लेखकीय चुनौती बनेको अघोषित सेन्सरसीप


ट्युसन कक्षामा कक्षा सातको अनिवार्य नेपाली किताबको पाठ सत्रः समाचार पत्र पढाउ“दै थिए्“ । समाचारपत्रले निभाउनुपर्ने आदर्श भूमिकाका बारेमा राम्रै कुराहरु लेखिएका थिए । पाठको प्रश्नउत्तरमा पनि समाचारपत्रले कस्तो भूमिका निभाउनु पर्छ भन्ने आशयका प्रश्नहरु राखिएका थिए । त्यसको उत्तरमा विद्यार्थीलाई, ‘समाचारपत्रले समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्याय, अत्याचार, आदिका विरुद्धमा सदा लडिरहनु पर्छ’ भन्ने लेखाए“ । आफूले लेखाएको उत्तर आफैलाई चित्त बुझेन । हुन त अब त्यो नानीले मैले लेखाएको उत्तर घोटेर परीक्षामा लेख्ने होला तर वास्तविकता भने बेग्लै भएको भएर आफ्नो दुई जीब्रे सिकाइ प्रति केही गुनासो पोख्ने मन भयो । अनि टाउको हल्लाउ“दै भने, ‘अ“ ह“, यस्तो त कहिल्यै भएको छैन ।’
सेन्सरसीप भन्नाले एक किसिमको पावन्दी हो । मैले उठाउन लागेको सेन्सरसीप विचारमा लगाइने वा भनौ समाचारमा लगाइने सेन्सरसीपको बारेमा हो । सबैले लोकतन्त्र आयो लोकतन्त्र आयो ! भन्छन् तर यो लोकतन्त्रमा पनि विविध किसिमका सेन्सरसीपहरु हावी भएको कुरा सायद कमैले आंकलन गरेका होलान् । राणा शासनकालमा जस्तो पुस्तक लेखे वापत ज्यान लिने वा पञ्चायत कालको जस्तो राजनैतिक जनचेतना जगाउने किसिमका पर्चा पम्प्लेटिड्डमा गरिएको पावन्दि अहिले नहोला तर फेरिएको रुपमा सेन्सरसीप अझै पनि कायम छ ः विचार र समाचार दुबैमा ।
अहिलेको युगमा वैचारिक स्वतन्त्रताको वकालत गर्दै हिंड्ने मानिसहरु थुपै्र पाइन्छ । संंचार माध्यमहरुले पनि प्रेस स्वतन्त्रताको चर्को रुपमा नारावाजी गरिरहेका हुन्छन् । शाही शासनकालको अन्त्य अन्त्य तिर त यो क्रम झनै बढेको थियो । अचेल पनि बेलाबेलामा प्रेसमाथिको आक्रमणको विरोध गर्ने क्रममा पत्रकारिता देशको अभिन्न अंग वा महत्वपूर्ण अंग भएकोले यसमाथि आक्रमणहरु रोकिन पर्ने अनि प्रेस स्वतन्त्रता कायम गर्नको निमित्त सबैले कटिबद्ध भइ लाग्नुपर्ने कुराहरु जोडतोडका साथ फुकिन्छन् ।
दशैं ताका मैले राष्ट्रिय स्तरको पत्रिकामा पत्रकारहरुले निर्माण गरेको अघोषित सेन्सरसीपको बारेमा पढ्ने मौका पाएको थिए । प्राय सेन्सरसीपको कारणमा चाहिं, हिंसात्मक गतिविधि संचालनमा लागेका संगठनहरुको विरुद्धमा लेखेवापत, बेलाबेलामा भोग्नु परेको दुर्भाग्यपूर्ण नियतिका कारणले, पत्रकारले स्वयं लगाएको सेन्सरशीपको कुराहरु त्यस लेखमा उल्लेख गरिएका थियो । मैले नै पनि त्यस किसिमको सेन्सरसीपको विरुद्धमा लेखेको थिए“ । अनि त्यसै बेलामा केही साथीहरुले मलाई त्यस्ता घनटनाहरुका पछाडिको वास्तविकता बताउ“थे । मलाई उनीहरुले संचारकर्मीका बारेमा गरेका गुह्य कुराहरु सुन्दा केही खल्लो लाग्थ्यो । ती कुराहरुको आधिकारिक पुष्टि गराउने प्रयास त मैले गरिन तर आंशीक÷अधिकांश रुपमा ती कुराहर सत्य पनि थिए ।

सेन्सरसीप खाली राजनैतिक तप्का वा भनौ भूमिगत शक्तिहरुबाट मात्रै लगाइने गरेको भने होइन । सत्ता र शक्तिमा पुगेकाहरुले प्राय स“धै आफ्ना पक्षमा जनभावना कायम गराउनका लागि बेलाबेलामा यस्ता सेन्सरसीपहरु लगाउने गर्छन । त्यस्तै संचारगृहहरु पनि समाचार संप्रेषणको हकमा सबैभन्दा शक्तिशाली निकाय भएकाले उनीहरुले समेत आफ्नो स्वार्थ विपरितका वा आफुले अंगालेका राजनैतिक धार विरुद्धका सामग्रीहरुमा पनि सेन्सरसीप लगाउने गर्छन् । यस्ता सेन्सरसीपहरुस“ग बेलामौकामा मेरो पनि सिड्डौरी परेको छ । सकेसम्म घु“डा नटेकी लडेको छु । बन्देज लागेका कामहरु गरेर देखाउ“दा कता कता पुरुषार्थ गरेको झै भान हुने रहेछ, अनि यस्ता कामहरु फत्ते पार्दा मनमा अर्कै विजयभावनाले स्थान लिने रहेछ !

पहिले पहिले नीजि विद्यालयमा घट्ने शोषणका कुराहरुका समाचार बनाउन संचार गृहहरु डराउ“थे । अरु केही नभए पनि वार्षिक ग्राहक शुल्क र नया“ वर्षको क्रममा आउने विज्ञापनकै मुख हेरेर भएपनि उनीहरु यस किसिमका समाचारहरु वा विचारहरुलाई सकेसम्म पन्छाउन खोज्थे । नीजि विद्यालयका शिक्षकहरुको संगठन स्थापना पश्चातका दिनहरुमा यो सेन्सरशीप केही हल्का भयो । अचेल विद्यालयहरुमा हुने गलत कामहरुका बारेमा लेखिएका लेखहरु सहजै छापिन्छन् ।

शाही सरकारका पालामा राजतन्त्रको जगजगी भएकाले उग्र विचारका राजनैतिक लेखहरुलाई सेन्सरसीप लगाइयो । संचार माध्यमप्रति कडा रुपमा प्रस्तुत भएको शाही सरकारका कारणले पनि त्यस्तो गरिएको होला । तर पछिल्ला दिनहरुमा भने राजतन्त्र विरोधी सामग्रीहरुले स्थान पाए । यसरी सत्तामा रहेकाहरुको प्रभावबाट संचार माध्यम कहिल्यै अछुतो रहन सकेन ।

अहिले लोकतन्त्र आयो भन्छन् । तर यसै लोकतन्त्रमा पनि बेलाबेलामा लेखकहरुले विविध सेन्सरसीपको सामना गर्नु परेको छ । मेरो आफ्नो व्यक्तिगत अनुभवका कुरा गर्दा, मैले पत्रिकामा अपरेटरका रुपमा काम गर्दा भोगेको कष्टहरुका बारेमा अलिखित पात्र भनि एक लेख लेखेको थिए“ । तर त्यो लेख छापिदा सम्ममा चार पा“च सय शब्द कमको र अनि विचमा भएका पंक्तिहरु पनि फेरिएको अवस्थामा प्रकाशित भयो । त्यसको जवाफ संचार क्षेत्रका कर्ण र एकलब्य मार्फद दिए“ ।

हालसालै पनि पेशागत भ्रष्टाचाराक बारेमा लेख्ने क्रममा सम्पादक ज्यूहरुको बारेमा सम्पाद ज्यूको चाला पनि देखियो!  भन्ने शीर्षकमा लेखेको लेख दुई हप्ता सम्म पेन्डिड्डमा रह्यो । पटक पटकको परिमार्जन पछि अनि त्यसमा उल्लेखित केही घत लाग्दा पंक्तिहरु निकालिएपछि मात्रै त्यो प्रकाशित भयो, त्यो पनि शीर्षक परिवर्तन पश्चात मात्रै । लेख्न त मैले सिडिओ साब देखि छापामार ठिटा सम्म सबैको बारेमा लेखें तर यस किसिमको काटछा“ट कुनै लेखमा पनि गरिएन न त हप्तौ कुर्नुपर्ने स्थितिहरु आयो । यदि त्यो लेखका कुराहरु विना आधार लेखिएका भए त्यो अप्रकाशित हुनुमा वा पटकपटक परिमार्जनका लागि अनुरोध गरिनुलाई अन्यथा लिने थिएन तर त्यसमा भएका कुराहरु सबै आफैले भोगेको भएकोले यसपालिको सेन्सरसीप झनै मन परेन ।

आफ्नो बानी अलि खराब । कसैले नगर भनेर भनेको काम नगरी नहुने । सम्पादक ज्यूहरुका बारेमा त्यत्रो बिधि गिदि खर्च गरेर लेखेको कुरा अति परिमार्जित अवस्थामा आउ“दा मलाई उति मजा लागेन । अनि त्यो लेख लगेर गए“ अर्को प्रकाशन गृहमा । सम्पादकलाई नसोधीकनै चिनेको भरमा पत्रिकामा लेख हालिदिए“ । भोलिपल्ट प्रकाशित भए पश्चात सम्पादकले थाहा पाएछन् (!)। थाहा पाए लगत्तै मेरा आगामी लेखहरु पूर्ण संशोधन बिना प्रकाशित नहुने भनेर प्रतिबन्ध लगाइयो ।

लेख पढेर दुई जना अपरिचित पाठकले फोन मार्फत बधाइ दि“दै लेखनमा निरन्तरताको कामना पनि गरे तर सम्पादक ज्यूको खप्कीले अलिअलि पलाउन थालेको दम्भ पनि मरेर गयो । ‘सत्य भन्दैमा कपडा भित्रको नग्नताका बारेमा पनि लेख्नु ....निरपेक्षता पनि सापेक्षिक हुन्छ’ आदिआदि असल र सफल पत्रकारिताका सिद्धान्तहरुका बारेमा लामै कक्षा लिइयो । मैले लेखेको नग्नता व्यक्तिगत थिएन त्यो त पेशागत र प्रबृत्तिगत थियो । त्यो नग्नताले प्रत्यक्षतः आम जनतास“ग सरोकार राख्थ्यो । जुन सोझो जनता अखबारमा छापिएका भ“गेराटाउके अक्षरहरुका भरमा आफ्नो दिनचर्या निर्धारण गर्छ त्यो अखबारका सम्पादक ज्यूको प्रवृत्ति र पेशागत भ्रष्टाचारका कुराहरु कसरी व्यक्तिगत र कपडा भित्रको नग्नता बराबरको हुन सक्छ ? यो मैले बुझ्न सकेन । जे भए पनि आगामी दिनमा सकेसम्म त्यसो नगर्ने बाचा गरियो र पनि प्रतिबन्ध कायमै रह्यो ।

गलत प्रवृत्तिहरुका बारेमा लेख्ने बानी परेको मान्छे एकाएक स्तुती गानमा कसरी लाग्नु र पनि सकेसम्म सकारात्मक भएर लेख्न खोजे“ । लेखेका लेखहरु नहेरिएरै हप्तौं सम्म पत्रिकाको कार्यालयमा पेन्डिड्डमा रहन थाले । लेखन देखि नै निराशा लाग्न लाग्यो । हजार शब्दलाई जाबो सय पचासमा बिक्रि गर्नको लागि पाएको सास्ती केही मह“गो झै“ लाग्यो ।

संचार माध्यम जहिले पनि शक्तिकेन्द्रको प्रभावमा रहेको हुन्छ । यसले त्यस किसिमका प्रभावहरुबाट आफूलाई पूर्ण रुपमा कहिल्यै पनि जोगाउन सक्दैन । आफूले संप्रेशणको विशेषाधिकार पाएकोले पनि आफ्ना नाक तलका अन्याय र अत्याचारका कुराहरुलाई दबाएर राख्न सदा चनाखो भइरहन्छ । सधैं अरुका कमी कम्जोरीहरु औंल्याउ“दै हिंड्ने तर आफ्ना कमी कम्जोरीहरु भने सकेसम्म दबाएर राख्न खोज्ने असुहाउ“दो मानसिकताबाट ग्रस्त संचारकर्मीहरुका कारणले संचार क्षेत्रले समयानुकुल सुधार ल्याउन सकेको छैन । यदी संचार क्षेत्रलाई सा“च्चै नै जनमुखी बनाउने हो भने सम्पूर्ण किसिमका लेखकीय सेन्सरसीपहरु हटाइनु पर्छ र स्वतन्त्र विचार संप्रेषणको माध्यमको रुपमा यसले काम गर्न सक्नु पर्छ । त्यसपछि मात्र सबैले विश्वास गर्ने छन् संचार माध्यमलाई र संचारकर्मीहरुको पेशामा बेलाबेला लाग्ने गरेको आक्षेपहरु हट्नेछन् ।
 


Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला