Posts

Showing posts with the label Marxism

कार्ल माक्र्स र कम्युनिष्ट घोषणापत्र (द कम्युनिष्ट मेनिफेस्टो)

Image
 नेपालमा मार्कस्बाद नयाँ कुरो होइन । कम्युनिष्ट शब्दसँग पनि प्राय नेपाली परिचित नै छन् । लगभग–लगभग नेपाली समाजवादी आन्दोलन जत्तिकै पुरानो इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलनमा लागेकाले आजका दिनसम्म आएर सात पटक प्रधानमन्त्रीत्व गरिसकेका छन् भने अझ धेरै पटकका सरकारमा सहभागी भइसकेको छ । २०२८ सालको झापा आन्दोलन पछि त्यस्तै प्रकृतिको १० वर्ष त जनयुद्ध नै पनि नेपाली जनताले देखि सकेका छन् । तर त्यति पुरानो इतिहास बोकेको कम्युनिष्ट आन्दोलनको खास सिद्धान्त के हो त भन्ने कुरामा म अझै अलमलमा थिएँ । नेपाली समाजमा पनि कम्युनिष्टका विरोधमा कांग्रेसीले धेरै ‘गलत’ कुरा फैलाएको भन्ने चर्चा आउँछ । त्यसैले सहि के हो भनेर खोज्न कम्युनिष्ट सिद्धान्तका जन्मदाता कार्ल माक्र्सद्वारा रचित कम्युनिष्ट घोषणा पत्र पढि हेर्ने मन भयो । यो घोषण पत्रले कम्युनिष्ट आन्दोलनको आवश्यकता र निर्देशक सिद्धान्त समावेश गरेको छ । धेरै भाषामा अनुवादित यो पुस्तकको अंग्रेजी संस्करणमा भएका केहि कुराहरु यहाँ उल्लेख गर्न खोजेको छु । बुर्जुवा र सर्वहारा शब्द माओवादी जनयुद्धका क्रममा धेरै चर्चामा आए । तिनको अर्थ कतिले थाहा ...