Posts

Showing posts from June, 2012

नेपाली चलचित्रले मारेको फड्को

Image
नेपाली चलचित्रक्षेत्रले विगतका केही दिनहरुमा निकै नेपाली दर्शकहरु बटुल्न सुरु गरेको छ। नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुको खडेरी परेको र विदेशी चलचित्रको नक्कल गरेर बनेका चलचित्रहरुका भरमा चलेको नेपाली चलचित्र उद्योगमा अहिले नयाँ नयाँ प्रयोगहरु हुन थालेका छन् । विगतको क्रमलाई निरन्तरता दिँदै परम्परागत शैलीमा निर्मित चलचित्र भन्दा पनि नयाँ पुस्ताको स्वादलाई ध्यानमा राखेर बनाइएका चलचित्रहरु बढि सफल भएका देखिन्छन् । नेपाली कथानक चलचित्र लुट, चपली हाइट, सायद, आदि यस्ता नयाँ पुस्ताको दर्शकलाई ध्यानमा दिएर बनाइएका चलचित्रहरु हुन् । भर्खरै मात्र चलचित्र भवनहरुमा प्रदर्शन भइरहेको नेपाली कथानक सायद हेर्दा र त्यहाँको जमातलाई देख्दा नेपाली चलचित्र क्षेत्रले पनि दर्शक तान्न सक्छ भन्ने भान भयो । चलचित्र सायदको विज्ञापन, त्यसमा प्रयोग गरिएका सम्वाद र दृश्यहरु अनि त्यसको संगितले म र म लगायतका धेरै युवा जमातलाई तानेको कुरा चलचित्र भवनमा भरिएको भीडले प्रमाणित ग¥यो । यस अघि पनि त्यस्तै किसिमको विज्ञापन र व्यापक प्रचार प्रसार पाएको चलचित्र लुटले पनि अहिले सम्मकै किर्तिमानहरु तोड्न सफल भएको थ...

बन्दको ओखती

Image
बन्द शब्दसँग परिचित नभएका सायदै कोही होलान् । नेपालमा जन्मने हरेकले बन्दको अर्थ राम्ररी बुझेका छन् । उनीहरुको बुझाइको स्तर फरक हुन सक्छ र पनि बन्दबाट अनविज्ञ कोही पनि छैनन् । विद्यालयमा पढ्ने वालकका लागि वा कार्यालयका कर्मचारीका लागि बन्द थप एक दिनको विदा हुन सक्छ भने अर्थविदका लागि बन्द देशका लागि करोडौँको घाटा एवं आर्थिक विकासको तगारो हुनसक्छ । त्यस्तै विहान बेलुका काम गरेर छाक टार्नेका लागि बन्द आधा पेट वा खाली पेट बस्नुपर्ने पीडादायी क्षण हुन सक्छ भने गन्तव्यमा हिँडेकाहरुका लागि बन्द कष्टकर पर्खाइ हुनसक्छ । सारमा बन्दबाट सबै परिचित छन् र सबै प्रभावित पनि ।  बन्दलाई सत्ता बाहिर रहेकाहरुले सत्तामा रहेकाहरुका लागि आफ्नो विचारमा सहमत गराउन वा आफ्ना जायज नाजायज माग पुरा गराउन बाध्य पर्ने अस्त्रका रुपमा प्रयोग गर्ने गरेका छन् । सत्ता बाहिर हुँदा हरेक राजनैतिक दलले यसलाई प्रयोग गरेको कुरा सबैका सामु छर्लङ्ग छ । बन्दलाई आफ्नो शक्ति प्रदर्शनको माध्यमका रुपमा र सरकारलाई असफल साबित गराउनका लागि प्रयोग गर्ने चलन निकै पुरानो भइ सकेको छ । फरक यत्ति हो अचेल त्यसको क्रम केही बढेको छ...

यात्रा राजधानी सम्मको –भाग ३ (अन्तिम भाग)

...यात्रा आधै बाँकि थियो । त्यसैले अलमल नगरी चिया पनि नखाइ यात्रा थालेँ । आफू बसेको होटेलको केही पूर्व लागेपछि बल्ल लमहीको मुख्य बजार आइपुग्यो । गाडीवालाहरु सँधै बजार आउनु अघिको होटेलमा रोक्दा रहेछन् । सायद यहाँ रोक्दा यात्रीहरु उनीहरुले लग्न चाहेको बाहेक अरु होटेलमा नजाउन भन्नको लागि होला । बिकल्प थोरै भएको ठाउँमा उनीहरुले रोजेकै ठाउँ जाने बाध्यता रहने भयो । बजारमा रोक्दा बिकल्प धेरै हुने भए ।  बजार क्षेत्र सकिएपछि फेरी खुला फाँटहरुका बीचमा सडक सर्प जस्तै मोडहरुका साथ अघि बढ्यो । सडक छेउछाउ फाट्टफुट्ट बस्तीहरु देखिन्थे । त्यसैले गती बढाएँ । चारैतिर नजर डुलाउँदै जाँदा एकाएक नजर सडककोे दायाँतिर गयो । उच्च पहाडीहरुमा छायाँ परेकोले गाढा हरियो रंग चढेको थियो । अनि पूर्वोत्तर कुनामा डाँडामाथि बाट रातो घाम चिहाउँदै थियो । लालीमाले पूर्वोत्तर क्षितीजलाई कुनै चित्रकारको चित्र जस्तै सुन्दर बनाएको थियो । विहानीको समय भएकोले होला आकाश खुला थियो । हावा समेत स्वच्छ थियो । लामा लामा निस्वास लिँदै फोक्सामा स्वच्छता भर्न थालेँ । आँखामा प्राकृतिक दिव्यतापूर्ण दृष्यहरु खिच्न थालेँ । सम...

यात्रा राजधानी सम्मको –भाग २

...बतास त जितेँ तर पानिले छोप्यो । पानी पर्ला भन्ने अनुमान नै गरेको थिएन त्यसैले ओढ्नलाई केही भएन । पानीमा भिज्दै भएपनि अघि बढि रहेँ । अगाडि क्षितिजको आकाश केही सुख्खा देखिन्थ्यो । त्यही आकाशको ओत लिने सोच बनाएँ । बाटामा बबइको पुल पनि आयो । त्यहा सिँचाइका लागि बनाइएको नहरले जहिले अन्य नदिहरुमा पनि त्यस्तो योजनाहरु ल्याउन सकेको भए कृषि पैदावारमा कति मद्दत मिल्दो हो भन्ने सोच मनमा ल्याइ रहन्छ । बबइमा घडियाल घोहीहरु समेत संरक्षित छन् । तर वर्षातका कारण अडिने सम्भावना नै थिएन । त्यसैले अघि बढेँ । बाँके प्रवेश गरिसक्दा पानी कम भइसकेको थियो । पानीबाट छुट्कारा पाएपनि भिजेको कपडाले शरीर चिसो पार्न छोडेन । गतिमा नै भएकाले बतासले भिजेका कपडाहरु विस्तारै सुकायो । कोहल्पुर चोक पुग्दा कपडाहरु सुकी सकेका थिए । अनि यात्राको एउटा महत्वपूर्ण भाग पनि समाप्त भइ सकेको थियो । करीब साढे तीन घण्टामा कोहलपुर सम्म पुगेँ । घडिमा ६ बजेको थियो । दिन छँदै थियो । त्यसैले कोहलपुरमा नभइ सके बुटुवल नसके लमहीमा बास बस्ने गरी यात्रालाई निरन्तरता दिने भन्ने घरबाट सल्लाह पाएँ । त्यसै गरेँ । बाँकेको कुसुमको...

यात्रा राजधानी सम्मको- भाग १

Image
नयाँ वर्षको सुरुवात सबैले आ–आफ्नै किसिमले गरे होलान् । मैले पनि गजबको सुरुवात गरेँ । यसपलीको नव वर्षको पहिलो दिन यात्रा बाट सुरु भयो ः यात्रा राजधानी सम्मको । नयाँ वर्षसँगै केही नौलो गर्ने जोस थियो । सँधैको भन्दा केही बेग्लै । त्यही जोस र उमङ्गकै परिणामस्वरुप राजधानी यात्राको नौलो अनुभव सँगाल्ने रहर भयो । सदा झै यसपाली बसबाट यात्रा नगरी मोटरसाइकलमै राजधानी सम्म पुग्ने भन्ने सोच बन्यो । धेरै दिन देखि बन्दको क्रम बन्द भएको भएपनि वैशाख ३, ४ र ५ गते नेपाल बन्द गरिने खबर अखबारमा पढ्दा यात्राको मितिमा समस्या देखिन गयो । कहिले शनिबार पर्न जाने कहिले के कहिले के । शनिबार घरबाट टाढा जानु राम्रो होइन रे फेरि शनिबार पूर्व दिशा पर्ने भएकोले दिशामा यात्रा गर्नु शुभ नहुने तर्क आमाले गर्नु भयो । त्यसैले नयाँ वर्षको शुभ दिन नै यात्रा थाल्ने भन्ने सोच बनाइसके पछि जेनतेन साथीभाइको सहयोगमा यात्रा थालेँ । यात्रा एक्लै गर्न लागेकोले घरका सदस्यहरु केही चिन्तित थिए । विशेष गरी आमा अलि बढि नै चिन्तित हुनुहुन्थ्यो । मैले राम्रो मोटरसाइकिल हाँक्दैन भन्ने एक प्रकारको छाप परेको छ । दाजुले मेरो उच्च गतिमा म...

फेनफेन आइ हमार गाउँ भादा ! (हाम्रो गाउँ भादा फेरिफेरि आउनु !)

Image
एकदिने होम स्टे सकिएपछिको विहानी प्रस्थानको तयारी हुँदै थियो । गाउँको चोखो आतिथ्यले विभोर भएको मनमा बसाइ लम्ब्याउने सुर भएपनि विविध कार्य व्यस्तताका कारण त्यसो हुन सक्ने स्थिति थिएन । त्यसैले विहानको नास्ता खाएर प्रस्थान गर्ने सुरमा सबै थिए । विहान सबेरै चिया र स्थानीय परिकारहरुको स्वाद लिँदै विदा हुने तरखरमा थियौं । एक रातको बसाइले मनमा निकै कुराहरु उब्जीएका थिए । संस्कृति माथि परिरहेको आधुनिकताको प्रभावले गर्दा सांस्कृतिक पहिचान नै गुम्न लागेको अहिलेको स्थितिमा यसरी संस्कृति संरक्षणलाई व्यावसायिक रुप दिने प्रयासलाई जति सरहाना गरे पनि कम होला । थारु संस्कृतिको बारेमा जान्न इच्छुकहरुका लागि र आफू बसेको भूमिको इतिहाँस जान्न चाहनेहरुका लागि भादा अद्वितीय गन्तव्य हुन सक्छ । थारु जातिहरु मात्रै बसोबास गर्ने भादा गाउँ आफैमा थारु संस्कृतिको संग्राहलयको रुपमा त छँदै छ त्यसको साथसाथै औलोको राज्य समाप्त गरेर यस तराईं क्षेत्रमा मानव बसोबासको सम्भावना देखाउने थारु समुदायको इतिहाँस, यस क्षेत्रको इतिहाससँग पनि गाँसिएको छ । कुमाउका इतिहास नामक एक हिन्दी पुस्तकमा उल्लेख भए अनुसार थारु जातिको ...

आस्था अनि सांस्कृतिक धरोहरः शिखर

Image
धेरै पहिले टाढाबाट देखेको थिएँ । बुबाले चोर आउँला तेर्साएर भनेका थिए, “ऊ त्यही हो शिखर ।” महाभारत श्रृंखलाको अग्लो चुचुरामा रुखहरुका बिचमा एउटा कालो पत्थर देखिन्थ्यो । त्यसैलाई स्थानीयबासीहरुले शिखर भनेर चिन्छन् । डडेल्धुराको सदरमुकाम र अग्ला भाग जहाँ सुकैबाट पनि देखिन्छ । हाम्रो पहाड जयसेरा त झन् शिखर जाने बाटोमै पर्छ । शिखर एक पवित्र तिर्थस्थलका रुपमा मानिन्छ । त्यसै ठाउँमा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन जात्रा लाग्ने गर्छ । स्थानीय बोलीचालीको भाषामा त्यसलाई ‘शिखरै जाँत’ (शिखरको जात्रा) भनेर भन्छन् । धेरै हिंड्नु पर्छ भन्नुहुन्थ्यो बुबाले । मलाई सकि हाल्छु भन्ने हुन्थ्यो तर बाहिर केही बोल्दैनथे, यसपालि सकेँ । जाँत आउनु भन्दा निकै अघि देखी बुबाले सोध्नुभएको थियो,“यैपाली शिखरै जाँत आउने है कि नाइ ?” धेरै अघिदेखि जाने सोच बनाएको भएपनि विविध कारणवस जान भ्याएको थिएन । यसपाली प्रतिकुल परिस्थिति हुँदाहुँदै पनि शिखर जाने निधो गरेँ । साँझ साढे पाँचको धनगढीबाट अछाम जाने गाडीमा यात्रा सुरु भयो । राती त्यस्तै साढे एघार बजे डडेल्धुराको भात्काँडा पु¥यायो । त्यही बास मागेर रात का...

बाहुनवादी राज्यसत्ताको एक बाहुन

Image
नेपालको राजनीतिमा माओवादी जनयुद्ध फष्टाउँदै जाँदा धेरै बाद र बादीहरुको जन्म भयोेः उनीहरुको विचार नमान्ने र राजतन्त्रलाई समर्थन गर्ने राजाबादी, प्रजातन्त्रमा विश्वास राख्ने संसदवादी, अरु पार्टीका उच्च अहोदामा वा भनौ सामाजिक रुपमा बाहुन जातीहरु माथि भएकाले समाजै बाहुनबादी । यस्तै यस्तै अन्य पनि थुप्रै बाद र बादीहरुको जन्मा माओवादी जनयुद्ध बढ्दै जाँदा बढ्दै गए । मलाई सुरु देखि नै विझाएको बाद र बादी भनेको बाहुदबाद र बाहुनबादीले हो । बाहुदबादी भन्ने सुन्दा कता कता आफैलाई नरमाइलो लागेर आउँथ्यो र अझै आउँछ पनि । सायद जन्मले आफू बाहुन परिवारमा जन्मिएकाले होला मैले बाहुनवाद र बाहुनवादी भन्ने शब्दहरुलाई त्यति सजिलै लिन नसकेको । बाहुनवादी समाज र बाहुदवादी राज्यसत्ताका कारण देशका अन्य जातजातीले उत्पीडनमा पर्नु प¥यो भनि कुर्लिएको सुन्दा मलाई अचम्म लागेर आउँथ्यो । जातीय विभेदको विरोध गर्नेहरुले पनि यो वादका बारेमा बोलेको सुन्दा उनीहरुको मूर्खतामाथि दया लागेर आउँथ्यो । यदी दलितलाई दलित भनेर जातका आधारमा मानसिक रुपमा चोट पु¥याउनु जातीय विभेद भयो भने बाहुनलाई बाहुन भनेर उसले गरे नगरेका काम क...

जातीयताको राजनीति

Image
सडकमा अहिले जातीय राज्यको समर्थन र विरोधमा नाराहरु लागि रहेका छन् । एकल जातीय पहिचानका आधारमा राज्यहरुको निर्धारण गर्ने वा वहुजातीय पहिचानलाई राज्य निर्धारणको आधार मान्ने भन्ने कुराको बहस अहिले चरममा पुगेको छ । नेपाल जस्तो देश जहाँ जुनसुकै स्थानमा पनि विविध जातजातीका मानिसहरु एकआपसमा मिलेर बसेको स्थिति छ त्यस्तो स्थितिमा एकल जातीय पहिचान असभव छ र सात आठ वटा जातीले पहिचान पाउँदैमा अन्य ९४ जातीहरुलाई न्याय भएको मानन सकिन्न भन्ने एक तरिको तर्क छ भने अर्को पक्षले ती ७÷८ जातीहरु नै वर्षौँ देखि उत्पीडनको शिकार भएकाले उनीहरुले पहिचान र सम्मान पाउनु पर्ने आजको आवश्यकता हो भन्ने तर्क राख्छ । यी तर्कहरु र वहसमा आ–आफ्नै सत्यता होला । विचारहरु राख्नका लागि सबै स्वतन्त्र छन् । यहाँ सम्म ठीक छ । तर विचार राख्ने क्रममा हिंसा भड्काउने प्रयासहरु भयो र जातीइ सद्भावमा खलल पार्ने किसिमका कार्यहरु गरियो भने त्यो कसैका लागि पनि फाइदा गर्ने हुँदैन ।  जातीयताका पक्ष र विपक्षमा लाग्ने नाराहरुलाई राजनीतिक दलकै शीर्ष नेताहरुले प्रोत्साहन दिइ रहेका छन् । उनीहरुका आफ्ना व्यक्तिगत र दलीय स्वार...