टिचर इज पेनफुल


कक्षाकोठामा पढाउँदै गर्दा एक जना बालिकाले भनिन्, ‘... टिचर इज पेनफुल’ । मैले अरु कुनै शब्दमा ध्यान दिएन । मात्र सोचीरहेँ, साँच्चै टिचरहरु अर्थात शिक्षकहरु पीडक हुन्छन् त? बेलाबेलामा विद्यार्थीका लागि पीडक बन्नु परेका आफ्नै थुप्रै उदाहरण
हरु थिए । त्यसैले नकार्न सकिने त्यसैले स्वीकारेँ, ‘हो टिचर इज पेनफुल । तर त्यसका पछि पनि कारणहरु छन् । मास्टर मास्टर मात्रै होइन ऊ कसै
को छोरो, कसैको बाबु, कसैको पति, कसैको भाइ कसैको दाइ र कसैको प्रेमी पनि हो 
। उसका बाबुले पनि ऊ बाट केही अपेक्षा गरेका हुन्छन् । आशा गरेका हुन्छन् छोरो एक दिन नाक राख्ने काम गर्नेछ । ठूलो मान्छे बन्नेछ । अनि उसकी आमाले पनि त्यही मास्टर छोरोले बुढेसकालमा उसका आँखाका आँशु पुछी दिनेछ भन्ने सोचेकी हुन्छे । त्यही माष्टरकी श्रीमतिले पनि पतिले गति पाओस् भनि सोच्दी हो । मास्टरकी प्रेमीका पनि उसको प्रेमीले 
आफ्ना रहरहरु सबै पुरा गर्न सक्ने क्षमता राखोस् भनि सोच्दी हो । मास्टरका छोराछोर िपनि बाबुले जन्मदिनमा ‘ब्ल्याक 
फरेष्ट’(महँगो खालको केक) ल्याउने क्षमता राखुन भन्ने सोच्दा हुन् । मास्टरको समाजले पनि मास्टरबाट केही योगदानको अपेक्षा अवश्यै गरेको हु
न्छ होला । मास्टरबाट यो संसारले पनि एउटा थप बुद्ध, एउटा अर्का गान्धी, एउटा अर्का मण्डेला, आदिको व्यक्तित्वको अपेक्षा गरेको हुन्छ होला । मास्टरका पनि थुप्रै जिम्मेबारी छन् । घर, परिवार, समाज, देश अनि सम्पूर्ण सृष्टि प्रतिको जिम्मेवारी । उसका रहरको त के कुरा ? आफ्ना विद्यार्थीहरुको उज्ज्वल भविष्य कल्पँदै रमाउँछ । उनीहरुकै सफलतामा ताली बजाउँछ । माझिदाईले सबैलाई तारेर आफू वारी नै रहे भने जस्तै मास्टरले सबैलाई उनिहरुको सपना दिन्छ तर आफ्ना सपनाहरु अरुका सपना माझ कता कता विलिन भएर जान्छ । सायद यिनै कुराहरुले होला मास्टर पीडक बन्ने गरेको । दुनीयाँका छोराछोरी सपार्दा सपार्दै आफ्नै सन्ततीको भविष्य सुनिश्चित गर्न नसक्दाको पीडाले उसलाई पीडक बनाएको हुनुपर्छ । आफ्ना वरिपरिका अपेक्षाहरुमा खरो उत्रिन नसक्दाको पीडाले उसलाई पीडक बनाएको हुनुपर्छ । उसको लाचारीले उसलाई उसलाई पीडक बनाएको हुनुपर्छ ।’ मैले यति भनिसक्दा ती नानी मलाई वाल्ल परेर हेरिरहेकी देखेँ । के के बोलेछु आफै देखि अचम्म लाग्यो अनि ती नानीको मायालाग्दो अनुहारमा आफूप्रतिको सहानुभुति देख्दा केही खुशी पनि लाग्यो । यस्तै हो मास्टरको जीवन ।
raman.paneru@gmail.com

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला