माया गर्ने सबैलाई (गजल)



माया गर्ने सबैलाई, रहर हुँदो रैछ
त्यै रहर यदाकदा, कहर हुँदो रैछ

प्रतिक्षाका पल पछि, पनि उनी नआउँदा
नछोड्ने ती यादहरु, जहर हुँदो रैछ

मतलबीको दुनियाँमा साँचो प्रिति लाउने
माया गर्ने मान्छे दोषी, ठहर हुँदो रैछ

साथ दिने को पो हुन्थ्यो ? एक्लीँदा त बरु
गिज्याउन अघि सर्ने सहर हुँदो रैछ

सँगै बित्या रातहरु, याद आइ रहँदा
मन मुटु कुँड्याउने, प्रहर हुँदो रैछ


 08/07/2015, 12:00
 



Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय