Posts

Showing posts with the label Racial discrimination

हिजो आजका कुराः बजेट, मधेस, समान नागरिकता

Image
गएका हप्ताहरुमा देशमा निकै महत्वपूर्ण घटनाहरु घटे । सरकार परिवर्तनको १२ घण्टे दौड, बजेट प्रस्तुती, लगायतका घटनाहरु सम्बन्धी पोष्टहरुले फेसबुकका पानाहरु भरिभराउ रहे । बजेटको समर्थन र विरोधमा व्यक्त अनेक विचारले पनि सोझा साझालाई अलमलमा पारि रह्यो । सबैले आ–आफ्नो पूर्वाग्रहमा आधारित रहेर बजेटको विवेचना गरि रहेका थिए । कसैले ट्रेड यूनियनको चूनावलाई प्रभाव पार्न ल्याइएको बजेट भने त कसैले सस्तो लोकप्रियताका लागी ल्याइएको महत्वाकांक्षी बजेट । केहीले यो बजेट धेरै पछि समयमा असार अगावै आएको बजेट भएकाले कार्यान्वयनका लागी यथेष्ट समय भएको भनी भनेर केहि आशा थप्ने काम गरे । व्यक्तिगत रुपमा भन्नु पर्दा मलाई यो बजेटले समेटेको जीवनविमा, विद्यार्थीलाई ऋणको व्यवस्थ यति मन पर्यो कि यसको कार्यान्वयनको चिन्ता बाहेक अरु कुराले त्यति छोएन । हामीले महत्वाकांक्षा विहिन भएर बसेको र गास, बास अनि कपास भन्दा माथि नसोचेको धेरै भयो । यसपटक रेल, जहाज, पाइपमा ग्यास, हावाबाट बिजुली, लोडसेडिङ्ग मुक्ती, आदि कुराहरु एकै पटक आए । यो सब भोकाएको मान्छेले सित्तैमा खान पाउँदा पेटमा अटाउने भन्दा बढि खाएको जस्तै भयो । अ...

जातीयताको राजनीति

Image
सडकमा अहिले जातीय राज्यको समर्थन र विरोधमा नाराहरु लागि रहेका छन् । एकल जातीय पहिचानका आधारमा राज्यहरुको निर्धारण गर्ने वा वहुजातीय पहिचानलाई राज्य निर्धारणको आधार मान्ने भन्ने कुराको बहस अहिले चरममा पुगेको छ । नेपाल जस्तो देश जहाँ जुनसुकै स्थानमा पनि विविध जातजातीका मानिसहरु एकआपसमा मिलेर बसेको स्थिति छ त्यस्तो स्थितिमा एकल जातीय पहिचान असभव छ र सात आठ वटा जातीले पहिचान पाउँदैमा अन्य ९४ जातीहरुलाई न्याय भएको मानन सकिन्न भन्ने एक तरिको तर्क छ भने अर्को पक्षले ती ७÷८ जातीहरु नै वर्षौँ देखि उत्पीडनको शिकार भएकाले उनीहरुले पहिचान र सम्मान पाउनु पर्ने आजको आवश्यकता हो भन्ने तर्क राख्छ । यी तर्कहरु र वहसमा आ–आफ्नै सत्यता होला । विचारहरु राख्नका लागि सबै स्वतन्त्र छन् । यहाँ सम्म ठीक छ । तर विचार राख्ने क्रममा हिंसा भड्काउने प्रयासहरु भयो र जातीइ सद्भावमा खलल पार्ने किसिमका कार्यहरु गरियो भने त्यो कसैका लागि पनि फाइदा गर्ने हुँदैन ।  जातीयताका पक्ष र विपक्षमा लाग्ने नाराहरुलाई राजनीतिक दलकै शीर्ष नेताहरुले प्रोत्साहन दिइ रहेका छन् । उनीहरुका आफ्ना व्यक्तिगत र दलीय स्वार...