Posts

Showing posts with the label Lato Pahad

उपेन्द्र शुब्बा उर्फ झाँक्रिबाको ‘लाटो पहाड’

Image
सन् २००२ (विं.सं. २०५८) तिर कैलाजी जन–पुस्तकालयको नियमित आवतजावतका क्रममा १०० पुस्तक पढि सक्ने भुत सबार भएको थियो । पुस्तकका घतलाग्ने कुराहरु टिपोट गर्न एक कापी पनि बनाएको थिए । सन् २००४ (वि.सं. २०६०) मा एसएलसी दिनुअघि एउटा कापी भरेर अर्को कापीमा टिपोट लेख्न सुरु गरि सकेको थिएँ । त्यसैबेला जीन्दगीमा धेरै कुराहरु भए । पहिलो टिपोटले भरिएको कापी पोलेर खाइयो । दोश्रो त्यसै हरायो । पुस्तक पढ्न छोडेको त होइन तर त्यसको गति एकदमै सुस्त भयो । त्यसको १४ वर्ष पछि, सन् २०१६ मा आएर पहिले सुरु गरेको पुस्तक पठनलाई एकाएक गति दिने मन भयो । त्यसै अनुरुप गुडरिडमा बनाएको खातामा आफूले पढेका पुस्तकहरुको सूची तयार पारेँ । सय पुस्तक पु¥याउन उति कठीन नहुने देखेँ । त्यहाँ वर्षका लागी कति पुस्तक पढि सक्ने भनेर आफैलाई चुनौति दिनु मिल्ने रहेछ । मैले सो वर्षको लागी २० पुस्तक पढि सक्ने भनेर आफ्नै लागी एउटा मानक समेत तयार पारेँ । वर्षको अन्तिम हप्तासम्म आइपुग्दा २३ पुस्तक पढि सकेपछि यो पुस्तक २४ औँ बनाउनका निम्ति समातेको थिएँ । त्यसो हुन सकेन । बरु यो पुस्तक २०१७ को पहिलो पुस्तक भने बन्न सफल भयो । लाटो पहाडमा पूर्...