Posts

Showing posts with the label खबुज

खबुजः मरूभुमीमा डढेका सपनाहरूकाे कथा

Image
नयनराज पाण्डे र नगरकोटिका भए जतिका किताब अनि आफूलाई मन परेको कुनै एक पुस्तक दिनुहोला भनेर मनोज दाइलाई भनेको थिएँ । उनले अक्षरगन्ज, फोसिल र सल्लीपिर सँगै खबुज पनि बोकेर ल्याए । अरु भन्दा निकै सानो र अनौठो शीर्षक भएको खबुज मैले सबै भन्दा पहिले पल्टाएँ । मलयालम साहित्यका बहराइन स्थित साहित्यकार वेन्यामिनद्वारा लिखित ‘आडु जिविदम’ को नेपाली अनुवाद सुरुवातमा उति रुचिकर नलागेपनि पढ्दै जाँदा मन छुँदै गयो । ‘दुःखबाट उम्कने उत्तम उपाय – आफूले भन्दा बढि दुःख भोगेका अरुहरुको कथा सुन्नु ।’ अनेक आशा र सपना बोकेर नजिब चार महिने गर्भवति श्रीमतिलाई छोडेर अरबमा रोजगारीका लागी पुग्छ । ऋण सापट गरेर त्यहाँ पुगेपछि उसलाई उसको जीवनले कोल्टे फेर्ने अपेक्षा हुन्छ । उसको जीवनले त्यहाँ कोल्टे त अवश्यै फेर्छ तर उसले अपेक्षा गरे भन्दा नितान्त फरक दिशामा कोल्टे फेर्छ । भारतको करुवट्टा गाउँमा खोलाको बालुवा झिकेर गुजारा चलाई रहेको नाजिबले प्रथम इराक युद्धपछि तेल अधिराज्यहरुमा खुलेको रोजगारीको अवसरलाई सदुपयोग गर्दै आफ्ना साना तिना सपनाहरु पुरा गर्न गरेको कोशिसले उसको भएको खुशी पनि खोसि दिन्छ । विमानस्थलबाट ऊ स...