उसको रोजाइ -Story

धेरै दिनपछि आज मलाई विहानै घरबाट निस्किने मन भएको छ । सोच्छु आज केही नौलो गरेर दिन विताउने छु । म प्रशन्न मुहार लिएर भित्रभित्रै शोचमा डुबिरहन्छु । म आफ्नो शोचमा यति डुबेको हुन्छु कि मैले कतिबेला आफ्नो कोठा छाडेर मुल सडकमा आइपुगे भन्ने समेत मलाई थाहै हुँदैन । सायद त्यो अब आवश्यक छैन । म सधैँ यस्तै अनावश्यक शोचमा डुबिरहन्छु । म हर कुरालाई केलाएर हेर्ने खालको मान्छे । तर आफ्नो जीवनलाई भने कहिल्ये केलाएर हेर्न सकेको छैन । मैले के पाएँ र के गुमाएँ मलाई नै थाह छैन । तर जीवन वितिरहेकोछ म त्यसैमा खुशी छु ।
म कहिले काहीँ आफ्ना साथीहरुको जीवन हेर्ने गर्छु र सोच्ने गर्छु, कति गतिमय छ तिनीहरुको जीवनः हरेक दिन नौलो, हरेक पल नौलो । तर मेरो जीवनमा सायदै त्यस्ता पल आए होलान् । सधैँको घर, उही पढाइ र उही बाल्यकालदेखि हिँड्दै आएका गल्लीहरु । तर आज केही नयाँपन ल्याउने शोचमा छु ।
म आफ्नै बाटो हिँडीरहेको हुन्छु । त्यत्तिकैमा मेरो भेट एक पुराना मित्र पवनसित हुन्छ । धेरै पहिले भेट भएको हुँदा म उसलाई सजिलै चिन्न सक्तिन तर ऊ मलाई सहजै चिन्छ ।
“के छ मास्टर तेरो हालखबर ? अचेल के गर्दैछस् ?” उसले प्रश्नमय अभिवादन टक्र्याउँछ ।
“अरे .............पवन ! कस्तो गाह्रो भयो चिन्न ? अलि निकै पो फेरिएछौ । अनि यतिका दिनसम्म कहाँ थियौ त्यो भन्न पहिले । त्यसपछि बाँकी कुरा गरौँला ।” म पनि उसकै शैलीमा अभिभावदन फर्काउँछु र उसको हालखबर सुन्नलाई उत्सुक हुन्छु ।
“के छ मास्टर तेरो हालखबर ? अचेल के गर्दैछस् ?” उसले प्रश्नमय अभिवादन टक्र्याउँछ ।
“अरे .............पवन ! कस्तो गाह्रो भयो चिन्न ? अलि निकै पो फेरिएछौ । अनि यतिका दिनसम्म कहाँ थियौ त्यो भन्न पहिले । त्यसपछि बाँकी कुरा गरौँला ।” म पनि उसकै शैलीमा अभिभावदन फर्काउँछु र उसको हालखबर सुन्नलाई उत्सुक हुन्छु ।
“के गर्ने मित्र बेलैमा मिहिनेत गरेर पढ्न सकिएन । हुन त अहिले फौजमा मजा लाग्छ । साथीहरु धेरै बनाएको छु । तालिममा जति कठीनाइ सहन परेपनि अब भने मजा छ । कम से कम तेरो जस्तो भौँतारिएर हिड्नु परेको त छैन । साँच्चै तिमीले मास्टरी छाड्यौ कि गर्दैछौ ?”
म उसमा आएको परिवर्तन देखेर छक्क परेँ । प्रवेशिका परीक्षा पश्चात हाम्रो भेट अहिले पुरै चार वर्षपछि भएको छ । ऊ सैनिक सेवामा लागेको थाहै भएन । उसका हरेक कुराले मलाई आश्चर्यमा पारिरहन्छन् ।
“हलो ! ओइ कहाँ हराउँछौ यार तिमी ? कतै केही चक्कर चलाएका छ छैनौ ? यदि त्यसो हो भने म तिम्रा मजामा बाधा बन्न चाहन्न ।” ऊ सजिलै मलाई मेरो शोचमग्नताबाट विउझाउँछ । म झट्ट भनिहाल्छु,“होइन, होइन । तिम्रो पहिलेको र अहिलेको जीवन कति फरक भइसकेछ भन्ने सोच्दैछु । तर आफ्नो जीवन त जहाँको त्यहीँ छ । उही पुरानो मास्टरी अनि क्याम्पसको पढाइमा अल्झेको छु । कहिले कुनै विद्यालय, कहिले कुनै । के गर्नु तिम्रो जस्तो अरुलाई फकाएर राख्न सक्दिन । त्यसैले भाँैतारिनु परेको छ ।” म उसको अनुहारमा प्रतिकृया खोज्छु । ऊ अन्तै हेरिदिन्छ । अनि मतिर फर्कँदै भन्छ,“के गर्छौँ त भित्र यो दुनियाँ नै यस्तै छ । स्वार्थले जेलिएका यहाँका मानिसलाई उनीहरुको स्वार्थीपनाले यति नीच बनाएको छ कि उनिहरुको अन्तर आत्माको आवाज समेत उनीहरुसम्म पुग्दैन । उनीहरुको हृदयले बोल्न छोडिसकेको छ । अब त दिमागले बोल्छ र त्यो दिमागलाई फाइदा र बेफाइदा बाहेक केही सोच्न सक्दैन । यहाँ भिमसेन थापा जस्ता निश्वार्थ भइ देशको लागि मर्ने भन्दा जंगे बनेर दाउपेच चलाउनेको शासन चल्छ ।
ऊ ज्योतिषले जस्तो मेरो कुरा भनेर मसँगै सही थाप्न खोज्दै थियो । मैले आफ्नो टाउको हल्लाउँदै भनेँ, “के गर्छौँ तिम्रो यो सोझो साथीलाई कसैले पचाउनै सक्दैनन् । एक थोक गर्न खोज्छु परिणाम अर्कै निस्किन्छ । नचाहँदा नचाहँदै पनि परिस्थितिको दास बन्न परेको छ । अब त जीवनमा कुनै उमङ्ग नै रहेन । ...पढेर मात्रै के गर्नु ? जमाना अनुसार चल्न पनि जान्नु पर्दो रहेछ ।”
म सम्पूर्ण रुपले भावनामा बहन थालिसकेको हुन्छु । मेरा पाइलाहरु केही सिथिल हुन थाल्छन् । गन्तव्यहीन अगाडि बढिरहन्छु । केही बेर ऊ शान्त हुन्छ । मलाई त्यो शून्यता मन पर्दैन । “मेरो त त्यस्तै हो बरु सैनिक पेसामा थाहीँ कसरी लाग्यौ ? तिमी त पढ्न भनेर काठमाडाँै गएका, एकाएक यो वैचारिक विचलन कसरी ?” ऊ केही प्रशन्न मुहार बनाएर भन्छ, “पढ्न त पढ्नै भनेर गएको तर पढाइमा मनै लागेन । कहिले कसैको पछि लागियो त कहिले कसैको । त्यै केटीहरुको पछि लागेर यहाँ सम्म पुगेँ । अचेल पनि तिनीहरु सम्झँदा मनै चुडिन्छ । मोरीहरु साँच्चिकै राम्री थिए ।
तर जीवनको वास्तविक आनन्द यहीँ छ बुझ्यौ । हाम्रा लागि हरेक पल एक रोमाञ्चक पल हुन्छ । मलाई त विशेष गरी त्यो पल मनपर्छ जब हाम्रो पल्टन दुश्मनहरु माथि हमला गरिरहेको हुन्छ । विश्वास गर्दैनौ होला म सधैँ अग्रपंक्तिमा उभिएको हुन्छु । तर गोली आजसम्म खाएको छैन । झन् हाम्रो कमाण्डरहरुले भनेको सुन्दा त ज्यान गए जाला भन्ने मन हुन्छ ।” यति भन्दाभन्दै ऊ आफ्ना दाँतदहरु किटिरहेको हुन्छ ।
मलाई लाग्यो उसले आफ्नो जीवनलाई सहि अर्थ दियो । सायद ऊ सैनिक नभएको भए यसरी बोल्न जान्दैन थियो होला । उसले अहिले धेरै बुझिसकेको छ । उसले मर्न जानेको छ । बाँच्न पनि त्यसैले जानेको हुन्छ जो मर्न जान्दछ । ऊ अब देशका लागि लड्दा ज्यानको पर्वाह नगरी लड्छ । चाहे ज्यान जाओस् ऊ आफ्नो देशको आत्म सम्मानमा ठेस पुग्न दिन्न ।
कुरा बुझ्दै जाँदा उसले सैनिक पेशा सुरु गरेको डेढ वर्ष भएको रहेछ । यस अवधिमा ऊ पहिलो पटक घर आएको रहेछ । आफ्ना आमाबाबुलाई भेट्न । परिवारसँगको विछोडमा ऊ रक्तिभर पछुताएको छैन । उसले नयाँ परिवार पाएको छ । उसको लागि सम्पूर्ण देश नै घर र सारा नेपाली जनता नै परिवार बनेको छ । उसले त्यो खुशी पाएको छ । जो साधारण जीवन जीउने म जस्ताको लागि कल्पनामा सिमित छ । म सोच्छु आँखिर के पाए र मैले आफ्नो घर परिवारलाई काखी च्यापेर । बढि भए आफ्ना आमा बाबुको स्नेह । तर उसले त सारा नेपाली जनताको माया पाएको छ । उसलाई त पशुपतिनाथको कृपाले छोएको छ । किनकी ऊ देशको रक्षक बनेको छ । देशसेवामा लागेको छ । आफ्नो जीवन सार्थक पारेको छ । जीउन जानेको छ । उसका कुरा सुन्दा उसले ‘युद्ध भूमीमा मरेमा स्वर्ग जानेछौ र बाँचे धर्तीको भोग गर्न पाउनेछौ’ भन्ने गीताको वाणीलाई राम्ररी बुझेको झैँ लाग्छ ।
ऊ आफ्ना सैनिक पेशाका रमाइला रमाइला कुरा सुनाइ रहन्छ । धेरै बेर सम्म कुरा गरेपछि हामी पछि फेरी भेट्ने बाचा गरि छुट्टिन्छौँ । म ऊसँग विदा भएपछि पनि निकै बेरसम्म उसैको बारेमा सोचिरहन्छु । अनि आफ्नो नौलो अनुभवमै रमाइ रहन्छु ।
Comments
Post a Comment