यात्रा राजधानी सम्मको- भाग १
- Get link
- X
- Other Apps
सदा झै यसपाली बसबाट यात्रा नगरी मोटरसाइकलमै राजधानी सम्म पुग्ने भन्ने सोच बन्यो । धेरै दिन देखि बन्दको क्रम बन्द भएको भएपनि वैशाख ३, ४ र ५ गते नेपाल बन्द गरिने खबर अखबारमा पढ्दा यात्राको मितिमा समस्या देखिन गयो । कहिले शनिबार पर्न जाने कहिले के कहिले के । शनिबार घरबाट टाढा जानु राम्रो होइन रे फेरि शनिबार पूर्व दिशा पर्ने भएकोले दिशामा यात्रा गर्नु शुभ नहुने तर्क आमाले गर्नु भयो । त्यसैले नयाँ वर्षको शुभ दिन नै यात्रा थाल्ने भन्ने सोच बनाइसके पछि जेनतेन साथीभाइको सहयोगमा यात्रा थालेँ । यात्रा एक्लै गर्न लागेकोले घरका सदस्यहरु केही चिन्तित थिए । विशेष गरी आमा अलि बढि नै चिन्तित हुनुहुन्थ्यो । मैले राम्रो मोटरसाइकिल हाँक्दैन भन्ने एक प्रकारको छाप परेको छ । दाजुले मेरो उच्च गतिमा मोटर हाँक्ने बानीको पोल घरमा लाएकाले उनमा त्यस्तो प्रभाव परेको । एक–एक घण्टामा टेलिफोन सम्पर्क गर्ने भन्ने सर्तमा यात्रा गर्ने अनुमति प्राप्त भयो । हौसिँदै यात्रा थालेँ ।
तराईंका फाँटहरुमा सोझो अघि बढेको लोकमार्गमा हुँदा मनै जेल परेको मान्छे छुट्दाको जस्तो फुक्का भयो । बतासलाई पछि पार्ने जोस अनि क्षितीज चुम्ने रहरसँगै सुरु भयो राजधानी तर्फको यात्रा । यो यात्राले बाटाका हरेक कुरालाई राम्ररी नियाल्ने अवसर दिने अपेक्षा थियो । त्यसैले यात्रा भरमा आँखाहरु अघि देखिने छितिजका अलावा बाटामा दायाँ बायाँका बस्तीहरु र प्राकृतिक दृश्यावलोकनमा समेत तल्लीन भइरहे ।
यात्रामा केही चुनौती त अवश्यै थियो । कहीँ केही दुर्घटना प¥यो अथवा मोटरसाइकल बिग्रियो भने के गर्ने भन्ने पीर पनि थियो । दिउँसो थालिएको यात्रा पक्कै पनि गन्तव्य सम्म पुग्नु असम्भव जस्तै थियो । बसमा झण्डै अठार घण्टा लाग्ने यात्रा एक्लै लगातार तय गर्नु न त शरीरले दिन्थ्यो न त सवारी साधनको इन्जनले नै । दुबैलाई आराम दिन पनि बाटामा बास बस्ने स्थानको जोहो गर्नु थियो ।
यात्रा भनेकै अनिश्चित हुन्छ । जीवन जस्तै अनिश्चित । आशा र अपेक्षा एक ठाउँमा छन् । वास्तविकताले सँधै अपेक्षाकृत परिणाम नै दिन्छ भन्ने छैन । सायद यहि अनिश्चितता र नौला–नौला अनुभवले नै होला यात्रालाई रोमाञ्चित बनाउने अनि जीवनलाई रोमाञ्चित बनाउने । त्यही रोमाञ्चले चुनौतीलाई उछिन्यो । एक त उमेरै त्यस्तो, अप्ठेरा र चुनौतीहरुसँग पौठाजोरी खेल्ने रहर भइ रहने ।
धनगढीबाट अत्तरीयासम्मको यात्रामा बीचमा पर्ने बस्तीरहित वनक्षेत्रमा यात्रा थालनीको प्रथम अनुभव भयो । त्यसपछि पूर्वपश्चिम लोकमार्ग पुगेपछि यात्राले पूर्वी दिशा लियो र अव यो दिशा लगभग गन्तव्य सम्म नपुग्दा नफेरिने भयो । उत्साहसाथ लोकमार्ग दायाँबायाँको दृश्यावलोकन गर्दै र अघिका सवारी साधनहरुलाई उछिन्दै अघि बढि रहेँ । यात्रा समयमै टुङ्गयाउनु पर्ने र गन्तव्य टाढा भएकाले बाटामा रोकिँदै जानु सम्भव थिएन । र पनि आँखाले भ्याएसम्मका तस्वीरहरु मनसपटमा खिच्दै र अनुभवहरु मनमा थप्दै अघि बढिरहेँ ।
कैलालीको सुख्खड आउनु पूर्वको प्रसिद्ध सिमसार क्षेत्र घोडाघोडी तालमा मान्छेहरुको जमातले गति केही मन्द बनायो । घोडाघोडीमा थालीएको नौका विहार र बन्दै गरेको दृष्यावलोकनस्तम्भ (दृष्यावलोकनका लागि बनाउँदै गरिएको स्तम्भ) अनि भरखरै भएको थारु संग्राहलयको सिलान्यासले यस तालको गरिमा अझै बढाइ दिएको छ । धार्मिक कारणले पनि यो ताल महत्वपूर्ण नै मानिन्छ । हालमा आएर यसको नाममा समेत केही फेरबदल भएको छ । त्यहाँ पनि आँखाले भ्याएसम्म हेरेर नअडि अघि बढेँ ।
त्यसपछि सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी र त्यहाँको सुदूरपश्चिमलाई मध्यपश्चिम भनौँ वा राजधानीसँग जोड्ने जापानी सरकारको सहयोगमा निर्मित एकै खाँबामा अडिएको नमुना पुलमा भने नअडिन मनले नै मानेन । पुल आउन करीब २ किलोमिटर अघि देखिनै कर्णालीको तिरको दर्शन भयो र नजिकिँदै जाँदा पुलको सुन्दर दृश्यावलोकन गर्ने मौका समेत जु¥यो ।
उत्तर तर्फका दुई ठूला पहाडी चिर्दै बगेको कर्णाली अनि एका तर्फ बसेको चिसापानी बजार र अर्को तर्फ हराभरा वन, पुल मुनि हेर्दा कर्णालीको हिउँ पग्ली बनेको कञ्चन पानी, बीचमा दुबोको मुनाको जस्तो हरियो बढि र कम पहेँलो मिश्रित हल्का हरियो जस्तो लाग्ने रंगको अलिअलि अंग्रेजीको एच आकारको एउटै फलामे खम्बामा तारहरुले बाँधेर अड्याइएको कर्णालीको पुल, अनि त्यसैको दक्षिण तर्फ हेर्दा एकातिर बर्दिया राष्ट्रिय निकुञ्जको वन अर्कातिर कैलालीको वन अनि वन पछि वलौटे वगर र त्यसको बीचैबीच कर्णालीको कञ्चन पानीः यही हो कर्णालीको मनमा बनेको तस्वीर । अचेल सायद कर्णालीबाट नयाँ नहर बनाइ कर्णालीको पानीलाई सिंचाइमा प्रयोग गर्ने काम हुँदैछ । त्यो अझै राम्रो कुरा भयो ।
नयाँ वर्ष भएकाले होला त्यहाँ थुप्रै मानिसहरुको भीड थियो । वनभोजका लागि एकदमै पसिद्ध गन्तव्यका रुपमा लिइने चिसापानीको उक्त पुल क्षेत्रमा कैलाली, कञ्चनपुरका मात्रै नभइ बाँके सम्मका पर्यटकहरु समेत आउने गर्छन । बेलामौकामा कर्णालीमा हुने ¥याफ्टिङ्गले त्यस क्षेत्रको आकर्षण थपेको छ । सायद त्यसलाई निरन्तरता दिन सकेको भए यस क्षेत्रले अझै धेरै पाहुनाहरुको मन जित्न सफल हुने थियो कि ?
केही बेर रोकेर घरमा फोन सम्पर्क गरेँ । कुरा गर्दा गर्दै दक्षीण तर्फबाट धुलोमैलो बतास पुलतर्फ आइलाग्यो । एकैछिनमा पुल पुरै धुलाम्य भयो । पुलमा जम्मा भएका मान्छेहरु पनि तितरबितर भए । कतिलाई त्यो बतासले समेत पुलबाट हटाउन सकेन । उनीहरु वरपरको दृश्यावलोकनमै मस्त थिए । म भने हतारहतार पुल तर्ने र पुल पारिको बर्दिया राष्ट्रिय निकुञ्जको बीचैबीच भएर जाने सडकमा पस्न कस्सिएँ । वनक्षेत्रभित्र पस्दा हावाको वेगको असर केही कम हुने अपेक्षा गरेको थिएँ । निकुञ्जको नेपाली सेनाको चेकपोष्टबाट टाइमकार्ड लिएर यात्रा अघि बढाएँ । .......क्रमशः
यात्रा राजधानी सम्मको –भाग २

Comments
Post a Comment