सुजित मैनालीको शिलान्यास


 मलाई यो पुस्तकको बारेमा यसरी लेखौंला भन्ने थिएन   नाम  गाता हेरेर राज्य एकिकरणका बारेमा पढ्न पाइएला भन्ने थियो  कृष्ण धारावासीको झोला कथामा भएका तथ्यगत त्रुटी औंल्याउने देंखि लिएर अन्य अनुशन्धानात्मक लेखबाट परिचित लेखकले नेपाली इतिहासको एउटा प्राज्ञिक किताब लेखेका होलान् भन्ने थियो  तर किताबले बिस्तारै निराश बनाउंदै लग्यो । त्यति हुंदाहुंदै पनि लेखकले किताबमा २८ पाना खर्चेर डोरबहादुरको तेजोबध गरे जसरी चाहिं लेख्दिन 


किताबको समय काल पृथ्वीनारायण देखि केपी ओलीको दोश्रो चुनाबी जित सम्म   सन्दर्भ सूचीहरु राम्रा छन्  सौरभ शैलीमा "मैलेजे लेख्यो त्यहि सत्य हो  सन्दर्भ सामग्री मैले दिनै पर्दैन " भन्ने भ्रमबाट कम से कम उनी ग्रस्त छैनन्  "विशेषतपृथकतावादी अभियन्ताहरुले यस्तो धारणा राखेका छन् जस्ता केहि पूर्वाग्रही  अप्राज्ञिक सन्दर्भहरुलाई नदेखे जस्तो गर्ने हो भने नेपाल अध्ययनका लागि सहायक हुने थुप्रै सन्दर्भ सामग्री किताबमा पाइन्छ  निचोड  धारणाहरुमा नगइ नेपाली इतिहास अध्ययन मात्रैको लागि राम्रै किताब   अब लागौं किताबप्रति को दुखेसोतिर  


पृथ्वीनारायणले एकिकरण नगरेको भए के हुन्थ्यो भन्ने प्रसंगमा परको नागाल्याण्डको उदाहरण   दार्जिलिङ  नैनीतालको छैन नागाल्याण्ड नै पनि मानव विकास सुचकांकमा अघि   त्यो कुरा छैन खाली भाषा  धर्मलाई मात्रै अघि सारिएको   २५० वर्ष पछिपनि रेल सपना बिक्ने देश बनेको प्रति कुनै गुनासो छैन  एकातिर जातीय अन्तर्घुलनले सब ठीकठाक रहेको कुरा  भने अर्कोतिर किताबमै गौहत्यामा रोक लाएको  भुलबस गाई मर्दा पनि तात्कालीन राज्यले पश्चिम पहाडका एक दलितलाई उसैको ढाड बाट मासु झिकेर खान लगाइघाउमा नुनचुक छरेर अन्तमा मारिदिनु भन्ने सजाय तोकेको प्रसंग   


हिन्दु  बौद्धकोबीचको अन्तर्द्वन्द्वमा बौद्धमार्गीको हत्या८४ हजार किताब जलाइएको  शैव धर्म लागु गर्न खोजेतो लगायतको डानियलराइटको कृतिमा उल्लेख गरिएका तथ्यहरु गलत भएको कुरामा विद्वानहरु एकमत छन् भनेर जन ह्वेल्पटनको सन्दर्भ दिइएको   तर ह्वेल्पटनको किताबमा कुनै सन्दर्भ बिनै यो हिन्दु  बौद्ध बीचको द्वन्द्व भाषावंशावलीमा अतिरञ्जित गरिएको भए पनि त्यसले त्यति बेलाको तनाबलाई प्रतिविम्वित गर्छ भनेर भनिएको   "सर्बथा गलत हो  विद्वानहरुको एकमत  भन्ने छैन  शिलान्यासमा नश्लवादी राज्य हैन पनि भनिएको   नश्लीय शोच देखिएका जंगबहादुरको मुलुकी ऐन देखि किर्तिपुरमा अनावश्यक बल प्रयोगको घटना पनि प्रस्तुत गरिएको  


"मुलुकको राजनीतिक जीवन समयसापेक्ष सुधारिंदै जानुपर्छ तर सुधारको नाममा कुनै पनि नेपालीले उथलपुथलकारी क्रान्तीको रुमानीताहना राख्नु हुंदैन  त्यस्तो क्रान्तीबाट प्रकारान्तरमा विदेशी शक्तिकै स्वार्थसिद्ध हुन पुग्ने सत्य सबैले मनन गर्नुपर्छ यति सम्मकोनिश्कर्ष पढेपछि  किताब प्रति सम्पूर्ण रुपमा सकारात्मक हुन सकिनं 


किताबको अन्त्यमा छुट्टै अध्याय बनाएर २८ पाना खर्चेर डोरबहादुर बिष्टको खेदो खन्ने काम भएको   केहि दिन अघि भाग्यवाद र विकासको प्रसंग बुकाहोलिकमा उप्काउंदा केहिले प्रतिवाद गरेका थिए  केहिले मैनालीको किताब पढ्न सुझाएका थिए  पूर्वाग्रही भएर नपढियोस् भन्नको लागि पहिले बिष्टको किताब सक्काएं   बिष्टको किलाबलाई  मा  अंक दिएपछि यो प्रसंग पढें  यी २८ पाना पढ्दा लेखकले यस्तो किन गरे भनेर बुझ्न कठीन भयो  बौद्धिकताको यो भन्दा दुरुपयोक अरु हुन सक्दैन भन्ने लाग्यो। 


 यो सन्दर्भमा यत्ति भन्छु कि मैनाली पढेर डोरबहादुर बिष्ट नपढ्नुस्  तपाईंको दिमागमा भरिएको पूर्वाग्रहले तपाईंलाई अन्धो बनाउंछ बरु डोरबहादुर पढेर मैनाली पढ्नुस्  अनि आफ्नो बुझाई  मैनालीको बुझाइको तुलना गर्नुस्  त्यसले बरु सत्यको नजिक पुऱ्याउला जातीय सोच भएकाधार्मिक कट्टरपन्थी  राष्ट्रवादीहरुलाई यो लागु नहुन सक्छ  उनीहरुले जहिले जसरी पझे पनि बिष्टलाई गलत नै देख्न सक्छन्  


भाग्यवाद  वाहुनवादको परिभाषा मैनालीले दिएका छैनन्  किन त्यो नेपाली विकासको वाधक हैन भनेका छैनन्  खाली विदेशीको पैसा पाएर लेखेकोविदेशमा पढ्न गएकोआदि लेखेर चोम्स्की स्टाइलमा लेबलिङ गर्दै बिष्टको खेदो खनेका छन्  नेपाली समाजशास्त्रका पिता मानिएका बिष्टलाई नेपाली धर्म  समाजको सामान्य पनि ज्ञान नभएको भनेरै ठाउंठाउंमा लेखेका छन्  अझ परोक्षरुपमा इसाई धर्म फैलाउन खोजेको आरोप पढ्दा  मैनाली यति तल किन झरे भनेर अचम्म लाग्यो  


भाग्यवाद भाग्यमाथिको विश्वास हो  पुल भत्किंदा प्रावधिक असावधानी नभएर दशा लागेको भनेर टार्ने इन्जिनीयरहरु भएको देशविमान किन्दा बोका काटेर साईंत गर्ने अधिकारी भएको देशज्योतिष हेराएर  महिनाको खड्गो टार्न प्रतिपक्षको भूमिका निभाउन गोडाकमाउने नेता भएको देशमा भाग्यवादले विकासमा बाधा पुऱ्यायो भन्दा किन रुवाबासी ? लुगा किन्न  हामीलाई बार हेर्नुपर्छ ! संविधानविरोधी कदम चाल्ने प्रधानमन्त्रीको भविष्य  व्यवस्थामा भएको प्रावधान नहेरी उनकै ज्योतीष बालाई सोध्न जानुपर्छ  अनि भाग्यवाद विकासको अवरोध भन्न विदेशीको पैसा खानै पर्छ  ? 


