जर्मनी र फोहरमैला व्यवस्थापन
आज भन्दा करीब दुई वर्ष अघि जर्मनीबाट दाजु नवराज रोस्याराका साथमा नेपाल भ्रमणमा आएका जर्मन नागरिकहरुले सुदूरपश्चिम भ्रमणका बेला मलाई राजधानीको फोहरमैला व्यवस्थापनको दयनीय अवस्था औँल्याउँदै प्रश्न तेस्र्याएका थिए, ‘ंंराजधानी किन त्यति फोहर ? झन् त्यहाँका नदी त नदी जस्तै नलाग्ने । छेउमा उभिँदा समेत नाक नथुनी उभिनै नसकिने ।’ मैले उनीहरुलाई ‘जनसंख्याको अत्याधिक चापका कारण त्यहाँ फोहोरमैला व्यवस्थापनमा कठिनाइ आएको र नदी(वागमती) पनि त्यही कम्जोरीको सिकार भएको’ भनी बताएको थिएँ । उनीहरुलाई मेरो उत्तर चित्त बुझेको थिएन । आफ्नो देशका ठूला सहरको जनसंख्याको दाँजोमा काठमाडौँको जनसंख्या केही नभएको र पनि आफ्नो देशमा कहिँ कतै त्यस्तो फोहोर नभएको भनी बताएका थिए । मैले निरुत्तर उनीहरुको जवाफ सुनीरहनु बाहेक केही गर्न सकेको थिएन । लागेको थियो एक दिन तिम्रो देश पनि हेर्नेछु ।
आज हेर्ने मौका पाएको छु । उनीहरुले भनेको कुरा आफ्नै आँखाले देख्दैछु । साँच्चै हो रहेछ, यहाँका नदी नाला र सडकहरु सार्है सफा छन् । जर्मनीका अरु कुराहरुले जस्तै यहाँको सफा, स्वच्छ अनि हरियालीपूर्ण वातावरणले पनि मलाई आए देखि नै चकित बनाएको थियो । त्यसैले सोच्छु फोहरमैला व्यवस्थापनको यहाँको प्रणलीलाई हाम्रो देशमा पनि भित्र्याउन सके देशको राजधानी जस्तो ऐतिहाँसिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेका ठाउँहरु प्रदुषित भएकै कारणले करोडौँ नेपालीले शीर निहुराउनु पर्ने स्थिति आउँदैन थियो होला ।
काठमाडौँमा करीब डेढ वर्षको बसाइमा बाटाघाटा छेउको फोहोर देख्ने बानी परेको मान्छे यहाँका सफा सडकहरु र हरियालीपूर्ण पर्यावरणले साह्रै मन छोयो । जमलको पुल छेउको फोहोरको थुप्रो, किर्तिपुर नयाँवाटोमा वर्षा हुने वित्तिकै जलसँगै बहने मानव–मलको समस्या, वाग्मतीको दुरावस्था, आदिले उपत्यकाको सुन्दरतामा ठूलो धब्बा पोति दिएको छ । फोहोर मैला व्यवस्थापन मात्रै गर्न सक्यो भने पनि काठमाडौँ धेरै हदसम्म सुन्दर र सभ्य देखिने थियो । मन्दिरहरुको सहर भए पनि अत्याधिक प्रदुषणले गर्दा काठमाडौँलाई फोहर मैलाको राजधानी भन्दा अतियुक्ति नहुने भएको छ । त्यसैले पनि धेरै अघि देखि यहाँको फोहरमैला व्यवस्थापन सम्बन्धी आफुले जाने बुझेको कुराहरु लेख्न मन लागेको थियो । आज कसो कसो मौका जु¥यो ।
यहाँका मानिसहरु फोहरमैलाका मामिलामा ज्यादै सम्बेदनशील देखिन्छन् । हुन त फोहरमैला बाहेकका कुराहरु पनि उनीहरु निकै होस पु¥याउने गर्छन् । नियम पालना गर्ने कुराहरुमा उनीहरुलाई कसैले उछिन्न सक्दैन । सानै देखि वालवालिकालाई पनि नियममा रहन सिकाउने गर्छन् । वालवालिकाले सिक्ने भनेको ठूलाबडावाट हो । त्यसैले वालवालिकालाई सिकाउनका लागि ठूलाबडाहरु पनि सदा सर्वदा नियम पालना गर्ने गर्छन् । त्यसैले वालवालिकाका अघि नियम उल्लंघन गर्नुलाई निकै गम्भीर रुपमा हेलिने गरिन्छ । उदाहरणका लागि वालवालिका छेउछाउमा भएका बेलामा कुनै अपरिचित व्यक्तिले समेत रातो बत्ती बल्दै गर्दा बाटो काटेमा उनिहरु बाझ्न पछि पर्दैनन् । यस कुराले पनि यहाँका अभिभावकहरु वालवालिकाले गलत संस्कार नपाउन भन्ने कुरामा साह्रै सचेत हुन्छन् भन्ने तथ्यलाई प्रष्ट पार्छ । फोहर मैला व्यवस्थित रुपमा विसर्जन गर्ने संस्कार पनि यहाँका नानीहरुले सानै उमेरमा पाउने गर्दछन् । त्यसैले आजीवन उनीहरुले आफुले सानोमा प्राप्त गरेको ज्ञानलाई नविराई प्रयोग गरिरहन्छन् ।
यहाँको फोहोरमैला व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण पाटो भनेको फोहरलाई अलग्याएर विसर्जन गर्ने पद्दती नै हो । यहाँ फोरह फाल्ने भाँडो कम से कम तीन किसिमको हुने गर्दछ । प्लास्टिक, कागज र जैविक गरी तीन किसिमका फोहरहरुका लागि तीनै किसिमका छुट्टाछुट्टै भाँडा हुने गर्दछन् । अझ कतिपय ठाउँहरुमा बोतलहरुको लागि फेरि अर्को छुट्टै भाँडो हुने गर्दछ । यस किसिमका फोहर फाल्ने भाँडाहरु सबै कार्यालय तथा घरहरुमा हुने गर्दछन् । सार्वजनिक स्थानहरुमा पनि फोहर फाल्नका लागि पर्याप्त मात्रामा यस्ता फोहरदानीहरु भेटिने गर्छन् ।
घरहरुमा विशेष गरी बोतलहरु, कागज, जैविक र प्लास्टिक तथा प्याकेटहरुलाई अलगअलग छुट्याउने व्यवस्था हुने गर्छ । बोतलहरुका लागि चोकचोकमा ठूलाठूला विशेष फोहरदानीहरु हुन्छन् । कागज, जैविक र प्लास्टिक तथा प्याकेटहरुका लागि भने घरघरमै संकलन गर्ने व्यवस्था गरिएको हुन्छ । फुराना कपडा र जुत्ताहरुका लागि चोकचोकमा विशेष फोहरदानीको व्यवस्था गरिएको हुन्छ । व्याट्रि लगायतका विद्युतीय सामग्रीलाई विशेष गरि विसर्जन गर्ने गरिन्छ ।
यसरी फोहरहरुलाई अलग्याउनुको उद्देश्य तिनीहरुलाई प्रशोधन गरि पुनःप्रयोग योग्य बनाउनु हो । जर्मनी प्रशोधनका मामिलामा अरु देशहरुभन्दा धेरै अघि देखिन्छ । उपभोक्तालाई प्रोत्साहन गर्नका लागि कतिपय सिसा तथा प्लास्टिकका बोतलहरुमा रिसाइकलको चिन्ह दिइएको हुन्छ । यस्ता बोतलहरु सुपरमार्केटहरुमा फर्काउँदा निश्चित रकम फिर्ता पाइन्छ । अन्य फोहरलाई अलग्याउने मामिलामा पनि निकै कडा नियमहरुको व्यवस्था रहेको छ । फोहरहरुलाई ठिक तरिकाले विसर्जन नगरे जरिवानाको व्यवस्था समेत गरिएको छ । ठीक तरिकाले नछुट्याउँदा पछि छुट्याउनका लागि थप जनसक्ति खर्चनु पर्ने भएकोले यसो गरिएको हो । त्यसैले फोहर अलग्याउने मामिलामा सबै चनाखो हुन्छन् ।
