Posts

Showing posts with the label Thought

The Heart Breaker

Image
Wind-chime. My father calls it 'Pawan Ghanti'. People believe that couples shouldn't gift this to each other. They separate if they do. People, they simply make stories out of nothing.

दासताको भुमरी

मलाई लाग्छ हलिया र कमैया लगायतका समस्या समाधान गर्न अति नै सजिलो छ । हलीया र कमैया लगायत राख्न गैह्र कानुनी भई सकेपछि गैह्र कानुनी काम गर्नेलाई सजाय हुनु पर्ने कुरा सामान्य नै भयो । हलीया र कमैयाका रुपमा उसले वर्षौँ सम्म शोषण गरेको सजायका रुपमा पनुस्र्थापनाका लागि चाहिने जायज जग्गा र पैसा साहुबाटै असुली गर्दा सरकारलाई थप व्ययभार पनि नपर्ने र कमैया तथा हलीयाका नाममा राहतका लोभले लागेकाहरु पनि निरुत्साहित हुने थिए । कमलरीका हकमा त्यस्तै प्रकृतिको घरेलु कामदार अउ–पेयर (ब्ग(एबष्च) को चलन युरोप र अमेरिकामा पनि छ । अउ–पेयरका रुपमा युरोपली, अमेरिकी र नेपाली २५ वर्ष भन्दा मुनिका युवतीहरुलाई राख्ने काम कानुनी नै मानिन्छ । घरेलु काम गरिदिए वापत निश्चित सेवा सुविधा र खर्च दिने शर्त अनुसार यस्ता कामदारहरु राखिन्छ । सायद नेपालमा पनि यस्तै केही गरेर यो समस्यालाई सम्बोधन गर्न सकिन्छ कि ! (१५ दिसम्बर २०१३ को २०१३ साझा सवाल सुनेपछिका विचारहरु)

ओशोतपोवनः सत्यको खोजीतर्फ

Image
रत्नपार्कबाट वालाजुवाइपासको गाडीमा बस्दा सम्म सा“झ निकै परिसकेको थियो । वाहिर पानी पर्न थालेको थियो । गाडीमा मानिसहरुमो सामान्य अवस्थामा भन्दा बढि भीड थियो । सायद पानी परिरहेकोले होला उनीहरु आ–आफ्नो गन्तव्य पुुग्ने हतारोमा थिए । गाडीको खलासी पैतला राख्ने ठाउ“ भएसम्म मानिस भर्नमा व्यस्त थियो । अझ बेलाबेलामा आफूले त्यसरी मानिस भरेर यात्रुहरुलाई नै सहयोग गरेको तर्क गथ्र्यो । सवारीको प्रतिक्षमा रहेकाहरुका लागि उसले समयमै उनीहरुको गन्तव्यमा पुुग्न सघाउ प¥याउ“दा यात्रुहरुवाट भएको निन्दा प्रति ऊ आश्चर्यचकित  भएको तर्क गथ्र्यो । यात्रुको बढि भिडका कारण बस्न अप्ठ्यारो भएकाहरु खलासीलाई सराप्थे । स“धै यस्तै हो ।     हामी ओशो तपोवनका लागि सोझिएका थियौ“ । हप्ता दिनको व्यस्त कार्यतालिका पछि आउने सप्ताहन्तको फुर्सदलाई सत्सड्डमा विताउनका लागि अनि एउटा नौलो अनुुवका लागि भनि हामी ओशो तपोवनका लागि तम्सिएका थियौ“ । मनमा केही प्रश्नहरु पनि थिए । आध्यात्मका बारेमा अनि ईश्वरको अस्तित्वका बारेमा मनमा उठ्ने गरेका सन्देहहरुलाई दूर गर्नु थियोे । करीव आधा घण्टापछि हामी बालाजुबाइपास आइ पुुग्य...

छापामार ठिटोको गन्थन

Image
“उमा सिंह, जेपी जोशी, शुशिल ढुङ्गाना, प्रकाश ठकुरी, विरेन्द्र शाह, डेकेन्द्र थापा, टिका विष्ट, आदिआदिको नियती खेप्नु पर्ला है । बढि लेख्न पायो भन्दैमा जे पायो त्यही लेख्ने होइन । भोलिपर्सि औंला चिरियो भने अनि चेत होला !” छापामार ठिटो भरखर भरखर छिरेको हो उसको गुटमा । सडकमा गुडेको गाडि पछाडि धुलोका कणहरुले गाडिको गतिसँगै गाडिलाई केही बेर पछ्याए जस्तै गरेर उसले पनि ठूलै ईच्छा आकांक्षाहरु बोकेर लागेको हो । कुराहरु राम्रै गर्छ । उसका कुरामा पनि दम हुन्छन् कहिले काहिं । तर कहिले काहिं उसले पनि आफूले पाएको अनियन्त्रित ताकतको प्रयोग गर्ने गर्छ । उसका तर्कका पछाडि उसको डरको आड उसले भरपुर मात्रामा लिन्छ । उसलाई थाहा छ उसको गुटका कमरेडहरुले विगतमा मच्चाएको आतंकको चित्र अझै पनि जनमानसबाट उत्रिएको छैन । त्यसैको फाइदा उठाइ रहेको हुन्छ ।     छापामार शब्दसँग मलाई कहिले देखि मोह भयो मलाई ठ्याक्कै थाहा छैन । सानै छँदा देखि मलाई जोरी खोज्ने रोगले च्यापेको थियो । जहाँ जोसँग पनि मैले निहुँ खोज्नै पर्ने । त्यस्तै तेह्र चौधको हुँदा विद्यालयमा अलि सम्भ्रान्त परिवारका साथीहरुले राजनैतिक ग...

संविधान सभाको अवसानपछि

Image
जेठ चौध गते संविधान सभाको अवसानसँगै करोडौँ नेपालीको नयाँ संविधान पाउने आशाको पनि अवसान भयो । सदा झैँ अन्तिम अवस्थामा चमत्कारी निर्णय हुने नेपाली राजनीतिको चरित्र अनुरुप अन्तिम अवस्थामा जे जस्तो भए पनि केही ठोस निर्णय आउने सबैले अपेक्षा गरेका थिए । त्यस रात प्राय सबै टेलिभिजनका पर्दामा आँखा टिकाएर बसेका थिए । फेसबुकका पानामा लगातार आफ्ना भावनाहरु संप्रशणमा व्यस्त देखिन्थे । केही अघिल्ला दिनहरु सम्म हालखबर सोध्दा सामान्य उत्तर दिने साथीहरुले जेठ चौधका दिन भने संविधानका बारेमा आफ्ना विचार पोख्दै थिए । संविधान सभालाई साधन भन्दा बढि साध्यका रुपमा स्थापित गरेका राजनीतिक दलहरुले दृढ इच्छा शक्तिका अभावका कारण उनीहरुले बाचा गरेको समयावधिको दोब्बर समय खर्चेर पनि देशलाई संविधान दिन सकेनन् । संविधान सभाको निर्वाचन अघि संविधान सभा गठन हुने बित्तिकै देशका समस्याहरु छुः मन्तर हुन्छ भन्नेहरुले चार वर्षको अवधिमा नेपाली जनतालई आफ्ना घृणित राजनीतिक चरित्रसँग साक्षात्कार गराउनुको भन्दा बढि केही गर्न सकेनन् । पार्टिगत अडानहरु राखेर अरु भन्दा बेग्लै हुने होडमा सबैले यति फरक कुराहरु राख्न पुगे ...

बाबुरामलाई चिठी

सुरुमा मुस्ताङ्ग चढेर अनि आफ्नो बौद्धिक छविका कारण बढि चर्चामा आएका डा. बाबुराम भट्टराइले देशका लागि केही गर्लान् भन्ने थुप्रैले आश बोकेका थिए । शान्ती प्रकृयाका साथसाथै देशमा शुसासनका कार्यक्रमहरु पनि सँगसँगै लैजाने र देशमा सुव्यवस्थाका लागि तल्लीन हुने बाचा बाँधेका बाबुरामबाट नेपाली जनताले सायद अलि बढि नै अपेक्षा राखेकाले हुन सक्छ हाल आएर जनताले उनको आलोचनाहरु गर्न सुरु गरि सकेका छन् । देशमा सुसासन ल्याउँछु भन्नेले अनि देशमा अनियमितता रोकी मितव्ययीता भित्र्याउँछु भन्नेले परिवारमै मितव्ययीता र परिवारकै सदस्यहरुले गरेका अनियमितता रोक्न नसक्दा पनि आलोचित हुनु प¥यो । त्यस्तै उनको नेतृत्वमा गठित जम्बो मन्त्री मण्डलले पार्टी भित्रको मतभेदलाई अन्त गर्न अनि सत्तामा टिकीरहनका लागि जनभावनामा गरिएको कुठाराघात अनि जनआस्थासँग गरिएको खेलबाडको संज्ञा पायो । त्यसै गरी काँग्रेसका पछिल्ला सभापति स्व. गिरिजाप्रसादको पुत्री मोहको घोर भ्रत्सना गर्ने पार्टीका अध्यक्ष क. प्रचण्डको पुत्रमोह तुष्टीका लागि सरकारी ढुकुटीबाट दुई करोड पाति गराउँदा उनको मितव्ययीताको नारा ढोङ्ग मात्रै भएको भनि सबैले आलोचना गरे...

टिचर इज पेनफुल

Image
कक्षाकोठामा पढाउँदै गर्दा एक जना बालिकाले भनिन्, ‘... टिचर इज पेनफुल’ । मैले अरु कुनै शब्दमा ध्यान दिएन । मात्र सोचीरहेँ, साँच्चै टिचरहरु अर्थात शिक्षकहरु पीडक हुन्छन् त? बेलाबेलामा विद्यार्थीका लागि पीडक बन्नु परेका आफ्नै थुप्रै उदाहरण हरु थिए । त्यसैले नकार्न सकिने त्यसैले स्वीकारेँ, ‘हो टिचर इज पेनफुल । तर त्यसका पछि पनि कारणहरु छन् । मास्टर मास्टर मात्रै होइन ऊ कसै को छोरो, कसैको बाबु, कसैको पति, कसैको भाइ कसैको दाइ र कसैको प्रेमी पनि हो  । उसका बाबुले पनि ऊ बाट केही अपेक्षा गरेका हुन्छन् । आशा गरेका हुन्छन् छोरो एक दिन नाक राख्ने काम गर्नेछ । ठूलो मान्छे बन्नेछ । अनि उसकी आमाले पनि त्यही मास्टर छोरोले बुढेसकालमा उसका आँखाका आँशु पुछी दिनेछ भन्ने सोचेकी हुन्छे । त्यही माष्टरकी श्रीमतिले पनि पतिले गति पाओस् भनि सोच्दी हो । मास्टरकी प्रेमीका पनि उसको प्रेमीले  आफ्ना रहरहरु सबै पुरा गर्न सक्ने क्षमता राखोस् भनि सोच्दी हो । मास्टरका छोराछोर िपनि बाबुले जन्मदिनमा ‘ब्ल्याक  फरेष्ट’(महँगो खालको केक) ल्याउने क्षमता राखुन भन्ने सोच्दा हुन् । मास्टरको समाजले पनि ...

जय सम्भो आस्था अलि कम भो !

Image
हिन्दुहरुका आराध्य देव भगवान शिवको विशेष आराधना हुने महान पर्व शिवरात्री भरखरै हामी सबैले मनायौँ । भगवान शिव जसले समुद्र मन्थनका क्रममा अमृत सँगै निस्किएको कालकुट विष पान गरेर आफ्नो गलामा राखी समस्त जगतलाई विषको दुष्प्रभावबाट जोगाएका थिए, तिनै भगवान शिवको आराधना हुने विशेष दिनका रुपमा शिवरात्रीलाई लिने गरिन्छ । शिवको यो गाथा कमैले सम्झेका छन् । अरुको कल्याणका लागि आफूलाई जोखिममा राख्ने अनि भक्तहरुको पुकारमा छिट्टै खुशी हुने देवताका रुपमा पुराणहरुमा शिवको चर्चा गरिएको पाइन्छ । बाघको छाला र नागको माला लाउने, डमरु बजाउने, त्रिशुलधारी, शीरमा चन्द्रमाले शोभित भएका अनि जटायुक्त केशरासी भएका भगवान शिवको हालको छवि भने बेग्लै भएको छ । भगवान शिव र भाङ्ग–धतुरो एक अर्काका पर्याय भएका छन् । आधुनिक परिभाषामा शिवप्रतिको आस्था कम भएको प्रष्टै देख्न पाइन्छ । भगवान शिवलाई गाँजा चरस खाने अनि हरेक प्रहर नशामा लीन भएर रहने नशाका देवताका रुपमा स्थापित गर्ने काम नयाँ पुस्ताले गरेको छ । शिवका चेला हौँ भन्नुको मतलब अबलाई गाँजा चरसका अम्मली हौँ भन्नु बराबर भएको छ । त्यसै अनुरुप शिवरात्री शिव आराधनाको दिवस भ...