Posts

Showing posts from February, 2012

लेखकीय चुनौती बनेको अघोषित सेन्सरसीप

Image
ट्युसन कक्षामा कक्षा सातको अनिवार्य नेपाली किताबको पाठ सत्रः समाचार पत्र पढाउ“दै थिए्“ । समाचारपत्रले निभाउनुपर्ने आदर्श भूमिकाका बारेमा राम्रै कुराहरु लेखिएका थिए । पाठको प्रश्नउत्तरमा पनि समाचारपत्रले कस्तो भूमिका निभाउनु पर्छ भन्ने आशयका प्रश्नहरु राखिएका थिए । त्यसको उत्तरमा विद्यार्थीलाई, ‘समाचारपत्रले समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्याय, अत्याचार, आदिका विरुद्धमा सदा लडिरहनु पर्छ’ भन्ने लेखाए“ । आफूले लेखाएको उत्तर आफैलाई चित्त बुझेन । हुन त अब त्यो नानीले मैले लेखाएको उत्तर घोटेर परीक्षामा लेख्ने होला तर वास्तविकता भने बेग्लै भएको भएर आफ्नो दुई जीब्रे सिकाइ प्रति केही गुनासो पोख्ने मन भयो । अनि टाउको हल्लाउ“दै भने, ‘अ“ ह“, यस्तो त कहिल्यै भएको छैन ।’ सेन्सरसीप भन्नाले एक किसिमको पावन्दी हो । मैले उठाउन लागेको सेन्सरसीप विचारमा लगाइने वा भनौ समाचारमा लगाइने सेन्सरसीपको बारेमा हो । सबैले लोकतन्त्र आयो लोकतन्त्र आयो ! भन्छन् तर यो लोकतन्त्रमा पनि विविध किसिमका सेन्सरसीपहरु हावी भएको कुरा सायद कमैले आंकलन गरेका होलान् । राणा शासनकालमा जस्तो पुस्तक लेखे वापत ज्यान लिने वा ...

एउटा नौलो द्रोहः समाज थर्कमान छ

Image
(यो कविता लेख्ने प्रेरणा एक दलित महिलाले आफ्नो जँड्याहा पतिलाइ भकुर्दा प्राप्त भएको हो । यसमा प्रयोग भएका ‘ती हात’ शोषक एवं उत्पीडक पुरुषका हातका प्रतिक हुन् । महाभारतको द्रौपदी वस्त्र हरण चुपचाप हेर्ने भीष्मपीतामह र द्रोणाचार्य लगायतका मानिसहरुको सभा अनि हाँस्दै हेर्ने दुर्योधन र कर्ण लगायतका पुरुषहरुको सभालाई हिजोको समाज भनि उल्लेख गरिएको हो भने हालको समाज भन्नाले ती महिलाले आफ्नो पति भकुर्दै गर्दा जम्मा भएका हेर्नेहरुको प्रतिनिधी हो । )  हिजो झैँ आज पनि ती हातहरु अघि बढे, उनी माथि धावा बोल्न, उनी माथि जाइ लाग्न, अनि उनको चीर हरण गर्न ।  तर, आज परिस्थिति बेग्ले छ,  हिजो झैँ उनी ति हातदखि डराइनन्,  पहिलले झैँ समेटिइन्, उनको आँखामा भय थिएन,  न निधार पसिनाले भिजेको थ्यो,  न कतै नीरीह चिच्याहट थियो,  न स्वर नै कामेका थिए । थियो त केबल आक्रोशती' हातै निमोठ्ने अठोट, समाजले सिर्जेको नियतीसित,  एउटा नौलो द्रोह गर्ने आँट,  समाजले हौस्याएका दुश्सासनलाई, खबर्दारी गर्ने जोश । त्यसैले त आज उनी जाइलागीन, ती हातमाथि, समाजले ...

जय सम्भो आस्था अलि कम भो !

Image
हिन्दुहरुका आराध्य देव भगवान शिवको विशेष आराधना हुने महान पर्व शिवरात्री भरखरै हामी सबैले मनायौँ । भगवान शिव जसले समुद्र मन्थनका क्रममा अमृत सँगै निस्किएको कालकुट विष पान गरेर आफ्नो गलामा राखी समस्त जगतलाई विषको दुष्प्रभावबाट जोगाएका थिए, तिनै भगवान शिवको आराधना हुने विशेष दिनका रुपमा शिवरात्रीलाई लिने गरिन्छ । शिवको यो गाथा कमैले सम्झेका छन् । अरुको कल्याणका लागि आफूलाई जोखिममा राख्ने अनि भक्तहरुको पुकारमा छिट्टै खुशी हुने देवताका रुपमा पुराणहरुमा शिवको चर्चा गरिएको पाइन्छ । बाघको छाला र नागको माला लाउने, डमरु बजाउने, त्रिशुलधारी, शीरमा चन्द्रमाले शोभित भएका अनि जटायुक्त केशरासी भएका भगवान शिवको हालको छवि भने बेग्लै भएको छ । भगवान शिव र भाङ्ग–धतुरो एक अर्काका पर्याय भएका छन् । आधुनिक परिभाषामा शिवप्रतिको आस्था कम भएको प्रष्टै देख्न पाइन्छ । भगवान शिवलाई गाँजा चरस खाने अनि हरेक प्रहर नशामा लीन भएर रहने नशाका देवताका रुपमा स्थापित गर्ने काम नयाँ पुस्ताले गरेको छ । शिवका चेला हौँ भन्नुको मतलब अबलाई गाँजा चरसका अम्मली हौँ भन्नु बराबर भएको छ । त्यसै अनुरुप शिवरात्री शिव आराधनाको दिवस भ...

तिम्रो भोगाइ तिम्रै रोजाइ थियो !

Image
तिमी नारी किन यति हठी ?– १७    अचेल साथीभाइहरुसँग भन्दा पनि बढि समय इन्टर्नेटमा बित्ने गर्छ । इन्टर्नेटमा पनि अरु भन्दा बढि फेसबुकमै बित्ने गर्छ । नजिक टाढा सबै दुरीका साथीभाइहरुसँग लगातार सम्पर्क बनाउन सकिने हुनाले अरु कुरामा भन्दा फेसबुकमै बढि समय बिताउने मन लाग्छ । त्यसै क्रममा नारी दिवसको अघिल्लो दिन एकजना फेसबुककै महिला मित्रले नारी शोषणका बारेमा लेखेका कुराहरु पढें । उनी नारी भएकीले होला उनले नारी शोषणका कुरालाई आफ्नो स्ट्याटस बनाएकी थिइन् । उनले घरमा अनि कार्यालयमा नारीहरु शोषित भइरहेका कुरा लेखेकी थिइन् । सृष्टिकी सुन्दर रचना नारीको यो हविगतलाई सुधार्न अनि नारीलाई माया गर्न समेत उनले आग्रह गरेकी थिइन् । त्यसै स्ट्याटसमा सम्पूर्ण नारीहरुका लागि नारी दिवसको शुभकामना समेत दिइएको थियो । मलाई कसो कसो त्यसमा प्रतिक्रिया जनाउने मन लाग्यो । अनि उनको स्ट्टसमा तल लेखिदिएँ, ‘मोटो के मोटिँदो हो र पात्लो न पात्लिएपछि.... भने जस्तै नारीहरुले शोषित नभइ दिएका भए कसले शोषण गथ्र्यो र ? .......’ अनि त्यत्तिले चित्त बmुझेन अनि यो लेखै लेख्ने निधो गरेँ । मलाई नारीहरु शोषित पीडि...

सुन्दरताको तिमी उदहारण हौ !

Image
  तिमी नारी किन यति हठी ? –१६ बाटामा हिंडीरहेको थिएँ । पहिले उनी सामान्य चालमा आइरहेकी थिइन् । मेरो नजिक पुग्ने वित्तिकै उनको पदचाल नै फेरियो । सामान्य अवस्थामा हिँडीरहेकी ती युवती केही भिन्न पाराले हिंड्न थालिन् । उनको मुहारमा नजर दौडाएँ । उनले नथाहापाए जस्तो गरी हिंड्न थालिन् । विस्तारै शीर देखि पाउ सम्म टटोलेँ । उनी सामुन्नेबाट गुज्रीसकेपछि फर्किएर उनलाई हेरें । पछिबाट उनको सम्पूर्ण बान्किहरु देखिन्थे । उनले लगाएको पहिरनै त्यस्तै थियो । उनले रोजेको आफ्नो लवाइ नै त्यस्तो थियो जसले गर्दा उनको दैहिक सुन्दरता हेर्नलाई उनका सामु पर्ने जो कोही पनि लालायित हुँदा हुन् । सायद यो कुरा उनले पनि राम्ररी बुझेकी होलिन । एक त उनको कसिलो पहिरन, अझ त्यसमाथि उनको विशेष चालाले उनको शरीरका हरेक बान्किहरु थप आकर्षक बनाइदिन्थे । उनी छेवैवाट गएकोले उनको शरीरबाट आएको विशेष प्रकारको अत्तरको बास्ना पछि सम्म आइ रहेको थियो । हेर्दा राम्री थिइन् । जीउडाल पनि राम्रै थियो । उनको पीठ्युमाथि लत्रिएका काला सर्पकेशहरु अझै मोहक थिए । समग्रमा उनी सुन्दरी थिइन्, अत्यन्तै सुन्दरी । ईन्टरनेटमा ताजा घटनाहरुको बा...

