तिहार र सेलरोटी
चार तिहार सेलरोटी नखाएरै बिते । पहिलो तिहार त विदेश पसेको खुशीमा खासै याद गरिएन । त्यसपछिका तिहार भन्दा ह्यालोवीनको मातले नै भुलायो । गएका दुईवर्षमा मनाउन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै साथीभाइसँगको फुर्सत र कति आफ्नै अस्तव्यस्त जीवनशैलीले मनाउन पाइएन । घरहुँदा लक्ष्मीपुजाका दिन घरको धुरी चढेर बत्ती बालिन्थ्यो । साथीभाइसँग हुलबाँधेर कैले देउसी भैली खेल्न गइएला हुन्थ्यो । सके पटाका नसके घरको सलाईं चोरेर साइकलको छुच्ची भरेर किलाठोकेर पनि पड्काइन्थ्यो । अबेर घर पुग्दा पनि गाली नखाइने वर्षका ती दुई चार दिन नै त हुन् । भाइटिकामा बाबासँग पैसा मागेर भएपनि दिदी बहिनीलाई दक्षीणा दिइन्थ्यो । यस्तै यस्तै गरी दोश्रो ठूलो चाड पनि वित्थ्यो ।
तिहारसँग अनिगिन्ती यादहरु गाँसिएका छन् । घरहुँदा चाडपर्वको पनि उति ख्याल गरिन्नथ्यो । जतिजति पर पुगिँदै गयो तब घरबस्दाका हरेक कुरा विशेष लाग्न थाले । चाडपर्व त झन् बढि महत्वपूर्ण लाग्न थाले । मान्छेसँग जे छैन त्यसैको सुर्ता लाग्ने न हो । उतीबेला घर थियो, परिवार थियो तर विदेश, एक्लो जीवन, पिजा र बर्गरको रहर हुन्थ्यो । अब एक्लीएका बेलामा घर र परिवार बढि सम्झनामा आउँछन्, सेलरोटी, चनाचटपटे, पानीपुरी, साँधेको चुक, निसासे (चामलको केक जस्तै गरि बनाइने सुदूरपश्चिमको परिकार) र धुलाका तिहुनहरुको सुर्ता लाग्छ ।
अब घर पुगौँला र मनाउँला भन्ने भ्रम पालेर बस्यो भने त्यसै जुनी बित्ला झैँ लाग्छ । जीवन भनेकै गएका चार वर्ष जस्तै वर्षहरुले बन्ने न हो । ती वर्षहरुमै जति रहर मेट्न सक्थे मेट्न मिल्थ्यो । अहिले हातबाट चिप्लीसकेपछि सोचेर पो के फाइदा ? अबका दिनहरु पनि त्यसरी नै बित्नेछन् । पछिकालागी साँचेर राख्यो भने मनका आधा–अधुरा सपनाहरु सायदै पुरा होलान् । त्यसैले यसपालीको तिहारमा जसरी भएपनि सेलरोटी खाने निधो गरेँ । आजका मितीसम्म सरस्वती दाहिने भएकी भएपनि लक्ष्मीले उती साथ दिएकी छैनन् । त्यसैले पनि लक्ष्मी पुजा नगरी नहुने भएको थियो । लक्ष्मीपुजाका दिन जोरबत्ती बालेर टेढाबाङ्गा सेल चपाउन पायो भने पनि चित्त बुझाइन्छ भनेर सहरका अरु नेपालीहरुलाई पनि आमन्त्रण गरेँ ।
देशमा छँदा प्राय दशैं देखि तिहार सम्मैको लामो विदा हुन्थ्यो । या भनौ एक किसिमले उत्सवको माहोल हुन्थ्यो । समय जुराउन खासै गाह्रो पर्दैन थियो । तर यहाँ हुँदा उनीहरुले हाम्रो चाड नबुझ्ने र हामीले उनीहरुको चाड नबुझ्ने भएकाले अलि समस्या पर्छ । कामबाट विदा माग्न पनि सजिलो हुँदैन । एउटाको फुर्सतका बेला अर्काे व्यस्त रहने र अर्कोको फुर्सतमा आफू व्यस्त रहने हुनाले मिलेर चाड मनाउन अलि गाह्रै हुन्छ । कागतिहारका दिन राखेको उत्सबमा त्यस्तै अलमलले गर्दा भाग लिन पाइएन । सेलरोटी खान पाउने आशाको गला निमोठिएपछि के गरौँ के गरौँ भएर आफैले सेलरोटी बनाउने र लक्ष्मी पुजा गर्ने भनेर कार्यक्रम राखियो । विदाका दिन भएकोले नया सामान जुटाउन गाह्रो थियो । भएका सामानमै जेनतेन चित्त बुझाएर टार्नु पथ्र्यो । सबै भन्दा समस्या त सेलरोटी बनाउने कुरामा थियो ।
सेलरोटी दशैं तिहारको सबैभन्दा मनपर्ने पकवान भएपनि पकाउने कहिल्यै प्रयास गरिएन । कहिलेकाहिँ मेरै करमा घरमा सेल पाक्थ्यो । अरुले चिल्लो भएकाले उतीसारो रहर नगरेपनि मलाई सँधै मन पथ्र्यो । घरमा पाकेका सेल थालमा हुन्थे । ती कहाँबाट र कसरी आए, कुन दुःखले बने भन्ने कहिल्यै चिन्ता गरिएन । आमाले सेलको लागी बनाएको पिठो सजिलै सँग हातले तातो तेलमा गोलो पारेर हालेको र झिक्दा मिट्ठो सेल झिकेको सम्म याद छ । त्यसभन्दा बढि केहि ज्ञान छैन । त्यसैले सेलरोटीका लागी अन्तर्जालमा भेटिएका सबै खाले सामग्रीहरु पढियो । अष्ट्रेलीयामा हाम्रो भन्दा अघि साँझ पर्ने हुनाले त्यहाँको सेलरोटी बनाएका भिडियोहरु पनि हेरियो । अलिकति यताबाट अनि अलिकति उटाबाट जानकारी थुपारियो । अनि घरमा समेत फोन गरेर बुझियो ।
मान्छेपिच्छे फरक तरिकाले सेलरोटी बनाउँदा रहेछन् । सेलको पिठोमा केरा र दहि हाल्ने देखि लिएर गहुँको पिठो मिसाउने, अलैचीको धुलो हाल्ने लगायतका थुप्रै सुझाबहर संकलन पश्चात अघिल्लो दिन भिजाएको चामललाई मसिन लाएर पिसियो । जेटेसम्मका अरु सामानपनि थपेर पिठो सम्म त तयार भयो । खासमा समस्या तातो तेलमा सेलको पिठो हाल्ने थियो । तेलमा पानी पार्नु हुन्ने भन्ने पक्का थाहा थियो । सेलको पिठोमा पनि पानी त हुन्छ नै । त्यो पार्दा कता भाग्ने भन्ने चिन्ता सुरु हुन थाल्यो । मनमा भने अगेना छेउ निर्धक्क भएर हातले मज्जाका सेल बनाइ रहेकी आमाको तस्वीर नाचीरह्यो । घर छँदा आमालाई भान्सामा सघाएको भए या एक दुई सेल आफैले बनाएको भए सायद यो सबै भद्रगोल हुने थिएन । त्यसो गरिएन । हुन त त्यसबेला कुनै दिन सेलरोटीको यति सम्म सुर्ता लाग्नेछ भनेर के थाहा ?
निम्ता गरेकामध्ये केहि पुगिसकेका थिए । उनीहरुले सहयोग गर्न त चाहेका थिए तर काम त्यही सेल बनाउने मात्रै बाकि थियो । आलु–कांक्राको अचार, टमाटरको चट्नी र आलु–चनाको भुटन तयार पारेर टेबलमा राखी सकेको थिएँ । सजिला सकिसकेपछि सेल बनाउन सकिएन भने दालभातै भएपनि आएकाहरुको भोक मारौँला भन्ने थियो । त्यस्तै डरै डर कोही आउनु पुर्व नै सबै सकेको थिएँ ।

भोकाएका अनुहारले हेरिरहेको देख्न नसकी उनीहरुलाई पनि व्यस्त पार्न सेलरोट झिक्ने जिम्मा लाएँ । हालेपछि न झिक्ने हो । पहिले हाल्ने नै कसरी भन्ने थाहा थिएन । पहिलो सेल डाडुले हालेँ । पिठो पातलो भएछ हालेको जति सबै चेप्टो भएर एकै ठाउँमा आयो । दोश्रो टाँसिनु भन्दा अघि बीचमा काठको पन्योले छुटाएपनि सेलको आकार देखिएन । कहिले एकै ठाउँमा जम्मा पर्ने कहिल्यै जेनतेन आकार लिन खोजे जस्ता सेल बन्ने क्रम नरोकिएपछि कसैलाई त दोष दिनु थियो । त्यसैले पिठै भएन भने । उनीहरु पनि हालाई भएन, बीचमा बढि खाली रहने गरी हाल्न सुझाब दिन थाले । बिस्तारै किन यो दुःख रोजेछु भन्ने पनि भयो । चामल उमाल्न जानिएकै थियो त्यसैमा चित्त बुझाएको भए यो दुःख खप्नै पर्थेन । एक मनले त अब भयो भन्ने सम्म सोच्यो ।
पिठोमा खाने सोडा र केहि गहुँको पिठो थप्दा भने बाक्लियो । अबका सेल एकातिर मोटा र अर्कातिर पातला भएपनि तुलनात्मक रुपमा गोला र सेलसेल जस्ता देखिए । मरेको आशा केहि ब्युँतियो । डाडु छोडेर हातैले पनि हाली हेरियो । हातमा पिठै अडेन । कचौराले गर्दा पनि खासै पार लागेन । सेल त बने राम्रा सेल बनाउन सकिएन । त्यसैबीच सेल बनाउँदाको श्रब्य–दृश्यमा बोतलको माथिल्लो भाग काटेर त्यसमा सेलको पिठो राखेर बनाएको चित्र झलझली मनमा आयो । अनि खाली बोतल खोजेर त्यसैको सोली तयार पारियो । त्यसपछिका सेलहरु भने गजबका गोला बने । अब भने सेलरोटी सपना साकार भएको भान भयो ।
सेलरोटी पकाउनु जीवनको एक ठूलो उपलब्द्धि ठम्याइयो । प्रयास गरे हुँदो रहेछ भन्ने भयो । चारबर्ष अघि ढङ्गले चामल उमाल्न आउँथेन । अहिले आएर सेलरोटी पनि बनाइयो । त्यससाँझ सबैसँग मिलेर सेलरोटी खाँदा खाना भन्द मिठो सेलरोटी बनाउनमा मिलेको सफलता लाग्यो । ‘सेलरोटी बनाइयो है, अब त जे नि र्गन सकिन्छ !’ भन्दै मुहारमा हाँसो कायम भइरह्यो ।

Comments
Post a Comment