसैबाट राहतका लागि जर्मन सरकारले अपनाएको विभिन्न उपाय मध्ये एक उपाय जुलाई देखि अगस्तको महिनासम्म सार्वजनिक यातायातको भाडा सस्तो बनाएको थियो । छोटो दुरीमा चल्ने रेल जर्मनी भरि ९ युरो तिरेर चढ्न पाइने भएको थियो । अब जर्मनीको उत्तरी कुनाबाट दक्षिणी कुनासम्म आउन छोटो दुरीको ट्रेन प्रयोग ग¥यो भने महिनाको ९ युरो मात्र लाग्ने भएको थियो । धेरै रेल बदल्नु पर्ने र त्यसले गर्दा समय लामो लाग्ने भएकोले टाढाको यात्रा त्यति सहज नभए पनि नजिकैको यात्रा भने निकै सहज बनाएको थियो । त्यहि सहजताका कारण ओबस्र्टडोर्फ तिरको यात्राको क्रम बढेको थियो ।  ओबस्र्टडोर्फ क्षेत्र हिम पर्यटन र आल्प्सहरुका लाग...

Jumping into the Water (Prague Trip-1)

Image
Franz was a married guy and had a daughter. He was fed up with his marriage but he had a little respect for his wife. He respected 'a woman' in his wife. 'He saw his mother- a poor, weak creature that needed his protection- in his wife.' This goes on for twenty years. And one day he leaves her and his old life for another woman: Sabina. He reaches the place where she was supposed to be but she is gone. He sees no trace of her. She is lost in blue. He realizes that he did what he really wanted to do after so long and got rid of his all false moral obligations. He is on his own now. He can do whatever he wants. There is no one to guide him or morally force him for anything. That's when he feels this unbearable lightness of being. I have been in Franz's situation more than once. I thought I was feeling the same unbearable lightness of being. Trip to Prague was kind of escape from that situation. When I was reading 'The Unbearable Lightness of Being...

यात्राविराम

Image
भू-मध्यसागरसम्मको यात्रा–६ विहान घण्टी बज्दा कोठाका अरु सबै सुतेका थिए । त्यसैले उनीहरुको निन्द्रा भङ्ग नहोस भनेर मैले हतपत फोनको घण्टी बन्द गरेँ । अघिल्लो साँझ अबेर कोठामा फर्केकाले निद्रा अलि नपुगे जस्तो थियो । एक मनले त भुस भएर अबेर सम्म सुत्न भन्थ्यो अनि अर्को मनले ‘यो मौका फेरी आउला नआउला त्यसैले अवसरको भरपुर सदुपयोग गर’ भनेर अहराउँथ्यो । मन नलागी नलागी ओछ्यान छोडेँ । झ्याल बाट बाहिर हेर्दा अँध्यारो थियो । हामीले एक बजे सम्म विमानस्थल पुग्ने भनेका थियौँ । अनि कोठा चाहीँ विहान १० बजे छोड्नु थियो । त्यसैले मलाई १० बजेसम्म जता पनि घुम्ने छुट थियो । मैले आफूलाई घुम्न मन लागेका सबै १० बजे सम्म घुमी भ्याउनु थियो । मेरो पहिलो रोजाई सहरको दक्षीण भागमा रहेको सान्ट मोन्योइका ( Sants - Montjuïc ) पार्कमा स्थित पहाड चढ्नु थियो । अग्लो चुचुरो भएकोले त्यहाँबाट सम्पूर्ण बार्सेलोना हेर्ने मेरो धोको थियो । समयको अभाव थियो । त्यसैले हत्तपत्त विहानको नित्य कर्म सकेर बाहिर सडकमा निस्किएँ । सहर पुरै सुतेको थियो । सडकमा फाट्टफुट्ट बाहेक मान्छे देखिँदैन थिए । एक  त विरानो मुलुकमा त्यो पनि यति ...

विस्तारित सपनाहरु

Image
भू–मध्यसागरसम्मको यात्रा–५ पानीको मोह घटेको थिएन । किनाराका बालुवामा एकछिन सम्म खेलेर फेरी पानीमा हामफालेँ । अलिअलि पौडी खेलेँ । एकजाना मंगोलियन अनुहारका अधबैँसे पुरुष भेटिए । बडो आरामसाथ उत्तानो परेर पानीमा तैरिरहेका थिए । हेर्दा सजिलो लाग्यो र सोध्नलाई परिचय गरेँ । थाइ नागरिक रहेछन् । पत्नी र छोराका साथमा छुट्टि मनाउन आएका रे ! दुबै हात फैलाएर काँधको सतहमा टाउका राखेर पानीमा उत्तानो सुत्यो भने विना हातगोडा चलाई तैरने रहेछ । दुईतीनपटक असफल प्रयासले पानी ख्वाएपछि एकपटक केही बेरसम्मलाई तैरन सकेँ । खुट्टा टेक्न खोज्दा फेरी पानी खाएँ । म आफू सफल भएकोमा ऊ तिर हेरेर चिच्याउन थालेँ । ऊ किनारामा बसेर मलाई हेर्दै हाँस्दै थियो । म उतिर चिच्याइ रहेकै बेला एउटा नौलो नेपाली आवाज थपियो । आवाज आएको दिशातिर फर्केर हेर्दा एकजना खाइलाग्दो जीउभएका मानिस मतिर हेरेर मुस्कुराइ रहेका थिए । नेपाली चिन्न मुहारमा झल्किने आत्मियता नै पर्याप्त हुन्छ । किन हो किन परदेशमा नेपाली भनेपछि निकै माया लाग्छ । अनपेक्षित रुपमा भेटिएका उनी तिर लम्किएर परिचय गरेँ । ‘जीवन पुरी ।’ हात अघि बढाउँदै उनले आफ्नो नाम भने ...