यसरी फोहर मैला व्यवस्थापन गरे पर्यावरण जोगिनुका साथसाथै श्रोत साधनहरुको उच्चतम प्रयोग गर्न सकिन्छ । तर यति गर्नका लागि खर्चको आवश्यकता पनि पर्दछ । त्यो खर्चको व्यवस्थाका लागि प्रत्येक घरधुरीले फोहरदानीका लागि निश्चित रकम तिर्नु पर्ने हुन्छ । त्यसका अलावा वार्षिक रुपमा फोहरका लागि छुट्टै रकम पनि तिर्नु पर्ने हुन्छ । नगरको व्यवस्थापनको जिम्मा बोकेको स्थानीय निकायले घरघरबाट फोहर उठाउन र त्यसलाई व्यवस्थित तवरले विसर्जन गर्नका निम्ति विभिन्न कम्पनीहरुलाई बोलपत्रका निम्ति आह्वान गर्ने गर्छ । सो प्रकृयाबाट छनोट भएको कम्पनीले फोहरमैला व्यवस्थापनको जिम्मा पाउने गर्दछ । जर्मनीमा अल्बा (ब्दिब) नामक अन्तर्राष्ट्रिय कम्पनीले प्राय सहरमा यो जिम्मा पाएको छ । (अल्बाका बारेमा इन्टर्नेट मार्फत सबै जानकारीहरु हाँसिल गर्न सकिन्छ ।) यसरी न्युनतम सरकारी लगानीमा गाउँ तथा नगरहरुमा फोहरमैला व्यवस्थापन गर्न सकिन्छ ।
नेपालका लागि सबै ठाउँमा यो कुरा उपयुक्त नहोला तर काठमाडौँ लगायतका ठूला सहरहरुमा यो नगरी भएको छैन । पहिले महानगरमा प्रयोगका रुपमा भित्र्याएर विस्तारै अरु उप–महानगरपालिकाहरुमा पनि यो प्रणाली विस्तार गर्नु अति जरुरी भएको छ ।
फोहरमैला व्यवस्थापन बाहेक पुराना थोत्रा सामग्रिहरुको व्यवस्थापनका लागि यहाँ फ्लोमाक्र्टको पनि व्यवस्था रहेको छ । फ्लोमाक्र्टमा पुराना कपडा, जुत्ता, भाँडाकुँडा, वाध्यसामग्री, विद्युतीय उपकरण लगायतका चिजहरु एकदमै सस्तो मुल्यमा किन्न पाइन्छ । घरमा भएका आफुलाई प्रयोग गर्न मन नभएका साग्रीहरुलाई यस्ता फ्लोमाक्र्टमा ल्याएर बेच्ने गरिन्छ । त्यत्तिकै फ्याँकेर फोहर थप्नु भन्दा यसो गर्दा धेरथोर पैसा पनि आउने र फोहरको मात्रा पनि कम हुने गर्दछ ।
जर्मनी आउँदा यहाँ बसाइका क्रममा सिकेका कुराहरुलाई देशमा भित्र्याउने भित्री प्रण गरेको थिए । त्यही प्रण सम्झेर बेलाबेला आफूले अनुभव गरेका नयाँ कुराहरु लेख्ने मन लाग्छ । फरक जीवनसैलीका कारण पहिले जति लेख्न नसके पनि मौका जुरे सम्म लेख्ने र आफूले भोगेका र सिकेका कुराहरुलाई पाठक समक्ष पस्केर मातृभूमीको ऋणलाई थोरै भएपनि तिर्ने प्रयास गर्दैछु । आशा छ भोलिका दिनमा पनि यस्तै मौका जुरी रहने छ । साथै देशमा भएकाहरुमाझ यी कुराहरुले केही मात्रामा भएपनि परिवर्तनको दिशातर्फ उन्मुख हुनमा मद्दत पुगोस भन्ने कामना गर्दछु । देशले निर्वाचन मार्फत नयाँ जनादेश प्राप्त गरेको छ । लामो संक्रमणकालले देशको विकासलाई पछाडि ढकेलिरहेको हालको अवस्थामा हामी सबैले आ–आफ्नो क्षेत्रबाट सानोठूलो योगदान दिन सक्यौँ भने देशले प्रगतिको गति समात्न बेरा लाउने छैन ।
Image soruce:http://www.dw.de/image/0,,6650665_4,00.jpg, accessed on 13:20, 13.12.2013

गतिलो नियत र जनिस्तरबाट केहि गरौँ भन्ने हेतु पलाए नेपाल पनि सफा पक्कै हुनेछ........ ब्लग पढेर सँधै मन फैलिने गर्छ .....अझै धेरै कुरा पढ्न पाइयोस
ReplyDeleteमेरो सँधै त्यही प्रायास हुने गर्छ। मैले नैसबैगन नसके पनि अनुभव भने पक्कैबाँड्न सक्छु । कोही न कोही कसो न निक्लेला ती अनुभवहरुबाट फाइदा उठाउने ?
Delete