हिजो मलाई एक्कासी

हिजो मलाई एक्कासी
नन्दप्रसाद अधिकारी याद आए
टुक्रुक्क बसेका
दारी बढेर चिन्नै नसकिने भएका
गालाका हाड उच्चिएर हो
वा मासु सुकेर हो
अझै टीठलाग्दा भएका
छोराको लागी न्याय माग्दा माग्दै मरेका
ती बाबुको याद आयो
सायद अर्को बाबुको आँशु देखेर हो कि ?

हिजो मलाई एक्कासी
ज्ञानेन्द्र खड्काकी पत्नीको सम्झना आयो
आफ्नै आँखा अगाडि
घाँटि रेटेर मारेका पति देखेर
छिनछिनमै बेहोस हुने
होसमा आउँदा कोलाहल मच्चाउने
ती पत्रकार पत्नीको याद अयो
सायद अस्पतालको सैय्यामा बेहोस अर्की पत्नी देखेर हो कि ?

हिजो मलाई मेरो छिमेककी
हल्दार्नी दिदीको याद आयो
सँगै घाम ताप्दै गरेका
पेटको बच्चाको भविष्य कल्पदै गरेका
आफ्ना पतिलाई आफ्नै अभिल्तिर
भुक्लुक्क ढालेको देखेर
 र सँगै खान पकाएको मासुभात
बहुला जसरी चुलोबाटै झिकेर
पतिकै लाशको छेउमा
घोप्ट्याएउने त्यो दिदीको याद आयो ।
सायद एउटी भिड छिचोल्दै
पतिको लाश हेर्न तम्सेकी पत्नी देखेर हो कि ?


हिजो मलाई खै किन हाे
अन्यायमा मरेको पुत्रकी आमा
न्याय माग्दा माग्दै मरेका पतिकी पत्नी
गंगा मायाको पनि याद आयो
जो अझै पनि छोराका लागी
न्याय पर्खेर बसेकी छ ।
जसले अझै पनि पतिको लाशको
संस्कार गर्न पाएकी छैन
सायद अर्की बिच्छिप्त आमाको खबर सुनेर हो कि ?

हिजो मलाई एकजना स्कुले छात्राको याद आयो
हाँस्दा हाँस्दै रुने
दुःख त दुःख खुशीमा पनि मुस्काउन नसक्ने
कारण सोध्दा झनै रुने
बाबुको हत्या पछि
हाँस्दा आँशु आउने रोग पाएकी
ती बालिकाको खुबै याद आयो
सायद टुहुरा भएका सन्तानहरुको मलिन अनुहार देखेर हो कि ?


त्यसपछि एक एक गर्दै अरु पनि याद आए
कालिकोटको कोटबाडा,
चितवनको बादरमुढे,
रामेछापको दोरम्बा,
दैलेखको नौमुले,
मारिएका १३२३६
बेपत्ता पारिएका १००६
अपाङ्ग भएका ७८५
ती सबैको याद आयो ।
सायद शोकमग्नहरुको जमात देखेर हो कि ? 

उस्तै थिए सम्झनाका अनुहारहरु
वास्तविकताका अनुहार पनि उस्तै
शोक र भोक एकै हुँदो हो
र त सबैले उस्तै दुःख देखाए
उस्तै आँशु झारे
सम्झनाका अनुहारमा तर एउटा फरक थियो
ती सबैमा एउटा आशा थियो
गुमाएका आफन्तको आत्मा तारि दिने
पुराना घाउका टाटामा मलम लाउने
दोषी जतिलाई कारवाही भएको हेर्ने
बाँचेकाको सार र मरेकाको लास पाउने
कारण दुबै जमातलाई एकै किसिमको शोक परेको छ ।
कारण दुबै जमातका आँखाबाट उस्तै आँशु झरेको छ । 


श्राेतहरूः



Ganga Maya Case:  http://kathmandupost.ekantipur.com/news/2016-09-25/hearing-on-adhikaris-murder-case-begins.html
Nanda Prasad Adhikari Case: https://en.wikipedia.org/wiki/Nanda_Prasad_Adhikari
Gyanendra Khada Case: https://cpj.org/killed/2003/gyanendra-khadka.php
                                         



http://nepalitimes.com/regular-columns/The-deadline/sad-saga-of-adhikari-family,367

All major cases: http://www.insec.org.np/victim/pdf/karyakari_saransha.pdf
 










Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला