दासताको भुमरी

मलाई लाग्छ हलिया र कमैया लगायतका समस्या समाधान गर्न अति नै सजिलो छ । हलीया र कमैया लगायत राख्न गैह्र कानुनी भई सकेपछि गैह्र कानुनी काम गर्नेलाई सजाय हुनु पर्ने कुरा सामान्य नै भयो । हलीया र कमैयाका रुपमा उसले वर्षौँ सम्म शोषण गरेको सजायका रुपमा पनुस्र्थापनाका लागि चाहिने जायज जग्गा र पैसा साहुबाटै असुली गर्दा सरकारलाई थप व्ययभार पनि नपर्ने र कमैया तथा हलीयाका नाममा राहतका लोभले लागेकाहरु पनि निरुत्साहित हुने थिए । कमलरीका हकमा त्यस्तै प्रकृतिको घरेलु कामदार अउ–पेयर (ब्ग(एबष्च) को चलन युरोप र अमेरिकामा पनि छ । अउ–पेयरका रुपमा युरोपली, अमेरिकी र नेपाली २५ वर्ष भन्दा मुनिका युवतीहरुलाई राख्ने काम कानुनी नै मानिन्छ । घरेलु काम गरिदिए वापत निश्चित सेवा सुविधा र खर्च दिने शर्त अनुसार यस्ता कामदारहरु राखिन्छ । सायद नेपालमा पनि यस्तै केही गरेर यो समस्यालाई सम्बोधन गर्न सकिन्छ कि !
(१५ दिसम्बर २०१३ को २०१३ साझा सवाल सुनेपछिका विचारहरु)

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला