देख्न मन लाग्छ तिम्लार्इ (गजल)

 देख्न मन लाग्छ तिम्लार्इ छुन मन लाग्छ
तिम्राे काँधमा शीर राखी रून मन लाग्छ

छुँदा दाग लाग्ला जस्तै साह्रै गाेरी माेरी
पातला ती सुन्तले अाेठ चुम्न मन लाग्छ

बाेली बचन साह्रै मिठाे बानी त अलि त्यस्तै हाे
तिम्रा सामु न फुल न जुन मन लाग्छ


साेध्छन् मलार्इ जिन्दगीमा अाेइ के बन्छस् भनी
मलार्इ त सँधै तिम्राे हुन मन लाग्छ ।।










Comments

Popular posts from this blog

निर्मलालाई न्याय

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

नश्लीय संवेदना