जात प्रथामाथिको विश्वास बाहुनबाद हो  जातप्रथा गलत हो  जन्मका अधारमा विभेद हुनुहुंदैन  तर राज्यस्तरबाटै दलितहरुमाथि हजारौं वर्षदेखि दमन भयो  त्यो सब बाहुनबाद अर्थात जात प्रथामाथिको विश्वासले भएको हो  बाहुनबाद भनेको बाहुन भन्ने हैन बिष्टले किताबमै पनि प्रष्टै लेखेका छन्  महेन्द्रमल्लराम शाहजयस्थिती मल्लजंगबहादुरलगायतका जातीय विभेद भरिएका "थितीबसाल्नेबाहुन थिएनन् तर बाहुबादी थिए  श्रमको अपमानश्रमिकहरुलाई भू-स्वामित्व वा उत्पादनका सामग्रीमाथिको पहुंचबाट बिमुख गर्नुलाभबाट बिमुख गर्नुशिक्षा बाट बञ्चित गरेर पढे-लेखेकाको जाली तमसुख बाट युगौंसम्म शोषित पिडित राख्ने विचारले देश विकासमा वाधा पुऱ्यायो भन्नु इसाई धर्म प्रोत्साहन गरेको हुन्छ ? 


बाहुबादका कारण नेपाल गरीब भएको बिष्टको निष्कर्ष गलत भन्दै लेखकले मानव विकास सूचकांकमा नेवारपहाडी बाहुन्मधेसीबाहुन/क्षेत्री  पहाडी क्षेत्री अघि भएको कुरा प्रमाण स्वरुप उल्लेख गरेका छन् "गरिब सबैभन्दा कम भएको समुदाय पनि मधेसी ब्राह्मणहो "भनेर उनले उल्लेख गरेका छन्  लेखकको नेपाल के हो यसैबाट थाहा हुन्छ  यिनको अवस्था सूचकांकमा माथि भए देश विकासभएको मान्नुपर्ने जस्तो गरी उनले लेखेका छन्  फेरि उनैलाई दलितहरु गरीब  पछौटे हुनुमा हिन्दुधर्म जिम्मेबार भएकोमा शंका छैन भनेपछि बाहुनबादले देश हैन दलित मात्रै पछाडि परेका हुन्  दलित देश हैन  बाहुनक्षेत्रीनेवार (तिनमा पनि श्रेष्ठप्रधानबज्राचार्यजस्ता बाहुन नेवारको अवस्था पक्कै च्यामेपोडे लगायतका दलित नेवार भन्दा माथि नै होला मधेसी ब्राह्मण मात्रै देश हो  


त्यसै क्रममा उनले म्याक्स वेबरको प्रोटेस्टेन्ट सिद्धान्तका बारेमा पनि भ्रामक किसिमले उल्लेख गरेका छन्  युट्युबको एक भिडियोमा वेबरको प्रसंग झिक्दा बाबुराम भट्टराईलाई पनि टिप्पणीभरि विदेशी दलाल भनिएको प्रसंग यसैले सम्झाएको थियो  बेबरको तर्कलाई एउटा विकास अर्थशास्त्रको कक्षामा पनि विवेचना गर्ने अवसर पाइएको थियो  त्यसैको आधारमा केहि कुरा यहां उल्लेख गर्न मन लाग्यो 


इसाईमा पनि क्याथोलिक कट्टर हुन्छन् भने प्रोटेस्टेन्ट बढि उदार हुन्छन्  त्यसपछि घरघर गएर ईश्वरसंग कुरा गराउन आउने जेहोभाकासाक्षीहरु आउंछन्  सबै एकै हैनन्  वेबरले प्रोटेस्टेन्टको काम गर्ने संस्कारका कारण विकास भएको तर्क गर्दा त्यसको आलोचनात्मक विवेचनामा प्रोटेस्टेन्ट धर्म अंगाल्ने मुलुकहरु विकसित हुनुमा प्रोटेस्टेन्टहरुको साक्षरता वृद्धिमा भएको योगदानलाई लिईएको   वेबरले सहसम्बन्धलाई नै कारक-परिणामको सम्बन्ध मानेकाले वा आफ्नो आस्थाप्रति पूर्वाग्रही भएकाले त्यस्तो तर्क राखेका होलान्  तर प्रोटेस्टेन्ट देश विकसित भएको प्रमाण   त्यसैले संभावित कारणका रुपमा प्रोटेस्टेन्ट सबैले बाइबल पढ्नुपर्ने हुंनाले यसले साक्षरता वृद्धिमा सहयोग गरेको भन्ने तर्क    साक्षरताले विकासमा सघाउ पुऱ्याउंछ भन्नेमा सायद मैनालीले समेत सहमती जनाउलान्  यहि साक्षरता वृद्धिमा हिन्दु धर्मको योगदान हेर्ने हो भने यसले साक्षरता वा विद्या सिमित लिङ्ग, जात  तहमा सिमित राख्यो  त्यो  एकलब्य या कर्णकै कथाबाट पनि थाहा हुन्छ  अझ बढि  नेपालमा बाहुन-क्षेत्री बाहेकको साक्षरता वा पढाइको तहबाट नै पनि थाहा हुन्छ  


लेखकले इतिहासको आलोचनात्मक चेत सहितको व्याख्याको शृंखलामा सत्तापक्षको पक्षपोषण हुने गरेर किताब लेखेका छन् प्रगतिशीलता पूर्णरुपमा नकार्न नसकेर ०७२ को संविधानमा भएका समावेशीता लगायतका कुराको सराहना पनि गरेका छन्  धर्मनिरपेक्षता विदेशी एजेन्डा भएको भन्नेमा चाहिं उनी पनि विश्वस्त छन्  ती देशमा के व्यवस्था  भनेर हेर्ने दु: सायदै उनले उठाए रोलान् युट्युबको एक भिडियोमा वेलायती संसदको सपथको एक भिडियोमा गिताकुरान  बाइबलका विभनिन् संस्करण लगायतको ग्रन्थहरुछानीछानी सपथ लिन पाइने दृश्य देखेको भए उनको धारणा फेरिन्थ्यो कि ?  वा युरोपियन युनियनको शक्तिशाली देशमा ३० प्रतीशतनास्तिक रहेको  चर्चबाट बाहिरिनेको संख्या बढ्दै गरेको कुराले उनलाई केहि सुझाउंथ्यो कि ? 


कतिपय कुराहरु नभनिदिनाले पनि एक खाले विचार प्रसारमा वा धारणा निर्माणमा सहयोग पुग्छ  जस्तो हालका प्रम १४ वर्ष जेलबसेका हुन् भन्दा उनीप्रति दया या श्रद्धा जाग्ला  झापामा बन्चराले मान्छे काटेको आरोपमा ज्यान मुद्दा लागेर जेल बसेका हुन् भन्दा त्यहि भाव नआउन सक्छ  त्यस्तै प्रमको नाकाबन्दीको अडान  चुच्चे नक्साको कुरा गर्दा "केपी बा आइ लभ यु !" भन्न मन लाग्ला तर फेरि पार्टी फुटाएर सेटेलाइटबाट बिजुली बेच्ने उडन्ते गफ जोतेर लिपुलेक  कालापानी सम्बन्धी विवाद नमेटाइकनै महाकाली सन्धी गरेको भन्दा उनको राष्ट्रवाद नाङ्गिन सक्छ  यो पुस्तकमा पनि ओलीका हकमा वा पृथ्वीनारायण शाहका हकमा वा इतिहासकै हकमा पनिकेहि सूचना उपलब्द्ध छैन  जस्तो ००७ सालको नायक मातृकाप्रसाद कोइराला भनिएको   विपीको नामै छैन  यस्ता थुप्रै कुरा छन् 


अन्तमाकिताब पढ्न चाहने  पढि सकेकालाई एउटै सुझाव के  भने अध्ययन नरोक्नुस्  धारणाहरु सापटि नलिनुस्  तिनको विपरितकोणबाट पनि केलाउनुस्  त्यसरी मात्रै अध्ययनको अर्थ हुन्छ  नत्र किताबमा लेखेको कुरालाई नै अन्तिम सत्य मानेर हिंड्यो भने गलतकिताबले तपाईंलाई गलत मानसिकता बोकाउन पनि सक्छ  त्यो घातक हुन्छ  त्यो भन्दा नपढ्नु ठीक हुन्छ  कम से कम पूर्वाग्रहहरु हुंदैनन्  

Comments

Popular posts from this blog

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

पहेँलो गुलाफ: प्रेमा शाह

Growing up in a Suburb (Story)