देश र जनताको नारामात्र (गजल)


देश र जनताको नारामात्र, खेल सत्ताको हो
सहमती र बहुमत गफै त हो मुद्दा भत्ताको हो

निमुखा र गरिवीमा पिल्सिएकालाई के गणतन्त्र ?
सवाल त गास, बास र जीउ ढाक्ने लत्ताको हो

दिनहुँका तारे होटलका, वार्ता अनि भेट
देशको धनमा आँखा गाड्ने दुष्ट जत्थाको हो

नेता के नेता हुन् ? विदेशीका गुलाम पो त
बोली इनका तर आदेश दिल्ली–कलकत्ताको हो

दुई सय पाँच लुट्थे पहिले छ सय एक भए अचेल
भित्रि गुदी सबै उही फरक केवल गत्ताको हो

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला