अलिखित पात्र

मलाई अझै पनि याद छ ती दिनहरु जब म अबेर रातसम्म कम्प्युटर अगाडि रहेर भोलि प्रकाशित हुने अखबारका खबरहरु मिलाई रहन्थे । मलाई कहिले काहिं गर्व हुने गथ्र्यो त्यो कामप्रति किनभने म आफ्नो वरपरको घटनालाई मानिसले थाहा पाउनु पुर्व नै थाहा पाउ“थे । अखबार अहिलेको युगमा एक सशक्त माध्यम बनेको छ मानिसहरुलाई उनीहरुको वरपरको घटनाहरुको बारेमा सु–सुचित गर्ने सम्बन्धमा । र त्यसमा प्रकाशित हुने हरेक समाचारहरु प्रकाशन पूर्व मकहा“ आउने गर्थे । म मनमनै खुशी हुने गर्थे यो कल्पेर कि भोलि मानिसलाई जे कुरा थाहा हुने हो त्यसको बारेमा मलाई आजै थाह छ त्यो पनि एक कोठा भित्र बसी बसी । अखबारको अपरेटर हुनुको सायद यहि मात्र एउटै फाइदा हो । 
झण्डै तीन महिनासम्म म यो पेशामा निरन्तर लागि रहें । विहानको विद्यालयमा पढाउने पेशा(गर्मीका दिनहरुमा विद्यालयहरु विहान सञ्चिालित हुन्छन्) र थप अर्थोपार्जनका लागि घर घर धाएरै ‘होम ट्युसन’ पढाएपछिको मेरो काम थियो पत्रिकामा अपरेटरको काम गर्ने । यसो हेर्दा मस“ग राम्ररी निदाउने समय हु“दैन थियो । कहिले अबेर हु“दा दुई वा ढाई घण्टाको निन्द्रामै मैले चित्त बुझाउनु पथ्र्यो । सोच्थे सबै काम छोडर दिन भरि सुत्न पाए कसो हु“दो हो । तर अखबारको कामले कहिल्यै बिदा मिल्दैन थियो । विद्यालयमा शनिबार बिदा भए पनि अखबारमा कहिल्यै बिदा हु“दैन थियो । शायदै वर्षमा दश अथवा पन्ध्र दिन मात्रै एउटा अपरेटरले बिदा पाउ“छ होला त्यो पनि दशैं र तिहारका क्रममा अखबार नप्रकाशित हुने दिनहरु मिलाएर । नभए बिदा पाउनु प्राय असम्भव नै हुन्छ । पत्रिकाको अन्तिम रुप उसैले तयार पार्ने भएकोले उसले बिदा पाउनु भनेको पत्रिका ननिकाल्नु हो । त्यसैले वैकल्पिक व्यवस्था नभएसम्म वा पत्रिका ननिस्कने अवस्था नआए सम्म उसले विदा पाउ“दैन । उनीहरुका लागि न सप्ताहन्त हुन्छ न त कुनै उत्सवका(दशै–तिहारका लागि दुई चार दिन बाहेक) लागि विदा नै । यसो हेर्दा प्रहरी र सेनाको जस्तै वा अझ जटिल हुन्छ उनीहरुको जागिर कहिल्यै बिदा नहुने । 
त्यसबखत कामको चटारो यस्तो हुन्थ्यो कि दिनभरि कहिल्यै फुर्सद पायो भने टोलाउनु सिवाय अरु केही गर्ने होश नै हु“दैन थियो । अनुहार सुकेर चैतका महिनाको बा“दरको जस्तो भएको थियो । चैतमा सायद बनमा खानेकुराको अभावले होला बनका बा“दरहरु दुब्लाउने गर्छन । त्यसै हविगत भएको थियो मेरो । हा“सेपछि पुरै बंगारा गन्न सकिने गरि बाहिर देखिन्थ्यो । जीउ सुकेर कंकाल बनेको थियो । मलाई जिन्दगीमा कहिल्यै नलागेको थकाई त्यस बखत लाग्थ्यो । जबकी उमेरले म त्यस बेला भरखर बाईस टेकेको थिए“ । अचम्म लाग्थ्यो आफ्नो जीवन देखेर अनि आफुले रोजेको बाटो देखेर । अखबारमा सबै समाचार आउ“थे । अरुमाथि अन्याय भएका खबरहरु र न्यायको गुहार लाएका खबरहरु । सबै सबै । तर एउटा अपरेटरका बारेमा राम्रा नराम्रा कुनै खबर मैले सुन्न पाएन । त्यो तीन महिनाको दौरानमा मैले निकालेको निक्र्यौल के थियो भने मानिसले जुनसुकै पेशा अ“गाले पनि अपरेटरको पेशा चाहि“ सकभर नअ“गालोस् । रातभरको खटनको सट्टा दोश्रो दिन टंकणका क्रममा भएका गल्तीहरु औंल्याइन्थे । मन अझै खिन्न हुन्थ्यो । 
यत्रो बिधि काम गरेपछि पारिश्रमिक भने अति नै न्यून हुन्थ्यो । अधिकतम तीन हजार देखि चार हजार पाउ“छन् होला अहिले पनि पत्रिकामा कामगर्ने अपरेटरहरुले । त्यो पनि ग्यारेन्टी हु“दैन । कसैले पाउ“छन् अनि कसैले कामका क्रममा गरेका गल्तीहरुको हर्जाना स्वरुप आफ्नो कमाइ त्यसै गुमाउ“छन् । अनि कामबाट अफै निराश भएर निस्कन्छन् र अन्य पेशामा आबद्ध हुन्छन् । निस्कन आ“ट नभएकाहरु परिस्थितिस“ग सम्झौता गरेर बसी रहन्छन् । 
देशको पा“चौं अड्ड भनिने संचार क्षेत्रमा कार्यरत यो पात्र स“धै अपरिचित रहन्छ । पत्रिकामा कतै उसको नाम हु“दैन । न त उसका भोगाइका कुराहरु कहिं कतै आउने गर्छन् । स“धै समाचार बनाउने ऊ कहिल्यै समाचार बन्दैन । सबैलाई सु–सुचित गर्ने कार्यमा समर्पित उसका कुरा कसैले सुईंको पनि पाउ“दैनन् । राम्रो समाचार रिपोर्टिड्ड गरे वाफत पत्रकारहरु सम्मानित हुन्छन् तर राम्रो टंकण गरेबाफत कुनै पनि अपरेटर सम्मानित भएको अहिले सम्म मैले सुनेको छैन र तपाईंहरुले समेत सुन्नु भएको छैन होला । नभएको कुरा कसले पो सुन्छ र ? 
यीनै अपरिचित पात्रहरु मध्ये पत्रिका प्रकाशन पश्चात वितरण गर्नेहरु पनि छन् । ती वितरक जस्ले मासिक झण्डै बाह्र सय वा त्यो भन्दा न्यून पारिश्रमिकमा पत्रिका वितरणको जिम्मा लिएका हुन्छन् । पानी परोस् वा हुरी चलोस, सबैले बिहानै सित आ“गनमा पत्रिका पुगेको हेर्न चाहन्छन् । त्यसैले अपरेटर जस्तै उसले पनि दैनिक रुपमा कुनै पनि उत्सव वा सप्ताहन्त नभनि यो काम गरिरहनु पर्छ । ऊ पनि यो अपरिचित पात्रहरुको जमातको एक अभिन्न अंग हो । 
यो अपरिचित जमातमा सबै निरक्षर वा सामान्य रुपमा साक्षरहरु मात्रै हुन्छन् भन्ने भ्रममा नरहनु होला । यो जमातमा मैले कतिपय यस्ता व्यक्तिहरु पनि भेटेको छे जसले विश्वविद्यालयको उच्च शिक्षा हासिल गरिसकेपछि पनि यो पेशा अंगालेको पाएको छु । एक जना स्नातकात्तर तहमा अध्ययनरत छात्रले पत्रिका वितरण गरिरहेको अवस्थामा मैले उसलाई सोधेको थिए उसको शिक्षका बारेमा र उसको उत्तर सुनेर म छक्क परेको थिए“ । त्यसबेला म आफ्नो आबास बाट ७–८ किलोमिटर टाढा पर्ने एक विद्यालयमा शिक्षक थिए“ । उही आठ पिरियड चक डस्टर घोटेर मासिक दुई हजार थाप्ने शिक्षक ।
सबैलाई निराश हुने यी कुराहरुका अलाबा केही हर्षका कुराहरु पनि छन् यी अपरिचित पात्रहरुका बारेमा । उनीहरुलाई कसैले चिनुन वा नचिनुन, उनीहरु मध्ये कसैले भने आफूलाई राम्रो चिनाउन सक्ने हुन्छन् । हाम्रो स्थानीय पत्रकारिताको कुरा गर्ने हो भने यस क्षेत्रमा पनि कतिपय पत्रकारहरु यहि अपरिचित पात्रको रुपमा पत्रकारितामा प्रवेश गरेर अहिले पत्रकारितामा आफ्ना क्षमता प्रदर्शन गरिरहेका छन् । तर ती मध्ये कसैले पनि आफ्नो विगतको तिक्तताको समाचार कहिल्यै लेखेनन् । आज सम्म त पक्कै पनि लेखेका छैनन् । न त आफूले भोगेका कठीन दिनहरु अरु कसैले नभोगोस् भन्ने तिर चिन्तित भए । अरुले जस्तै तिनले पनि अपरिचित पात्रलाई अपरिचित रहन दिनुमा नै उचित ठाने सायद । मैले त्यसलाई निरन्तरता दिनु उचित ठानिन । त्यसैले यो लेख लेखे“ । 
यहा“ संचार जगतका अगुवा पत्रकारहरुका संघहरु छन् । प्राय गरेर पढ्नै नजान्ने वा सामान्य रुपले साक्षर रिक्सा चालका संघहरु छन् तर संचार क्षत्रका जग भनाउ“दा यी अपरिचित पात्रका कुनै संघ छैनन् । सायद संगठितहुने चेतना इनमा अझै आएको छैन होला । नभए उनीहरुले पनि आफ्ना हक अधिकारका बारेमा आवाज उठान सक्दा हुन् । आफ्ना सहकर्मीहरुलाई अप्ठेरो परेका बखतमा सहयोगका हात बढाउन सक्दा हुन । एक अर्काका दुःख–सुखका कुराहरु आपसमा सा“टासा“ट गर्न सक्दा हुन् । सूचना पविधिको यो युगको सशक्त साधन कम्प्युटर चलाउने जान्ने यीनले आफ्नो पेशालाई मर्यादित रुपमा चलाउने जुक्ति निकाल्न सक्दा हुन् ।
मलाई थाह छ यो लेखले कुनै ठूले अन्तर ल्याउने छैन । तर कमसे कम यो लेख पत्रिकामा मिलाउ“दै गर्दा एक अपरिचित पात्र मुस्काउने छ । अनि भोलि अन्य अपरिचित पात्रले पनि भाग्य बश थाहा पाए भने तिनको मुहारमा पनि हर्षका रेखा कोरिने छन् । अनि केही आफूलाई सम्वेदनशील ठान्नेहरुले च्च ∕ च्च ∕ च्च ∕ गर्दै आफ्नो सम्वेदन जताउने छन् । तर कमसे कम यो अपरिचित पात्रको अस्तित्व त बुझ्ने छन् सबैले । बिहान सबेरै चियाको चुस्किस“गै नया“ खबरहरुस“ग उनीहरुलाई जानकार बनाउनेमा यो अपरिचित पात्रको पनि हात हुन्छ भन्ने थाहा पाउनेछन् । अनि विहान विहान घर आ“गनमा पत्रिका ल्याउने र रातभर प्लास्टिकका साह्र की(बटन)हरु थिचेर पत्रिकाको अन्तिम रुप दिने म जस्ता अपरिचित पात्रहरुको पनि स्वाभिमान हुन्छ वा उनीहरुले पनि सम्मानपूर्वक बा“च्ने चाह राख्दा रहेछन् भन्ने कुरामा कसैले त गम्नेछन् । मेरो लागि त्यही उपब्धि हुनेछ ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला