स्थानीय निर्वाचनको दोश्रो चरणका सन्दर्भमा
म अध्ययनको सिलसिलामा युरोप पसेको लगभग पाँच वर्ष पुग्यो । अध्ययनकै सिलसिलामा अमेरिका र युरोपको समग्र बसाइले ममा एउटा नयाँ चेत थपेको छ । सामान्य अवस्थामा म त्यहि चेतनालाई पछ्याउने गर्छु । यहाँको समाजमा व्यत्तिगत स्वतन्त्रता र गोपनीयताको यति सम्मानहुन्छ कि तपाईंका व्यक्तिगत कुराहरु कसैले सार्वजनिक गरेको खण्डमा कानुनी उपचार समेत खोज्न सकिन्छ । सार्वजनिक स्थलमा अनुमति बेगर तस्वीर खिच्ने देखि तपाईंको विमारीको सार्वजनिक चर्चा सम्म पनि गर्न पाइँदैन । व्यक्तिगत स्वतन्त्रताको र व्यक्तिगत गोपनीयताको हदै सम्म सम्मान गरिने यो समाजबाट आफ्नो गाउँ ठाउँमा हुने व्यक्तिगत आक्षेपको राजनीति र व्यक्ति विशेषको चरित्रहत्याको प्रयास उति पाच्य नलाग्ने रहेछ । अनि त्यसरी अरुमाथि हिलो छ्यापेर आफू संलो बन्न खोज्ने प्रति त्यस्तै किसिमको औँला ठड्याउँदा आफ्नो गल्तीको महशुस गर्नु त कता हो कता अझै आफै पानी माथिको ओभानो बन्न खोज्दा रहेछन् । धनगढी उपमहानगरपालिका मेयरकालागी उठेका उमेद्वार लक्षित गरेर सामाजिक सञ्जालमा भएका केहि प्रकाशनहरुले पनि त्यस्तै अनुभुति गरायो । स्थानीय निकायको निर्वाचनको पहिलो चरण सकिएको...