पहिचान (कथा)

“तिमी ??” चिनेको पक्का गर्दै मैले प्रतिप्रश्न गरेँ ।
चारै तिर कोलाहल छ । मानिसहरु घरेलु हात हतियार लिएर चोकमा उत्रिएका छन् । पृष्ठभूमिमा धुवाँका मुस्लाहरु अझै उठिनै रहेका छन् । एक आपसमाथि भएको अन्यायको विरोधमा दुबै पक्षका जनताहरु जम्मा भएका छन् । अस्ति पहाडी मरेको झोकमा हिजो थारुका घर जलाइए अनि हिजो घर जलेको झोकमा आज पहाडी फेरी चलाइए । यो सृंखलाको चरम चोकमा देखिएको छ । थरुहटका नारा अनि अखण्डका नारा लाउँदै भिड जम्मा भएको छ ।
एकातिरबाट ईटाको टुक्रो बर्सेछ । अर्काले प्रतिउत्तरमा लट्ठी फ्याकेछ ।
फेरी अर्को फेरी अर्को । भिड एक आपसमा खनिन केहि समय लागेन । केहि बेरमै
सबैजना हातमा जे भेट्यो त्यसले एक अर्का माथि प्रहार गर्नमा तल्लिन भए ।
टाउकामा रुमाल बेरेको उसको कठालो समातेर मैले लाठी उचालेको थिएँ । मेरो छातीमा मुड्की थचारेर उसले मेरा आँखामा आँखा मिलाएको थियो ।
“टिमी ?” चिनेझैँ गरेर उसले बोली फो¥यो ।
“तिमी ??” चिनेको पक्का गर्दै मैले प्रतिप्रश्न गरेँ ।
कैलालीमा विगतमा उसका पुर्खाहरु निकै समयसम्म जमिन्दार थिए । अशिक्षा र सोझोपनका कारण कति ठगिए । कतिले जाँड खाएका बेला जग्गा पास गरे त कतिले मितलाई त्यत्तिकै जग्गा दिए । कतिले राम्रो मोल पाएर जग्गा बेचे, भाइ–छोरामा भाग लगाएर सके । कत्तिले बनाएका कुवाहरु अझै यिनको इतिहासका साक्षी छन् । कतिले बसाएका बस्तीहरुले अझै यिनकै पुस्ताको निरन्तरता गरेका छन् ।

“टिमी ?” चिनेझैँ गरेर उसले बोली फो¥यो ।
“तिमी ??” चिनेको पक्का गर्दै मैले प्रतिप्रश्न गरेँ ।
कैलालीमा विगतमा उसका पुर्खाहरु निकै समयसम्म जमिन्दार थिए । अशिक्षा र सोझोपनका कारण कति ठगिए । कतिले जाँड खाएका बेला जग्गा पास गरे त कतिले मितलाई त्यत्तिकै जग्गा दिए । कतिले राम्रो मोल पाएर जग्गा बेचे, भाइ–छोरामा भाग लगाएर सके । कत्तिले बनाएका कुवाहरु अझै यिनको इतिहासका साक्षी छन् । कतिले बसाएका बस्तीहरुले अझै यिनकै पुस्ताको निरन्तरता गरेका छन् ।
कैलालीमै मेरा पुर्खाहरु पनि जमिन्दार थिए । उनीहरु बन फाडेर आँखाले नभ्याउने जग्गाका मालिक भएका थिए । बन फाडेर मात्रै हैन कतिले त छलछाम गरेर अनेक नाता लाएर पनि जग्गा मालिक बनेका थिए । राजा महेन्द्रले धनगढी एयरपोर्टका लागी जग्गा माग्दा ‘मेरा आठ छोरा छन् त नवौँ भइस् । गरि खा !’ भनेर राजालाई समेत जग्गा दिने हैसियत राख्थे । यिनले बन फडानी गर्दा राजा समेत चुइक्क बोल्न तर्सन्थे । एक जिल्लाबाट अर्को जिल्ला जाँदा आफ्नै जमिनमा मात्रै टेकेर पुग्थे । विद्यालयको हाजिरी जवाफमा नेपालको राजा को भन्दा हाम्रा पुर्खाको नाम लिन्थे अनि त्यो उत्तर सहि मानिन्थ्यो । कैलालीका ग्रामीण क्षेत्रमा भएका पुख्र्यौली दरबारका भग्नाबशेष त्यो युगका साक्षी छन् । यिनले सयौँ विगाहा जमिन त विद्यालयका लागी दान दिएरै सके । कतिले बेचबाच पारेर काठमाडौँ सरे । थुप्रै थारुहरु यिनका कमैया थिए । पुस्तौँ सेवा गरेर बसे । कति थारु माथि यिनले दमन समेत गरे ।
पछि हाम्रा अन्य नातागोताका मान्छेहरु पनि झरे । पुराना जमिन्दारका जमिन किनेर बसे । सरकारी काम गरेर नखाइ नलाई जोडेको पैसाले एकदुई कटेठा जमिन किनेर बसे । पहाडका जग्गा बेचेर तराईको गर्मीमा पिलो अनि मच्छर झेल्दै बसे । यो पुस्ताले थारुहरुमाथि उति दमन गर्न पाएन । पहिलेको पुस्ताको निरन्तरता गर्ने सोच्थे तर थारु पनि बाठा भै सकेका थिए । समयले उनीहरुलाई पनि धेरै पाठ पढाइ सकेको थियो । द्वन्द्वकालमा त झनै बसाई सराइको क्रम निक्के बढ्यो ।
यी त विगतका कुरा भए । यी सबै अरुको मुखबाट सुनेका कुरा हुन् । त्यसबाहेक पनि उसको र मेरो निकै लामो परिचय छ । पालै पालो तिनको झझल्को आउन थाल्यो । माघिमा उसको गाउँको घरमा बसेर सुंगुरको मासुसँगै जाँड खाएको अनि दशैंमा उसले मेरो घरमा पसेर खसीको मासुसँगै सेल पुरी चाखेको दृश्यहरु एकएक गर्दै मेरो दिमागमा दौडिन सुरु भए । उसको सखिये नातमा बेतालमा नाच नाचेको अनि उसले मेरो देउडामा गोडाको चाल मिलाएर निच्च हास्तै सहभागिता जनाएको दृश्य पनि आँखा अगाडि नाच्न थाले ।
हाम्रा पुस्तामा हामीसँगै हुर्कियौँ । न मलाइृ उसले मलिक्वा भन्यो न मैले उसलाई कमैयाको व्यवहार गरेँ । त्यो गर्दा सायद हामी दुबैको पहिचान संकटमा थियो । न म पुरै पहाडी थिएँ न ऊ पुरै थारु थियो । उसका पुर्खाहरुले खन जोत गरेको जमिनमा अचेल थुप्रै पहाडे बस्छन् । मेरा पुर्खाले बन फाडेर आफ्नो बनाएको भू–भागमा पनि अहिले निकै थारु बस्तीहरु बसिसके अनि कति सरकारी अधिग्रहणमा परि सके । उसको भूमी उसको रहेन । मेरो भूमी मेरो रहेन ।
त्यसैले आज हामी चोकमा जम्मा भएका छौँ । एक अर्कालाई सिध्याउन अनि आफ्नो पहिचान खोज्न ।
शब्दार्थ
कट्ठा=६०×६० वर्ग फिट =३६०० वर्ग फिट
विगाह =२० कट्ठा =७२००० वर्ग फिट
मलिक्वा= मालिक
कमैया = मज्दुर वा दास
शब्दार्थ
कट्ठा=६०×६० वर्ग फिट =३६०० वर्ग फिट
विगाह =२० कट्ठा =७२००० वर्ग फिट
मलिक्वा= मालिक
कमैया = मज्दुर वा दास
Comments
Post a Comment