उसले रोजेको बाटो






यो लेख लेख्नु भन्दा अघि मैले धेरै पटक सोच्नु प¥यो । कतै म कसैको व्यक्तिगत जीवनमा हस्तक्षप त गर्न खोजीरहेको छैन भनी मैले बारम्बार आफैलाई प्रश्न गरे“ । तर एक सचेत नागरिक भएको र शिक्षकको जस्तो अभिभावकत्व निभाउनुपर्ने पेशा अ“गालेको भएर मैले यो विषयमा लेख्नै पर्छ भन्ने सोचे र कलम धसाउन सुरु गरे“ । कुरा के भने म एक पटक कक्षामा पढाउ“दै गर्दा मैले एक पसलको नाम लिन पुगेछु । त्यो पसलको नाम महिलाको नामबाट सुरु हुन्थ्यो ।मैले त्यो नाम लिने बित्तिकै कक्षामा पढिरहेका सबैले हा“स्दै नाम दोहो¥याउन भने । मैले उनीहरुको आग्रहलाई स्वीकार्दै नाम दोहो¥याए“ । यसपटक सबै जना एकैसाथ गलल हा“से । मैले सबैको मुहार जा“चे । ती मुहारहरु मध्ये एक छात्रको मुहार केही क्रोधित देखिन्थ्यो । उ हा“स्नेहरुलाई नियालेर हेरिरहेको थियो । मलाई कुरोको मेसो मिले मिले जस्तो भयो । म मुस्काउ“दै उ तर्फ हेरे“ । उ पनि केही मुस्कायो र अप्रत्यक्ष किसिमले केही छात्रको नाम लियो । अघि हा“स्ने जमात अझै जोरले हा“स्यो र यसपटक निसानामा कोही अरु नै थियो । अर्की एक जना छात्रा हा“स्नेहरुलाई क्रोधित नजरले हेर्दै थिइ र केहीलाई झपार्दै थिइ । मलाई कुरा बुझ्न बेर लागेन । त्यो सिलसिला जारी नै रह्यो र कक्षाका आधा भन्दा बढि विद्यार्थीहरुको नाम कसै न कसैस“ग गा“सिएको पाइयो । म अचम्म परे । उमेरले भरखर बाह्र वा तेह्र पुगेका हु“दा हुन । अहिले देखि नै सबैले यस्तो तारतम्य मिलाएको देखेर त म तीन छक परे । हुन त हामी विद्यार्थी हु“दा यस्ता कुराहरु नहुने गरेका होइनन् । तर अहिले अझै चा“डै सुरु हुन लागेको जस्तो लाग्यो । किसोरावस्थामा भरखर टेकेका विद्यार्थीहरु यस किसिमले अगाडि बढेको देख्दा केही सम्झाउने पारामा मैले भने, “यस्तो गरेर के पाउ“छु जस्तो लाग्छ तिमीहरुलाई ?” सबै मुस्कानका साथ एक अर्कालाई हेर्न थाले । सायद उत्तर कसले देला भनेर होला । त्यत्तिकैमा मैले नदेख्ने गरि एक छात्राले भनी, “माया पाउ“छौ सर∕”। म तीनछक परे“ । मैले उलाई ठम्याउनलाई टाउको घुमाए“ । उसलाई ठम्याउन त्यति गाह्रो भएन । उ अलि अलमलमा थिइ जस्तो देखिन्थ्यो । सायद ठिक थियो कि बेठीक भनि जा“च्नको लागि होला उसले मतिर हेरी । उसको त्यो उत्तरले मलाई केही गम्भीर बनायो । यो कुन मायाको कुरा हु“दैछ भनेर म सोच्न बाध्य भए“ । कतै उनीहरुले घरका सदस्य, समाजका सदस्य अनि विद्यालयका गुरुवर्ग र साथीभाइहरुबाट पाउनु पर्ने मायाको कुरा त गरेका होइनन् । उसको पृष्ठभूमी हेर्दा ऊ पनि सायद घरमा उपेक्षाको सिकार थिइ जस्तो लाग्छ । उच्च महत्वाकांक्षा, सबैले स्वीकार गरुन र मैले सबैथोक पाउनुपर्छ भन्ने सोच राख्ने किशोरमन घरको चार भित्ताबाट बाहिर स्नेह खोज्न हिंडेको मैले ठाने । तर यस्तो काचो उमेरमा यस किसिमको धारणा बोक्दा उनीहरुले आफूले चाहेको स्नेह, ढाडस, सल्लाह, आदि आफूले रोजेको बाटोमा मिल्ला त । भोलिका दिनमा यदि उसले भावनात्मक रुपमा चोट खानु प¥यो भने उसले यसै गर्ला भनेर के भन्न सकिन्छ र ? यसै कुराले मलाई कलम चाल्न बाध्य बनायो ।
आज भोलि बालबालिकाहरु जन्मेदेखि नै टेलिभिजन हेर्न पाउ“छन् । विशेष गरि सहर बजारका वालवालिकाहरु सानै देखि अरु भन्दा टेलिभिजनका अगाडि बर्ता समय विताउ“छन् । अनि उनीहरुले हेर्ने भनेको आफ्ना अभिभावकहरुले जे लगायो त्यही वा सस्ता प्रेम कथामा आधारित चलचित्रहरु वा त्यस्तै बेतुकका कार्यक्रमहरु । हेरे मात्रै केही थिएन । ती टेलिभिजनका कुराहरुलाई मनोरञ्जनका लागि बनाइएको त हो नि भनेर बुझे त राम्रै हुन्थ्यो । तर ती कुराहरुलाई जीवनमा उतार्न खोज्ने बानी ले पो मा¥यो ।
अचेल सरदर बजारका महीलाहरु तथा युवायुवतीहरुको पहिरन देखि उनीहरुको बोली चाली जम्मै टेलिभिजनका कार्यक्रमहरुबाट प्रभावित हुने गर्छन । त्यसै गरेर टेलिभिजनमा देखाए जस्तै जोडी बनाउनु र ठूला मान्छेले जस्ता प्रेमका गीतहरु गाउनु सामान्य भइसकेको छ । अचेल शिशुकक्षाका बच्चाहरुले समेत अक्षर चिन्ने वा पढ्ने भन्दा पहिले गित गाउन सिकेको हुन्छ । ती पनि बाल गित नभएर ठूलाहरुले सुन्ने गित । र त्यसको असर नबुझी आमाबुबाहरुले पनि त्यस्ता क्रियाकलापहरुलाई प्रोत्साहन दिने गर्नु अर्को विडम्बना हो । अब बच्चै देखि यस्ता माहोलमा हुर्कैदै आएका हाम्रा बालबालिका किशोरावस्थामा प्रवेश गर्ने वित्तिकै भए नभएका फेशन गर्ने देखि लिएर जोडी बनाउने धुनमा लाग्छन् । पढाई आफ्नो भविष्य भन्नेकुराहरु तिनीहरुको सोचबाट बिलय हुन जान्छ । कसरी आफ्ना पहिरन वा लवाइ खवाईलाई चर्चाको विषय बनाउने र कसरी अरुको आकर्षणको केन्द्र बन्ने भन्ने धुनमा व्यस्त बन्छन् । यो अवस्था केही हदसम्म उमेरका कारणले हो । तर यसलाई आमाबाबु, शिक्षक–शिक्षिका वा परिवारका ठूला सदस्यले नियन्त्रित गरेनन् वा उनीहरुलाई उचित मार्गनिर्देश गरेनन् भने उनीहरुले रोजेको बाटो कता जाला यसै भन्न सकिन्न ।
म सबैभन्दा बढि विस्मित त त्यतिबेला भए“ जब ती छात्राले, ‘माया पाइन्छ’ भन्ने प्रत्युत्तर दिइन् । वास्तवमा ती छात्राले अहिलेका सम्पुर्ण किशोरावस्थाका छात्र–छात्राको प्रतिनिधित्व गर्छिन । सायद यहि गलत मानसिकताले डो¥याएकाले होला अचेल जताततै किशोर–किशोरीहरु जोडी बा“धेर हिड्ने गरेको देखिन्छ । आफूले पाउनुपर्ने स्नेह, प्रोत्साहन, ढाडस वा माया घर परिवार वा विद्यालयमा नपाएपछि त्यसको वैकल्पिक श्रोतको खोजी हुनु स्वाभाविकै हो । फेरि यो उमेरमा हुन शारिििरक र मानसिक परिवर्तनका कारणले पनि उनीहरु घरपरिवार वा आफूभन्दा अग्रजहरुबाट टाढिन खोज्छन् । बरु आफूलाई बुझ्न सक्ने वा आफ्नो कुरा भन्न मिल्ने साथीको खोजीमा हुन्छन् । अनि विपरित लिड्ड प्रतिको आकर्षणले पनि उनीहरुलाई योबाटोमा धकेलेको हुनुपर्छ । पहिले पहिले धेरै स्वास्नी हुनेलाई ठूलो मानिन्यो रे अचेल बढि केटीसाथी बनाउनेलाई ठूलो मानिन्छ । बहुबिबाह त कानुनले रोक्यो तर बहुप्रेमलाई अब केले रोक्ने । किशोरअवस्थाको यस्तो सम्बन्ध जसमा दुवैजना अनभिज्ञ हुन्छन् जीवनका यथार्थहरुबाट त्यसले दिगो रुप पाउने कमै मात्र सम्भावना हुन्छ । फेरि लुकीछिपी लाइने यस्ता सम्बन्धमा आमाबाबु वा परिवारको अन्य सदस्यको सहमति हुने कुरै छैन । अनि एकै उमेरका भएकाले उनीहरुमा दूरदर्शिता वा भनौ पछि के होला भन्ने सोच हुने त कुरै छैन । उमेरको जोशमा होस गुमाए भने भोलि यसै होला भनेर भन्न गाह्रो हुन्छ ।
झट्ट हेर्दा यो कुरालाई सामान्य रुपमा हेरिए पनि गहिरिएर सोच्ने हो भने यसले समाजलाई भयानक दुर्घटना तर्फ डो¥याउन सक्छ । उमेर नपुग्दै अझ भनौं पढ्दा पढ्दै विवाह, असुरक्षित शारिरिक सम्बन्ध, कलीलै उमेरमा गर्भ रहने, गर्भनिरोधका साधनको विना परामर्श प्रयोग, आदि जस्ता थुप्रै समस्याहरु आउन सक्छन् । कलिलै उमेरमा विवाह वन्धनमा बा“धिदा श्रृजनात्मक काम गरेर बिताउनु पर्ने उमेर पनि पारिवारिक काम र कर्तव्य निर्वाह गर्दै व्यतित हुन्छ । त्यसै गरि कलिलै उमेरमा गर्भ रहनाले स्वाथ्यका दृष्टिकोणले वा भनौ सामाजिक दृष्टिकोणले पनि धेरै समस्याहरु निम्त्याउन सक्छ । त्यो गर्भले पक्कै पनि सामाजिक रुपमा मान्यता पाउ“दैन र गर्भ पतन अन्तिम विकल्प बन्न सक्छ । तर गर्भपतन पनि प्राय लुकिछिपि गराउने हु“दा यसले पनि समस्या निम्त्याउन सक्छ । फेरि विनापरामर्श गर्भ निरोधका साधनको प्रयोगले पनि भोलिका दिनमा महिलाहरुमा बा“झोपन जस्ता समस्याहरु ल्याउन सक्छ । विशेष गरि यस्ता सम्बन्धले किशोरहरुलाई भन्दा पनि किशोरीहरुलाई अप्ठेरोमा पार्ने गर्छ ।
अपरिपक्व अवस्थामा यसरी हेलमेल बढाउ“दा र सहि निर्णय नलिन सक्दा जे पनि दुर्घटना निम्तिन
सक्छ । प्राय गरेर भावनात्मक रुपमा गा“सिने यस्ता सम्बन्धले न त जात भात हेर्छ न त सम्पन्न र विपन्न भनेर हेर्न भ्याउ“छ । यस्तो अवस्थामा भोलि उनीहरुले आफ्नो सम्बन्ध दिगो नै बनाउन चाहे भने पनि परिवार र समाजबाट वाधा उत्पन्न हुन सक्छ । दह्रो मन भएकाले त यी वाधा व्यवधानहरुस“ग लड्लान् जुझ्लान तर कम्जोर मन भएकाहरुले आफरुलाई सिध्याउने बाटो रोज्नुबाहेक केही विकल्प देख्दैनन् आफ्ना अगाडि । जीवनमा अरु पनि थुपै्र कुराहरुछन् भन्ने सोच्न भ्याउदैनन् उनीहरु । निराशावादी सोच हुनेहरुका लागि जीवनको अन्त्य नै त्यही हुन पुग्छ । त्यसैले त अचेल स्कुले उमेरका र भरखर भरखर कलेज पढ्न थालेका किशोर–किशोरीहरुले आत्महत्या गरेका समाचारहरु सुन्नमा आउ“छन् । भावनात्मक रुपमा कम्जोर हुने यो उमेरमा आवेशमा आएर चालेका गलत कदमहरु पछि गएर जिन्दगी भरलाई पछुतोको कारण बन्न सक्छ वा जीवनको अन्तिम भूल बन्न सक्छ । केटा साथी वा केटी साथीले भावनात्मक रुपमा चोट पु¥याउ“दा आत्महत्या सम्मका गलत कदमहरु चालिएका उदाहरणहरु हाम्रो समाजमा थुप्रै छन् । झन् हिजो आज यो समस्या बढ्दै गएको छ । यो सबै उनीहरुलाई सहिबाटो देखाउने र उचित सल्लाह दिने मान्छेको कमीले भएको हो । उनीहरुलाई पहिले देखि नै जीवनको यो पाटोको बारेमा उचित सर–सल्लाह दिएर जीवनमा आइपर्ने यस्ता अप्ठेराहरु सामना गर्ने जोश र आ“ट थप्न सकेको भए पक्कै पनि उनीहरुले यो कम्जोर कदर नउठाउ“दा हुन । आखिर एकपटक पाइने यो सुन्दर जीवनको अन्त्य कसले पो चाहला र ? जीवनमा अव जीउनलाई केही बा“की नै छैन भन्ने नपर्न जेल सम्म त सानो घाउ पर्दा ऐय्या भनने मान्छे जीवननै टुंग्याउने निर्णय लिन किन खोज्ला र । फेरी यो बाटो रोज्नमा अप्रत्यक्ष रुपमा टेलिभिजनका सिरियल र प्रमकथामा आधारित चलचित्रहरुले टेवा पु¥याउ“छन् । वास्तविकता सामना गर्न अभ्यस्त नभएका किशोर किशोरीहरु टेलिभिजनका पर्दामा देखाए जस्तो सरल होला जीवन भन्ने अड्कलबाजीमा हुन्छन् । जब परिस्थिति अप्ठेरो बन्न जान्छ तब सम्झाउने मान्छे कोही भएन भने जुनसुकै गलत कदम चाल्न पनि पछि पर्दैैनन् । टेलिभिजनको पर्दामा नायिकाले धोका दिएको बेला नायक झोक्राएको जस्तै अनुकरण उनीहरुले वास्तविक जीवनमा गर्छन । अनि कति कति बेला वियोगान्त चलचित्रहरुमा नायक–नायिका वा कुनै एक जनाले आत्महत्या गरेका कुराहरुले पनि उनीहरुलाई गलत प्रेरणा प्रदान गर्छ । भोलिको सफल जीवनको आधार बनाउनु पर्ने बेलामा यस्ता फजुल कुराहरुका पछि दौडिएर समय फाल्नाले पछिका दिनमा पछुतो मान्नु बाहेक केही बा“कि रह“दैन ।
यो अवस्था ल्याउनमा सबै जना उत्तिकै जिम्मेवार छन् । के अभिभावक के शिक्षक–शिक्षिका सबैले आफ्नो ठाउ“मा सहि भुमिका निभाइ दिए किशोरकिशोरीहरुले गलत बाटो अवश्यै पनि रोज्दैनन् होला । प्राय गरेर आमाबाबुहरुले उचित ध्यान पु¥याउन नसक्दा छोराछोरीमा कतै मलाई मेरो घरका मानिसहरु माया गर्दैनन् कि भन्ने भान पर्न सक्छ । अनि त्यसैमा बाहिरका मान्छेले दुईचार मिठा कुरा गरिदियो भने ‘ए मलाई माया गर्ने त ऊ नै रहेछ’ भन्ने भान पर्न जानु अपरिपक्व मानसिकताको उपज मान्न सकिन्छ । त्यसैले घरमा पनि आमाबुबाहरुले झपार्ने, रिसाउने भन्दा पनि माया गर्ने, सम्झाउने र उमेरअनुसारका कुराहरु सिकाएर उनीहरुलाई आइपर्ने समस्याहरुस“ग सामना गर्नसक्ने बनाएबाट उनीहरुले घरमा पाउनु पर्ने माया र महत्वको खोजीमा बाहिर भौतारिनु पर्ने थिएन कि ? किशोरावस्थामा त्यसै त शारिरिक र मानसिक परिवर्तनका कारणले मन तनावपूर्ण अवस्थाबाट गुज्रीरहेको हुन्छ । कसैले ढाडस देओस्,माया देओस् भन्ने मनले सोची रहेको हुन्छ । त्यस्तो अवस्थामा घरका मानिसहरुले उनीहरुले खोजेको जस्तो भुमिका निभाउन सकेनन् भने उनीहरु त्यो पात्रको खोजीमा घर बाहिर भौंतारिनु अस्वभाविका मान्न सकिन्न । आफ्नो मस्तिष्कले सहि निर्णय गर्न नसकेको अवस्थामा अरुले जे भन्यो त्यहि ठिक भन्ने सोच हुनु किशोरावस्थाका लक्षण हुन । अनि अरुका लहै लहैमा लागेर गलत कदम उठाउन पुगे भने त्यसको पणिाम त सबैले भोग्नु पर्ने हुन्छ । त्यसैले आमाबाबु वा घरका ठूला सदस्यले समयमै उचित कदम चालेमा भविष्यमा हुनसक्ने अप्रीय दुर्घटना रोक्न सकिन्छ ।
त्यसैगरी विद्यालयमा शिक्षक–शिक्षिकाहरुले पनि उनीहरुलाई आवश्यक पर्ने मार्गनिर्देशनहरु बेला बेलामा दिने ग¥यो भने पनि उनीहरुले गलत मार्ग अवश्यै पनि रोज्दैनन् होला । किशोरावस्थाको जटिलताका बारेमा उनीहरुलाई जानकारी गराउनमा शिक्षक–शिक्षिकाहरुको भुमिका पनि उत्तिकै रहन्छ । प्रजनन् स्वास्थका बारेमा जानकारी उनीहरुको पाठ्यक्रममा समावेश भएको भए पनि त्यसलाई जीवनउपयोगी ढंगले उनीहरुलाई सिकाउन जरुरी छ । यो उमेरमा ठूलाको अर्ति उपदेश भन्दा पनि साथीको सल्लाहको खोजी बढि हुने हु“दा घरपरीवारका सदस्य र विद्यालयका शिक्षक शिक्षिकाहरुले उनीहरुले खोजेको साथी बन्न सकेमा पनि उनीहरुलाई धेरै हदसम्म सहयोग पु¥याउन सकिन्छ । गराउन सकेको खण्डमा पनि उनीहरु गलत संगतको असरबाट बच्न सक्छन् । विद्यार्थीस“ग आफू किशोरावस्थामा छ“दाको अनुभव र आफूले गरेका गल्तीबाट सिकेको पाठ उनीहरुलाई सुनाउ“दा उनीहरुले बढि सामिप्यता महशुस गर्छन र आफ्ना कुराहरु पनि अघि सार्छन । शिक्षक शिक्षिकाले उनीहरुको विश्वास पात्र बन्न सकेको अवस्थामा विद्यालयको माहोल र कक्षाकोठाको माहोल अझै सहज बन्दै जान्छ । अनि उनीहरुले रमाइलो किसिमले मार्गनिर्देशित हुने मौका पाउ“छन् ।
यी यावत कुराहरुले मलाई पिरोली रह्यो । म सोचीरहे“ उसले रोजेको बाटो के सहि हो त भनेर । अनि मैले उसले त्यो बाटो रोज्नुमा उसले पाएको माहोल र गलत प्रेरणालाई पनि कारक माने । अनि ऊ जस्ता लाखौं किशोर–किशोरीहरुका लागि उनीहरुले राज्ने बाटो समयमै बिचार पु¥याइएन भने घातक सावित हुनसक्छ भनि भन्न कर लाग्यो र लेखे यो लेख । हुन त उमेरमा राम्रो लाउने खाने रहरहरु हुनु स्वाभाविक नै हो । तर, यी कुराहरुलाई नै सबथोक मानेर भविष्य नै अन्धकार बनाउनुलाई भने सामान्य मान्न सकिन्न । जुनसुकै कुरा पनि जानी बुझेर गरेको राम्रो हुन्छ । छोरा छोरी जन्माउनु, उनीहरुका लागि गास–बास–कपासको व्यवस्था गर्नु र उनीहरुलाई स्कुल पठाउने वित्तिकै आफू असल अभिभावक भएको ठान्नेहरुका लागि पनि यो लेख सचेतक बनोस अनि विद्यालयमा पाठ्क्रमका कुरा घोकाएर र परीक्षामा बढि अंक देखाएर आफूले राम्रो पढाए“ भन्ने शिक्षक–शिक्षिकाहरुका लागि पनि सोचनीय विषय बनो मेरो यही इच्छा छ । आखिर जो जनसक्तिबाट हामीले सुनौलो भविष्य निर्माणको आशा गरेका छौ“, तिनै जनसक्तिको भविष्य आफै ओझेलमा प¥यो भने देश र समाजको स्थिति कस्तो रहला एक छिन कल्पना गरौं त ∕

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला