बाहुनवादी राज्यसत्ताको एक बाहुन
- Get link
- X
- Other Apps
बाहुनवादी समाज र बाहुदवादी राज्यसत्ताका कारण देशका अन्य जातजातीले उत्पीडनमा पर्नु प¥यो भनि कुर्लिएको सुन्दा मलाई अचम्म लागेर आउँथ्यो । जातीय विभेदको विरोध गर्नेहरुले पनि यो वादका बारेमा बोलेको सुन्दा उनीहरुको मूर्खतामाथि दया लागेर आउँथ्यो । यदी दलितलाई दलित भनेर जातका आधारमा मानसिक रुपमा चोट पु¥याउनु जातीय विभेद भयो भने बाहुनलाई बाहुन भनेर उसले गरे नगरेका काम कर्तव्यमाथि व्यंग्य प्रहार गर्नु चाहीँ जातीय सद्भाव बढाएको कसरी भयो ? कुनै जाती माथिको दमन र शोषण भएको छ भने त्यो जातको आधारमा भएको भन्दा पनि वर्गको आधारमा भएको हो भनि बुझ्नु पर्छ । अनि हाम्रो समाजमा कताकता शोषित वर्गमा अधिकांश रुपमा तथाकथित तल्लो जातका मान्छे पर्ने भएकोले उनीहरुले शोषण र उत्पीडनको शिकार बन्नु परेको हो भनि बुझ्नु राम्रो होला । निर्धालाई बलियाले दमन गर्ने प्राकृतिक नियम होः बाघले हरिण लखेट्छ त्यसको सिकार गर्छ । हो त्यही प्रकृतिको नियम समाजमा पनि लागु हुन्छ । आँखिर समाज पनि प्रकृतिको एक अंश न हो । वर्गीय रुपमा समाजमा जुन जातका मानिसहरु बाघको अहोदामा थिए तिनीहरुले समाजका हरिणहरुलाई लखेटे र तिनको शिकार गरे । आवश्यकता भनेको हरिणका अवस्थामा रहेकाहरुको अवस्था सुधार गरेर उनीहरुलाई पनि हात्ती बनाउनु हो । यदि त्यसो भयो भने बाघको लखेटाइको सिकार हुनुपर्ने नियती बाट त्यो वर्गले मुक्ति पाउँछ । त्यस क्रममा बाघका नंग्रा काट्नु पर्ने अनि उसका मांशभक्षी दाँतहरु बुत्याउँनु पर्ने हुन सक्छ । यसरी मात्र समाजमा वर्ग विहिनताको श्रृजना गर्न सकिन्छ ।
वाहुनहरुले देश लुटि खाएको कुरा सुन्दा मलाई विपीको आत्मवृत्तान्तमा पढेका कुराहरु याद आउँछ । उनले आफू जेलमा रहेका अवस्थामा राणाहरुले बाहुनको छोरो भएर राजकाजमा केलाई चाँसो देखाउनु प¥यो भनी भनेको प्रसंग उल्लेख छ । त्यस उक्तिले पनि विपी अघि राज्यसत्ताको प्रमुख अंगहरुमा वाहुन जातीको कत्तिको हैसियत थियो भन्ने प्रष्ट हुन्छ । प्रथम जननिर्वाचित प्रधानमन्त्रीको हैसियत पाएका विपी जातकै आधारमा त्यो उचाइमा पुगेका हुन भनि कसैले भन्छ भनि अनि मानौला यो समाज वाहुनवादी नै रहेछ । वाहुन हुने वित्तिकै राज्यसत्ताको अधिकारी हुँदो रहेछ । होइन विपीको विचार र व्यक्तित्वले उनलाई त्यो उचाइ प्रदान गरेको हो भनि यदि भन्छन् भने बाहुनवादको रटना लगाउनुको के अर्थ ? विपीको जस्तै प्रश्न हालका उच्च अहोदामा पुगेका पुष्पकमल दाहाल, बाबुराम भट्टराई, शुशील कोइराला, रामचन्द्र पोडेल, माधव नेपाल, झलनाथ खनाल, आदि बाहुनहरुका हकमा पनि तेस्र्याउन सकिन्छ । के ती सबै व्यक्तिहरु जातैले पदका अधिकारी भएका हुन् त ? हुन् भने मेरो पनि दल हुँदो हो देश हाँक्ने बल हुँदो हो ! जातले त मै पनि नम्बरी बाहुनमै पर्छु ।
व्राह्मण जातीहरु पहिले देखि नै शिक्षा आर्जनका निम्ति तल्लिन जातीमा पर्छन र शिक्षा आर्जनका अवसरमा उनीहरुलाई कहिल्यै रोक लागेन । निद्रासँग जुध्न आफ्ना गौखुरे टुप्पी किलामा बाँधेर होस् चाहे संस्कृतका नियममा तलमाथि पर्दा औँला कटाएर होस् उनीहरुले शिक्षा आर्जनका लागि सधैँ तत्परता देखाए । अर्काथरीले ‘पढ्यो लेख्यो के काम हलो जोत्यो खायो माम’लाई शिरोपर गरिरहे । हो, समाजले अन्य जातिलाई त्यो शिक्षा आर्जनको अधिकारबाट वर्जित गरेको थियो । तर त्यो समाज बाहुन एक्लैले बनेको समाज थिएन । महाभारतका कथामा समेत एक्लब्य र कर्णले राजपरिवारको सदस्य नभएको र व्राह्मण कुलको पनि नभएकोले द्रोणको आश्रममा स्थान पाएका थिएनन् । त्यो समाजको त्यस्तै नियम थियो अनि धर्म ग्रन्थहरुले निर्देशित हाम्रो पुरानो समाजले त्यही बाटो अपनाइ रह्यो । तर त्यस्ता समाजमा पनि समाजको रीतलाई चुनौती दिने विश्वामित्रहरु जन्मन चुकेनन् । चुरो कुरो त्यहाँ छ । समस्या भनेको अवसरहरुमा पहुँचको हो । एक जातीले योग्यता र व्यक्तित्व विकासको अवसर पाइरहने र समाजमा उच्च अहोदामा जाइरहने अनि अन्य जातीहरु ती अवसरबाट बञ्चित भइ रहने । तर सासन जहिले पनि योग्यताले ग¥यो । विश्वामित्र, कर्ण र एकलव्यले समेत जुन जात र वर्गमा जन्म लिएका भएपनि उनीहरुले प्राप्त गरेको योग्यताका अघि युग झुक्यो । उनीहरुको योग्यतले स्थापित सत्तालाई हाँक दिन समेत समर्थ भयो । उनीहरुको जस्तो आँट गर्नेका अघि अहिलेको समाज पनि झुकेकै छ ।
अहिले जुन जातीय कुरालाई उचाल्ने कामहरु भइरहेको छ त्यो सबै व्यक्तिगत स्वार्थलाई पुर्तिका उद्देश्यले भएइरहेको छ भनि बुझ्नु जरुरी छ । जातीय राज्यहरु खडा गरेर त्यस्ता राज्यको मुख्यमन्त्री हुने अभीष्ट बोकेका कुचेष्टा बोकेकाहरुको षडयन्त्रमा सबैले फस्नु जरुरी छैन । वर्गीय र जातीय उत्थानहरु कुनै एक जातका मानिसले मात्रै गर्छन् भन्ने छैन । कमैया मुक्तिको घोषणा गर्दा सत्तामा थारु जातीका प्रधानमन्त्री थिएनन् होला । सत्ता बाहिरबाट दबाब नआएको भनि म भन्दैन तर निर्णय पक्कै पनि थारु जातीका सत्ताधारीले गरेनन् होला । त्यस्तै हलिया मुक्ति घोषणा अनि पहिलेका कुरा गर्दा दासप्रथा उन्मुलनका कामहरु सबै सम्बन्धित वर्ग र जातका मानिसले नै गरेका होइनन् होला । यदी कसैलाई राजनीति गर्नु छ भने विचारको राजनीति गरुन विभेदको राजनीति होइन । मैले मत खसाल्ने अवसर पाएका बेला जात हेरेर मत खसालेन । जुन विचारसँग मेरो विचारले मेल खायो त्यसै विचार बोक्नेका चिन्हमा सहिछाप लाएको छु ।
आठ वर्षको शिक्षणका क्रममा अनि अन्य पेशाहरुमा संलग्न रहने क्रममा मैले पनि अन्य जातका हाकिमहरुका तल रहेर काम गरेको छु । मैले काम गरेका सबै संस्थाहरुमा वाहुनवाद वा तथाकथित वाहुनकै सत्ता थिएन । न त ती काम पाउनमा मेरो जातले त्यहाँ केही लछारपाटो लायो । योग्यताले मैले ताली पाए अयोग्यता प्रदर्शन गरेका बेलामा गाली पाएँ । अनि जहाँ सम्म विभेदको कुरा छ जाने सम्म गरेको छैन । सानामा पारिवारिक र सामाजिक संस्कारले केही त्यस्ता व्यवहारहरु भए होलान तर स्वविवेकले काम गर्न थालेदेखि हात मिलाउँदा जात सोध्दै हिँड्ने गरेको छैन । रक्षा बन्धनमा रक्षा धागो बाँधिदे भन्नेका हातमा डोरो बाँध्ने भन्दा ठूलो पुजा कसैका लागि लाएको छैन । धोती बेर्न कहिल्यै सिकेन सिक्ने रहर पनि छैन लिभाइजका जिन्स नै बढि सजिला छन् । टुपि काटेको वर्षौ भयो । कमिज फेर्दा जनै कहाँ पुग्यो खोजी गर्न भ्याएको छैन । मनले ब्राह्मण (व्रह्म को ज्ञाता वा साधारण अर्थमा भन्दा जानी व्यक्ति) हुने प्रयास गर्दैछु । त्यत्ति हो
मन्दिरमा छेकवारका कुराहरु छुटेछन् क्यारे । अहिले मन्दिर पस्न पाउनेहरुले ती मन्दिरहरुमा आफैले पत्थर कुँदेर दिएका पाषाणहरु बाहेक केही भेटे होलान् जस्तो मलाई लाग्दैन । मेरो कुरा गर्दा मन्दिरका मुर्तीहरुले मलाई मानिसको विवेकको भद्दा मजाक गरेको जस्तो लाग्छ । सबल हातखुट्टा भएकाहरुको उद्धारका लागि अचल निर्जीवहरुका शरण पर्नु पर्ने रे ! अनि ती पाषाण्लाई निर्दोष प्राणीको रगत चढाएर आफ्ना भागमा अरु भन्दा बढि सुख परोस भनि विलौना गर्नु रे ! निर्दोष प्राणी सेरेर तिनको सिनोलाई प्रसाद भनि खानेको आत्माले सन्तुष्टी पाउला त कसरी पाउला ? एकपटक बुबाले सुनाएको थिएः मुर्ती मुर्खका लागि स्थापित गरिएका चिज हुन् रे (संस्कृत श्लोक याद भएन)। ईश्वर र भक्ति त चिन्तनका कुरा हुन् । ईश्वर स्तुतीबाट सुख मिल्ने कुरा र आमीर खानले थ्री इडियटमा आल इज वेल भन्दा आत्मविश्वास बढ्छ भनेका कुरामा म कत्ति फरक देख्दिन । अरुले यसमा विमति जनाउन सक्छन्, लोकतन्त्रमा आफ्ना विचार बोक्नका लागि सबै स्वतन्त्र छन् ।
मलाई बाुहन र बाहुदवादका नाराले घोचेको थियो सो लेखेँ । बाहुन र बाहुनबाट भन्दा एक जातीलाई तोकिने हुँदा जातीय विभेदको अन्त्यका लागि लड्ने भन्नेहरुले सके सम्म त्यस्ता भाषा प्रयोग नगरुन । यस्ता कुराले दलितलाई दलित भन्दा जत्तिकै बाहुनलाई पनि घोच्छन् भन्ने कुराको सबैलाई चेतना भया । कर्मकाण्ड, वेद, गिता, पुराण नपढेकाले तिनको आफ्नै व्याख्यान लाएर सम्यताका प्रमाणहरु अनि ज्ञानका भण्डार माथि अनावश्यक अनादरका व्यंग्यहरु नगरुन् । उनीहरुले त्यसो गर्दा आफूले जान्नेलाई श्रृखण्ड नजान्नेलाई खुर्पाको भिँड भन्ने उक्तिको चरितार्थ गरि रहेका हुनेछन् भनि बुझ्नु । अस्तु !
In the picture you can see a brahmin of Jumla who is accused of ruling in Nepal till date. This picture was very popular in facebook.
- Get link
- X
- Other Apps
Comments
Post a Comment