Posts

Showing posts with the label Maoist

मान्ठा डराएको जुग– मोहन मैनाली

Image
“नौला मान्ठा (मान्छे) आउँदा डर मान्दाछौँ, हजुर ! मान्ठादेखि मान्ठा डराउन्या जुग (युग) आयो ।” नेपालबाट महिना दिन अघि मगाएका छ वटा किताब मध्ये पत्रकार मोहन मैनालीको ‘मान्ठा डराएको जुग’ पनि एक थियो । यो पुस्तक लू र ऐना पढिसकेपछि सुरु गरेँ । पुस्तकको आकार र चर्चाका आधारमा मैले एउटा सूची तयार पारेको थिएँ । त्यसै अनुरुप यो तेश्रो पुस्तक बनेको थियो । धेरै अघि केहि यस्तै स्वादको गोविन्द वर्तमानको ‘सोह्र साँझहरु’ पढ्ने मौका मिलेको थियो । ‘सोह्र साँझहरु’ का एकदमै थोरै कुरा मात्रै याद छन् । वर्तमान धनगढीमा पनि पुगेकाले धनगढीका सन्दर्भमा लेखेका केहि छिटपुट यादहरु अझै बाँकि छन् । त्यसबाहेक उतिसारो केहि याद छैन । यो पुस्तक सरकार र माओवादी वीच ०५८ साल साउनमा भएको युद्धविराम पश्चात चुलिएको माओवादी र सरकारी आक्रमण पत्याक्रमणमा पिल्सिएका निर्दोस जनताहरुको दुःखको दस्ताबेज हो । सङ्खुवासभा, धादिङ्ग र कर्णाली वारपारका जिल्लाहरुमा गएर संकटकालका बेला निर्दोषहरुमाथि माओवादी र सरकार पक्षबाट भएका अन्याय र अत्याचारका घटनाहरुको विवरण पुस्तकमा बडो मार्मिक ढङ्गले समावेश गरिएको छ । जति निर्धो त्यति पिडित हुन...

जंगबहादुरका पालाको मध्यपहाडी लोकमार्ग

Image
ओली प्रधानमन्त्री भएका बेला रेल, तेल र हवाइ विजुली लगायत धेरै महत्वाकांक्षी योजनाहरु बाहिर आए । पहिले पहिले सबैले उपहास गरेपनि पछि आएर सबैले केहि आशा जगाए । भै पो हाल्छ कि भन्नेमा सबै परे । त्यसको कारण के थियो भने ओलीका योजना चन्द्रमामा घर बसाल्ने खालका योजना नै थिएनन् । कुनै जमानामा गरि सकिएका र सम्भव देखिएका तर त्यसै छोडिएका सपनाहरुलाई नै उनले व्युँताएका थिए । चाहे त्यो नेपालको निजी पानी जहाजका सवालमा होस चाहे हावाबाट विजुली निकाल्ने कुरा होस्, सबै सबै एक जमानामा गरि सकिएका कामहरु नै थिए । सामाजिक सञ्जालका टपर्टुइयाँहरुका अनर्गल टिप्पणी पश्चात ओलीले सबैलाई ती पुराना योजनाहरु भएका र कुनै नौलो प्रयास नभएको भनेर समेत जानकारी गराए । विभिन्न पत्रपत्रिकामा पनि त्यस सम्बन्धी लेखहरु छापिए । उनले भनेका कुराहरु सहि साँचो भए नभएका सम्बन्धमा धेरै खोजीनिती भए । त्यसपछि उनको हाइहाइ सुरु भयो । ओलीको हाइहाइ विपक्षी राजनीतिक दललाई पच्ने त कुरै थिएन । उनकै दल भित्र पनि उनको रवैया मन पराइएन । पार्टीको बढ्दो प्रतिष्ठा भन्दा कसैले आफूलाई ‘जस नदिएको’मा बढि चित्त दुखाइ गर्न थाले । आँखिरमा आफ्नै बीँड भएको...

मेरो विद्यालयको टुटेको कुर्चि

Image
Source: Google image  कुरा २०६७ वैशाख १२ गतेको हो, सदाझैं म कम्प्युटर कक्षामा विद्यार्थीहरुलाई कम्प्युटर सिकाइ रहेको थिए । छेवैको कर्मचारी कक्ष(स्टाफ रुम)मा विद्यालयका केही स्टाफहरु आफ्नै कुराहरु गरेर बसिरहेका थिए । विद्यालयमा लिइने चर्को शुल्कको विरोध स्वरुप भनेर एक विद्यार्थी संगठनले देशव्यापी रुपमा निजि विद्यालयका लेखा शाखाहरुमा तालाबन्दी गर्न लगाएका थिए । विद्यालय पनि बन्द हुने हल्ला थियो तर पक्का पक्की थिएन । सायद त्यसैका बारेमा कुरा गरिरहेका थिए होलान् स्टाफहरु कर्मचारी कक्षमा । त्यसैबेला एक्कासी हुलमुल लिएर विद्यार्थी संगठनका कार्यकर्ताहरु भित्र पसे । विद्यालय खोल्ने भन्दै कर्मचारी कक्षका कर्मचारीहरुमाझ संत्रासको वातावरण सिर्जना गर्न थाले । मसंग भएका विद्यार्थीहरु सातो उडेको जस्तो भएर मुख बाएर उनीहरु तिर हेर्न थाले । मलाई अरु भन्दा पनि कम्प्युटरहरुमा कसैले क्षति पु¥याउला कि भन्ने डर थियो । त्यसैले विद्यार्थीहरुलाई भित्रै राखेर म बाहिर आए“ । कलमजीवी मान्छे लौराजीवीहरुसंग बहस गर्ने कुरै भएन । उसै जीउ लौरो जस्तो कसैले केही गरिदियो भने त परेन फसाद । अनि त्यसैबेला एक उग्र न...

प्रवास, देश अनि चुनाव

Image
देशमा रहँदा भन्दा देश बाहिर पसेपछि देशको माया बढ्दै जान्छ । देश प्रतिको चाँसो पनि अझै दोब्बर हुँदै जान्छ । देशमा हुन लागेका परिवर्तनहरुले बेलाबेला आशाका किरणहरुको काम गर्छ । विदेशमा बस्दाको दुःख र कष्टले गाउँघर त्यागी आउँदाका आशा र सपनाहरु फेर्दछ । मनमा त लाग्छ यत्तिको दुःख गर्दा घरैमा पनि त केही गर्न सकिन्थ्यो होला । फेरी देशको खबर बुझ्यो उस्तै छ । साना दुःखले त मान्छे विदेशै पो किन पस्छ र ? देशमा आजका मिति सम्ममा आएर थुप्रै परिवर्तन भए । हुन त विगतको तुलनामा देश धेरै अगाडी बढि सकेको छ । हाम्रा बाउबाजेका पालाको राजनीतिक चेतनाको स्तर र अहिलेको राजनीतिक चेतनाको स्तर हेर्ने हो भने त्यसमा आकास पातालको फरक छ । राजनीतिक रुपमा जनताहरुले पहिलेको भन्दा धेरै अधिकार पाइसकेका छन् । ००७ सालको परिवर्तनले जहानीयाँ राणा शासनको अन्त्य गरेर जनताको छोरोले पनि राज्यसत्ता संचालनमा ल्याउन सक्छ भन्ने प्रमाणित भयो । राम्ररी अभ्यास गर्न नपाउँदै शिशु अवस्थामै मारिएको त्यो प्रजातन्त्र फेरी ०४६ सालमा आएर बौरी उठ्यो । जनताहरुमा फेरी आशा पलायो । ०४७ सालको संविधान अनि एक दशक भन्दा लामो त्यसको अभ्यास सकिन नपाउँद...

छापामार ठिटोको गन्थन

Image
“उमा सिंह, जेपी जोशी, शुशिल ढुङ्गाना, प्रकाश ठकुरी, विरेन्द्र शाह, डेकेन्द्र थापा, टिका विष्ट, आदिआदिको नियती खेप्नु पर्ला है । बढि लेख्न पायो भन्दैमा जे पायो त्यही लेख्ने होइन । भोलिपर्सि औंला चिरियो भने अनि चेत होला !” छापामार ठिटो भरखर भरखर छिरेको हो उसको गुटमा । सडकमा गुडेको गाडि पछाडि धुलोका कणहरुले गाडिको गतिसँगै गाडिलाई केही बेर पछ्याए जस्तै गरेर उसले पनि ठूलै ईच्छा आकांक्षाहरु बोकेर लागेको हो । कुराहरु राम्रै गर्छ । उसका कुरामा पनि दम हुन्छन् कहिले काहिं । तर कहिले काहिं उसले पनि आफूले पाएको अनियन्त्रित ताकतको प्रयोग गर्ने गर्छ । उसका तर्कका पछाडि उसको डरको आड उसले भरपुर मात्रामा लिन्छ । उसलाई थाहा छ उसको गुटका कमरेडहरुले विगतमा मच्चाएको आतंकको चित्र अझै पनि जनमानसबाट उत्रिएको छैन । त्यसैको फाइदा उठाइ रहेको हुन्छ ।     छापामार शब्दसँग मलाई कहिले देखि मोह भयो मलाई ठ्याक्कै थाहा छैन । सानै छँदा देखि मलाई जोरी खोज्ने रोगले च्यापेको थियो । जहाँ जोसँग पनि मैले निहुँ खोज्नै पर्ने । त्यस्तै तेह्र चौधको हुँदा विद्यालयमा अलि सम्भ्रान्त परिवारका साथीहरुले राजनैतिक ग...

संविधान सभाको अवसानपछि

Image
जेठ चौध गते संविधान सभाको अवसानसँगै करोडौँ नेपालीको नयाँ संविधान पाउने आशाको पनि अवसान भयो । सदा झैँ अन्तिम अवस्थामा चमत्कारी निर्णय हुने नेपाली राजनीतिको चरित्र अनुरुप अन्तिम अवस्थामा जे जस्तो भए पनि केही ठोस निर्णय आउने सबैले अपेक्षा गरेका थिए । त्यस रात प्राय सबै टेलिभिजनका पर्दामा आँखा टिकाएर बसेका थिए । फेसबुकका पानामा लगातार आफ्ना भावनाहरु संप्रशणमा व्यस्त देखिन्थे । केही अघिल्ला दिनहरु सम्म हालखबर सोध्दा सामान्य उत्तर दिने साथीहरुले जेठ चौधका दिन भने संविधानका बारेमा आफ्ना विचार पोख्दै थिए । संविधान सभालाई साधन भन्दा बढि साध्यका रुपमा स्थापित गरेका राजनीतिक दलहरुले दृढ इच्छा शक्तिका अभावका कारण उनीहरुले बाचा गरेको समयावधिको दोब्बर समय खर्चेर पनि देशलाई संविधान दिन सकेनन् । संविधान सभाको निर्वाचन अघि संविधान सभा गठन हुने बित्तिकै देशका समस्याहरु छुः मन्तर हुन्छ भन्नेहरुले चार वर्षको अवधिमा नेपाली जनतालई आफ्ना घृणित राजनीतिक चरित्रसँग साक्षात्कार गराउनुको भन्दा बढि केही गर्न सकेनन् । पार्टिगत अडानहरु राखेर अरु भन्दा बेग्लै हुने होडमा सबैले यति फरक कुराहरु राख्न पुगे ...

कलंकित बनाइएको गौरवशाली इतिहास र शब्दमाथिको राजनीति

Image
भरखरै पौष २७ गते गयो । पौष २७ गते जसलाई पहिले पहिले राष्ट्रिय एकता दिवसका रुपमा देशभर विविध कार्यक्रमका साथ मनाइने गरिन्थ्यो । राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा उहाँद्वारा संचालित राष्ट्र एकिकरणको अभियानको सम्झनामा पौष २७ गतेलाई विगतका दिनमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका रुपमा मनाइने गरिन्थ्यो । यसपाली सबै चुके । धेरैले बिर्सिए, सम्झिएकाले पनि राजाबादीको बात लाग्ने डरले त्यसलाई उत्सवका रुपमा मनाउन चाहेनन् । राजावादी शब्दलाई कथित गणतन्त्रका लागि भएको जन आन्दोलनले यति नकारात्मक रुप दियो कि अहिले कसैले पनि राजाको समर्थनमा केही बोल्दा वा शाहवंशले गरेका राम्रा कार्यहरुका बारेमा बोल्दा समेत कानेखुसी गरेर बोल्नु पर्ने वा अनेक बात लाग्ने डरले बोल्नै नरुचाउने अवस्था छ । पहिले पञ्चायत कालमा प्रजातन्त्रको बारेमा बोल्नु जस्तै भएको छ राजतन्त्रका बारेमा वा राजाका बारेमा अहिले बोल्नु । पञ्चायतका बेलामा बोल्दा जेलनेल हुँदो हो, अहिले त्यत्ति हुँदैन । अहिले राजाका बारेमा बोल्दा समाजबाट बहिस्कृत वा जमातबाट बहिस्कृत हुने जोखिम उठाउनुपर्छ । गणतन्त्रको समर्थन ...

उसको रोजाइ -Story

Image
धेरै दिनपछि आज मलाई विहानै घरबाट निस्किने मन भएको छ । सोच्छु आज केही नौलो गरेर दिन विताउने छु । म प्रशन्न मुहार लिएर भित्रभित्रै शोचमा डुबिरहन्छु । म आफ्नो शोचमा यति डुबेको हुन्छु कि मैले कतिबेला आफ्नो कोठा छाडेर मुल सडकमा आइपुगे भन्ने समेत मलाई थाहै हुँदैन । सायद त्यो अब आवश्यक छैन । म सधैँ यस्तै अनावश्यक शोचमा डुबिरहन्छु । म हर कुरालाई केलाएर हेर्ने खालको मान्छे । तर आफ्नो जीवनलाई भने कहिल्ये केलाएर हेर्न सकेको छैन । मैले के पाएँ र के गुमाएँ मलाई नै थाह छैन । तर जीवन वितिरहेकोछ म त्यसैमा खुशी छु । म कहिले काहीँ आफ्ना साथीहरुको जीवन हेर्ने गर्छु र सोच्ने गर्छु, कति गतिमय छ तिनीहरुको जीवनः हरेक दिन नौलो, हरेक पल नौलो । तर मेरो जीवनमा सायदै त्यस्ता पल आए होलान् । सधैँको घर, उही पढाइ र उही बाल्यकालदेखि हिँड्दै आएका गल्लीहरु । तर आज केही नयाँपन ल्याउने शोचमा छु । म आफ्नै बाटो हिँडीरहेको हुन्छु । त्यत्तिकैमा मेरो भेट एक पुराना मित्र पवनसित हुन्छ । धेरै पहिले भेट भएको हुँदा म उसलाई सजिलै चिन्न सक्तिन तर ऊ मलाई सहजै चिन्छ । “के छ मास्टर तेरो हालखबर ? अचेल के गर्दैछस् ?” उसले प्रश्नम...