लौ हेर कलियुगे ‘पति’को गति !
तिमी नारी किन यति हठी ? –१३
स्नातकोत्तर तहको शोधपत्र बुझाउनु पर्ने मौसम चलेकोबेला मकहाँ पनि केही शोधकर्ताहरु आफ्ना शोधपत्रको टंकण कार्यका लागि आइपुगे । शोधकर्ताहरुसँग काम गरिरहेको बेला हाल नारी हक अधिकारका सम्बन्धमा आवाज उठाउनेहरुले विभिन्न चलनचल्तीका शब्दहरुमाथि लगाएको प्रतिबन्धका बारेमा कुराहरु चल्न थाल्यो । सभापति, राष्ट्रपति, श्रीमान्(न्यायाधीसका लागि), आदि शब्दहरुमाथिको प्रतिबन्धका बारेमा कुराहरु उठ्न थाले । हुन पनि लिङ्ग विशेषका लागि बनेका जस्ता लाग्ने यस्ता शब्दहरुलाई चलनचल्ती बाट हटाउनुलाई भाषाको लैङ्गिक विभेद हटाउने प्रयासका रुपमा हेर्न सकिन्छ । भाषा संस्कृतिको पाटो भएकोले भाषामा भएका विभेदहरुले संस्कृति र संस्कारगत विभेदहरुलाई दर्शाउँछन् । तसर्थ सभापतिका सट्टामा सभाध्यक्ष, राष्ट्रपतिका सट्टामा राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुख, आदि जस्ता शब्दहरुको हेरफेरले भाषामा विद्यमान लैङ्गिक विभेद प्रति नारी जमात सचेत(?!) भएझैँ लाग्छ । नारीहरु यस किसिमका भाषागत हेरफेरलाई आफ्नो प्रगतिशील शोचको उपज ठान्छन् । यस किसिमका परिवर्तन प्रतिकुलका आफ्ना अड्डी थाप्नेहरुलाई पुरुष दम्भवाट ग्रसित एवं संकिर्ण मानसिकता बोकेका भनि भन्न रुचाउँछन् । अनि उनीहरुको आक्रोशको शिकार हुने डरले हाम्रा तथाकथित प्रवुद्ध बर्गहरु पनि यस किसिमका परिवर्तनहरुलाई विना विचार मन्थन गरि ग्रहण गर्नका लागि तयार हुन्छन् । सायद यिनै कारणले होला कलियुगमा ‘पति’ को यो गति भएको । संस्कृत भाषा नेपाली भाषाको जननी भएकाले र ‘पति’ शब्द समेत संस्कृत भाषाबाट आएकाले पतिको अथवा पति जडित सभापति लगायतका शब्दको अर्थ लाउँदा पहिले यसको उत्पत्तिका विषयमा जान्नु आवश्यक हुन्छ । त्यसैले संस्कृत भाषाको व्याकरणमा यसको अर्थ खोज्नु मैले सान्र्भिक ठाने । संकीर्ण विचार बोकेका केही दलको आफूलाई अग्रगामी बनाउने होडमा संस्कृत भाषामा राजतन्त्रको अंश देख्नु अनि यसलाई रुढी ग्रस्त भाषाका रुपमा कु–परिभाषित गरेर अनिवार्य संस्कृत शिक्षामा रोक लगाउनुको परिणाम स्वरुप हालको भाषिक दुरावस्थामा बढोत्तरी देखिएको हो । अहिलेको नेपाली भाषी थोरैलाई मात्रै संस्कृत भाषाको राम्रो ज्ञान होला । बाउबाजेले घीउ खाएकाहरुको हातमा घीउको बास्ना आए(?!) जस्तै (तथाकथित) व्राम्हण (व्रम्हको ज्ञान भएको व्यक्ति) परिवारको सदस्य भएकाले संस्कृत भाषाको नजिक छु भन्न सम्म पाएको छु । त्यसैले यो ‘पति’ को गति सुधार अभियानमा पनि संस्कृत भाषाको ग्रन्थहरु उधिन्न, आफै नसक्ने भएपनि आफ्नी माताका पति र आफ्ना पिताको सहयोग आवश्यक ठानेँ । यदि वास्तवमै ‘पति’ शब्दले नारीको नर मात्रै जनाउने भएको भए त्यसो गर्नु अनुचितै हो भनेर पनि म भन्दैनथेँ । त्यसैले मैले पहिले कसैलाई पूर्वाग्रही भनेर भन्नु भन्दा पनि पहिले आफै सो विषयमा आवश्यक अध्ययन अनुसन्धान गर्नु उचित ठाने । अनि संस्कृत भाषामा दखल राख्ने आफ्नै माताका पति, अर्थात् आफ्नै पिताको त्वं शरणं (भने अनुसारको अनुशरण) गर्ने निधो गरेँ । उनलाई मैले ‘पति’को गतिका बारेमा वेलिविस्तार लाएर त्यसको वास्तविकता जान्न मन लागेको भनेर भन्दा उनी पनि आफ्नो विद्वता प्रदर्शन गर्ने मौकाको भरपुर फाइदा उठाउनमा तत्पर देखिए । उनलाई ‘पति’ शब्दको दुर्गतिको बारेमा भन्ने बित्तिकै उनले संस्कृत भाषाको व्याकरण सिद्धान्त कौमुदिको पुस्तक पल्टाउँदै ‘पति’ शब्दको चिरफारमा लागि हाले । उनले क्रमैसँग ‘पति’ शब्दको उत्पत्ति र अर्थका बारेमा भन्दै गए म सुन्दै गएँ । ‘पति’ शब्दको उत्पति ‘पा’ धातुको प्रयोग गरेर उणादि चतुर्थपाद ४९७ सूत्र पातेर्डतिः बाट भएको भन्ने प्रमाण संस्कृत भाषाको व्याकरण सिद्धान्त कौमुदिमा उल्लेख भएको कुरा उनले बताए । ‘पा’ धातुको अर्थ रक्षा गर्ने अर्थात संरक्षण गर्ने र पालन गर्ने भन्ने हुन आउँछ । ‘पा’ धातुमा उणादि ‘डति’ प्रत्यय लागेर ह्रस्वमै ‘पतिः’ शब्द बनेको हो । तसर्थ ‘पति’ शब्द आफैमा कुनै लिङ्ग विशेषका लागि भन्दा पनि संरक्षण र पालक अर्थमा यसको प्रयोग हुने गरेको उनले बताए । उनले यसै व्याख्यानसँगै ऋगवेदको श्लोक उल्लेख गर्न पनि चुकेनन्ः “नमः सभाभ्यः सभापतिभ्यश्चवो नमो नमः। यस श्लोकमा सभा प्रमुखका लागि यो शब्द प्रयोगमा आएको छ । ‘पति’ शब्द प्रयोग गरि समास प्रकृयावाट निर्मित सभापति र राष्ट्रपति जस्ता शब्दहरुमा भएका ‘पति’को अर्थको अनर्थ गरेर त्यस्ता शब्दलाई फेरबदल गर्नु वौद्धिकता र व्यापक शोच प्रकट गर्नु भन्दा पनि आफ्नो लघुमानसिकताको अधिक प्रयोग गर्नु हो । सभापति भनेको सभाको पति हो भन्ने अर्थ लगाउनु अनि राष्ट्रपति भनेको के राष्ट्रको पति भयो भन्नु त आफ्नो संकिर्णता र अनभिज्ञता दर्साउनु भन्दा बढ्दा केही पनि होइन । सभा र राष्ट्र कसैका श्रीमति भएका भए सभापति र राष्ट्रपति शब्दले लिङ्ग विशेष जनायो यो फेर्नुपर्छ भन्ने हुन सक्थ्यो तर यसको अर्थ त सभालाई संरक्षण गर्ने अनि राष्ट्रको अभिभावकत्व निर्वाह गर्ने हुन आउने भएकोले यसमा लैङ्गिकताको मुद्दा ल्याउनु भनेको सर्वथा गलत हो । ऋक्वेदका श्लोकमा सभालाई ठूलो र सभापति दोश्रो दर्जा तोकिएको छ । त्यहाँ सभापतिलाई एक पदको रुपमा व्यक्त गरिएको छ । हालको समयमा राज्यको अभिभावकत्व निर्वाह गर्ने संस्थाका संरक्षकका रुपमा राष्ट्रपति रहेकोमा यसलाई अन्यथा हेरीनु उचित होइन । राज्यको त्यो संस्थामा कहिले स्त्रीलिङ्ग त कहिले पुलिङ्गी (अब त तेश्रो लिङ्गी समेतले पालो पाउने हुन सक्छ) जुनसुकै व्यक्ति हुन सक्ने भएकाले प्रत्येक लिङ्गलाई शब्दहरुमा समावेश गराउने चक्करमा लाग्नेहो भने यसले अल्मल्याउने भन्दा अरु केही गर्दैन ।” उनको ज्ञानवाणीहरु सुनि सकेपछि म स्वयं पनि केही निक्र्यौल निकाल्न सक्ने अवस्थामा पुगेँ । ‘पति’को अर्थ लोग्ने मात्रै नभएर त्यसको अर्थ त संरक्षक हो । शब्दको एक प्रयोजनलाई आधार बनाएर त्यसको अन्य प्रयोजनमा पनि त्यसै अर्थको प्रयोग गर्न खोज्नु गलत हुन जान्छ । नारीको पतिको रुपमा पनि ‘पति’ शब्दले उसको संरक्षकको अर्थ दिन्छ । उसका हरेक इच्छा आकांक्षाहरुको कदर गर्दै उसलाई हरेक परिस्थितिमा संरक्षण प्रदान गर्ने व्यक्तिका रुपमा लोग्नेलाई हेरिने भएकाले पति शब्दको प्रयोग त्यहाँ गरिएको हो । लोग्नेका अर्थमा एक ठाउँमा प्रयोजन भयो भन्दैमा सबै ठाउँमा भएका त्यसका प्रयोजनमा पनि लोग्ने अर्थमै भएको हो भन्ने सोच राख्नु भदौमा आँखा फुटेको गोरुले जीवनभर हरियो देख्नु जस्तै हो । सम्पूर्ण ‘पति’ जडित शब्दहरु चलनचल्ती बाट बाहि¥याएर त्यसका सट्टामा नयाँ शब्दहरुको प्रयोगलाई प्रोत्साहन गर्नुमा म ‘पति’ शब्दप्रतिको नारी पूर्वाग्रह बाहेक अरु केही पनि मान्न सकिन्न । साउने सोमबारको अघोर तप पछि प्राप्त गरेका पतिहरुको भकुराइ देखि झोक चलेर यदि यसो गरिएको हो भने यो एक दमै गलत हो । र होइन बास्तबमै लिङ्ग विशेषलाई जनाउने भएकाले यस्ता शब्दहरुलाई फेरिएको हो भने पहिले यसका सम्बन्धमा गहन अध्ययन र अनुसन्धान हुनु जरुरी थियो । विद्वानहरुसँगको बसाइले सदा सर्वदा फाइदा पु¥याउँछ भने जस्तै शोधकर्ताहरुले शोधपत्र टंकणको पारितोषित दिन ढिलाई गरेका भएपनि उनीहरुसँगको बसाइले यो विषयको ठेकसम्म पुग्ने अवसरको सृजना ग¥यो । शोधकर्ताहरुलाई त्यसैका लागि भएपनि मुरीमुरी धन्यवाद् ! अनि ती नारीहरु जसले शब्दमा भएको फेरबदलले उनीहरुको शशक्तिकरण गराउँछ भन्ने मानसिकता बोकी हिँड्छन् र यस्ता नानाभाँतिका शब्द समस्याहरु सृजना गराइरहन्छन् उनीहरुलाई भने मेरो उही प्रश्न, घरिघरि, सँधैभरिः तिमी नारी किन यति हठी ?
Read it.....It's deep! really got lots of idea...thank u...keep writing such knowledgeable articles...:)
ReplyDelete