Posts

Showing posts with the label Sudheer Sharma

सुधीर शर्माकाे प्रयोगशाला

Image
प्रयोगशाला धेरै अघि देखि चर्चा सुनेको तर पढ्ने साइत नजुरेको पुस्तक हो । हात परिसक्दा पनि यसको आकारले धेरै समयसम्म सुरु गर्नै डर लाग्यो । खासमा म सुरु गरेको किताब सकेसम्म पढेर भ्याउने कोसिस गर्छु । अनि अलि पट्यार लाग्दा किताब सुरु ग¥यो भने त्यसले अन्य राम्रा किताब पढ्नबाट समेत बञ्चित गराउँछ । त्यसैले निकै संकोच मानेर यो पुस्तक पढ्न सुरु गरेको थिएँ । पढ्न सुरु गरेपछि रोकिन गाह्रो भयो । देशमा माओवादीको उदय र खिलराज रेग्मीको सरकार गठन सम्मको प्रसंगहरु पुस्तकमा समावेश छन् । समय र सन्दर्भ मिलेका बेला पुराना कुराहरु पनि अटाएका छन् । हालको राष्ट्रिय राजनीतिमा सकृय थुपै्र नामहरुको अन्तरकुन्तर पनि पुस्तकमा समावेश छ । माओवादीको ०५२ साल भन्दा अघिको इतिहास र ०५२ पछिका पार्टीका भित्रि कुराहरु पनि पुस्तकमा समावेश गरिएको छ । माओवादी समस्या समाधानार्थ भएका देखिएका र नदेखिएका प्रयासहरुका बारेमा पुस्तकले थुप्रै कुराहरु बाहिर पस्केको छ । कृष्णप्रसाद भट्टराई विरुद्धको अविश्वासको प्रस्ताव पनि माओवादी समस्या समाधानमा अग्रता लिएको विषयलाई लिएर नै थियो भनेर पुस्तकमा उल्लेख गरिएको प्रसंगले अलि अचम्भित बनाएक...