सुन्छु अचेल कतै तिम्रो (Gajal)

 
सुन्छु अचेल कतै तिम्रो बिहे हुँदैछ रे !
मलाई छुने हातहरु उस्ले छुँदैछ रे ! !

धेरै माया गर्छु भन्थ्यौ सँधै भरिलाई नै ।
सुन्छु युगौँ बाँच्ने माया गर्भै तुँदैछ रे ! !
 
साथै हुँदा हामी हिँड्ने गोरेटो र दोवाटो,
मलाई एक्ले हिँड्या देखि सँधै रुँदैछ रे !

भन कोही उस्लाई गई मेरो मनको हाल
“आँशुले ती सँगै साँच्या याद धुँदैछ रे !”


Read on July 3rd's Bulbul Program.
http://ujyaaloonline.com/download/archive/13/Bulbul-Weekly-@-9.15-pm-Wednesday/

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला