तिमी नारी किन यति हठी ? 1

 म पहिले पहिले अखबारमा अनामिका नामबाट तिमी पुरुष किन यति हठी ? भन्ने शीर्षकमा छापिने लेखहरु पढ्थें । इमान्दार भएर भन्नुपर्दा मैले ती लेखहरु कुनै पनि पुरा पढेको छैन । शीर्षक सम्म पढ्थें अनि मेरै(पुरुषको) हठको बारेमा लेखेको कुरा पनि के पढ्नु सोच्थें अनि पढ्दैनथें । तर नारी जगतमा निकै प्रभाव पारेको रहेछ त्यो शीर्षकमा आउने लेखले । बेला मौकामी उनीहरुकै कोकील कण्ठबाट अनामिकाको जिकिर सुन्दा कता कता आफ्नो पौरुषलाई धक्का लागेको जस्तो भान हुन्थ्यो । त्यसैले अनामिकाले तेस्र्याएको प्रश्नको उत्तर प्रतिप्रश्न गरेर दिन मन लाग्यो । त्यसका लागि मैले सुनाम भनेर अनामिकाको ठीक विपरित नाम जुराएको थिए“ । तर आफ्नो वास्तविक नाम नै झण्डै झण्डै गुमनाम भएको बेला त्यो छद्म नामको भार बोक्ने क्षमता आफुमा नभएको महशुस गर्दै मैले सुनामको सट्टा आफ्नै नाम लेख्नु उचित ठाने । फेरि त्यसो गर्दा अनामिकाको प्रतिवाद गरेको ठहरीन जाने हुनाले त्यो धृष्टता गर्ने आ“ट जुराउन पनि गाह्रै भयो । त्यसैले जे पर्ला सो टर्ला भन्दै आफ्नो हट सिद्ध गर्न यो प्रतिप्रश्न तेस्र्याउ“दैछु । विशेष गरि अनामिका अनि अन्य सम्पुर्ण नारी जातीलाई यो धृष्टतालाई गम्भीर रुपमा नलिइदिनको लागि आग्रह गर्छु । हात्ती देखेर कुकुर भुकेको सम्झेमा पनि म यो कुकुर भुकाइप्रति गर्व गर्नेछु ।

भनिन्छ निराशाको शिकार हुनु भन्दा रिसको सिकार हुनु लाभदायक हुन्छ । निरासाले मानिसको शक्ति क्षीण पारिदिन्छ भने रिसले मानिसलाई आफ्नो अहं सिद्ध गर्न केही गर्ने उर्जा दिन्छ । पुलोमा सितको रीसले कालिदासलाई संस्कृतका महाकवि कालिदास बनायो । द्रोणाचार्यले शीष्यको रुपमा ग्रहण नगर्ने भएपछि कर्णको द्रोणस“गको रीसले उनलाई परसुराम शीष्य र अर्जुनकै हाराहारिका सर्वश्रेष्ट धनुर्धर बनायो । भारतले नाकाबन्दि गरेपछि पञ्चायतकालका मरिचमानलाई भारतस“गको रीसले विमानबाटै भएपनि तेश्रो मुलुकबाट नुन ल्याउन सक्ने अनि देशका जनतालाई आवश्यक्त भन्दा बढि कृषि उत्पादनमा बढोत्तरी गर्न मद्दत पु¥यायो । पल्पसा क्याफे जस्तै नाम चलेको उपन्यास लेख्छु भन्ने कृष्ण अविरलले अपमानित हु“दा दरवार हत्याकाण्डको बारेमा लेखिएको चर्चित कृति रक्तकुण्ड लेख्ने अभिप्ररणा त्यै रीसले दिलायो । राजा महेन्द्रको नाममा रहेको जंगललाई राष्ट्रिय निकुञ्ज बनाउनु पर्छ भन्ने कर्ण शाक्यलाई आफ्नो इजार मन्तिरको जंगलमा पनि निकुञ्ज बनाउ“छौ त ? भन्ने जस्ता प्रश्न गर्नेहरुको रीसले देशकै बुढो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज जन्मायो । संसद पस्न समाजसेवा गर्ने भनि बात लाएर विकास कार्य गर्नलागेका मान्छेलाई अनेक बाधा अड्चन ल्याउनेहरुको रीसले तामाकोसी सेवा समिति (तासेस) का जन्मदाता जगदिस घिमिरेलाई तासेसले युद्धकालमा पनि कत्ति विचलित नभै गरेका विकास कार्यका लागि “दि रिफ्लेक्सन अफ होप” अवार्ड जस्तो अन्तर्राष्ट्रिय प्रतिष्ठाको भागिदार बनायो ।

रीसले थुप्रै राम्रा कामहरु गरेको छ । निराशाले केही गरेको छैन । लाउ“लाउ“ खाउ“खाउ“ भन्ने उमेरका लक्का जवानहरुलाई झुण्डीएर संसार त्याग्ने गलत बाटो देखाउनु सिवाय । बा“चे त कति पो देख्न पाईंदाहुन त्यस्ता मृगनयनीहरु ! त्यसैले मेरो यो प्रयासले बरु रीस उठोस तर हतास र निरास कसैलाई नबनाओस भन्ने मेरो परमेश्वर (यदि छन् भने) स“ग हातखुट्टा पसारेर नम्र निवेदन छ ।

सके भने यो प्रतिप्रश्नलाई निरन्तरता दिने छु तर त्यसका लागि मलाई पुरुष साथीहरुले भरथेग सहयोग गर्नुपर्नेछ मेरो होस्टेमा हैंसे मिलाएर । अनि नारी जतिहरुले रीसैले भए पनि मैले माथि उल्लेख गरे जतिका उदाहरणहरु जस्तै कुनै सृजनात्मक जवाफ पस्के हुन्छ । यदि त्यसो भयो भने म आफुलाई सौभाग्यसाली सम्झनेछु । चलचित्रको खल पात्रले खलनायकीकै माध्यमबाट (चहे त्यसका लागि लात वा वातै किन खानु नपरोस) भए पनि नायक नायीकालाई दिव्य पुरुष वा दिव्य नारी बनाएको जस्तो ठान्नेछु ।

नारी–पुरुषको विभेदकारी दृष्टिकोणले अचेल शब्दको प्रयोगमा पनि निकै ध्यान दिनु पर्ने भएको छ । नारी हक हितका सवालमा अनि नारी माथिको थिचोमिचोको सवालमा थुप्रै कदमहरु चालिएको हालको अवस्थामा कुनै लिंगी पनि नछुटोस भन्नका लागि दुबै लिंगी(स्त्री–पुरुष)लाई जनाउने शब्दहरु प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । यस्ता कुराहरुलाई निकै नै सम्बेदनशील मानिन्छ अचेल । मैले हालसालै पढेको एक लेखमा महिला प्राध्यापकलाई जनाउनको लागि प्राध्यापीका लेखिएको थियो । शायद लिंग प्रस्ट्याउन लागि लेखिका(लेखक भने गाल पर्न सक्छ)ले त्यसो गरेको हुनु पर्छ । कतिपय ठाउ“हरुमा यस्ता कुरा ठीकै लाग्छ तर योग्यताका सवालमा जब आरक्षणको कुरा ल्याइन्छ मलाई चित्त बुझदैन । एउटा डाक्टरको पोष्टमा एउटा कुशल सर्जन पुरुष र एक सिक्दै गरेको महिला सर्जन मध्येमा आरक्षण दिएर महिलालाई कुशल सर्जनले गर्नुपर्ने काम सुम्पियो भने त्यसले के परिणाम देला ? यो मैले महिलाहरु अकुशल हुन्छन् भन्न खोजेको भने पक्कै होइन । त्यही कुरालई पुरुषका ठाउ“मा महिला र महिलाका ठाउ“मा पुरुष राखेर भन्दा आउने परिणाम पनि एकै हुन्छ । त्यसैले महिला भएकै कारण कुनै अवसर पाउनु पर्ने वा नपाउने भन्दा पनि योग्य भएकै कारण सो अवसर पाउनु पर्ने कुरामा हठ गरे कसो होला भन्ने मेरो सोच हो । लिंग विशेष वा जाती विशेषको भएकै भरमा आरक्षण पाएर त्यस्तो ठाउ“मा स्थापित गराउ“दा सहिपदका लागि सहि उमेद्वारको सिद्धान्तमा आघात पुग्दैन र ? यदि आरक्षणकै भरमा सबैलाई अवसरहरु दिने हो भने त हामी पुरुष त्यसमाथि पनि समाजले माथिल्लो जाती भनेर छुट्टयाएको परिवारमा जन्मेकाले त मरे भयो अनि अर्को जुनीमा आरक्षण भित्र पर्ने जातमा वा लिंगमा जन्म लिए भयो । मैले अघिको प्रसंगमा नायक नायीका भनि लेख्नुको पछाडि पनि कसैले पितृसत्तात्क सोचबाट ग्रस्त रहेछ भनेर नभनोस भनेर मात्रै हो । अब पछि पछि तेश्रो लिंगीका मुद्दाहरु पनि अहं भइसकेको परिप्रक्षमा नायक नायीका पछि के थप्नु पर्ने हो मलाई थाहा छैन । सायद नयां शब्दहरु जन्मनेछन् होला । लेखकको लागि शब्द चयन चाहिं त्यसबेला साह्रै गाह्रो हुने होला !

नारी हठले अत्यास त्यतिबेला लगाउ“छ जब मलाई कोही महिलाले “नारी विना त तपाईंको जीवन अधुरो हुन्छ ।” भनेर सुनाउने गर्छन् । के पुरुष विना उनीहरुको जीवन पूर्ण हुन्छ त ? पतिको माया देखि लिएर सन्तानको रहर सम्मका कुरा यै पुरुषले पुरा गरिदिने होइन र ? धेरै पहिला, सायद म नौ कक्षामा पढ्दा हुनुपर्छ, मैले मदनमणी दीक्षित ज्यूले लेख्नुभएको त्रिदेवी भन्ने मोट्टो उपन्यास पढेको थिए“ । त्यसमा एकल महिलाको रुपमा एक नारी पात्रको कुण्ठाहरुको बारेमा पढ्दा निकै नरमाइलो लागेको थियो । एक्लो नारीको जीवन कति पीडादायक हुन्छ भन्ने कुराको छनक थियो त्यसमा । अनि ति नारी पात्रले अन्ना केरनिना भन्ने टोल्सटोयको किताबको चर्चा गरेको बखतमा मलाई टोल्सटोयको पुस्तक समेत पढ्ने मन लागेको थियो । पछि आफ्नै विद्यालयमा त्यो पुस्तक पाएपछि पुस्तकको मोटाइले सातो खायो । अझै सम्म त्यो पुस्तक पढ्ने आ“ट जुटाउन सकेको छैन । तर पढ्छु अवश्यै । छिट्टै पढ्छु ।

त्यसकै ठीक विपरित कृष्णप्रसाद भट्टराई जस्ता देश हा“की सकेका पात्रले पनि एकल जीवन विताइसकेको, अनि हाम्रा चलचित्र क्षेत्रका महानायक राजेश हमालले पनि झण्डै झण्डै आजिवन अविवाहित विताइ सकेको परिप्रेक्षमा एकल जीवन पुरुषका लागि पनि असम्भव भने नहुने देखे“ । पुराणकै कुरा गर्ने हो भने पनि भिष्म जस्ता महापुरुषले आफ्ना पिता सन्तनुको लागि भनेर आजिवन वा त्यस भन्दा पनि बढि (इच्छा मृत्यु पाएकाले उनले आफुभन्दा कनिष्ट थुप्रै भरतवंशीहरुको जीवन नैय्या डुबीसक्दा पनि प्राण त्याग गरेका थिएनन् ) व्रह्मचारी भएर विताए । यस भन्दा बढि खोज्यो भने अरु पनि पाउन सकिन्छ होला । तर भैगो । त्यसैले म भन्छु, नारीविना जीवन कष्टकर त होला तर जीवन जीउनै नसकिने भन्ने चाहिं होइन ।

नारीलाई पुरुषले कहा“ चाहिं त्यत्रो अन्याय गरेको छ र ? केही खराब उदाहरणहरु बाहेक नारीहरुलाई हर्दम मुटुमै टा“सेको छ त । रोमीयोले जुलीयटलाई अनि मदनले मुनालाई, मधुकरले मालतीलाई अनि कृष्णले रुक्मणीलाई(वा अन्य गोपीनीहरुलाई) । त्यसबाहेक पनि उनीहरुले आ“सु झार्ने वित्तिकै आफूलाई जन्म दिने आमाबाबु समेत छोडेर तिनकै सप्कोमा लुक्न जाने यै पुरुष होइन ? अनि नारी हठी कि पुरुष हठी ? नारीले राखेका सम्पुर्ण सौखका कुराहरु पुरा गर्न आफ्नो बेतनले नभ्याए पछि आफ्नो आत्माले नस्वीकार्ने भ्रष्टाचारमा मुछिएरै भए पनि आफ्नी अर्धाड्डिको हठ पुरा गर्ने यो पुरुष कहा“नेर आएर हठि देखियो त ? माइत जाने घुर्की मात्रैले आफ्ना दाजुभाइस“ग अंश मागेर छुट्टै बस्न लगाउने नारी हठी कि उसको भनेको लुरु लुरु मानेर पत्नी धर्म निभाउने पुरुष हठी ? लौ आफै भन्नुस् !

अर्को प्रचलित कथ्य छ जो मेरो कन्सिरीको रौं ठाडो पार्छ । “नारी नभएको भए तपाई जन्मनु नै हुने थिएन ।” मेरो प्रश्न यत्ति हो के पुरुष नभएका भए नारीको जन्म सम्भव थियो र ? कि नारीले पाण्डवकी आमा कुन्तीले जस्तै सूर्य, ईन्द्र, वरुण, आदि जुन चाह्यो तेही देवतास“ग सन्तान माग्न सक्ने बरदान पाएका छन् ? आ“खिर तिनले सन्तान दिइहाले पनि ती पनि त पुरुषै हुन् । नारी विना पुरुषको अस्तित्व सम्भव छैन भने पुरुष विना नारीको अस्तित्व झनै सम्भव छैन । कुखुरो बिना कुखुरीले चल्ला निस्कने फुल पार्न सक्दैने, सा“डे विना गाइ ब्याउ“दैन, बोका बिना बाख्रीले पाठा पाउ“दैने, आदि इत्यादि ।

सन्तान जन्माउन चाहिने एक्स र वाइ क्रोमोजोमका जोडाहरु मध्ये एक्स र वाइ क्रोमोजोमहरु दुवै पुरुषमा हुन्छन् अनि नारीमा खाली वाइ वाइ क्रोमोजोमहरु मात्रै हुन्छन् । लिंग निर्धारण पनि पुरुषकै अधीनमा हुन्छ । नारी त मात्र होस्ट हो बच्चा जन्माउनको लागि । अब त्यसको पनि विकल्प वैज्ञानिकहरुले प्रयोगसालामा गरिसकेका छन् । त्यस्तै प¥यो भने एक्स र वाई दुवै क्रोमोजोम भएका पुरुषहरु नै मिलेर कुनै वैकल्पिक उपाय निकल्न के बेर !

नारीहरुकै लागि भनेर पुरुषहरुले गरेका थुप्रै कारनामाहरु छन् । मुगल राजा शाजहा“को ताजमहला जो संसारको सात अजुबा मध्येमा पर्छ, त्यो पनि पुरुष पात्रले नै बनाएका होइनन र ? बाहिर किन जाने हाम्रै देशको राजधानीको रानी पोखरी बनाउने प्रताप मल्ल के पुरुष होइनन् त ? छ कतै नारीले पुरुषका लागि ताजमहल र रानी पोखरी बनाएका इतिहासहरु ? यत्र नार्यस्तु पुजयन्ते रमन्ते तत्र देवता(जहा“ नारीको पुजा हुन्छ, त्यहा“ देवताहरुको बास हुन्छ) भन्ने श्लोक के नारीहरुले पितृसत्तात्मक भन्दै आएको हाम्रो समाज अनि सनातन धर्मको आस्था मध्ये पर्दैन र ? कहीं भुलेर पनि खुट्टा लाग्ने बित्तिकै आफ्नो सम्पूर्ण अहं विर्सेर, पाउ छोएर,ज्यू गर्ने पुरुष नभएर को त ? अनि नारीलाई यति आदर गर्ने, यति माया दिने, नारीकै लागि आफ्नो जन्मदातालाई त्याग्ने, सातौं अजुवामा पर्ने ताजमहल जस्ता प्रेमका प्रतिकहरु निर्माण गराउने, दाजुभाइस“ग अलग्गीने पुरुष हठी कि नारी ? यत्रो विधि गरिसक्दा पनि साना तिना कुरा लिएर बारम्बार पुरुषहरुप्रति अनामिका (लेखकी नारी पात्र)ले “तिमी पुरुष किन यति हठी ?” भनि प्रश्न तेस्र्याउ“दा समेत केही नबोल्ने पुरुष हठी कि बारम्बार एकसुरे गित गाइरहने नारी हठी ? त्यसको उत्तर मेरो प्रति प्रश्नले दिन्छः तिमी नारी किन यति हठी ?

raman.paneru@gmail.com
1

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला