Posts

Showing posts from 2013

दासताको भुमरी

मलाई लाग्छ हलिया र कमैया लगायतका समस्या समाधान गर्न अति नै सजिलो छ । हलीया र कमैया लगायत राख्न गैह्र कानुनी भई सकेपछि गैह्र कानुनी काम गर्नेलाई सजाय हुनु पर्ने कुरा सामान्य नै भयो । हलीया र कमैयाका रुपमा उसले वर्षौँ सम्म शोषण गरेको सजायका रुपमा पनुस्र्थापनाका लागि चाहिने जायज जग्गा र पैसा साहुबाटै असुली गर्दा सरकारलाई थप व्ययभार पनि नपर्ने र कमैया तथा हलीयाका नाममा राहतका लोभले लागेकाहरु पनि निरुत्साहित हुने थिए । कमलरीका हकमा त्यस्तै प्रकृतिको घरेलु कामदार अउ–पेयर (ब्ग(एबष्च) को चलन युरोप र अमेरिकामा पनि छ । अउ–पेयरका रुपमा युरोपली, अमेरिकी र नेपाली २५ वर्ष भन्दा मुनिका युवतीहरुलाई राख्ने काम कानुनी नै मानिन्छ । घरेलु काम गरिदिए वापत निश्चित सेवा सुविधा र खर्च दिने शर्त अनुसार यस्ता कामदारहरु राखिन्छ । सायद नेपालमा पनि यस्तै केही गरेर यो समस्यालाई सम्बोधन गर्न सकिन्छ कि ! (१५ दिसम्बर २०१३ को २०१३ साझा सवाल सुनेपछिका विचारहरु)

जर्मनी र फोहरमैला व्यवस्थापन

Image
आज भन्दा करीब दुई वर्ष अघि जर्मनीबाट दाजु नवराज रोस्याराका साथमा नेपाल भ्रमणमा आएका जर्मन नागरिकहरुले सुदूरपश्चिम भ्रमणका बेला मलाई राजधानीको फोहरमैला व्यवस्थापनको दयनीय अवस्था औँल्याउँदै प्रश्न तेस्र्याएका थिए, ‘ंंराजधानी किन त्यति फोहर ? झन् त्यहाँका नदी त नदी जस्तै नलाग्ने । छेउमा उभिँदा समेत नाक नथुनी उभिनै नसकिने ।’ मैले उनीहरुलाई ‘जनसंख्याको अत्याधिक चापका कारण त्यहाँ फोहोरमैला व्यवस्थापनमा कठिनाइ आएको र नदी(वागमती) पनि त्यही कम्जोरीको सिकार भएको’ भनी बताएको थिएँ । उनीहरुलाई मेरो उत्तर चित्त बुझेको थिएन । आफ्नो देशका ठूला सहरको जनसंख्याको दाँजोमा काठमाडौँको जनसंख्या केही नभएको र पनि आफ्नो देशमा कहिँ कतै त्यस्तो फोहोर नभएको भनी बताएका थिए । मैले निरुत्तर उनीहरुको जवाफ सुनीरहनु बाहेक केही गर्न सकेको थिएन । लागेको थियो एक दिन तिम्रो देश पनि हेर्नेछु । आज हेर्ने मौका पाएको छु । उनीहरुले भनेको कुरा आफ्नै आँखाले देख्दैछु । साँच्चै हो रहेछ, यहाँका नदी नाला र सडकहरु सार्है सफा छन् । जर्मनीका अरु कुराहरुले जस्तै यहाँको सफा, स्वच्छ अनि हरियालीपूर्ण वातावरणले पनि मलाई आए देखि नै चकित बनाए...

Timro Nyano - Uglys (Guitar Cover)

Image
G D C G D timro nyano angalo ko maya sadhai rahi rahos G D C G D timro jiwan sadhai sadhai vari fali fuli rahos G D C maan ta xaina timi bata tada huna G D G D C G D biwasta aanautho timro mero bich dherai kura xan nikainai aapthero Em D G D Em D G aaudai jadai garnu yo jiwan ma katai tada nahoss timi Em D G D Em D G jiwana ka dherai mod haru ma nabirsidinu vani Em D G D Em D G aaudai jadai garnu yo jiwan ma katai tada nahos timi Em D G D Em D G jiwana ka dherai mod haru ma nabirsi dinu vani Bridge: G D C G D G D C Em G Em D G D Em D G Aaudai jadai garnu yo jiwan ma katai tada nahos timi Em D G D ...

असारै महिनामा

Image
Am................................ Asare Mahinama Pani Paryo Rujhaune Am.............................. Aklo Yo Mero Man Kasari Bujhaune Am ..............................C Vanthin Hai Maichangle Rudai Dharara Am...............................C Nau Dada Pari Chha Kampani Shahar Am.......G.....Am Bichhodko Belaima Am........G.....Am Bichhodko Belaima Verse:1 Am........Dm ..........Am Manai Baralne Nyaulko Boli Am........Dm ..........Am Yati Bela Maichyang Ke Gardai Holi Am.............................. Pidima Basera Ke Ke Kura Gardi Ho G..............................C Kahile Hasdi Ho Kahile Rudi Ho Am..........G...Am Malai Nai Samjhera Am..........G...Am Malai Nai Samjhera Verse:2 Am........Dm ..........Am Chhanchhani Bagane Khahare Khola Am........Dm ..........Am Aba Ta Chhora Kudne Vo Hola Am.............................. Din Vari Kheldo Ho Malai Nai Vuldo Ho G.................................C Sajha Pare Pachhi Ama Lai Sodhdo Ho Am......G.....Am ...

सुन्छु अचेल कतै तिम्रो (Gajal)

Image
  सुन्छु अचेल कतै तिम्रो बिहे हुँदैछ रे ! मलाई छुने हातहरु उस्ले छुँदैछ रे ! ! धेरै माया गर्छु भन्थ्यौ सँधै भरिलाई नै । सुन्छु युगौँ बाँच्ने माया गर्भै तुँदैछ रे ! !   साथै हुँदा हामी हिँड्ने गोरेटो र दोवाटो, मलाई एक्ले हिँड्या देखि सँधै रुँदैछ रे ! भन कोही उस्लाई गई मेरो मनको हाल “आँशुले ती सँगै साँच्या याद धुँदैछ रे !” Read on July 3rd's Bulbul Program. http://ujyaaloonline.com/ download/archive/13/ Bulbul-Weekly-@-9.15-pm-Wednesd ay/

Chihan ki Pari- Sirish Khadka (Cover)

Image
Intro: C...........................Am Aklo Yo Ratama Mero Yo Khatama D................................C Nachalau Ghari Ghari Chihanko Pari C.........................................Am Kalo Kesha Timro Lamo Kesha Timro Seto Sarima Verse:1 C..........................Am Labyaudai Timi Nalaijau Malai G............C Kshitija Parima C..............................Am Juneli Ratama Timi Chhau Sathama D...............................C Nafakau Ghari Ghari Chihanko Pari Verse:2 C.............................Am Hiu Jastai Seto Naram Gala Timro G................C Gulabi Timro Otha C.........................Am Nasalu Aakhale Bisalu Vakale G..................C Vayechhu Ma Madahosa C.........................Am Lageko Matama Hata Chha Hatama D.................................C Najiskau Ghari Ghari Chihanko Pari End: C............................Am Aklo Yo Ratama Mero Yo Khatama D...................................... Nachalau Ghari Ghari Nafakau Gharighari D...

उच्च शिक्षाका लागि जर्मनी

मामिनसहरु भन्छन् युवाहरुले देश छोड्नु हुन्न । स्वदेशमै बस्नु पर्छ । देशमै सानो तिनो इलम गरेर बस्नुपर्छ । आदि इत्यादि । म भन्छु युवाहरुले एक न एक पटक विदेशको अनुभव अंगाल्नै पर्छ । मलाई लाग्छ विदेश पस्दा मात्र देशप्रेम भन्ने कुरा थाहा हुन्छ । आफ्नो सांस्कृतिक पहिचान कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुराको ज्ञान विदेशीहरुले पहिचान सोध्दा मात्र थाहा हुन्छ । त्यस बाहेक पनि विभिन्न ज्ञानगुनका कुराहरुसँग नजिकिने अवसर अनि विकासको गति थाहा पाउन पनि विदेशको अनुभव लाभदायक हुन्छ । विदेशमा आएर उच्च शिक्षा हाँसिल गरौँला भन्ने मैले सपनामा पनि नचिताएको कुरा । आकासमा धुवाँको मुस्लोले बनेको रेखा घाँटि नथाकुन्जेल हेरेर गम्ने मान्छे एक दिन त्यस्तै धुवाँको मुस्लो छोड्दै उड्ने विमानमा चढेर आफ्नो देशभन्दा दशौँ हजार किलोमिटर परको देश आइपुगेँ । विदेश आउँदा र यहाँ बस्दा जे जति कुरा देखेँ, सुने र भोगे ती सबैले कुनै न कुनै रुपमा मेरो व्यक्तित्व विकासमा मद्दत पु¥याएको छ । सायद अरुका लागि पनि यस्तै हुन सक्छ होला । त्यसैले उच्च शिक्षाका लागि देश बाहिर जान चाहने युवाहरुलाई आफू सक्दो सहयोग गर्ने भनि...

रेसम फिरिरी ....रेसम फिरिरी ...

Image
मामिनसहरु भन्छन् युवाहरुले देश छोड्नु हुन्न । स्वदेशमै बस्नु पर्छ आदि इत्यादि । म भन्छु युवाहरुले एक न एक पटक विदेशको अनुभव अंगाल्नै पर्छ । मेरो विदेश बसाइले मलाई स्वदेशमा हुँदा कहिल्यै नलाएको दौरासुरुवाल लाउने बनायो, कहिल्यै नबजाएको मादल बजाउन अनि सयौँहरुका माझ नेपाली धुन गुनगुनाउने बनायो र देशको बारेमा संसारभरिका मानिसहरुमाझ जानकारी बाँड्ने बनायो । अचेल मौका जुर्ने बित्तिकै दाउरा सुरुवाल लाउँछु अनि मादल घन्काउँछु । यसपाली धेरैले मेरो मादलुको तालमा थपडी बजाए । भविष्यमा अवसर मिल्यो भने फेरी पनि बजाउने छु अनि फेरी पनि गाउने छु । रेसम फिरिरी रेसम फिरिरी उडेर जाउँ कि डाँडामा भञ्ज्याङ रेसम फिरिरि ...

Sambodhan- 1974 AD (Guitar Cover) (In loving memory of King Birendra and his family)

Image
E C#m G#m A Sambodhan timilai gardaichu ma E C#m G#m A Sikeka ti sabai dhun harule E C#m G#m A Samarpan geet yo gardai chu ma E C#m G#m A Timrai ti mitha raag harule G#m A E Chaadi gayou haamilai G#m A E Jeevan ko yo mod ma G#m A E Samjhana bhai bilaayou Bm E Hawaa sangai udi gayou Bm D E Yaada maatra ha aba rahyou E C#m G#m A Samjhana mutuma aai rancha E C#m G#m A Bitholcha biyog ka pal harule E C#m G#m A Tadiyou timi nabhetne gari E C#m G#m A Angalcha timrai bhawanale

ओशोतपोवनः सत्यको खोजीतर्फ

Image
रत्नपार्कबाट वालाजुवाइपासको गाडीमा बस्दा सम्म सा“झ निकै परिसकेको थियो । वाहिर पानी पर्न थालेको थियो । गाडीमा मानिसहरुमो सामान्य अवस्थामा भन्दा बढि भीड थियो । सायद पानी परिरहेकोले होला उनीहरु आ–आफ्नो गन्तव्य पुुग्ने हतारोमा थिए । गाडीको खलासी पैतला राख्ने ठाउ“ भएसम्म मानिस भर्नमा व्यस्त थियो । अझ बेलाबेलामा आफूले त्यसरी मानिस भरेर यात्रुहरुलाई नै सहयोग गरेको तर्क गथ्र्यो । सवारीको प्रतिक्षमा रहेकाहरुका लागि उसले समयमै उनीहरुको गन्तव्यमा पुुग्न सघाउ प¥याउ“दा यात्रुहरुवाट भएको निन्दा प्रति ऊ आश्चर्यचकित  भएको तर्क गथ्र्यो । यात्रुको बढि भिडका कारण बस्न अप्ठ्यारो भएकाहरु खलासीलाई सराप्थे । स“धै यस्तै हो ।     हामी ओशो तपोवनका लागि सोझिएका थियौ“ । हप्ता दिनको व्यस्त कार्यतालिका पछि आउने सप्ताहन्तको फुर्सदलाई सत्सड्डमा विताउनका लागि अनि एउटा नौलो अनुुवका लागि भनि हामी ओशो तपोवनका लागि तम्सिएका थियौ“ । मनमा केही प्रश्नहरु पनि थिए । आध्यात्मका बारेमा अनि ईश्वरको अस्तित्वका बारेमा मनमा उठ्ने गरेका सन्देहहरुलाई दूर गर्नु थियोे । करीव आधा घण्टापछि हामी बालाजुबाइपास आइ पुुग्य...

देश र जनताको नारामात्र (गजल)

Image
देश र जनताको नारामात्र, खेल सत्ताको हो सहमती र बहुमत गफै त हो मुद्दा भत्ताको हो निमुखा र गरिवीमा पिल्सिएकालाई के गणतन्त्र ? सवाल त गास, बास र जीउ ढाक्ने लत्ताको हो दिनहुँका तारे होटलका, वार्ता अनि भेट देशको धनमा आँखा गाड्ने दुष्ट जत्थाको हो नेता के नेता हुन् ? विदेशीका गुलाम पो त बोली इनका तर आदेश दिल्ली–कलकत्ताको हो दुई सय पाँच लुट्थे पहिले छ सय एक भए अचेल भित्रि गुदी सबै उही फरक केवल गत्ताको हो

Maya Meri Maya- Sanjay Shrestha (Cover)

Image
Dm...............A#..............................C..........Dm......... Maya meri maya hamro milan kahile huncha Dm...............A#..............................C..........Dm......... timro mutu timile malai deeye sakyau hoina ra Dm.......................................A#.......C.....................Dm......... janam janam ko saath hamro timi bhanthyau hoina ra Dm........................A#...........C................Dm. feri aaja malai chodi eklo banai bilai gayau Dm..............................A#..........C........................Dm timro jivan timile malai deeye sakyau hoina ra Dm................................A#................C..........Dm.... aankha bhari aanso boki bida dinthyau hoina ra Dm.........................A#...............C..........Dm.... feri aaja malai chodi eklo banai bilai gayau Strumming Pattern: T_ IT T_ IT T=Thumb I=Index finger (you can use other fingers including index finger as well) _ = blank (just pause) If you are playing wi...

अस्पताल बसाइ अनि गाउँघरको सम्झना

Image
घर छोड्दा आमाले भन्नु भएको थियो, ‘स्वास्थ्यको ख्याल राख्नु । बाहिर गएपछि आफ्नो भन्ने कोही हुन्न । विरामी पर्दा तातो पानी खुवाउने सम्म कोही भेटिन्न । त्यसैले सबैभन्दा बढि महत्व स्वास्थ्यलाई दिनु ।’ त्यसैले आएको दिन देखि कतै बिरामी परिएला कि भन्ने साह्रै डर लागी रहन्थ्यो । यहाँ सबैका लागि स्वास्थ्य विमा अनिवार्य गराइएकोले मैले पनि स्वास्थ्य विमा गराएको थिएँ । विमाले उपचार खर्च व्यहोर्ने भएकाले खर्चको भने उति डर थिएन तर चिसो मौसमका कारण विरामी परिने साह्रै पीर परि रहन्थ्यो । हिउँ पर्ने ठाउँमा कहिल्यै हिउँद काट्नु नपरेकोले पनि पहिलो हिउँदमा के कस्तो हुने हो भन्ने साह्रै डर लागि रहन्थ्यो । देख्दा रहरलाग्दो सेतो देखिने हिउँले कहिले काहिँ भने हात गोडै चल्न बन्द हुने गरी चिस्याउँथ्यो । माइनस २२ डिग्री सम्म जाडो हुने भन्ने कुरा सुन्ने बित्तिकै थुक्दा थुकै जम्ने अनि मुत्दा मुतै जम्ने जाडो होला कि जस्तै भएको थियो । माइनस १० सम्मको जाडोमा बाहिर हिँडियो पनि तर थुक चाहिँ कहिल्यै जमेन । बाक्ला लुगा लगाउँदा खासै जाडोको अनुभुति नै हुँदैन थियो । अनुहारमा भने चिसो हावाले हानी रहन्थ्यो । हिउँद त लगभग जस...

Maya - Full Circle (Guitar Cover)

Image
Maya - Full Circle IntroC#,F#,C#,F# C#                             F# When i hold you in my arms C#                 F# time just slips away C#                         F# When i am tired and weary C#                                         F# your smile just brightens up my day Pre Chorus G# When i look at you F# it just feels so wonderful             A#m      ...

देश चिनाउन पाएको दिन

Image
 कुरा हो जर्मन भाषाको कक्षाको । विश्वविद्यालयका नियमित कक्षा सुरु हुनु पूर्व जर्मनीमा रहँदा बस्दा आवश्यक पर्ने जर्मन भाषाको ज्ञान होस् भन्ने उद्देश्यले विश्वविद्यालयले निःशुल्क जर्मन भाषाका कक्षाहरु संचालन गरेको थियो । सो कक्षा अन्तर्गतको अन्तिम दिन हामी सबैले आफ्नो देशको बारेमा एक प्रस्तुती राख्नु पर्ने थियो । पावरप्वाइन्टमा देशका बारेमा जति हुनसक्छ जानकारी समावेश गरेर जर्मन भाषामा सबै सामु भन्नु पर्ने थियो । प्रस्तुतीका बारेमा सुनेको दिन देखि नै आफूलाई कसरी हुन्छ देशका बारेमा बढि भन्दा बढि जानकारी दिन पाए हुन्थ्यो भन्ने लागेको थियो । एक त सानो देश त्यसमाथी एशियाका दूई ठूला शक्ति राष्ट्रहरुको चेपुवामा परेको देश भएकाले नेपाललाई कमैले मात्र चिन्दथे । यहाँका मानिसका लागि नेपाल भारतको कुनै सहर हो अथवा चिनको नियन्त्रणमा रहेको तिब्बत जस्तै भूमी हो भन्ने भान छ । नहोस् पनि किन ? गौतम बुद्ध कहाँ जन्मेका हुन् भन्दा भारतले भारतमा भनि सबैलाई बताउँछ । त्यस्तै सगरमाथा कहाँ पर्छ भन्दा चाइनाले चाइनामा भन्दै सबैलाई बताउँछ । त्यस्तो कुरा सुन्दै आएकाहरुलाई सगरमाथाको देशबाट आएको वा गौतम बुद्धको ...

जनजीवन र विद्यार्थी संगठन

Image
मदिराले मदमस्त तरुण वयकी युवती लस्कीँदै मस्कीँदै आफू छेउको युवककहाँ टाँसिन आइपुग्छे । लस्काइ र मस्काइको निरन्तरतामै अधर चुम्बनका साथ जीब्राले आफ्नो मुख भित्रको वरफ (आइस) युवकका मुखभित्र सार्छे । एकछिन पछि युवकले पनि सोही प्रकृया दोहो¥याउँछ । त्यसको केही बेरपछि छेउकै अर्को युवक पनि सोही युवती समक्ष याचक बनी उभिन्छ । युवतीले उस्तै लस्काइ र मस्काइका साथ उसलाई पनि आफ्नो अधर चखाउँछे अनि बरफ खसाउँछे । यहाँ यस्ता धेरै दृश्यहरु देख्न पाइन्छ । कतिपय आफूसँग आएका जोडीसँगको नृत्यमा मस्त छन् । कति बारको गायकले गाएको गीतमा झुमीरहेका छन् । धेरै युवायुवती र आक्कल झुक्कल मात्र वृद्धवृद्धाहरु देखीने यस्तो ठाउँमा अहोरात्र यस्तै क्रम चलीरहन्छ । यो दृश्य विश्वविद्यालय सुरु हुनु अघिका दिनहरुमा नवागन्तुक विद्यार्थीहरुलाई नयाँ ठाउँको रात्रीजीवनका बारेमा जानकारी दिन विश्वविद्यालयको एक विद्यार्थी क्लबले आयोजना गरेको पब क्रल कार्यक्रम अन्तर्गत एक पबमा देखेको दृश्य हो । मदिरा र धुम्रपान यहाँको रात्री जीवन मात्रै होइन सम्पूर्ण जीवन शैलीकै एक पाटो हो । धुम्रपानका हकमा मेरो व्यक्तिगत धारणा भन्नु पर्दा यहाँ त झन्...