सुधीर शर्माकाे प्रयोगशाला
प्रयोगशाला धेरै अघि देखि चर्चा सुनेको तर पढ्ने साइत नजुरेको पुस्तक हो । हात परिसक्दा पनि यसको आकारले धेरै समयसम्म सुरु गर्नै डर लाग्यो । खासमा म सुरु गरेको किताब सकेसम्म पढेर भ्याउने कोसिस गर्छु । अनि अलि पट्यार लाग्दा किताब सुरु ग¥यो भने त्यसले अन्य राम्रा किताब पढ्नबाट समेत बञ्चित गराउँछ । त्यसैले निकै संकोच मानेर यो पुस्तक पढ्न सुरु गरेको थिएँ । पढ्न सुरु गरेपछि रोकिन गाह्रो भयो ।
देशमा माओवादीको उदय र खिलराज रेग्मीको सरकार गठन सम्मको प्रसंगहरु पुस्तकमा समावेश छन् । समय र सन्दर्भ मिलेका बेला पुराना कुराहरु पनि अटाएका छन् । हालको राष्ट्रिय राजनीतिमा सकृय थुपै्र नामहरुको अन्तरकुन्तर पनि पुस्तकमा समावेश छ । माओवादीको ०५२ साल भन्दा अघिको इतिहास र ०५२ पछिका पार्टीका भित्रि कुराहरु पनि पुस्तकमा समावेश गरिएको छ । माओवादी समस्या समाधानार्थ भएका देखिएका र नदेखिएका प्रयासहरुका बारेमा पुस्तकले थुप्रै कुराहरु बाहिर पस्केको छ । कृष्णप्रसाद भट्टराई विरुद्धको अविश्वासको प्रस्ताव पनि माओवादी समस्या समाधानमा अग्रता लिएको विषयलाई लिएर नै थियो भनेर पुस्तकमा उल्लेख गरिएको प्रसंगले अलि अचम्भित बनाएको थियो ।
प्रधानमन्त्री (कृष्णप्रसाद) भट्टराईले माओवादीसँगको वार्ताप्रयासलाई सुरुमा गोप्य राखेका थिए ।। तर जब त्यसको तयारी पुरा भयो, उनले पोखरा भ्रमणमा रहेका राजा विरेन्द्रलाई त्यहीँ गएर सबै कुरा बताए । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले त्यसै दिन दरबारबाट सबै कुरा थाहा पाए । उनको निर्देशनमा भोलिपल्टै, २०५६ फागुन २९ मा सत्तारुढ कांग्रेसका ६९ सांसदले आफ्नै प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वास प्रस्ताब दर्ता गरे । आफ्नै पार्टीको असहयोगका कारण पदच्युत हुने देखेपछि प्रधानमन्त्री भट्टराईले चैत्र ३ मा राजीनामा दिए । तीन दिनपछि कोइराला प्रधानमन्त्री बने । पृ. ४८. ४९.
त्यस्तै माओवादी समस्यालाई राजाले आफू अनुकुल दलका विरुद्ध प्रयोग गर्न चाहेको अनि दलका नेताहरुले समेत सो समस्यालाई आफ्नो पहलमा समाधान गर्न चाहेकोले पनि माओवादी समस्याले पछिल्ला दिनहरुमा विकराल रुप लिने मौका पाएको तर्फ लेखकले संकेत गरेका छन् । राजा र राजनीतिक दलका अलावा भारतले पनि बेलामौकामा नेपालको अस्थिरताबाट फाइदा लिन खोजेको कुराहरु पुस्तकमा छ ।
माओवादीको भारतसँगको साइनोको बारेमा पनि पुस्तकले धेरै लेखेको छ । भारतमा प्रचण्डले विताएको समयलाई आधार मानेर माओवादी जनयुद्धलाई भारतको समर्थन भएको भन्ने पुष्टि गर्न खोजिएको छ । त्यसबाहेक पनि माओवादीलाई राष्ट्रिय राजनीतिमा ल्याउनका लागी ‘बाबुरामको बाटो’ सदर गर्नका लागी किरण पक्षीय कार्यकर्ता पक्राउ गर्ने लगायतका घटनाहरु अनि बाबुरामको जनसेनाद्वारा गिरफ्तारीका प्रसंगहरु पुस्तकमा अटाएका छन् ।
समग्रमा पुस्तक नेपाली राजनीतिक इतिहासमा चाँसो दिनेका लागी एकदमै सान्दर्भिक छ । पुस्तकमा समावेश जानकारीको श्रोत पनि खुलाइएकोले कति पत्याउने र कति शंङ्का गर्ने भन्ने निर्णय पाठक स्वयंले गर्न पाउँछन् । यसरी श्रोत खुलाएर इतिहास लेखिएको पुस्तक कमै पढ्न पाएको छु । इमानसिंह चेमजोङको किराती इतिहासको पुस्तक पनि श्रोत उल्लेख गर्ने सन्दर्भमा अब्बल थियो । तर इतिहास सिरोमणी बाबुराम आचार्यको पुस्तक अब यस्ते कहिल्यै नहोसमा श्रोत उल्लेख गर्ने काम भएको देखिँदैन ।
पुस्तक पढ्दा टिपोट गर्ने बानी पुरानो हो । एकबेलाका टिपोटहरुले भरिएका दुई कापीहरु पोलेर खाइयो । अचेल भने पुस्तक पढे पश्चातको प्रतिकृया लेखेर राख्ने गर्छु । पछिका दिनमा कुनै विशेष कुरा हेर्नु प¥यो भने टिपोट हेरे पुग्छ, फेरी पुस्तक पल्टाइ रहनु पर्दैन भनेर त्यो गर्न मन लाग्छ । तर त्यसो गर्दा पुस्तक पढ्न भन्दा बढि समय टिपोटमै लाग्छ । प्रयोगशालाको टिपोट मात्रै ५ हजार शब्द भन्दा बढि भएको थियो ।
(Please do not hesitate to like, share and subscribe !)

Comments
Post a Comment