व्यालेन्टाइन्स डे :वास्तविकता र होडबाजी

Image
हालको लागि सबै भन्दा चर्चाको दिवस भनेकै व्यालेन्टाइन्स डे । अचेलका हरेक बालकलाई अनि हरेक किशोर किशोरीहरुलाई थाहा भएको विषय । सन्त व्यालेन्टाइन्स डे जसलाई आजभोलि व्यालेन्टाइन्स डे भनेर छोट्याइएको छ । यो दिवस १४ फेब्रुअरीमा इसाइ धर्मका शहीदका सम्मानमा मनाइन एक दिवस हो । यसको सुरुवात पोप गीलासीयस प्रथम (Pope Gelasius I)ले सन् ४९६ देखि गरेका हुन् । पछि सन् १९६९ मा आएर पोप पल छैठौँ(Pope Pau VI)ले यसलाई रोमन क्यालेन्डरबाट हटाएका थिए । अंग्रेजी साहित्यका कविताका पिता (Father of Poetry)भनेर जानीने जफरी चसरका पालामा आएर यो दिवसले प्रेमसँग सम्बन्धित दिवसको रुपमा पहिचान कायम गर्न सफल भयो । पछि पन्ध्रौँ सताब्दीमा आएर यो प्रेमी प्रेमिकाले एक आपसमा प्रेम प्रस्ताब राख्ने र माया बाँड्ने दिवसका रुपमा मनाइन थाल्यो । त्यसपछि व्यालेन्टाइन्स डेका दिनमा विभिन्न उपहारहरु साँटासाँट गर्ने क्रमहरु सुरु भयो । अचेल आएर पहिलेका हातले लेखेर बनाइने ग्रिटिङ्ग कार्डहरु छापिएर व्यापारिक रुपमा उत्पादन गरिने गरिन्छन् । त्यस्तै विभिन्न सपिङ्ग मलहरु, होटेल तथा रेष्टुरेन्टहरुमा पनि व्यालेन्टाइन्स डे विशेष कार्यक्रमहरु...

तिमी म अनि हाम्रो प्रेम दिवस !

Image
तिमी नारी किन यति हठी ? –१५  सायद तिमीलाई माया गरेको भन्दा पनि ‘माया गर्छु’ भनेर भनेको सुन्न बढि मन पर्छ । त्यसैले त होला तिमी बारम्बार मेरा मुखबाट प्रेमालापहरु सुन्न चाहन्छ्यौ । तिमीलाई हरेक पटक मबाट तिम्रो साथ दिने र तिमीसँग हुने बाचा बन्धनहरु सुन्न मन हुन्छ । तिमीसँग व्यवहारिक हुन खोज्दा तिमी निष्ठुरी भन्छ्यौ । तिम्रा ती कटु वचन सुन्दा यहाँ आफ्नो मुटुले ठाउँ छोडे जस्तो हुन्छ भन्ने तिमीलाई के थाहा ? अनि अग्लो भीरबाट खस्दा मुटुमा परेको चीसो जस्तो महशुस हुन्छ भन्ने के थाहा ? सँच्चै तिमीले अविश्वास गर्दाका क्षणहरु निकै नरमाइलो लाग्छ । तिम्रो विश्वास जित्ने कुनै उपाय गर्न पाए हुन्थ्यो झैँ लाग्छ । तिमी जीवनभर एक प्रेमीका भएर जीउन चाहन्छ्यौ । तर विडम्बना, यथार्थको संसारमा सपनाहरु सँधै साँचा नहुन सक्छन् । कहिले कहीं वर्तमानका गाह्रा साह्रा परिस्थितिहरुले पनि पछिका दिनहरुलाई अझ मीठा बनाएर लैजान्छन् । प्रेम दिवस आउन लागेको तिमीले भेउ पाइछौ । तिम्रा अरु साथीका प्रेमीहरुले पनि उनीहरुलाई प्रेमोपहार दिनलागेका कुराहरुले तिम्रा मनमा पनि अनेक रहर जगायो होला । त्यसैले त तिमी मलाई बारम्बार...

बदमास भए म तिम्रै कारणले !

Image
 तिमी नारी किन यति हठी ? –१४ सबैले मलाई ‘तँ त बिग्रीछस’ भनेर भन्छन् । हो अचेल मलाई सबैले यसै भन्छन् । म फेरिएँ रे ! म पहिले जस्तो छैन रे ! अनि अहिले म बिग्रिएँ रे ! तर मैले आफूमा त्यस्तो विधि केही फरक पाएको छैन । सिवाय तिमी मेरो जीवनमा आयौ, अरु ममा केही परिवर्तन भएको छैन । हो तिमी आउनुले केही परिवर्तनहरु आएका छन् । हिजो सम्म जीवनमा निरासा सिवाय केही नपाउने मेरो मनले अहिले जीवनलाई छुट्टै दृष्टिले हेर्न थालेको छ । थाह छ, म आशावादी भएको छु । म जतिबेला जीवनको एकदमै अप्ठेरो मोडमा उभिएको थिएँ त्यसबेला तिमीले मेरो मनमा स्थान खोज्यौ । मलाई मेरै सम्स्याले अँठ्याएको बेला तिमीले अपनाउन खोज्यौ । तिमीप्रति मैले कत्तिको न्याय गरेँ–गरेन मलाई थाह छैन । तर यत्ति अवश्यै भन्छु कि मैले सकेसम्म तिमीलाई मेरो भद्रगोल जीवनवाट अलग राख्न चाहेको थिएँ । हो ममा पनि इच्छा थियो, कोही यस्तो साथी बनाउने जोसँग मैले मेरा मनका कुराहरु साँट्न सकुँ । जसले मलाई मेरा अप्ठेरा पलहरुमा साथ देओस् । जसले मेरा कमीहरुलाई पुरा गरिदेओस् । मैले तिमीमा मेरो परिपूर्णताको प्रतिविम्ब खोजेको थिएँ । त्यसैले त मैले मुखले जे भनेको ...

लौ हेर कलियुगे ‘पति’को गति !

Image
 तिमी नारी किन यति हठी ? –१३ स्नातकोत्तर तहको शोधपत्र बुझाउनु पर्ने मौसम चलेकोबेला मकहाँ पनि केही शोधकर्ताहरु आफ्ना शोधपत्रको टंकण कार्यका लागि आइपुगे । शोधकर्ताहरुसँग काम गरिरहेको बेला हाल नारी हक अधिकारका सम्बन्धमा आवाज उठाउनेहरुले विभिन्न चलनचल्तीका शब्दहरुमाथि लगाएको प्रतिबन्धका बारेमा कुराहरु चल्न थाल्यो । सभापति, राष्ट्रपति, श्रीमान्(न्यायाधीसका लागि), आदि शब्दहरुमाथिको प्रतिबन्धका बारेमा कुराहरु उठ्न थाले । हुन पनि लिङ्ग विशेषका लागि बनेका जस्ता लाग्ने यस्ता शब्दहरुलाई चलनचल्ती बाट हटाउनुलाई भाषाको लैङ्गिक विभेद हटाउने प्रयासका रुपमा हेर्न सकिन्छ । भाषा संस्कृतिको पाटो भएकोले भाषामा भएका विभेदहरुले संस्कृति र संस्कारगत विभेदहरुलाई दर्शाउँछन् । तसर्थ सभापतिका सट्टामा सभाध्यक्ष, राष्ट्रपतिका सट्टामा राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुख, आदि जस्ता शब्दहरुको हेरफेरले भाषामा विद्यमान लैङ्गिक विभेद प्रति नारी जमात सचेत(?!) भएझैँ लाग्छ । नारीहरु यस किसिमका भाषागत हेरफेरलाई आफ्नो प्रगतिशील शोचको उपज ठान्छन् । यस किसिमका परिवर्तन प्रतिकुलका आफ्ना अड्डी थाप्नेहरुलाई पुरुष दम्भवाट ग्...

तिमीलाई रुवाउने मेरो धोको होइन !

Image
तिमी नारी किन यति हठी ? –१२ तिमीलाई रुवाउने मेरो धोको होइन... बारम्बार तिम्रा हठका कुराहरु लेख्नु, तिमीलाई रुवाउने उद्देश्यले होइन । त्यो त तिमीमा भएका कम्जोरीहरुलाई तिमी सामु ल्याउँदा तिमी केही सम्हालिन्छ्यौ कि भन्ने चाह मात्रै हो । तिमीलाई पनि त थाह हुनु प¥यो नि तिमीले गरेका सबै कामहरु ठीक हुँदैनन् । तिमीले गरेका कामप्रति पुरुषहरुको धारणा बुझ्दा तिमीलाई पनि त सम्हालिन सजिलो हुन्छ होला । त्यही भनेर मात्रै मैले तिम्रा हठका बारेमा लेख्न थालेको । अस्ति तिमीले कुरैकुरामा तिमी आफू असक्षम भएको कबुल ग¥यौ । अझ तिमी त आफ्नो असक्षमता, आफ्नो दुर्बलता र आफ्ना कम्जोरीहरु पुष्ट्याउन समेत तम्सेकी थियौ । मैले नै सुन्न चाहेन । मलाई लाचारीका कथाहरु सुन्ने मन हुँदैन । मलाई परिस्थितिहरुलाई दोष दिने बानी मन पर्दैन । सायद म आफै पनि पहिले त्यस्तै गर्ने भएकोले होला मलाई आफ्नो इच्छालाई वा आफ्नो अकर्मण्यतालाई बाध्यताको खोल ओढाएको मन पर्दैन । भन्छन् एउटा अकुशल डकर्मीले कहिले पनि राम्रा औजार हात पार्दैन रे ! अर्थात उसलाई सँधै आफ्ना औजारका कारण आफ्नो कार्य कुशलता पूर्वक सम्पन्न गर्न नसकेको जस्तो लाग्छ रे ...

विहानै उठे, नुहाए, पानी चिसो थियो, जाडो भयो !

तिमी नारी किन यति हठी ? –१० अचेले फोनकलहरुमै केही बढि नै व्यस्त हुन थालेको छु । आफ्नो व्यस्त तालिकामा उनको कलहरुको स्थान मिलाउन निकै गाह्रो भइरहेको छ । पहिले पहिले आफै पनि गर्थे । अब गर्दैन । साताभरमै फोनमा सात–आठ सय खर्च भएपछि आजित भएर फोन गर्न छोडेको । हुन त उसले मलाई फकाउनलाई पहिले फोन गथ्र्यो अहिले रहर मरेर फोन गर्न छाड्यो सोच्ली तर उसँग गर्न बाँकि कुनै कुरा नै छैन । उसका अति जरुरी कुराहरु सुन्न फुर्सदै पो कहाँ छ र मसँग ! एक पटक उसले मलाई विहानै फोन गरी । तिमीसँग जरुरी कुरा गर्नु छ एकछिन कल गर न भनेर भनि । मैले के के न होला भनेर हतार हतार कल गरेँ । उताबाट उसले भन्न थाली, ‘अँ के मैले बिहानै नुहाए के ! अनि थाह छ विहान पानी चिसो थियो । चिसो पानीले नुहाँउदा त मलाई कस्तो जाडो भएको ।’ म अचम्ममा परें । महत्वपूर्ण खबर भनेको त उसले हिउँदका महिनामा नुहाँउदा पानी चिसो भएर जाडो भएको कुरा पो रहेछ । म त अक्क न बक्क भए । अब केही भन्यो भने रीसाउने होला भनेर म उसका कुराहरु सुनी रहें । पढाउन हिंडेको मान्छे उसका कुरा सुन्दै विहान वित्यो । अब मैले बोल्नु त केही थिएन । खाली सुन्नु र हाँस्नु मात्...

तिमी मलाई पाल्न सक्छौ ?ः तिमी भेडा बाख्रा हौ ?

Image
तिमी नारी किन यति हठी ? –८ “तिमी मलाई पाल्न सक्छौ ?”उसले सोधी । “तिमी भेडा बाख्रा हौ ?”मैले उत्तर दिएँ । यत्ति हो हाम्रो पहिले कुरा भएको भनेको । मैले, ‘तिमी मसँग बिहे गछ्र्यौ ?’ भन्दा उसले यही प्रश्न तेस्र्याएकी थिइ । म एकछिन नअकमकिइ उसलाई प्रतिप्रश्न गरेको थिएँ । मैले त्यसो किन भने मलाई थाह छैन । मैले त उसलाई तिम्रा लागि संसारको सारा खुशी किनेर ल्याउन सक्छु भन्नुपर्ने ! तर मैले त उल्टै उसलाई भेडा बाख्रासँग पो तुलना गरेँ । पक्कै पनि मेरो बचनले उसको हृदय केही दुखेको हुनुपर्छ । आँखिर उसले सुन्दै गरेका उत्तरहरु वा उसले अपेक्षा गरेका उत्तरहरु भन्दा निकै भिन्न थियो मेरो जबाफ । तर मलाई पछि मैले दिएको जवाफमा गर्व लाग्यो । आँखिर म भेडाबाख्रा पाले जस्तो उसलाई पाल्न पनि त चाहन्न । घाँस हाल्दै जाऊ, दुध दुहुँदै जाऊ । त्यत्ति हो त विहे गर्नु परिवार बनाउनु भनेको । जीवनसाथी भनेको व्यक्तिबाट एउटा पुरुषले अपेक्षा गर्ने भनेको उसको लुगा धोइदिने, उसका लागि खाना पकाइदिने, उसका जुत्ता पालिस लगाइदिने, भोगको साधन भइदिने, बच्चा जन्माइदिने, आदिआदि घरेलु कामदारले गर्ने जस्तो काम गरोस भन्ने मात्रै हो र ? य...

तिम्रा श्लीलता र अश्लीलताको पर्खाल भत्काइ लेख्दा !

Image
तिमी नारी किन यति हठी ? –७   मलाई थाह थियो तिमीले मेरो अपराध कबुलीलाई पनि सहज रुपमा लिने छैनौं भन्ने । सँधै त तिमी मलाई पुरुष आडम्बरले ग्रसित छौ भन्थ्यौ । मैले कत्रो आँट गरेर तिमीसामु आफ्ना गलत कृत्यहरुको कबुली गरेको थिए । परिणाम के भयोः तिमीलाई थाहै छ । तिमीले मलाई म छाडा भएको भन्यौ । तिमीले मलाई तिमीमाथि झटारो हानेको भन्यौ । अनि कहिले सम्म यस्तो गरिरहन्छौ भनेर प्रश्न समेत ग¥यौ । मेरो पहिले जस्तै उत्तर छः‘जबसम्म तिमी प्रत्युत्तर फर्काउँदैनौ ।’ जबसम्म तिमी आफुमाथिको अन्याय अत्याचारको कारण आफ्नै संकिर्णता हो, अनि आफ्नै सहिदिने बानी हो भन्ने बुझ्दैनौ तब सम्म । जबसम्म गलत नियतले उठेका मेरा नजरहरुलाई तिमी झपार्दैनौ तबसम्म । जबसम्म मलाई तिमीमाथि जाई लाग्ने आँट भइरहन्छ तबसम्म तिमीले यो झटारो खेपी रहनुपर्छ । अब तिम्रो हातमा छ यो झटारो कहिले टुङ्ग्याउने भन्ने निर्णय गर्ने । तिमी नारी भनेको मेरो जीवनको आधा हिस्सा हौ । तिमीले नै त भन्छौ रथका दुई पांग्रा हुन नर र नारी भनेर । अनि दुबै पांग्रा सबल नहुँदा सम्म कसरी गुड्ला त हाम्रो गाडी सररर ! त्यसैले तिमीले आफुलाई सबल र सक्षम नबनाउँदा...

मैले बलात्कार गरिरहें, तिमी बलात्कृत भइरह्यौ !?

Image
                                                         तिमी नारी किन यति हठी ? –६ म पुरुष हुँ । म छोरो, बाबु, दाजु, भाइ, पति, देवर, भिना, काका, भतिजा, शिक्षक, हाकीम, सहकर्मी, नोकर, आदि सबैसबै हुँ । तिमी नारीसँगको मेरो गहिरो नाता छ । तिमी मेरो अस्तीत्वको कारक हौ । तिमीले नै मलाई जन्म दियौ । तिम्रा झ्याम्टाहरु चुसेर म हुर्कें । तिम्रो भ्रातृत्व र साथीत्वमा मेरो किशोरावस्था कट्यो । तिम्रो पतिप्रेमले मेरो गृहस्थावस्था सुखमय बन्यो । तिमीलाई छोरीको रुपमा पाउँदा मलाई गर्व भयो । यसबेला सम्म तिमी अन्य नाताहरुका रुपमा पनि मेरो जीवनमा आएर त्यसलाई रसमय बनायौ । मलाई तिमी नहुँदाको आफ्नो एकल अस्तीत्वको कल्पना गर्नु छैन । तिमीसँग बिताएका सानापलहरु पनि मेरालागि ठूलै महत्व राख्छन् । त्यसै त कहाँ भनेका होलान र ठूला बुझक्की...