आस्था अनि सांस्कृतिक धरोहरः शिखर
- Get link
- X
- Other Apps

शिखर एक पवित्र तिर्थस्थलका रुपमा मानिन्छ । त्यसै ठाउँमा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन जात्रा लाग्ने गर्छ । स्थानीय बोलीचालीको भाषामा त्यसलाई ‘शिखरै जाँत’ (शिखरको जात्रा) भनेर भन्छन् । धेरै हिंड्नु पर्छ भन्नुहुन्थ्यो बुबाले । मलाई सकि हाल्छु भन्ने हुन्थ्यो तर बाहिर केही बोल्दैनथे, यसपालि सकेँ ।
जाँत आउनु भन्दा निकै अघि देखी बुबाले सोध्नुभएको थियो,“यैपाली शिखरै जाँत आउने है कि नाइ ?”
धेरै अघिदेखि जाने सोच बनाएको भएपनि विविध कारणवस जान भ्याएको थिएन । यसपाली प्रतिकुल परिस्थिति हुँदाहुँदै पनि शिखर जाने निधो गरेँ । साँझ साढे पाँचको धनगढीबाट अछाम जाने गाडीमा यात्रा सुरु भयो । राती त्यस्तै साढे एघार बजे डडेल्धुराको भात्काँडा पु¥यायो । त्यही बास मागेर रात काटेँ ।
भोलिपल्ट विहान चियाको सुर्कोसँगै बाटो तताए । भात्काँडाबाट रुवाखोला अनि रुवाखोला बाट मटेला हुँदै शिखर जाने बाटो छ । मटेलामा पूर्व प्रधानमन्त्री तथा कांग्रेसका वरीष्ट नेता शेरबहादुर देउवाको पुख्र्यौली घर छ । द्वन्द्वकालमै वम विष्फोटन गराइएको सो घरमा अहिले त जम्मै झारहरु उम्रिएर खण्डहर भएको छ ।
भात्काँडाबाट केही ओरालो लाग्ने बित्तिकै शिखर जाने तिर्थालुहरु भेटिन्छन् । म पनि त्यस्तै तिर्थालुहरुसँग बाटो लागेको । पहिलो पल्ट भएकोले मलाई बाटो थाहा थिएन । उनीहरुले नै मलाई बाटामा पर्ने सबै ठाउँको परिचय गराउँदै लगेका थिए । भात्काँडाबाट झण्डै डेढ घण्टा हिँडेपछि रुवाखोला पुगिन्छ । अनि त्यहाँबाट अझै दुई अढाइ घण्टा हिँडेपछि पुगिन्छ शिखर ।

शिखर निकै उचाइमा भएको हुनाले यहाँ प्राय पानी परिरहन्छ । उकालो चढ्दै गर्दा पानी प¥यो ओढ्ने केही छैन न त ओत लाग्ने ठाउँ नै छ । एक त लेकको चिसो त्यसै माथि पानीमा रुझ्नु पर्दा निकै गाह्रो महसुस भयो । तै पनि यात्राको अन्त सम्म पुग्नै लागेकोले फर्कने कुरा भएन अनि रुखहरुमै ओत लाग्दै हिँडे । उकालो भाग सकिसकेपछि मैदान आयो । त्यसलाई भाटेनी थलो भन्दा रहेछन् । त्यसभन्दा पनि अघि बढ्यो भने मुसेपानी भन्ने ठाउँ आयो । स्थानीय बासीहरु मुसेपानी को पानीलाई पवित्र र गुणकारी हुन्छ भन्थे । शिखर जाने जोकोहीले पहिले मुसेपानीको पानी खाएर मात्र अघि बढ्छन् । मुसेपानीबाट थोरै मात्र हिंडेपछि पुगेँ शिखर । त्यहाँ म भन्दा अघि नै आएर बुबा मेरो प्रतिक्षा गरिरहनु भएको थियो ।
भिरालो पाखामा वरिपरि घना जंगल अनि एक ठूलो शिला झण्डै सय फिट भन्दा अग्लो । एउटा ठूलो अर्को अलि सानो शिला आपसमा जुधेका अनि दुबै शिलाको जुधेधो ठाउँमा एउटा गोलो पत्थर । भनिन्छ शिखरको माणिउँ भत्काउनलाई खपरे भन्ने स्थानीय देवताले सेती नदी बाट ढुङ्गा प्रहार गरेको र शिखरले त्यसलाई माथि नै अड्काइ दिएको रे ! त्यसैले त्यो दुई शिला बीचको पत्थरलाई खप¥या गोलो भन्ने चलन छ । अनि ती दुई ठूला शिला भित्र माणिउँ छ जहाँ शिखरको पुजा हुन्छ । माणिउँ सानो छ । त्यसका छानामा धातुका पहेँला रंगका सर्पाकृतिहरु छन् । त्यहाँ पुग्दा मनै अर्कै हुन्छ ।
भिरालो पाखामा दर्शनार्थीहरुले बस्नकालागि काठको बाउसाले (पहिले यहाँ फलामका हतियार प्रयोग गर्न मनाही थियो ) खनेर अलि फराकिलो ठाउँ बनाइएको छ । त्यसै पाखामा ठाउँठाउँमा जाँतकै लागि भनेर अस्थाइ टहराहरुमा सामानहरु किनबेचका लागि राखिएका थिए । जाँत आएकाहरु पुजा गर्न अनि आसपास घुम्न मै व्यस्त देखिन्थे । कतिपयले समूह बनाएर भजन किर्तन गरिरहेका देखिन्थे । म झण्डै एक बजेतिर पुगेको थिएँ । खास जाँत राती हुने हुँदा मान्छेहरुको आउने क्रम जारी नै थियो ।
साँझ परेपछि केही अघि सम्म खालि लाग्ने पाखाभरी मान्छे भरिए । पछि त तलमाथि गर्नका लागि समेत गाह्रो हुनेगरी मानिसको भीड जम्मा भयो । माणिउँको उत्तर तिर केही खुला मैदान छ । त्यहाँ केही बयस्कहरु समूह बाँधेर धमारी गाउन सुरु गर्न थाले ।
धमारी धमार रागमा आधारित लोक गित हो । शिखरमा गाउने धमारी को केही अंश यसप्रकार छः
द्यौझाल फुलाभाट पस्या जप ध्यान
सरप स्वरुप मल्यिा भगवान
क्याउी छ मुरती क्याउकी छ वानी
ईश्वरकी मुरती सुवर्ण बानी
......................................
भाट भटेनीको छोडेछ नाउँ
चल गोसाईं गणपति शिखर जाउँ
लोककथन अनुसार रुमाइलका आदि पुरुष फुल भाट ले सपत्नी द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेंलो सर्पको रुपमा प्रकट भएको अनि फुल भाटकी श्रीमतिले सर्पलाई कहाँ राख्ने भनि विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहीं राखेको ।

‘विँडी बधाइ गसाईं भइ फुल माल’
धमारी सँगै वरपर नवयुवाहरुको समूहमा रमाइलोको लागि देउडा समेत गाउने गर्छन् । प्राय सामाजिक विषयवस्तुमा गाइने भएपनि यसपालि देउडामा राजनीतिले समेत ठाउँ पाएको थियो । आफू भिजेर निथु्रक्क भएकाले हेरेरै चित्त बुझाएँ । त्यस्तै कतिपयहरु शिखरको शीला माथि उक्लिएका थिए । म पनि एक जना आफन्तसँग शीला चढ्न थालेँ । माथि पुगेर हेरेको त चारै तिरको एकदमै मनमोहक दृष्य देखिन्थ्यो । त्यहाँबाट उत्तरको नाम्पा हिमाल अनि उत्तर पूर्वी कोणमा शिलगढी र तल सेती नदी समेत देखिन्थ्यो । पछि ओर्लेपछि भन्थे महाकाली पनि देखिन्छ रे ! शीलाको फेद देखि शीर सम्मै ठाउँ ठाउँमा सर्पाकृति बनेको छ । त्यसलाई देवताको निसानी भनि मान्ने गर्छन् । त्यो शिखरको एउटा अचम्म लाग्दो विशेषता हो ।
साझ निकै परिसकेपछि द्यौरो आउने क्रम सुरु भयो । रुमाइल, रेल र जयसेराबाट द्यौरो ल्याउने गरिन्छ । छात (ठूलो छाता आकारको ) र प्याउलो ल्याउनुलाई द्यौरो ल्याउनु भन्छन् । छात रुमाइलबाट आउँछ भने प्याउलाहरु रेल र जयसेराबाट आउँछ । प्याउलामा देवतालाई चढाएका प्रतिमाहरु, सुनजनै, आदि हुन्छन् । द्यौरो पुगेपछि दमाहाका आवाज घन्कीए । भोक्करहरु बज्न थाले । पुरानो चलन अनुसार शिखरको शिला नखसोस् भन्नका लागि भोक्कर फुकेर शीला थाम्ने गरिन्छ । त्यो सबै सकेपछि फेरी तीनै ठाउँ (रुमाइल, रेल र जयसेरा) का तीन समूहको धमारी सुरु भयो । अबेर राती सम्म पनि चलि रह्यो । समयको हेक्का राख्ने भानै भएन । उपवासमा बसेकाहरुको उपवास समापन वाता ओकेल्ने काम सकिएपछि हुन्छ जसमा उपवासमा बसेकाहरुले वालेर ल्याएको बत्ती धामीले हातले मलेर निभाउने गर्छन् । अचेल लठ्ठीले निभाइन्छ रे भन्थे मैले हेर्न भ्याएन । वाता ओकेल्ने लगत्तै धामीहरु घाइ खेल्न थाले । घाइ खेल्नु भन्नाले धामीहरु नाच्नु भन्ने बुझिन्छ । दमाहा र भोक्करका आवाजले रात्रीको शून्यतालाई पुरै विथोली दियो ।

यो सबै भइ सकुञ्जेल विहानाके एक बजि सकेको थियो । त्यहाँ आएकाहरु सबै जाँत हेर्नमै व्यस्त थिए । कतिपय आसपासका टहरामा बेच्न राखेको चनामटर र चिया किन्नमा व्यस्त देखिन्थे । मलाई आउँदा भिजेकोले जाडोले छोडेको थिएन । त्यसैले आगो खोज्दै आगो नजिक बसेको थिएँ । अब घाइ सकिएपछि पुछाईं हुन बाँकि थियो । पुछाईंमा धामीसँग जाँतमा आएकाहरुले अनेक प्रश्नहरु राख्ने गर्छन् । तर त्यो हुन नपाउँदै एकाएक मुसलधारे पानी पर्न सुरु भयो । दिनभरी भिजेको फेरी पानी प¥यो ! कतिञ्जेल सम्म त जोगाएर राखेँ तर असल ओतको अभावमा बच्नलाई गरेका हरेक प्रयास विफल भए । आँखिर तीन घण्टा लगातार परेको वर्षाले के बाँकि राख्थ्यो, पुरै रुझायो । जाडोले काम्न थालेँ । बाँच्दैनकी जस्तो पनि लाग्यो । एक त रातभरिको अनिदो अर्को पानीमा भिजेपछि के गति भयो होला ?
राम्ररी उज्यालो हुन नपाउँदै बुबालाई कर गरिगरि बाटो लागेँ । अँध्यारो अनि चिप्लो बाटोमा बुबा पटकपटक चिप्ले अनि हरेक पल्ट म उनलाई भन्थे यस्तो गरिगरि किन आउनु यहाँ भनेर । उनी केही बोल्थेनन् । म अब कहिल्यै आउँदैन भनेर उनलाई सुनाइ रहन्थे । पानीमा रुझेको झोक उतार्नका लागि उनलाई सुनाइ रहन्थे । हिँड्दा हिँड्दै उज्यालो भयो । भिजेका लुगा समेत जीउमै सुके । अनि केही अघि काँप छुटेको पनि बन्द भयो । रीस पनि केही म¥यो । फर्किने बेलामा जयसेराको बाटो फर्केकोले बाटामा लिङ्गहाल्ने भन्ने ठाउँ आइ पुग्यो अलि फराकिलो मैदान अनि वरपरको मनोरम दृष्य देखिने ठाउँमा पुग्दा मनै फेरियो । त्यहाँबाट आएको बाटो फर्केर हेर्दा शिखरको शिला प्रष्ट देखिन्थ्यो ।
फर्किने बेला शिखर यात्रामा पाएको दुःखको गुनासो सुनाउँदै हिँडे । पछि पछि हिन्दै गरेका बाबुले अलि सजिलो बाटो आएपछि मन्द आवाजमा आफ्नो गाउँ ठाउँ आउनुपर्छ, कहिले काहीँ हिड्नु स्वास्थ्यकै लागि पनि फाइदाजनक हुन्छ भनेर सम्झाउन खोजे । फर्कने बेलामा दुबै पटक पटक चिप्ली सकेकाले मलाई उनको अवस्थाप्रति पनि खिन्नता महसुस हुँदै थियो । यत्रो दुःख सँधै गरिँदैन भनेर मैले उनलाई शिखरका बारमा जान्न छुटेका सबै कुरा सोधेँ । उनले बताउँदै गए । डोटी राज्यका कुरा अनि जाटहरुका कुरा अन्य स्थानीय देवी देवताका कुरा सबै सबै । भुँणोडाँडो बाट तल हेर्दा बन्तौलको चौर देखिन्थ्यो । बुबाले चोर आउँलाले देखाउँदै त्यहाँ आफूहरु सानो छँदा घण्टौ हिँडेर भकुण्डो खेल्न आउने गरेको कुरा सुनाए । त्यसपछि गाड (सानो नदी) आयो तर्दै तल सम्म गएपछि त्यहाँ भगवान विष्णुको पाउको छाप भएको एउटा पत्थर भएको ठाउँ पुग्यौँ । त्यस ठाउँलाई नारायण पाउ भनेर भनिदो रहेछ । त्यसकै आसपासमा गाड तलको एक ढुङ्गामा गाईको खुरको छाप समेत छ रे ! बहाब बढेकोले टाढै वाट दर्शन गरेर बाटो लाग्यौँ । करीव तीन घण्टा हिँडेपछि घर पुग्यौँ । घर पुगेपछि बाटामा जुकाले खाएका घाउहरुको गन्ती सुरु भयो । दुःख त भयो तर एउटा रोमाञ्चकारी अनुभव पनि भयो ।
भीरपाखामा खेल्न वानी परेका स्थानीय वासीहरुका लागि भने केही अप्ठेरो भएपनि उनीहरुको जीवनको पाटो बनेको छ यस्ता जाँतहरु । डोटी, डडेल्धुरा र अन्य पहाडी जिल्लाहरुमा यस्ता थुप्रै जाँतहरु हुने गर्छन् । हाल आएर डडेल्धुराको उग्रताराको जाँतले व्याापक प्रचार पाउनाले धेरै मान्छेहरु त्यहाँ भ्रमणका लागि जाने गर्छन् । यस्ता जाँतहरुको उचित व्यवस्थापनका लागि राज्य पक्षले पहल गरिदिने हो भने यी जाँतहरु यी क्षेत्रहरुका लागि धार्मिक पर्यटनको आधार बन्ने थिए । एकातिर संस्कृतिको संरक्षण हुने थियो भने अर्को तिर स्थानीय वासीहरुका उत्पादनले त्यस्ता जाँतहरुमा राम्रो बजार पाउने थिए । अनि शिखर जस्ता स्थलहरुलाई अलि सुगम बनाउन सकेको खण्डमा त्यहाँ नित्य पुजा सुरु गरेर सँधै चहलपहल गराउन सकिन्थ्यो । अरुको हेपाइ सहेर भारतका पूर्णागिरीहरु जानु भन्दा त्यस्तै महात्म्य बोकेका शिखर अनि शिखर जस्ता स्थानीय देवी देवताका थानहरुमा जाने संस्कार बसाल्न सक्यो भने पनि त्यसले स्थानीय वासीहरुलाई धेरै फाइदा पु¥याउने देखिन्छ ।
Link for photos related to Shikhar :
https://www.facebook.com/media/set/?set=a.1555675068314.47944.17283...

Comments
Post a Comment