Posts

Showing posts with the label Love

देख्न मन लाग्छ तिम्लार्इ (गजल)

 देख्न मन लाग्छ तिम्लार्इ छुन मन लाग्छ तिम्राे काँधमा शीर राखी रून मन लाग्छ छुँदा दाग लाग्ला जस्तै साह्रै गाेरी माेरी पातला ती सुन्तले अाेठ चुम्न मन लाग्छ बाेली बचन साह्रै मिठाे बानी त अलि त्यस्तै हाे तिम्रा सामु न फुल न जुन मन लाग्छ साेध्छन् मलार्इ जिन्दगीमा अाेइ के बन्छस् भनी मलार्इ त सँधै तिम्राे हुन मन लाग्छ ।।

परदेशको दशैँ (नाटक)

Image
युवक अघिल्लो दिनको कामले लखतरान भएकोले अबेर सम्म बिछौनामा सुतेको छ । मोबाइलको अलार्म बेलाबेला बन्द गर्दै कोल्टे फेरिरहन्छ । उसलाई आज पनि काममा जानु छ । हिजो अनि अस्ती जस्तै । ऊ बसेको देशमा उसको चाड कसैले मान्दैन अनि उसको देशमा मनाइने चाडमा ऊ रमाउँदैन । वर्षौ देखि यस्तै चल्दै आएको छ । युवकः ओ हो १० पनि बज्न लागेछ । निद्राले लट्ठिएको स्वरमा अड्कँदै अड्कँदै बोल्छ । एकछिन बिछौनामै घोप्टो परेर मोबाइलमा फेसबुक चलाउँछ । सबैले दशैँको शुभकामना अनि फोटोहरु राखेको देखेर एकछिन खुशी हुन्छ । यो दशैँको शुभकामना भन्ने शुभकामना सन्देश बज्छ । युवक अझै खुशी हुन्छ । युवकः दशै आएछ है ! आफ्नो त यस्तै हो । फेसबुकका फोटोहरु हे¥यो, लाइक अनि कमेण्ट ठोक्यो, रमायो । ‘स  बै  ला  ई द  शैँ  को हा  र्दि  क मं  ग  ल  म  य शु  भ  का  म ना । स  बै  को जी  व  न फ  लो  स फु  लो  स अ नि ने  पा  ल  मा स्था  ही शा  न्ती आ  ओ  स् ।’ लौ जा मैले नि पोष्ट गरिदिए । एकछिन पछि उस...

Willst du das wirklich machen? (Poem)

Image
Willst du das wirklich machen? Seine Herze zerbrechen und alleine lassen! Willst du das wirklich machen? Ihn los lassen und einen Anderen anfassen Du sagst doch selber, 'er hat viel getan' Glaubst du nicht, dass er dich lieben kann? Ich will noch was fragen, warte mal, bevor diese Entscheidung wird dein Schicksal Kannst du das überhaupt machen? Seine Herze zerbrechen und alleine lassen! Willst du das wirklich machen? Seine Herze zerbrechen und alleine lassen!

बिर्सुं माया हुने बैगुनी (song)

Image
बिर्सुं माया  हुने  बैगुनी सम्झे  माया  मुटु  च्यातिन्छ  संगै  सजाएको  एक  संसार  थियो जहाँ  माया  थियो  जहाँ  सपना  थियो हास्ने  खेल्ने  जीवनको  कल्पना  एक  थियो तर  आज  मा  छु  मेरो  एक्लो  पन छ न  छ  सपना  न  त्यो  संसार  नै  छ नलौं  माया  नहुनी लौं माया  पिडा  दिन्छ

बिर्सेर तिमीलाई (Gajal)

Image
करपूर गौरम करूणावतारम संसार सारम भुजगेन्द्र हारम | सदा वसंतम हृदयारविंदे भवम भवानी सहितं नमामि || ~यसै छन्दमा मेरो प्रयास ~ बिर्सेर तिमीलाई, जाउँ कहाँ म भेटुँ म त्यस्तो, ल ठाउँ  कहाँ म  ***** न याद आउने, न मन पिरोल्ने लौ ओखति त्यो, त पाउँ कहाँ म ***** सधैं तिमिलाई,   साथै म राख्न बाचा खै कस्तो, र खाउँ  कहाँ म ***** त्यो मन  पगाल्ने, यो दुरी  मेट्ने  दिलै जित्ने बाजा, बजाउँ  कहां म   ***** मन्मा त राखें  उहिले तिमीलाई काँडा  सरि याद, सजाउँ  कहाँ म

न टारेर टर्ने (गजल)

Image
न   टारेर   टर्ने , न   मारेर   मर्ने मनैमा   अनेकौं , दुखै   दर्द   भर्ने लगायेछु   मैले,   गजब्को ल माया दिनै   रात   मेरो,   निदै   चैन   हर्ने उनीले त भन्थिन् ,   'त   तेरै   प   दोषी हु्ॅदैहुन्न भन्दा,   मरे झैॅ त गर्ने भनेको नमान्ने,   न   आफै   त   जान्ने अझै   हेर मै पो, त   दोषी ठहर्ने' छन्द:भुजङ्गप्रयात, ISS ISS ISS ISS (4 यगण) I=laghu S=Guru

उस्लाई दुःखी बनाउने (Gajal)

Image
image: cid vs rajnikant उस्लाई दुःखी बनाउने, मेरो पनि मन थेन तर खुशी किन्न पुग्ने, मसँग त्यो धन थेन सानो घर बन्थ्यो होला मेरो गरीब मायाले महँगा ती सपनाका, ठूला महल बन् थेन खुशी दिन्थे सके जति, क्षमताले भ्याए सम्म मन बिझ्ने रुखो शब्द, बरु कैले भन् थेन खुबै राम्री थिइ ऊ त, पूर्णीमाकै जून जस्ती उभिनलाई उसको छेउ, सुन्दर यो तन थेन

फरक प्रयास (हाइकु र तियाली)

Image
तीन हाइकु ___________ माया गर्छु त बिना मारी हाल्छु भन्थी भन्न त *** उ गैहली म पनि सति जान्छु भन्न भएन *** मुटु छदै छ माया सिकाएकी छे खोजौंला अर्की _______________________________________________ तीन हाइकु ___________ राम्री नै थिइ तब त मन पर्याे बाल दिए पाे ! ****** अर्कै पाे छ रे उलार्इ मनपर्ने माया नि गर्ने ****** उनी त गइन् याद चैँ रहिरहे नजाने भन्छन् ! _______________________________________________ तीन हाइकु ___________ मन टुटायाे, अनि कविता लेख्याे, कवि बनियाे । ***** माया दिइन कविता दिएर गै चित्त बुझाएँ ***** याे कवि रूँदा अाँशुहरू खस्दैनन् कविता खस्छ ***** _______________________________________________ तिन तियाली ___________ माया गर्ने चैँ मेराे मन न तन-बदन न धन मिल्छ कसरी लाै तै भन ! ***** त काले म गाेरी भन्छे लाै न माेरी भुल्नु पाे कसाेरी ***** सबैभन्दा पहिले सपना देखिन्छ नबुझ्नेहरूबाट तिनमा टेकिन्छ झाेक अनि शाेकमा कविता लेखिन्छ

भन्छौ अरु छाडि मलाई (Gajal)

Image
भन्छौ "अरु छाडि मलाई, यति माया गर्छौ किन ? मेरा सामु त्यसै तल, सँधै सँधै पर्छौ किन ? मरुभूमी देख्दा देख्दै, मायाका ती बीज हरु अनेक आशा सपना, सँगै सँधै छर्छौ किन ? बगाउने छ आफ्ना ती, बेग्ले बीच बाटो पुग्दै जान्दाजान्दै बर्खायाम्को, खहरे त्यो तर्छौ किन ? लाखौँ होलान तिम्रो माया स्वीकार गर्ने दुनियामा एक पटक फेरी आँट्न, यति सारो डर्छौ किन ? कैले भन्छौ तिम्लाई भुल्छु, टाढा हुन्छु तिमी देखि आफैसँग ग¥या बाचा, बाट आफै सर्छौ किन ? सास फेर्न गाह्रो हुन्छ, भन्छौ मन भारी हुन्छ मान नराख्नेका लागी, यति तल झर्छौ किन ?"

रिसाउँदा तिमी मन (Gajal)

Image
रिसाउँदा तिमी मन, मेरो भारी हुन्छ त्यसै रसाउँदा तिम्रा आँखा, मुटु मेरै रुन्छ त्यसै खै के जादु ग¥यौ या त, कुनै ठुलै टुना लायौ गोडाहरु सँधै तिम्रै, गल्ली बाटो चुन्छ त्यसै दिक्क लाग्छ कैहिले त, फेरी तिमी मुस्काउँछ्यौ फुरुङ्ग मेरो मन हुन्छ, पिरतीले छुन्छ त्यसै बाँकी रहँदैन कुनै, मन्मा रिस रागहरु एकै मिठो बोलीले नै, द्वेस सबै धुन्छ त्यसै उम्किनै पो गाह्रो हुन्छ, देख्दिन म कुनै बाटो कैला तिम्रा नयनले, कैदी जस्तै थुन्छ त्यसै

सयौँ गुन लाउ तर (Gajal)

Image
सयौँ गुन लाउ तर, गल्ती माफ हुन्न यहाँ तिम्रा पीर र व्यथाले, कसैलाई छुन्न यहाँ पशुको त्यो बिलौनामा, रसाउने आँखाहरु मान्छे मर्दा सम्म पनि, कठै कैले रुन्न यहाँ हाँस्दा सबै साथै हुन्छन्, तेरै हुँ म भन्छन् दुःख पर्दा काँध थापी, कोहि पनि रुन्न यहाँ माया गर चाहे जति, गल्ती निषेध छ यहाँ तिम्रा गुनले अवगुन, कहिल्यै नि धुन्न यहाँ

माया गर्छौ थाछ मलाई (Gajal)

Image
माया गर्छौ थाछ मलाई तर भन्दैनौ 'मलाई छोडी कैले नजाऊ पर' भन्दैनौ 'नदेखेको धेरै भयो तिम्लाई आँखाभरी चाडै आऊ  भेट्नलाई घर' भन्दैनौ माया लग्छ तिम्रो धेरै भन्छु म त सधै 'तिम्रो बाहेक मेरो को नै छ र ?' भन्दैनौ रिसाउदा  कैले तिम्रो दुखाउदा मन 'मलाई खुसि राख्ने तिम्रै कर' भन्दैनौ चाहिदोहो तिम्लाई पनि मेरो धेरै माया 'आऊ आइ मलाई माया गर' भन्दैनौ

माया गर्ने सबैलाई (गजल)

Image
माया गर्ने सबैलाई, रहर हुँदो रैछ त्यै रहर यदाकदा, कहर हुँदो रैछ प्रतिक्षाका पल पछि, पनि उनी नआउँदा नछोड्ने ती यादहरु, जहर हुँदो रैछ मतलबीको दुनियाँमा साँचो प्रिति लाउने माया गर्ने मान्छे दोषी, ठहर हुँदो रैछ साथ दिने को पो हुन्थ्यो ? एक्लीँदा त बरु गिज्याउन अघि सर्ने सहर हुँदो रैछ सँगै बित्या रातहरु, याद आइ रहँदा मन मुटु कुँड्याउने, प्रहर हुँदो रैछ   08/07/2015, 12:00  

मेराे नीँद चाेरी साेध्छे (गजल)

Image
मेरो नीँद चेरी सोध्छ,े सुत्यौ अब ? अँगालोमा हुन्थ्यौ निँद, लाग्थ्यो तब याद गर्नु जिन्दगीमा, दुःख पर्दा मेरो जस्तै मन दुख्ला, तिम्रो जब ‘बिर्सी सबै सुखी होउ’, भन्छे जैले तिम्लाई भुली खुशी म, हुन्छु कब यादहरु, गरेका ती,  बातहरुहरु अनि मात्र रमाउँला, लगे सब Date: 08/07/2015,   12:58 (English Translation) She took away my sleep and asks me, "did you sleep?" "Hug me and I will sleep", I reply "Think of me when you suffer in your life, when you are hurt just like me.", I add. "Forget everything and stay happy", says she. "How can I be happy if I forget the reason of my smile" I tell her. " Only if you take with you all the memories and the talks we talked, will I be able to be happy again". I add.   Audio Version: