ओशोतपोवनः सत्यको खोजीतर्फ
रत्नपार्कबाट वालाजुवाइपासको गाडीमा बस्दा सम्म सा“झ निकै परिसकेको थियो । वाहिर पानी पर्न थालेको थियो । गाडीमा मानिसहरुमो सामान्य अवस्थामा भन्दा बढि भीड थियो । सायद पानी परिरहेकोले होला उनीहरु आ–आफ्नो गन्तव्य पुुग्ने हतारोमा थिए । गाडीको खलासी पैतला राख्ने ठाउ“ भएसम्म मानिस भर्नमा व्यस्त थियो । अझ बेलाबेलामा आफूले त्यसरी मानिस भरेर यात्रुहरुलाई नै सहयोग गरेको तर्क गथ्र्यो । सवारीको प्रतिक्षमा रहेकाहरुका लागि उसले समयमै उनीहरुको गन्तव्यमा पुुग्न सघाउ प¥याउ“दा यात्रुहरुवाट भएको निन्दा प्रति ऊ आश्चर्यचकित भएको तर्क गथ्र्यो । यात्रुको बढि भिडका कारण बस्न अप्ठ्यारो भएकाहरु खलासीलाई सराप्थे । स“धै यस्तै हो ।
हामी ओशो तपोवनका लागि सोझिएका थियौ“ । हप्ता दिनको व्यस्त कार्यतालिका पछि आउने सप्ताहन्तको फुर्सदलाई सत्सड्डमा विताउनका लागि अनि एउटा नौलो अनुुवका लागि भनि हामी ओशो तपोवनका लागि तम्सिएका थियौ“ । मनमा केही प्रश्नहरु पनि थिए । आध्यात्मका बारेमा अनि ईश्वरको अस्तित्वका बारेमा मनमा उठ्ने गरेका सन्देहहरुलाई दूर गर्नु थियोे ।
करीव आधा घण्टापछि हामी बालाजुबाइपास आइ पुुग्यौ“ । त्यहा“बाट फेरी तपोवनका लागि अर्को गाडी लिनुपर्ने थियो । पानी केही जोरले पर्न थालेको थियो । आकासमा बादल लागेकोले होला चारैतिर अन्धकारमय भइ सकेको थियो । हामी हतार हतार तपोवन जाने गाडीमा पस्यौ“ । मनमा अनेक तर्कनाहरु खेली रहेका थिए । तपोवनको कल्पनाले अनि छिप्पि“दो रात र बढ्दो वर्षातले मनमा दुुर्ई बेल्गाबेग्लै भावहरु पैदा गरिरहेका थिए । उपत्यकाको प्रदुषित वातावरणवाट टाढा प्रकृतिको काखमा नजिकि“दै जा“दा एकथरी आनन्दले मनमा स्थान लि“दै थियो । अ“ध्यारोका कारण वाटो छेउछाउको हरियाली अवलोकन गर्न नपाए पनि हावामा बढेको शुद्धताको मात्राले हामीलाई प्रकृतिको समिप्यताको आभाष गराइरहेको थियो ।
त्यस्तै पन्ध्र बीस मिनेटको यात्रापछि हाम्रो गन्तव्य आइपुुग्यो । गेटमा अवस्थित कार्यालयमा गएर हामीले एकदिने बसाइको लागि सम्पूर्ण औपचारिकताहरु पुरा ग¥यौ“ । त्यसपछि सुरु भयो हाम्रो नौलो अनुुभवनको यात्रा ।
पानी अझै थामिएको थिएन । हामी पानी थामिने प्रतिक्षामा एकछिन ओत लाग्यौं । वर्षा रोकिने संकेत नदेखिएपछि हामी ठाउ“ठाउ“मा ओतलाग्दै आफ्ना सयनागार तर्फको बाटो समात्यौं । केही पर आइपुुगेपछि ध्यान गर्नका लागि बनाइएको ठूलो कक्षमा ओशो सन्यासीहरु मस्त मुुद्रामा नृत्य गरिरहेको दृष्य देख्दा मनमा छुुट्टै तरंग पैदा भइरहेको थियो । सेता लुुगाहरु लगाएका ओशो सन्यासीहरु आ–आफ्नै सुर र तालमा मग्न भएर नृत्य गरिरहेका थिए । वर्षाका कारण ध्यानको संगित केही मन्द मन्द कानमा परिरहेको थियो ।
तपोवनमै वस्ने एकजना परिचित दिदि कहा“ सामानहरु राखी हामी पनि सन्ध्याकालीन ध्यानमा समाविष्ट भयौं । हामी केही ढीला भएकाले हामीले ध्यानको पूर्ण प्रक्रियामा समाविष्ट हुन सकेनौं । फेरी पहिलो पटक भएर होला मलाई ओशो सन्यासीहरु जस्तो निर्धक्क भएर संगितमा मस्त हुने साहस नै आएन । त्यसैले मुकदर्षक भएर हेरी मात्रै रहें ।ओशो सन्यासीहरु भने आफ्नै सुर र तालमा मग्न भएर नृत्य गरिरहेका थिए ।
नृत्य सकिएपछि एकछिन विश्राम अनि त्यसपछि ओमकार वाचन गराउ“दा एक बेग्लै माहोल छाइसकेको थियो । चारैतिर हरियो वन अनि भारी वर्षात् भइरहेको बेलामा वाहिरी जगतवाट आफूलाई वेग्लै राखेर यस किसिमको ध्यानमा मग्न हुनुमा बेग्लै आनन्द देखिन्थ्यो ।
ओमकार वाचनपछि ओशोका प्रवचनहरु टेलिभिजन मार्फत देखाइयो । प्रवचनमा ओशोले एक जना ओशो सन्यासीले जन लेननको मृत्यु सम्बन्धि ओशोको धारणका बारेमा गरेको प्रश्नको उत्तर हामीले सुन्यौं । ओशोको हरेक उत्तरमा झैं यसमा पनि केही यस्ता कुराहरु थिए जसले हामीले पहिले देखि बोकी आएको धारणाहरु तहसनहस भएर जान्छन् । ओशो सन्यासीहरुले ओशोका उत्तरहरुमा आफ्नो मुक्ति लुकेको भनि भन्छन् । उनका उत्तरले मानिसलाई मुक्त गर्छ रे ∕ ओशोले आफ्ना उत्तरका क्रममा जन लेनन अनि खलील जिब्रान जस्ता विचारकहरुका विचारहरु सुन्दर भएपनि उनीहरुले ती विचारहरुको अनुशरण आफ्नो व्यक्तिगत जीवनमा नगर्नुले उनीहरुको ज्ञान सतही भएको प्रमाण गरेको बताए । जन लेनन र खलील जिब्रान दुुबैले प्रमका बारेमा थुुप्रै कुराहरु गरेका भएपनि व्यक्तिगत रुपमा उनीहरुको प्रेम जीवन असफल रहेको कुरालाई आधार मानेर उनले जन लेनन र खलील जिब्रानका प्रेमसम्बन्धी कुराहरु सत्य भएपनि सतही भएका बताए । कुरा मननीय थियो ।
प्रवचन पछि भजन र त्यसपछि सन्ध्याकालीन साधना समाप्तीको घोषणा भयो । मनमा अनेकन कुराहरु खेली नै रहे । उसै सोचमा डुबी रहने मन झन् सत्य खोजीको यात्रामा हिंड्दा मन कहां शान्त रहन सक्दो हो ।
केही बेर आपसमा भलाकुसारी गरेर सुत्नका लागि साझा कक्षमा पुग्दा सम्म अरु सन्यासीहरु पनि कोठामा प्रवेश गरि सकेका थिए । माहोल निकै नै शान्त भएकाले स्वास फेर्दा सम्म अरुलाई अप्ठ्यारो हुन्छ कि झैं लाग्थ्यो । आध्यात्मिकता र भौतिकताका थुप्रै तर्कहरु एकपछि अर्को गर्दै मनमा आइरहे । तिनी विचारहरुसंगै छटपटाउंदै निद्रामा लीन भएको पत्तै भएन ।
विहान व्यु“झदा अरुदिनको भन्दा बेग्लै अनुभव भयो । कोइलीको कुहुकुहु अनि स्वच्छ पर्वतीय हावास“गै चारैतिर हरियालीको दर्शन हुनु भनेको सामान्य दिनमा नहुने कुराहरु हुन् । त्यो पनि काठमाडौं चक्रपथ भित्रको बसाइमा त झन् यी सबै कुराहरुको अपेक्षा गर्नु केवल सपना मात्र रहन जान्छ ।
वाहिर हेर्दा राता वस्त्र लगाएका ओशो सन्यासीहरु आफ्नो नित्य कर्ममा लीन देखिन्थे । निद्रा पुगे पनि ओछ्यानबाट उठ्ने जा“गर नचलेकाले केही बेर ओछ्यानमै पल्टि रह“दा विहानको ध्यान छुटेछ । त्यसपछि चिया खाएर केही बेर टहल पहल ग¥यौ“ । त्यसपछिको कार्यक्रम डाइनामिक मेडिटेसनको थियो । ओशोले प्रतिपादन गरेका भनिएको डाइनामिक मेडिटेशन मेरा लागि पनि कौतुहलताको विषय थियो । त्यसैले त्यो चाहि“ नछुटाउनेमा पक्का भए“ ।
ओशोले योग, तन्त्र अनि विज्ञानको समिश्रण गरेर बनाएको डायनामिक मेडिटेशनका विभिन्न चरणहरु हु“दा रहेछन् । पहिलो चरणमा योगमा आधारित गहिरो स्वास बाहिर फ्या“क्ने(कपालभा“ती जस्तै तर उठेर) अभ्यास गराइ“दो रहेछ । दोश्रो चरणमा आफ्ना मनमा रहेका दमित संवेग अथवा भावनाहरुलाई व्यक्त गर्र्ने (कथासीस)को अभ्यास गराइ“दो रहेछ । तेश्रो चरण तन्त्र विज्ञानमा आधारित अभ्यास गराइ“दो रहेछ जसमा मुलाधार चक्रमा रहेको शक्तिलाई क्रमशः माथिल्लो चक्रहरुमा स्थानान्तरण गर्दै लैजान हात माथि गरेर उफ्र“दै ‘हु’ उच्चारण गरेर गरि“दो रहेछ । त्यसपछिको चरणलाई शुद्ध ध्यानको चरणको रुपमा लिइ“दो रहेछ । यसमा सबै कुराहरु स्थगित गरेर आफ्ना मन र शरीरमा भएका यावत गतिविधिहरुलाई सम्यक दृष्टि दिने गरि“दो रहेछ । यो चरणपछि बज्ने संगितको पूर्व भागमा आफ्ना गुरुजन, आमाबुबा र सम्पूर्ण अस्तीत्वप्रति कृतज्ञ भावले नमन गर्ने गरि“दो रहेछ । त्यसपछिको चरणमा आफूमा प्राप्त भएको उर्जा शक्तिका लागि उत्सव मनाउने रहेछ । यो सबै चरणहरु १० देखि २० मिनेट सम्म अभ्यास गराइन्थ्यो । सायद पहिलो पटक भएर होला डाइनामिक मेडिटेसनका सबै चरणहरुमा अब्बल उत्रनु अलि गाह्रो भयो । डाइनामिक मेडिटेसनको कथासिसमा आफू वरपरका ओशो सन्यासीहरु रोएको, नाचेको अनि उफ्रेको देख्दा मानिस कति कुण्ठित भएर बा“च्दो रहेछ अनि अवसर पाउने बित्तिकै कसरी आफ्ना कुण्ठाहरु बाहिर ल्याउ“दो रहेछ भन्ने प्रस्ट देख्न पाइन्थ्यो ।
ध्यान पछि सबै दिउ“सोको खानाका लागि भान्साघर तिर ओर्लियौ“ । शनिवार भएकोले होला तपोवन परिसरमा धेरै जना आगन्तुकहरु देखिन्थे । कतिले तस्वीर लिइरहेका थिए भने कतिजना तपोवन परिसरको प्राकृतिक वातावरणमा रमाइ रहेका थिए । हामी पनि एकछिन परिसर वरपर डुल्ने क्रममा समाधीस्थल, शिवपुरी बाबाको मन्दिर र झरनाहरु हेर्न गयौ“ ।
खाना खाइसकेपछि हामी सत्सड्डका लागि गयौं । सत्सड्डमा पहिले भजनहरु गान गरियो अनि सत्सड्डमा आएकाहरुको प्रश्नको उत्तर दिने क्रम सुरु भयो । मैले पनि आफ्नो ईश्वर आस्थाप्रतिको सन्देहलाई प्रश्नको रुपमा राखेको थिए“ । जहा“ सुकैको देवस्थलहरुमा गएपनि त्यहँ“ खुशीको गुहार माग्न आएका मानिसहरुको अलावा आस्था जगाउने केही कुराहरु पनि नहुनुले मनमा ईश्वरप्रतिको अनास्थालाई बल पु¥याइरहेको थियो । त्यसैले मैले ईश्वरको अस्तित्वलाई पुरानो समयमा समाजमा व्यवस्था कायम गराउनकोलागि अघि सारिएको धारणा हो वा वास्तवमै ईश्वरको अस्तित्व छ भनेर प्रश्न गरेको थिए । प्रतिउत्तरमा अरुण स्वामीले मेरो प्रश्नलाई बढो गम्भीरताका साथ सम्बोधन गरे । यदि ईश्वरको अस्तित्व स्वीकार गर्दा समाजमा व्यवस्था कायम गर्न सजिलो हुन्छ भने त्यसमा गलत के छ ? भनेर उनले प्रतिप्रश्न गरे । उनले पुरानो समयमा सत्य कुरा थाहा पाउनको लागि कसरी ईश्वरीय सत्ताको प्रयोग हुन्थ्यो र त्यसले कसरी प्रहरी, प्रसासन र कानुनको आवश्यक्तालाई परिपुर्ति गरेको थियो भन्ने कुराहरु बताए । अनि ईश्वरप्रतिको अनास्थाका कारण विश्वमा देखा परेका वेथितिहरुको पनि उनले चर्चा गरे । नास्तिकताले मानिसमा अहंभावलाई बढावा दिने हुनाले पनि विनम्र रहिरहनको लागि पनि ईश्वरको सत्ता स्वीकार्नु वुद्धिमानी हुने उनले बताए । यदी ईश्वरको अस्तीत्व प्रमाणित भएको छैन भने ईश्वर छैन भन्ने पनि त प्रमाणित भएको छैन भन्ने उनको तर्क थियो । प्रकृतिमा हुने नियमित घटनाहरु माथिको नियन्त्रण गर्ने शक्तिलाई ईश्वरीय सत्ता भनिएको हो र यसलाई विविध धर्मावलम्बीले विविध नाम दिएको उनको तर्क थियो ।
सत्सड्ड पनि सकियो । एकदिने बसाइको अन्त्य पनि भयो । फर्कने बेलामा गएको एक दिनभरमा भएका नया“नौला कुराहरुको विवेचनामा मन मस्त थियो । मानिसको मन पूर्वाग्रहले भरिएको हुनाले नया“ कुराहरुले मनमा स्थान पाउनु अघि निकै ठूलो मानसिक द्वन्द्ववाट गुज्रिनु पर्छ । मेरो मनमा त्यही द्वन्द्व जारी थियो ।
बसमा छ“दा एक दिनको सारा उथलपýýुुथल मनमा थियो । दैनिक जीवन भन्दा वेग्लै अनुुभव थियो । सायद पहिलोपल्टको अनुुभव भएर होला मलाई त्यो परिवर्तन ग्रहण गर्ने साहस आएन । मानिसको अहंकारले मानिसलाई नया“ कुरा ग्रहण गर्नवाट रोक्छ । उसले पहिलेदेखि मानि आएको तथ्यलाई सोझै गलत हो भन्दा उसको अहंलाई ठेस पर्छ र ऊ नौलो विचारप्रति निरश देखिन्छ । सायद मैले सबै परिवर्तनहरुलाई सहजै ग्रहण गर्ने साहस गर्ने सकिन ।
तपोवनवाटै फर्केका ओशो सन्यासीहरु पनि साथैमा थिए । बसयात्रा भर उनीहरुले रमाइलो गरे । उनीहरुलाई प्राप्त हरेक अवसरलाई उनीहरुले खुशी बा“ड्ने अवसरको रुपमा परिवर्तित गरिदिए । नागार्जुन डा“डाको कम्मरबाट विस्तारै तलसम्म गएको बाटोमा बस गुडी रहेको थियो । डा“डाको फेदमा बसेको बस्तीमा बेग्लै सुन्दरता छाएको थियो । अघिल्लो रातको वर्षाका कारण वातावरणमा केही मात्रामा भए पनि स्वच्छता बा“कि थियो । त्यस्तै सडक छेउका वृक्षहरुले वाटो सुन्दरतालाई झनै बढाएका थिए । ओशो सन्यासीहरु घरी मुला नसुरुद्दीनका चुट्कििला सुनाउ“थे त घरि व्यड्ड्यात्मक मुक्तकहरु सुनाएर एक अर्कालाई आनन्दित तुल्याउ“थे ।
‘तिमी सिरक भए म त्यसको खोल,
तिमी सुत्केरी भए म ज्वानोको झोल ।
हाहाहाहाहाहा ।
तिमी रुख भए म त्यसको हा“गा,
तिमी भै“सी भए म तिम्रो रा“गा ।
हाहाहाहाहाहाहा ।’
यस्तै हा“सोका खित्काहरु छुट्थे अनि बेलाबेलामा ठूलै खजाना हातपारेको व्यक्तिको जस्तो गरि चिच्याउनाले बसको माहोलै बेग्लै बनी दिन्थ्यो । बसका अन्य यात्रीहरु उनीहरुको हा“सोदेखि आश्चर्यचकित हुनुको सिवाय केही गर्न सक्दैनथे । म भने सन्यासी र सामान्य यात्रुहरुको बीचको अवस्थामा थिए“ । मलाई उनीहरुको खुशीको रहस्य थाहा थियो । तर त्यो रहस्य आत्मसात गर्ने साहस मैले देखाउन सकेको थिएन । सायद फेरी कुनै दिन म पनि यी ओशो सन्यासीहरुकै स्थितिमा हुनेछु अनि मेरो स्थितिमा अरु कोही हुनेछ र मेरो खुशीको रहस्यलाई मैले जस्तै गरी गम्नेछ ।
raman.paneru@gmail.com

Comments
Post a Comment