Posts

Showing posts with the label Violence against Women

"आफ्नै एउटा कोठा र पाँच सय": भर्जिनिया वुल्फ

Image
वर्षमा महिलाहरुका बारेमा कतिवटा पुस्तक निस्कन्छन् भन्ने कुरा तपाईंले ख्याल गर्नु भएको छ ? तपाईंलाई केहि थाहा छ ती मध्ये कतिवटा पुस्तकहरु पुरुषद्वारा लेखिएका हुन्छन् ?  विभिन्न विदेशी श्रष्टाका साहित्यिक श्रृजनाहरु पढ्ने क्रममा भर्जिनिया वुल्फको ‘आफ्नै एउटा कोठा’ (अ रुम अफ वन्स अन)भन्ने कृति हात लाग्यो । खासमा एक अर्कालाई आफूले पढेका कृतिहरु पढ्ने सल्लाह दिने क्रममा एलिजा बैनीले मलाई यो कृति पढ्ने सल्लाह दिएकी थिइन् । मैले अलि नजिक भएका हरेक स्त्रीलाई र केहि पुरुषलाई प्रिती कौरको ‘मिल्क एण्ड हनी’ पढ्ने सल्लाह दिने गरेको छु । हो त्यही पढि सकेपछि उसले भर्जिनीया वुल्पको कृति पढे नपढेको कुरा सोधेकी थिई । अबको सय वर्षमा, मेरो आफ्नै स्थितिलाई हेर्दा मलाई लाग्छ, महिलाहरु एउटा संरक्षित लिंगको रुपमा रहने छैनन् । उनीहरुले पहिले रोक लगाइएका सबै क्रियाकलापहरु गर्नेछन् । सुसारेले कोइला उचाल्ने छिन् । पसले महिलाले इन्जिन चलाउने छिन् । महिला एउटा संरक्षित लिङ्ग हुँदा स्थापित सबै मान्यताहरु हराएर जानेछन् ।  एक शताब्दि अघिकी लेखिकाको कृतिहरू आफैमा इतिहास पनि हो । त्यस बेलाको महिला ले...

जानकी मन्दीरमा जे भयो

Image
गएको तीन महिनामा नेपालको इतिहासमा धेरै कारणले महत्वपूर्ण रह्यो । सरकार परिवर्तन देखि लिएर दशौँ वर्ष देखि प्रतिक्षित संविधान निर्माणको काम यसै अवधिमा सम्पन्न भयो । देशले प्रथम महिला राष्ट्रपति पायो । पहिलो पल्ट छिमेकिको आशिर्वाद विना नै सरकार बन्यो (?!) । विगतका संविधानहरु भन्दा धेरै कारणले राम्रो संविधान देशले पायो । आंशिक रुपमै भएपनि महिला, दलित, मधेसी, पिछडिएका जातजाती, तेश्रो लिंगी, आदिका अधिकारलाई केहि हदसम्म भएपनि यो संविधानले सम्बोधन ग¥यो । छ–छ वटा उप–प्रधानमन्त्री पनि देशले यसैबेला पायो । त्यसका साथै २१ जना मन्त्री, १० राज्यमन्त्री र दुई सहायक मन्त्री गरेर ४० सदस्यीय मन्त्रीमण्डल (इतिहासको तेश्रो ठूलो जम्बो मन्त्रीपरिषद) बनेको छ ।  संविधानसँग असन्तुष्ट पक्षहरुको आन्दोलनले तराई तनावग्रस्त पनि यसैबेला भइ रह्यो । भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका मारमा जनताहरुले नपाउनु दुःख पनि यसैबेला पाए । खाना पकाउने इन्धन देखि यातायातका साधनका लागी चाहिने डिजल पेट्रोलको अभावले जनजीवन कष्टकर बन्यो । सरकारले राष्ट्रियताका नारा दिने भन्दा बढि केहि बिकल्प दिन सकेन । हाम्रो नेतृत्वको अदूरदर...

Reading 'I am Malala'

Image
'I am Malala' was a nice read. I liked the part of the book where I got to learn a lot about history of Pakistan and Swat region to be specific. The history of Islamization of Swat was a bit painful for me. "FIRST THE TALIBAN took our music, then our Buddhas, then our history." It seemed like Taliban (meaning religious students!) did same in Swat what ISIS did or are doing in Syria. The only difference is that what happened in Swat is buried under the history and acts of ISIS are known to all. Actually this destruction started long ago in Mecca where statues of more than 350 gods were destroyed to establish one religion and the idea of one god. Many Indians blamed that Pak government is behind Taliban and this time it came from a Pakistani. Money that came to Pakistan in the name of 'War against terrorism' cost Pakistanis a lot. Only some high class official became rich and the rest had to take drone attack and every bad thing they could imagin...

मैले बलात्कार गरिरहें, तिमी बलात्कृत भइरह्यौ !? (तिमी नारी किन यति हठी ? –६ )

Image
म पुरुष हुँ । म छोरो, बाबु, दाजु, भाइ, पति, देवर, भिना, काका, भतिजा, शिक्षक, हाकीम, सहकर्मी, नोकर, आदि सबैसबै हुँ । तिमी नारीसँगको मेरो गहिरो नाता छ । तिमी मेरो अस्तीत्वको कारक हौ । तिमीले नै मलाई जन्म दियौ । तिम्रा झ्याम्टाहरु चुसेर म हुर्कें । तिम्रो भ्रातृत्व र साथीत्वमा मेरो किशोरावस्था कट्यो । तिम्रो पतिप्रेमले मेरो गृहस्थावस्था सुखमय बन्यो । तिमीलाई छोरीको रुपमा पाउँदा मलाई गर्व भयो । यसबेला सम्म तिमी अन्य नाताहरुका रुपमा पनि मेरो जीवनमा आएर त्यसलाई रसमय बनायौ । मलाई तिमी नहुँदाको आफ्नो एकल अस्तीत्वको कल्पना गर्नु छैन । तिमीसँग बिताएका सानापलहरु पनि मेरालागि ठूलै महत्व राख्छन् । त्यसै त कहाँ भनेका होलान र ठूला बुझक्कीहरुले कि नारी भनेको पुरुषको लागि ईश्वरले पठाएको स्वर्गको क्षतिपूर्ती हो भनेर । तिमीलाई उपहार भनेकोमा वस्तु सम्झेछ यस्ले त हामीलाई भनि नसोच्नु । तिमी उपहारको सट्टामा जे पनि राख्न सक्छौ । मलाई आपत्ती हुने छैन ।  तिमीसँगका नाताहरु सँधै सहज भएनन् । तिमी मसँग जुनसुकै नातामा भएपनि हामीदुईको बीचको एउटा आधारभूत नाता स्त्री–पुरुषको हुन्छ । म तिम्रो लागि एक पुरुष, अन...

अवीरको रंग के भोर सिन्दुरैले सिउँदो सजाउँला ! (तिमी नारी किन यति हठी ? –१८ )

Image
अरुका लागि चाडपर्व खुशीको अवसर होला तर मेरालागि चाडपर्वले प्राय समस्या लिएर आउँछ । उत्सवहरुको आगमनसँगै तिमीलाई कसरी खुशी पार्ने भन्ने पिरलो पनि थपिन्छ । तिमीलाई खुशी दिने हरदम प्रयत्न गरिरहँदा पनि तिम्रा आँशुहरुले रुझेका परेला देख्न म बाध्य हुन्छु । खै मेरो दोस भनौँ कि नियतीको दोस भनौँ, सँधै यस्तै हुन्छ । यसपालीको होलीमा पनि तिम्रो आँशुले मन रुझायो । तिम्रो चाहना पुरा गर्ने लाखौं कोशिस गर्दा पनि सकिन । हुन त तिमीले पनि ठूलै अभिष्ट त राखेकी होइनौ । जाबो एउटा रंगको कुरा न थ्यो । तिमी चाहन्थ्यौ तिम्रो मसँगको प्रथम होलीमा ममाथि रंग लगाउने तिमी प्रथम व्यक्ति होऔ । मैले पनि त्यसो नचाहेको होइन । तिम्रो इच्छा पुरा गर्ने प्रयास नगरेको होइन र पनि तिमीले भनेझैँ तिम्रो हातको प्रथम रंग लगाउन सकिन । नारीहरुको एउटा अनौठो स्वभाव, पुरुष मित्रको शुभकामना पाउने वा उनीहरुलाई शुभकामना दिने काममा होस वा त्यस्ता जुन सुकै काममा सँधै पहिली हुन चाहने अनि सँधै एकलौटी माया रोज्ने गर्छन । अपेक्षा राख्नु गलत होइन । अपेक्षा गर्नु तर अपेक्षकृत फल नआउँदाको स्थितिमा पनि संयमित रहन सक्नुले मानिसलाई विवेकी प्राणी ...

तिम्रो भोगाइ तिम्रै रोजाइ थियो !

Image
तिमी नारी किन यति हठी ?– १७    अचेल साथीभाइहरुसँग भन्दा पनि बढि समय इन्टर्नेटमा बित्ने गर्छ । इन्टर्नेटमा पनि अरु भन्दा बढि फेसबुकमै बित्ने गर्छ । नजिक टाढा सबै दुरीका साथीभाइहरुसँग लगातार सम्पर्क बनाउन सकिने हुनाले अरु कुरामा भन्दा फेसबुकमै बढि समय बिताउने मन लाग्छ । त्यसै क्रममा नारी दिवसको अघिल्लो दिन एकजना फेसबुककै महिला मित्रले नारी शोषणका बारेमा लेखेका कुराहरु पढें । उनी नारी भएकीले होला उनले नारी शोषणका कुरालाई आफ्नो स्ट्याटस बनाएकी थिइन् । उनले घरमा अनि कार्यालयमा नारीहरु शोषित भइरहेका कुरा लेखेकी थिइन् । सृष्टिकी सुन्दर रचना नारीको यो हविगतलाई सुधार्न अनि नारीलाई माया गर्न समेत उनले आग्रह गरेकी थिइन् । त्यसै स्ट्याटसमा सम्पूर्ण नारीहरुका लागि नारी दिवसको शुभकामना समेत दिइएको थियो । मलाई कसो कसो त्यसमा प्रतिक्रिया जनाउने मन लाग्यो । अनि उनको स्ट्टसमा तल लेखिदिएँ, ‘मोटो के मोटिँदो हो र पात्लो न पात्लिएपछि.... भने जस्तै नारीहरुले शोषित नभइ दिएका भए कसले शोषण गथ्र्यो र ? .......’ अनि त्यत्तिले चित्त बmुझेन अनि यो लेखै लेख्ने निधो गरेँ । मलाई नारीहरु शोषित पीडि...

सुन्दरताको तिमी उदहारण हौ !

Image
  तिमी नारी किन यति हठी ? –१६ बाटामा हिंडीरहेको थिएँ । पहिले उनी सामान्य चालमा आइरहेकी थिइन् । मेरो नजिक पुग्ने वित्तिकै उनको पदचाल नै फेरियो । सामान्य अवस्थामा हिँडीरहेकी ती युवती केही भिन्न पाराले हिंड्न थालिन् । उनको मुहारमा नजर दौडाएँ । उनले नथाहापाए जस्तो गरी हिंड्न थालिन् । विस्तारै शीर देखि पाउ सम्म टटोलेँ । उनी सामुन्नेबाट गुज्रीसकेपछि फर्किएर उनलाई हेरें । पछिबाट उनको सम्पूर्ण बान्किहरु देखिन्थे । उनले लगाएको पहिरनै त्यस्तै थियो । उनले रोजेको आफ्नो लवाइ नै त्यस्तो थियो जसले गर्दा उनको दैहिक सुन्दरता हेर्नलाई उनका सामु पर्ने जो कोही पनि लालायित हुँदा हुन् । सायद यो कुरा उनले पनि राम्ररी बुझेकी होलिन । एक त उनको कसिलो पहिरन, अझ त्यसमाथि उनको विशेष चालाले उनको शरीरका हरेक बान्किहरु थप आकर्षक बनाइदिन्थे । उनी छेवैवाट गएकोले उनको शरीरबाट आएको विशेष प्रकारको अत्तरको बास्ना पछि सम्म आइ रहेको थियो । हेर्दा राम्री थिइन् । जीउडाल पनि राम्रै थियो । उनको पीठ्युमाथि लत्रिएका काला सर्पकेशहरु अझै मोहक थिए । समग्रमा उनी सुन्दरी थिइन्, अत्यन्तै सुन्दरी । ईन्टरनेटमा ताजा घटनाहरुको बा...

तिमी म अनि हाम्रो प्रेम दिवस !

Image
तिमी नारी किन यति हठी ? –१५  सायद तिमीलाई माया गरेको भन्दा पनि ‘माया गर्छु’ भनेर भनेको सुन्न बढि मन पर्छ । त्यसैले त होला तिमी बारम्बार मेरा मुखबाट प्रेमालापहरु सुन्न चाहन्छ्यौ । तिमीलाई हरेक पटक मबाट तिम्रो साथ दिने र तिमीसँग हुने बाचा बन्धनहरु सुन्न मन हुन्छ । तिमीसँग व्यवहारिक हुन खोज्दा तिमी निष्ठुरी भन्छ्यौ । तिम्रा ती कटु वचन सुन्दा यहाँ आफ्नो मुटुले ठाउँ छोडे जस्तो हुन्छ भन्ने तिमीलाई के थाहा ? अनि अग्लो भीरबाट खस्दा मुटुमा परेको चीसो जस्तो महशुस हुन्छ भन्ने के थाहा ? सँच्चै तिमीले अविश्वास गर्दाका क्षणहरु निकै नरमाइलो लाग्छ । तिम्रो विश्वास जित्ने कुनै उपाय गर्न पाए हुन्थ्यो झैँ लाग्छ । तिमी जीवनभर एक प्रेमीका भएर जीउन चाहन्छ्यौ । तर विडम्बना, यथार्थको संसारमा सपनाहरु सँधै साँचा नहुन सक्छन् । कहिले कहीं वर्तमानका गाह्रा साह्रा परिस्थितिहरुले पनि पछिका दिनहरुलाई अझ मीठा बनाएर लैजान्छन् । प्रेम दिवस आउन लागेको तिमीले भेउ पाइछौ । तिम्रा अरु साथीका प्रेमीहरुले पनि उनीहरुलाई प्रेमोपहार दिनलागेका कुराहरुले तिम्रा मनमा पनि अनेक रहर जगायो होला । त्यसैले त तिमी मलाई बारम्बार...

बदमास भए म तिम्रै कारणले !

Image
 तिमी नारी किन यति हठी ? –१४ सबैले मलाई ‘तँ त बिग्रीछस’ भनेर भन्छन् । हो अचेल मलाई सबैले यसै भन्छन् । म फेरिएँ रे ! म पहिले जस्तो छैन रे ! अनि अहिले म बिग्रिएँ रे ! तर मैले आफूमा त्यस्तो विधि केही फरक पाएको छैन । सिवाय तिमी मेरो जीवनमा आयौ, अरु ममा केही परिवर्तन भएको छैन । हो तिमी आउनुले केही परिवर्तनहरु आएका छन् । हिजो सम्म जीवनमा निरासा सिवाय केही नपाउने मेरो मनले अहिले जीवनलाई छुट्टै दृष्टिले हेर्न थालेको छ । थाह छ, म आशावादी भएको छु । म जतिबेला जीवनको एकदमै अप्ठेरो मोडमा उभिएको थिएँ त्यसबेला तिमीले मेरो मनमा स्थान खोज्यौ । मलाई मेरै सम्स्याले अँठ्याएको बेला तिमीले अपनाउन खोज्यौ । तिमीप्रति मैले कत्तिको न्याय गरेँ–गरेन मलाई थाह छैन । तर यत्ति अवश्यै भन्छु कि मैले सकेसम्म तिमीलाई मेरो भद्रगोल जीवनवाट अलग राख्न चाहेको थिएँ । हो ममा पनि इच्छा थियो, कोही यस्तो साथी बनाउने जोसँग मैले मेरा मनका कुराहरु साँट्न सकुँ । जसले मलाई मेरा अप्ठेरा पलहरुमा साथ देओस् । जसले मेरा कमीहरुलाई पुरा गरिदेओस् । मैले तिमीमा मेरो परिपूर्णताको प्रतिविम्ब खोजेको थिएँ । त्यसैले त मैले मुखले जे भनेको ...

लौ हेर कलियुगे ‘पति’को गति !

Image
 तिमी नारी किन यति हठी ? –१३ स्नातकोत्तर तहको शोधपत्र बुझाउनु पर्ने मौसम चलेकोबेला मकहाँ पनि केही शोधकर्ताहरु आफ्ना शोधपत्रको टंकण कार्यका लागि आइपुगे । शोधकर्ताहरुसँग काम गरिरहेको बेला हाल नारी हक अधिकारका सम्बन्धमा आवाज उठाउनेहरुले विभिन्न चलनचल्तीका शब्दहरुमाथि लगाएको प्रतिबन्धका बारेमा कुराहरु चल्न थाल्यो । सभापति, राष्ट्रपति, श्रीमान्(न्यायाधीसका लागि), आदि शब्दहरुमाथिको प्रतिबन्धका बारेमा कुराहरु उठ्न थाले । हुन पनि लिङ्ग विशेषका लागि बनेका जस्ता लाग्ने यस्ता शब्दहरुलाई चलनचल्ती बाट हटाउनुलाई भाषाको लैङ्गिक विभेद हटाउने प्रयासका रुपमा हेर्न सकिन्छ । भाषा संस्कृतिको पाटो भएकोले भाषामा भएका विभेदहरुले संस्कृति र संस्कारगत विभेदहरुलाई दर्शाउँछन् । तसर्थ सभापतिका सट्टामा सभाध्यक्ष, राष्ट्रपतिका सट्टामा राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुख, आदि जस्ता शब्दहरुको हेरफेरले भाषामा विद्यमान लैङ्गिक विभेद प्रति नारी जमात सचेत(?!) भएझैँ लाग्छ । नारीहरु यस किसिमका भाषागत हेरफेरलाई आफ्नो प्रगतिशील शोचको उपज ठान्छन् । यस किसिमका परिवर्तन प्रतिकुलका आफ्ना अड्डी थाप्नेहरुलाई पुरुष दम्भवाट ग्...