Posts

Showing posts with the label Taap

शारदा शर्माको ‘ताप’

Image
तस्बिर स्रोत: मनोज पनेरु शारदा शर्माको ‘ताप’ पढ्दा एकदमै मिश्रित अनुभवहरु भए । सुरुमा पढ्दा सोचेँ, ‘ए बुद्ध धर्म सम्बन्धी रै’छ ।’ अलि पछि लाग्यो, ‘लौ, जनयुद्ध सम्बन्धी पनि लेखिछिन्, ।’ अझै पढ्दै जाँदा राणाशासन, राजाशासन, सुगौली सन्धी, पुरुष समाजप्रतिको नारी दृष्टिकोण, आदि सबै देखियो । धेरै कुरा भएर हो सायद अन्तमा पुग्दा सुरुकी पात्र को थिइ भनेर पाना पल्टाउनु पर्ने अवस्था आयो । बर्दिया देखि मनाङ सम्म अनि लण्डन देखि कोलम्बोसम्म, जताततै पुगियो । भाषामा कहिं एकदमै जटिलता पनि देखियो । कहिँ शुद्ध नेपाली प्रयोग भएको देखियो भने कहिं हेलचेक्य्राँइ गरेर सामान्य नेपालीका शब्दलाई पनि अंग्रेजी पदावलीले विस्थापित गरेको देखियो । प्रभाकर र परासरका अनि कैवल्यका चारित्रिक चिरफार पढिरहँदा आफू मै पनि अलिकति सबैखाले व्यक्तित्व भएको भान भयो । प्रभाकरको आमा प्रतिको दायित्वबोधले पत्नीमाथिको अन्याय हुनु अनि परासरको अन्तिम सम्म पनि चन्द्रिकालाई पाउने इच्छाले कहिले काहिँ गिज्याए । एक ठाउँमा पुरुषहरु महिलाहरुले दुःख पाउन भन्ने चिताउँछन् कि त्यस्तै केहि लेखिएको  थियो । पहिले त प्रतिकार गरेँ । ‘होइन हामी त...