Posts

Showing posts with the label बुद्धिसागर

अतीतकाे यात्राः बुद्धिसागरकाे फिरफिरे

Image
२०६५ तिर बजारमा एउटा नौलो पुस्तक आयो । त्यसको चर्चा सर्वत्र फैलियो । त्यसबेला म एक नीजि स्कुलमा पढाउँथे । देशमा नाम चलेका पुस्तकहरु हामीकहाँ सजिलै उपलब्द्ध नहुने हुँदा समूह बनाएर किताबहरु किन्ने र त्यसै समूहभित्र एक अर्कालाई दिने भन्ने एउटा अमूर्त योजना थियो । त्यसअघि म कैलाली जनपुस्तकालयमा गएर घण्टौँ पुस्तकहरुमा घोत्लिन्थेँ । पुस्तकालयमा पुुराना पुस्तकहरु थुप्रै भएपनि समकालीन साहित्यका पुस्तकहरु त्यति साह्रो उपलब्द्ध हुँदैन थिए । पुस्तकालयको सदस्य कसैले कुनै पुस्तक दान गरेछ भने बेग्लै कुरा नत्र नयाँ पुस्तक किनेर पढ्नुको विकल्प हुँदैन थियो । पुस्तक किन्नलाई पैसाको अभाव सँधै रहन्थ्यो । त्यसैले पुस्तक बाँडेर पढ्ने योजना अनुरुप पुस्कत किन्ने क्रममा स्कुलमा सामाजिक शिक्षा पढाउने कुँवर सरले पढ्न मन लागेको पुस्तकको नाम सुझाउँदा कर्णाली ब्लुज भनेर भनेँ । पछि मैले सो पुस्तक किनेर पहिले कुँवर सरलाई नै दिएँ । विसाउनै गाह्रो मानेर पढ्नु भयो । ‘पिता पुत्रको सम्बन्धको गज्जब कथा छ’ भन्नु भयो । घरमा पनि त्यो किताब खुबै चर्चित भयो । मलाई पनि किताब खुब मन प¥यो । सुदूरपश्चिमको भूगोल समेटिएको भएरै पन...