जानकी मन्दीरमा जे भयो
गएको तीन महिनामा नेपालको इतिहासमा धेरै कारणले महत्वपूर्ण रह्यो । सरकार परिवर्तन देखि लिएर दशौँ वर्ष देखि प्रतिक्षित संविधान निर्माणको काम यसै अवधिमा सम्पन्न भयो । देशले प्रथम महिला राष्ट्रपति पायो । पहिलो पल्ट छिमेकिको आशिर्वाद विना नै सरकार बन्यो (?!) । विगतका संविधानहरु भन्दा धेरै कारणले राम्रो संविधान देशले पायो । आंशिक रुपमै भएपनि महिला, दलित, मधेसी, पिछडिएका जातजाती, तेश्रो लिंगी, आदिका अधिकारलाई केहि हदसम्म भएपनि यो संविधानले सम्बोधन ग¥यो ।
छ–छ वटा उप–प्रधानमन्त्री पनि देशले यसैबेला पायो । त्यसका साथै २१ जना मन्त्री, १० राज्यमन्त्री र दुई सहायक मन्त्री गरेर ४० सदस्यीय मन्त्रीमण्डल (इतिहासको तेश्रो ठूलो जम्बो मन्त्रीपरिषद) बनेको छ । संविधानसँग असन्तुष्ट पक्षहरुको आन्दोलनले तराई तनावग्रस्त पनि यसैबेला भइ रह्यो । भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका मारमा जनताहरुले नपाउनु दुःख पनि यसैबेला पाए । खाना पकाउने इन्धन देखि यातायातका साधनका लागी चाहिने डिजल पेट्रोलको अभावले जनजीवन कष्टकर बन्यो । सरकारले राष्ट्रियताका नारा दिने भन्दा बढि केहि बिकल्प दिन सकेन । हाम्रो नेतृत्वको अदूरदर्शिता र लाचारी बडो भव्य रुपमा प्रदर्शन भयो । ‘पञ्चायतकालमा मरिचमानले प्लेनमा नुन ल्याएर समेत जनतालाई राहत दिएका थिए रे ! यसपाली नि त्यसै गरौँला’ भन्नेहरुले हिजोको तुलनामा आजको आवश्यकता कति बढेको छ भन्ने कुराको हेक्का राख्न भुलेछन् । भूकम्प गएको ८ महिना वितिसक्दा पनि आयोग नबन्दा जनताले राहत नपाइ जाडोका कारण ज्यान गुमाएका खबरहरुले सबैलाई मर्माहत एवं सरकार देखि निराश बनाए । यी र यस्तै घटनाक्रमहरुले नेपाली जनजीवन अस्तव्यस्त भइ रह्यो ।
हुन त हाम्रो देशमा थुप्रै कुसंस्कारहरु छन् । जनचेतना र शिक्षाको अभावमा ती संस्कारहरुले प्रश्रय पाएका छन् । सबै ठाउँमा समान विकास हुन नपाएकैले सहर–बजार र ग्रामीण भेगमा निकै नै अन्तर छ । सहर–बजारको जनजीवन विस्तैरै व्यक्तिवादी बन्दै गएको छ भने ग्रामीण समाजहरुमा अझै पनि हरेक व्यक्तिले लोकलाजलाई हेरेर काम गर्नुपर्ने परिस्थिति छ । सहरको जनजीवन व्यक्तिवादी यस अर्थमा बन्दै गएको छ कि यहाँका मान्छेहरुले आफूलाई उचित लागेको जिवनशैली अपनाउन सकेको छन् । ग्रामीण परिवेशमा यो सबै अझै सम्भव देखिँदैन । यहाँ अझै पनि पुराना रीति रिवाजका नाममा कुपरम्परा र अन्धविश्वासहरुले जरो गाडेर बसेका छन् । विगतका परिवर्तनहरुले ग्रामीण भेगका जनताहरुमाझ केहि हदसम्म चेतना त थपेको छ तर त्यो पर्याप्त छैन ।
हाम्रो समाजमा कतिपय कुराहरु गलत हुन भन्ने जान्दा जान्दै पनि विभिन्न पूर्वाग्रहहरुका कारण अभ्यासमा ल्याइन्छन् । समाजको नेतृत्व गर्ने र समाजलाई सहि बाटोमा अगाडि बढाउने जिम्मा लिएका राजनीतिक दलहरुले पनि आफ्नो राजनैतिक स्वार्थ साँध्नका लागी कु–परम्पराहरुलाई बढावा दिएको पाइन्छ । यस्ता अभ्यासको सिकार भनेको सदाझैँ कम्जोरहरु वा कम्जोर बनाइएकाहरु नै हुने हो । दलित र महिला अझै पनि यस्ता गलत अभ्यासहरुको सिकार बन्न बाध्य छन् । सिराहा नैनपुर गाउँका दिपक मल्लिकलाई पानी लिन जाँदा, दलित भएकै कारण, गाउँ नै उल्टेर आएर अवरोध गर्न खोज्नु अनि जनकपुरमा विवाह पञ्चमीका अवसरमा सहभागी हुन जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी माथि गरिएको दुव्र्यवहार अनि अपमान यसका ज्वलन्त उदाहरण हुन् ।
त्यसो त नेपाली समाजमा महिला माथिको विभेद कुनै नयाँ कुरा होइन । त्यसमाथि पनि एकल महिला भनेपछि हाम्रो समाजले कहिले सति प्रथाको निहुँमा त कहिलो बोक्सी र कुलक्षिणी भनेर अनेकौ पिडा र कष्ट दिँदै आएको छ । हाम्रो समाजमा ‘जसको पोइ नाइ उसको कोइ नाइ’ भन्ने जस्ता उखानले स्थान पाएको त्यसै त होइन होला । नारीको अस्तित्व पुरुषसँग गाँसेर मात्रै पुरा हुन्छ भन्ने सोच राख्ने र पुरुषको अनुपस्थितिमा उनीहरु केहि गर्न सक्दैनन् भन्ने सोच राख्ने समाज हामीमाझ अझै सास फेर्दैछन् । पतिको अल्पायुमा निधन हुँदा वा विवाह पश्चातको हरेक दुःख कष्टका लागी भित्र्याइएकी दुलहीलाई नै दोष दिने संस्कारले नेपाली समाज अझै पनि जकडिएको उदाहरण थुप्रै छन् । चन्द्र सम्शेरले सति प्रथाको त अन्त्य गराए तरपनि एकल महिलाले जीवनपर्यन्त रंगहीन जिन्दगी बिताउने पर्ने परम्परा यथावत नै रहिरह्यो ।
हुन त विश्वका हरेक कुनामा महिला र पुरुष विचको विभेद विद्यमान थियो र अझै छ पनि । तर त्यो विभेदको मात्रा फरक फरक छ । युग अनुसारको समानतापूर्ण व्यवहार गर्नबाट हामी धेरै चुकेका छौँ । राष्ट्रपति विद्यादेवी भण्डारीकै प्रमुख आतिथ्यमा सञ्चालित केहि हप्ता अघिको साझा सवालको एक कार्यक्रममा २०५१ सालमा सर्लाहीमा प्रजिअ बनेर गएकी अम्बिका केसीले आफू महिला भएकै कारण सहनु परेको विभेदपूर्ण व्यवहारको प्रसंग उल्लेख गर्दा हाम्रो समाजको तत्कालिन चित्र प्रष्ट हुन्थ्यो । सप्तरीमा चुनावका बेला उनी प्रजिअ भएर खटिँदा ‘जिल्ला लाई हेपेर महिला सिडिया पठायो’ भन्ने जस्ता कुराहरु चलाइए । उनले एक कार्यक्रममा बेला त्यसैको जवाफमा, ‘माननीय जी तपाईंका अघि पाइन्ट लाएर बसैाँ ? तपाईंका पाइन्ट लाउने भन्दा मैले कम काम गरेकी छु र ?’ भनी प्रतिवाद गर्दा बल्ल सबै चुप लागे । त्यो घटनाको २० वर्ष भन्दा बढि बितिसक्दा पनि महिलाहरुलाई प्रमुख जिल्ला अधिकारीका रुपमा नियुक्ति नदिने गरिएको कुरा प्रति चित्त दुखाउँदै उनले थपिन्, ‘महिलाहरु बढि इमान्दार, कर्तव्यनिष्ठ र उत्तरदाई हुन्छन् ।’ अयोग्य हुनु एउटा कुरा तर महिला भएकैले अयोग्य ठहरिनु अर्को कुरा । योग्यताको आधार लिङ्ग हुन सक्दैन । २० वर्षमा पनि यो अवस्थामा कुनै परिवर्तन नआउनुले हाम्रो समाजको विकासको गति र जनचेतनाको स्तरमा भएको परिवर्तनको गति प्रष्ट्याउँछ ।
सबै कुरा एकैपटक गर्न नसकिएला । तर थोरै भएपनि गरौँ । यसपाली देशले संयोगैले भन्नुपर्ला महिला राष्ट्रपति पाएको छ । राष्ट्रपति महिला मात्रै नभएर एकल महिला पनि भएकीले यसपटक उनी धेरैका लागी उदाहरण बन्न सक्छिन् । अझै उनी मधेसको दलित समुदायलाई प्रतिनिधित्व गर्ने भइदिएकी भए सुनमा सुगन्ध हुने थियो । तर जे होस्, उनले चालेको कदम सबैका लागी उदाहरण बन्ने छ । एकल महिलाले श्रृंगारलाई बहिस्कार गर्नु पर्ने, सामाजिक समारोहहरुमा उपस्थित हुनु नहुने, पुजाआजाका काममा संलग्न हुन नपाइने लगायतका बन्देजहरुलाई तोडेर उनले नेपाली समाजमा एउटा अनुकरणीय उदाहरण बनेर जानुपर्छ । कलिलै उमेरमा विधवा हुँदा पनि आजीवन एक्ली भएर बस्नु पर्ने, पुरुषले भने बर्खी नै नबारी नौली भित्र्याउन मिल्ने जुन विभेदकारी परम्परा छ, त्यसका हकमा पनि यसै बेला केहि गर्न सकियो भने देशले महिला राष्ट्रप्रमुख पाउनु उपलब्धिपूर्ण मानिने छ । बरु एकल पुरुषले एकल महिलासँग मात्रै विवाह गर्न पाउने कानुन बनोस । नत्र पतिको निधन पश्चात महिलाले आगोमा हाम फालेर सति नै नगएपनि बाँचुञ्जेल हरेक पटक लाञ्छना, आरोप, हेलाँ र हिंसाको सिकार भएर पटकपटक सति जानुपर्ने नियतिको निरन्तरता कायम नै रहिरहने छ ।
राष्ट्रपतिको भ्रमण पश्चात मन्दिर शुद्धि (?!)को लागी मन्दिर परिसर पखाल्ने र पुजारी समेतलाई चोख्याउने जस्ता कार्यहरुबाट मधेस कति पछाडि छ भन्ने प्रष्ट हुन्छ । अझ मधेस मात्रै किन, यो त एउटा प्रतिनिधि घटना हो । यस्ता विभेदका घटना गाउँघरमा कति हुँदा हुन् । जब राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेकी महिला माथि समाजले यो हद सम्मको अन्याय गर्न सक्छ भने विकट जिल्लामा भएका महिलाहरुको हालत के होला ? त्यसैले पनि जनमानसमा पहुँच भएका हरेक संचारको माध्यमहरुको प्रयोग गरेर समाजलाई यस्ता कुरीति र कुसंस्कारबाट मुक्त पार्नका लागी सबैले हातेमालो गर्नु पर्दछ । अनलाइनमा प्रकाशित लेखरचनाहरुमा प्रस्तुत विचारहरुको पहुँच जुन वर्ग सम्म छैन त्यो वर्गलाई अहिले स्थानीय तहमा खुलेका एफएम, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका संचार माध्यमहरु मार्फत फैलाइनु पर्दछ । अनि राजनैतिक स्वार्थका लागी सामाजिक रुढीको साथ लिएर मधेस केन्द्रित राजनैतिक दलहरुले जुन मुर्खता प्रदर्शन गरेका छन् त्यसको चारै तिरबाट विना कुनै पूर्वाग्रह विरोध गरिनु पर्दछ ।
कालो बादलमा चाँदिको घेरा हुन्छ भने जस्तै जनकपुरको घटनाको तिक्ताता भुलाउने अवसर फेरी जुटेको छ । विकट र पिछडिएको भेगका रुपमा चिनिने सुदूरपश्चिमले राष्ट्रपतिलाई स्वागत गर्ने मौका पाएको छ । कैलालीको गोदावरीमा माघ महिनाभरी लाग्ने महाकुम्भ मेलाको उद्घाटनका लागी राष्ट्रपतिको सहभागिता हुने भएको छ । यो सम्पूर्ण सुदूरपश्चिमी जनताहरुको लागी गौरवको कुरा हो । साथै सुदूरपश्चिमको छवि सुधार्नको लागी र मधेसले चुकेको ठाउँमा एउटा राम्रो उदाहरण दिएर देशभरिमै अनुकरणीय बन्नको लागी सुदूरपश्चिमेलीहरुले पाएको अवसर पनि हो । यो कार्यक्रमलाई सफल बनाएर नेपाली समाजमा एउटा परिवर्तनको सन्देश दिने अभिभारा सुदूरपश्चिमले पाएको छ । आशा छ यसको सहि ढंगले सदुपयोग हुनेछ । स्मरण रहोस, हामी त्यो संस्कारका अनुयायी हाँै जहा ‘यत्रा नार्यस्तु पुजयन्ते, रमन्ते तत्रा देवता’(जहाँ नारीको पुजा हुन्छ, त्यहाँ देवताको बास हुन्छ) भन्ने कुरामा विश्वास गरिन्छ ।
छ–छ वटा उप–प्रधानमन्त्री पनि देशले यसैबेला पायो । त्यसका साथै २१ जना मन्त्री, १० राज्यमन्त्री र दुई सहायक मन्त्री गरेर ४० सदस्यीय मन्त्रीमण्डल (इतिहासको तेश्रो ठूलो जम्बो मन्त्रीपरिषद) बनेको छ । संविधानसँग असन्तुष्ट पक्षहरुको आन्दोलनले तराई तनावग्रस्त पनि यसैबेला भइ रह्यो । भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका मारमा जनताहरुले नपाउनु दुःख पनि यसैबेला पाए । खाना पकाउने इन्धन देखि यातायातका साधनका लागी चाहिने डिजल पेट्रोलको अभावले जनजीवन कष्टकर बन्यो । सरकारले राष्ट्रियताका नारा दिने भन्दा बढि केहि बिकल्प दिन सकेन । हाम्रो नेतृत्वको अदूरदर्शिता र लाचारी बडो भव्य रुपमा प्रदर्शन भयो । ‘पञ्चायतकालमा मरिचमानले प्लेनमा नुन ल्याएर समेत जनतालाई राहत दिएका थिए रे ! यसपाली नि त्यसै गरौँला’ भन्नेहरुले हिजोको तुलनामा आजको आवश्यकता कति बढेको छ भन्ने कुराको हेक्का राख्न भुलेछन् । भूकम्प गएको ८ महिना वितिसक्दा पनि आयोग नबन्दा जनताले राहत नपाइ जाडोका कारण ज्यान गुमाएका खबरहरुले सबैलाई मर्माहत एवं सरकार देखि निराश बनाए । यी र यस्तै घटनाक्रमहरुले नेपाली जनजीवन अस्तव्यस्त भइ रह्यो ।
हुन त हाम्रो देशमा थुप्रै कुसंस्कारहरु छन् । जनचेतना र शिक्षाको अभावमा ती संस्कारहरुले प्रश्रय पाएका छन् । सबै ठाउँमा समान विकास हुन नपाएकैले सहर–बजार र ग्रामीण भेगमा निकै नै अन्तर छ । सहर–बजारको जनजीवन विस्तैरै व्यक्तिवादी बन्दै गएको छ भने ग्रामीण समाजहरुमा अझै पनि हरेक व्यक्तिले लोकलाजलाई हेरेर काम गर्नुपर्ने परिस्थिति छ । सहरको जनजीवन व्यक्तिवादी यस अर्थमा बन्दै गएको छ कि यहाँका मान्छेहरुले आफूलाई उचित लागेको जिवनशैली अपनाउन सकेको छन् । ग्रामीण परिवेशमा यो सबै अझै सम्भव देखिँदैन । यहाँ अझै पनि पुराना रीति रिवाजका नाममा कुपरम्परा र अन्धविश्वासहरुले जरो गाडेर बसेका छन् । विगतका परिवर्तनहरुले ग्रामीण भेगका जनताहरुमाझ केहि हदसम्म चेतना त थपेको छ तर त्यो पर्याप्त छैन ।
हाम्रो समाजमा कतिपय कुराहरु गलत हुन भन्ने जान्दा जान्दै पनि विभिन्न पूर्वाग्रहहरुका कारण अभ्यासमा ल्याइन्छन् । समाजको नेतृत्व गर्ने र समाजलाई सहि बाटोमा अगाडि बढाउने जिम्मा लिएका राजनीतिक दलहरुले पनि आफ्नो राजनैतिक स्वार्थ साँध्नका लागी कु–परम्पराहरुलाई बढावा दिएको पाइन्छ । यस्ता अभ्यासको सिकार भनेको सदाझैँ कम्जोरहरु वा कम्जोर बनाइएकाहरु नै हुने हो । दलित र महिला अझै पनि यस्ता गलत अभ्यासहरुको सिकार बन्न बाध्य छन् । सिराहा नैनपुर गाउँका दिपक मल्लिकलाई पानी लिन जाँदा, दलित भएकै कारण, गाउँ नै उल्टेर आएर अवरोध गर्न खोज्नु अनि जनकपुरमा विवाह पञ्चमीका अवसरमा सहभागी हुन जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी माथि गरिएको दुव्र्यवहार अनि अपमान यसका ज्वलन्त उदाहरण हुन् ।
त्यसो त नेपाली समाजमा महिला माथिको विभेद कुनै नयाँ कुरा होइन । त्यसमाथि पनि एकल महिला भनेपछि हाम्रो समाजले कहिले सति प्रथाको निहुँमा त कहिलो बोक्सी र कुलक्षिणी भनेर अनेकौ पिडा र कष्ट दिँदै आएको छ । हाम्रो समाजमा ‘जसको पोइ नाइ उसको कोइ नाइ’ भन्ने जस्ता उखानले स्थान पाएको त्यसै त होइन होला । नारीको अस्तित्व पुरुषसँग गाँसेर मात्रै पुरा हुन्छ भन्ने सोच राख्ने र पुरुषको अनुपस्थितिमा उनीहरु केहि गर्न सक्दैनन् भन्ने सोच राख्ने समाज हामीमाझ अझै सास फेर्दैछन् । पतिको अल्पायुमा निधन हुँदा वा विवाह पश्चातको हरेक दुःख कष्टका लागी भित्र्याइएकी दुलहीलाई नै दोष दिने संस्कारले नेपाली समाज अझै पनि जकडिएको उदाहरण थुप्रै छन् । चन्द्र सम्शेरले सति प्रथाको त अन्त्य गराए तरपनि एकल महिलाले जीवनपर्यन्त रंगहीन जिन्दगी बिताउने पर्ने परम्परा यथावत नै रहिरह्यो ।
हुन त विश्वका हरेक कुनामा महिला र पुरुष विचको विभेद विद्यमान थियो र अझै छ पनि । तर त्यो विभेदको मात्रा फरक फरक छ । युग अनुसारको समानतापूर्ण व्यवहार गर्नबाट हामी धेरै चुकेका छौँ । राष्ट्रपति विद्यादेवी भण्डारीकै प्रमुख आतिथ्यमा सञ्चालित केहि हप्ता अघिको साझा सवालको एक कार्यक्रममा २०५१ सालमा सर्लाहीमा प्रजिअ बनेर गएकी अम्बिका केसीले आफू महिला भएकै कारण सहनु परेको विभेदपूर्ण व्यवहारको प्रसंग उल्लेख गर्दा हाम्रो समाजको तत्कालिन चित्र प्रष्ट हुन्थ्यो । सप्तरीमा चुनावका बेला उनी प्रजिअ भएर खटिँदा ‘जिल्ला लाई हेपेर महिला सिडिया पठायो’ भन्ने जस्ता कुराहरु चलाइए । उनले एक कार्यक्रममा बेला त्यसैको जवाफमा, ‘माननीय जी तपाईंका अघि पाइन्ट लाएर बसैाँ ? तपाईंका पाइन्ट लाउने भन्दा मैले कम काम गरेकी छु र ?’ भनी प्रतिवाद गर्दा बल्ल सबै चुप लागे । त्यो घटनाको २० वर्ष भन्दा बढि बितिसक्दा पनि महिलाहरुलाई प्रमुख जिल्ला अधिकारीका रुपमा नियुक्ति नदिने गरिएको कुरा प्रति चित्त दुखाउँदै उनले थपिन्, ‘महिलाहरु बढि इमान्दार, कर्तव्यनिष्ठ र उत्तरदाई हुन्छन् ।’ अयोग्य हुनु एउटा कुरा तर महिला भएकैले अयोग्य ठहरिनु अर्को कुरा । योग्यताको आधार लिङ्ग हुन सक्दैन । २० वर्षमा पनि यो अवस्थामा कुनै परिवर्तन नआउनुले हाम्रो समाजको विकासको गति र जनचेतनाको स्तरमा भएको परिवर्तनको गति प्रष्ट्याउँछ ।
source:http://setopati.com/raajneeti/38143/ |
राष्ट्रपतिको भ्रमण पश्चात मन्दिर शुद्धि (?!)को लागी मन्दिर परिसर पखाल्ने र पुजारी समेतलाई चोख्याउने जस्ता कार्यहरुबाट मधेस कति पछाडि छ भन्ने प्रष्ट हुन्छ । अझ मधेस मात्रै किन, यो त एउटा प्रतिनिधि घटना हो । यस्ता विभेदका घटना गाउँघरमा कति हुँदा हुन् । जब राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेकी महिला माथि समाजले यो हद सम्मको अन्याय गर्न सक्छ भने विकट जिल्लामा भएका महिलाहरुको हालत के होला ? त्यसैले पनि जनमानसमा पहुँच भएका हरेक संचारको माध्यमहरुको प्रयोग गरेर समाजलाई यस्ता कुरीति र कुसंस्कारबाट मुक्त पार्नका लागी सबैले हातेमालो गर्नु पर्दछ । अनलाइनमा प्रकाशित लेखरचनाहरुमा प्रस्तुत विचारहरुको पहुँच जुन वर्ग सम्म छैन त्यो वर्गलाई अहिले स्थानीय तहमा खुलेका एफएम, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका संचार माध्यमहरु मार्फत फैलाइनु पर्दछ । अनि राजनैतिक स्वार्थका लागी सामाजिक रुढीको साथ लिएर मधेस केन्द्रित राजनैतिक दलहरुले जुन मुर्खता प्रदर्शन गरेका छन् त्यसको चारै तिरबाट विना कुनै पूर्वाग्रह विरोध गरिनु पर्दछ ।
कालो बादलमा चाँदिको घेरा हुन्छ भने जस्तै जनकपुरको घटनाको तिक्ताता भुलाउने अवसर फेरी जुटेको छ । विकट र पिछडिएको भेगका रुपमा चिनिने सुदूरपश्चिमले राष्ट्रपतिलाई स्वागत गर्ने मौका पाएको छ । कैलालीको गोदावरीमा माघ महिनाभरी लाग्ने महाकुम्भ मेलाको उद्घाटनका लागी राष्ट्रपतिको सहभागिता हुने भएको छ । यो सम्पूर्ण सुदूरपश्चिमी जनताहरुको लागी गौरवको कुरा हो । साथै सुदूरपश्चिमको छवि सुधार्नको लागी र मधेसले चुकेको ठाउँमा एउटा राम्रो उदाहरण दिएर देशभरिमै अनुकरणीय बन्नको लागी सुदूरपश्चिमेलीहरुले पाएको अवसर पनि हो । यो कार्यक्रमलाई सफल बनाएर नेपाली समाजमा एउटा परिवर्तनको सन्देश दिने अभिभारा सुदूरपश्चिमले पाएको छ । आशा छ यसको सहि ढंगले सदुपयोग हुनेछ । स्मरण रहोस, हामी त्यो संस्कारका अनुयायी हाँै जहा ‘यत्रा नार्यस्तु पुजयन्ते, रमन्ते तत्रा देवता’(जहाँ नारीको पुजा हुन्छ, त्यहाँ देवताको बास हुन्छ) भन्ने कुरामा विश्वास गरिन्छ ।
Comments
Post a Comment