रेसम फिरिरी ....रेसम फिरिरी ...

मामिनसहरु भन्छन् युवाहरुले देश छोड्नु हुन्न । स्वदेशमै बस्नु पर्छ आदि इत्यादि । म भन्छु युवाहरुले एक न एक पटक विदेशको अनुभव अंगाल्नै पर्छ । मेरो विदेश बसाइले मलाई स्वदेशमा हुँदा कहिल्यै नलाएको दौरासुरुवाल लाउने बनायो, कहिल्यै नबजाएको मादल बजाउन अनि सयौँहरुका माझ नेपाली धुन गुनगुनाउने बनायो र देशको बारेमा संसारभरिका मानिसहरुमाझ जानकारी बाँड्ने बनायो । अचेल मौका जुर्ने बित्तिकै दाउरा सुरुवाल लाउँछु अनि मादल घन्काउँछु । यसपाली धेरैले मेरो मादलुको तालमा थपडी बजाए । भविष्यमा अवसर मिल्यो भने फेरी पनि बजाउने छु अनि फेरी पनि गाउने छु । रेसम फिरिरी रेसम फिरिरी उडेर जाउँ कि डाँडामा भञ्ज्याङ रेसम फिरिरि ...

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी