मैले बलात्कार गरिरहें, तिमी बलात्कृत भइरह्यौ !? (तिमी नारी किन यति हठी ? –६ )


म पुरुष हुँ । म छोरो, बाबु, दाजु, भाइ, पति, देवर, भिना, काका, भतिजा, शिक्षक, हाकीम, सहकर्मी, नोकर, आदि सबैसबै हुँ । तिमी नारीसँगको मेरो गहिरो नाता छ । तिमी मेरो अस्तीत्वको कारक हौ । तिमीले नै मलाई जन्म दियौ । तिम्रा झ्याम्टाहरु चुसेर म हुर्कें । तिम्रो भ्रातृत्व र साथीत्वमा मेरो किशोरावस्था कट्यो । तिम्रो पतिप्रेमले मेरो गृहस्थावस्था सुखमय बन्यो । तिमीलाई छोरीको रुपमा पाउँदा मलाई गर्व भयो । यसबेला सम्म तिमी अन्य नाताहरुका रुपमा पनि मेरो जीवनमा आएर त्यसलाई रसमय बनायौ । मलाई तिमी नहुँदाको आफ्नो एकल अस्तीत्वको कल्पना गर्नु छैन । तिमीसँग बिताएका सानापलहरु पनि मेरालागि ठूलै महत्व राख्छन् । त्यसै त कहाँ भनेका होलान र ठूला बुझक्कीहरुले कि नारी भनेको पुरुषको लागि ईश्वरले पठाएको स्वर्गको क्षतिपूर्ती हो भनेर । तिमीलाई उपहार भनेकोमा वस्तु सम्झेछ यस्ले त हामीलाई भनि नसोच्नु । तिमी उपहारको सट्टामा जे पनि राख्न सक्छौ । मलाई आपत्ती हुने छैन । 
तिमीसँगका नाताहरु सँधै सहज भएनन् । तिमी मसँग जुनसुकै नातामा भएपनि हामीदुईको बीचको एउटा आधारभूत नाता स्त्री–पुरुषको हुन्छ । म तिम्रो लागि एक पुरुष, अनि तिमी मेरो लागि एक नारी । किशोरावस्तासम्म तिमीप्रतिको मेरो सोच एक हुन्छ । त्यसपछि किशोरवयमा प्रवेश गरेदेखि मेरो तिमी प्रतिको शोच एक्कासी फेरिन्छ । कामदेवको बाणले शिवजी बौलाहा भएजस्तै बहुलाहा बन्न पुग्छु म पनि । तिमी छेउमा आउँदा लाज मान्ने मान्छे ः सडकमा, चोकमा, जताततै तिमी देख्ने बित्तिकै तिमीलाई घाँटी बाङ्गो पारेर तिमी ओझेल नहुँदा सम्म तिम्रो शीर देखि पाउसम्म टटोल्न पुग्छु । तिम्रा हरेक बान्कीले मलाई लोभ्याउँछन् । म तिमीलाई कुनै नाता नभनेर यसरी टटोल्न पुग्छु । अनि मौका मिल्ने बित्तिकै तिम्रा स्पर्सहरुमा रमाउन खोज्छु । मन्दिर, घर, कार्यालय, सार्वजनिक स्थल, बस, भीडभाड, जताततै तिमीसँगको त्यस्तो सामिप्यको अपेक्षा राख्छु । तिम्रा हरेक स्पर्शले तनमा अनि मनमा अर्कै करण्ट दौडन्छ जसले मेरो नैतिकतालाई लाटो बनाउँछ । म नीतिका कुराहरुलाई त्यसपछि करणी अघि बलात्कारीले तिम्रा लत्ता मिल्काए जस्तै मिल्काउँछु । तर विश्वास गर स्खलनपछि म पहिलेको जस्तै सामान्य हुन पुग्छु । मेरो नैतिकता फेरि जाग्छ । मैले गरेका नराम्रा कामहरु प्रति मलाई पनि पछुतो हुन्छ । हुन त म तिमीमाथी करणी गर्दा समेत सचेतहुन्छु तर तिम्रो सामीप्यको नशाले त्यो आत्माको स्वरलाई दबाइ दिन्छ । तिम्रा प्रतिकार पनि मलाई आग्रह जस्ता लाग्छन् । तिमीसँगको हरेक नाता म विर्सन पुग्छु । मैले त्यसबेला सम्झने एक मात्र नाता भनेको तिमी स्त्री अनि म पुरुषः यत्ति हो । मेरा इन्द्रीयहरुको बशमा हुन्छु म । म अर्जुनको जस्तो अप्सराअघि पनि हायलकायल नहुने विक्रमोर्वशीय बन्न सक्दैन । अनि त तिमी मलाई बलात्कारी भन्छौ र म तिम्रो बलात्कार गरिरहन्छु । 
मैले बलात्कारको परिभाषा जान्न खोजें । ईच्छा विपरित करणी गर्नु । तर केही घटना बाहेक तिमीले मैले गरेका प्रयासहरुमा साथ नदिएको उदाहरण मैले पाएको छैन । हो तिमीले नाइ भनेकी छौ तर त्यसपछि मेरो स्पर्शहरुले तिम्रा लाजहरु चलाउँदै गएपछि तिमी पनि उदाङ्गिएकी छौ, नाङ्गिएकी छौ । तिमी मसँगको जुनसुकै नातामा भएपनि मेरो करणीको प्रयासलाई कहिले नबोलेर त कहिले मलाई नरोकेर मलाई साथ दिएकी छौ । तिमीले मलाई मात्र त दोष दिन त कसरी पायौ त ? तिम्रा झ्याम्टा चुस्दा तिमीले म बालक छँदा मातृत्व पुरा भएको ठान्थ्यौ त्यही चुसाइले म ठूलो भएपछि तिमीलाई पनि कुत्कुत्याउँथ्यो । त्यसैले त तिमीलाई मैले बारम्बार थाङनामा सुताए । अनि जुन दाजु÷भाइले तिमीलाई आड दिनुपर्ने हो त्यो दाजुको स्पर्शले पनि तिमीलाई उत्तेजित बनाउँथ्यो । तिमीले ती कृतघ्न हातहरुलाई रोक्न भन्दा आफु खुम्चिनु उचित ठान्थ्यौ । अनि मैले मात्रै आफुलाई किन दोष दिइरहने ? मैले पनि तिम्रा स्पर्शमा अरु स्त्रीबाटको आनन्द पाउँथे फरक तिम्रा आँखामा हुन्थे । ती रसाएका हुन्थे, त्यसैले त मैले तिम्रा आँखाहरु हेर्ने आँट कहिल्यै गरेन । तर तिमीलाई समय समयमा बलात्कार (तिम्रो शब्दमा) गरिरहें । तिमी मेरो प्रेमीका बनेर आयौ । मैले तिमीबाट पनि भरपुर सुख पाएँ । तिमी पहिले पहिले अन्कनाउँथ्यौ पछि आफै मलाई उक्साउँथ्यो । कतिपय पटक तिमीसँगको सम्बन्ध विवाहमा बाँधियो होला कतिपटक तिमीलाई पेट बोकाएर भागें होला । अनि कतिपटक तिमीले नै मलाई अधुरो छोडेर अरुकी पतिब्रता स्वास्नीको जीवन रोज्यौ । मैले के गर्ने ? तिम्रा हरेक निर्णयलाई कहिल्यै आँशु पिएर त कहिल्यै रक्सी पिएर सहें । कतिपटक तिम्रो तृष्णा मेटाउँदा पाएको धोकाले मैले सल्फास खाएर, झुण्डिएर, भीरबाट खसेर र यस्तै अन्य तरिकाले आफ्नो रहरलाग्दो जीवनमा पूर्णविराम लाएको छु । 
स्वास्नी भएर आयौ । मैले तिमीबाट आफ्नो नौलो संसार सृजना गर्ने सपना देखें । तिम्रो चहाना सँधै बुझ्न सकेन होला । तिम्रो इच्छा नभएको बेला पनि मैले तिमीबाट आफ्नो सुख पाउन खोजे तिमीले मलाई बलात्कारी भन्यौ । तर याद छ तिमीले पनि पछि मेरा प्रयासहरुमा साथ दिएकी थियौ । सित्कार माथि सित्कार थपेकी थियौ । व्यर्थै मलाई जबरजस्ती करणीको आरोप लगायौ तर तिमी स्वयंले रोजेको नियती थियो त्यो । यदि तिमीलाई चाहना नै नहुँदो हो त आफ्ना कुण्ठा नमेटिएको बेला तिमी घरका चौकिदार, कामदार र मेरा मित्रहरुसँग नारीने थिइनौ । चौकिदार, कामदार र मित्रका रुपमा मलाई तिमीमाथि करणी गर्दा अपराध बोध नभएको होइन । मालिक र साथीको विश्वास घात भइरहेको कुरा म पनि बुझ्थे तर तिम्रो नशा नैतिकवान हुनबाट मलाई रोक्थ्यो । तर पछि मैले पनि पछुतो मानेको छु बुझ्यौ । त्यस्तो नदोहो¥याउने कसम खाएको छु । तिम्रो उपस्थितिले तर ती कसमलाई तासको महल हावाले बिखेरे सरी बिखेरेका पनि छन् । 
तिम्रो श्रीमतिको नातासँगै तिमीले चाउचाउका दुइ किन्दा एक सित्तैमा भनेका जस्ता उपहार योजनामा मेरो जीवनमा भित्र्याएका सालीहरुमाथि मैले आँखा दौडाउने र उनीहरुमाथि करणी गर्ने अधिकार जस्तै पनि पाएको छु । केही हदसम्म समाजले पनि त्यो नातालाई अनुमोदन गरेको छ । त्यसैको फाइदा उठाएर मैले तिम्रो(सालीको) घर समेत उजाडेको छु । तिम्रो पतिलाई पारपाचुके गर्न लाएको छु । तिमीले पनि त सालीको रुपमा मेरो जीवनमा भित्रिदा मसँग एक दुरी राख्नुपर्ने कुरालाई भुलेकी थियौ । अनि मैले गरेका ठट्टाहरुमा मस्किँदै साथ दिएकी थियौ । अनि दोष मात्रै मलाई किन त ? तिमी कसम खाएर भन्न सक्छौ मसँगको पलहरुमा तिमी रमाएकी थिएनौ खाली मैले आफ्नो मात्रै रहर मेटेको थिएँ भनेर ? 
मैले कार्यालयमा कहिले हाकिम त कहिले तिम्रो सहकर्मीको रुपमा पनि काम गरे । हाकिम भएर तिमीसँग छिल्लिए अनि तिमी मस्कियौ । मनमनै गाली ग¥यौ होला तर तिमीले मुखै फोरेका उदाहरण चाहिं कमै छन् ।  तिम्रो सहकर्मी भएर पनि तिमीसँग लसपस गरेँ । तिमीले बाहिरी रुपमा मलाई रोके जस्तै गरेपनि पछिपछि तिमीपनि मलाई भरपुर साथ दिन्थ्यौ ।  कार्यालयका अविवाहित महरुले तिमीसँग विहेबारी पनि गरे । कतिले तिमीलाई रहर देखाएर तिम्रो बैससँग आफ्ना आश्वासनहरु साँटे । थाह छ, म पियन हुँदा अनि तिमी हाकिमनी हुँदा पनि हामीले कार्यालयमै रासलीला रचाएको । के त्यसमा पनि म पियन कै दोष थियो त ? तिमीले पनि त केही हदसम्म छुट दिएकी थियौ मलाई त्यसो गर्नलाई । तिमीले किन भुलेकी म जे जस्तै भएपनि आँखिर पुरुष थिएँ । एउटा चाहना र आवश्यक्त भएको पुरुष । तिम्रा आदर्स पुरुषको कल्पनामा खरो उत्रन नखोजेको हाइन । तर गाह्रो भयो । त्यसैले त्यसो गरेँ । तिमीले जे भनेपनि तिमीले मलाई म मैजस्तो हुनमा साथ दिइरह्यौ । 
मैले गृहस्थावस्थामा प्रवेश गरेपछि छोरीको रुपमा तिमी आयौ, भतिजीको रुपमा आयौ अनि अन्य उमेरका हिसाबले म भन्दा साना नाताहरुमा तिमी आयौ । तिमी सानो छँदासम्म त ठिकै थियो तर तिम्रो उमेरले तिम्रा पहिरन कसिँदे जान थालेपछि र तिमीमा नारीत्वका लक्षण देखिँदै जान थालेपछि तिम्रो सामिप्यताले पनि मलाई बहुला बनाउँथ्यो । तिम्रा पहिरनमा तिमी त्यति ध्यान दिँदैन थ्यौ । तर मेरो सम्पुर्ण ध्यान त्यसैमा हुन्थे । त्यसैले त तिमीलाई म राम्रा र ढाकिने पहिरन लगाउन भन्थे । तिमीले त्यसलाई आफ्ना अधिकारको कटौती अनि म संकीर्ण भएको भनेर हे¥यौ 
                 पुरुष भएर जन्मनुको फाइदा उनीहरुले केही खुलेर कुरा गर्ने छुट पाएका हुन्छन् । विशेष गरि हाम्रो जस्तो रुढीग्रस्त समाजमा धेरै कुराहरुमा नारीहरुलाई खुलेर बोल्ने छुट दिइएको हुँदैन । उनीहरुका पक्षमा वकालत पनि कतिपय ठाउँहरुमा पुरुषहरुले गरिरहेका हुन्छन् । त्यो कुरा अहिलेको ग्रामीण भेगका लागि र पहिलेको परिवेशमा सहर बजारका लागि पनि ठीकै थियो होला । तर अब युग फेरिएको छ । नारीहरुले पनि आफ्ना आवाजहरु बुलन्द गर्ने अवसरहरु पाएका छन् । उनीहरुले त्यस अवसरलाई सुरक्षित राख्न र आफ्ना हकहितका कुराहरु सुनिश्चित गर्न अनि आफुमाथि हुने गरेको अन्याय अत्याचार विरुद्ध भावी पुस्तालाई सचेत बनाउन ढिलाई किन गर्ने ? 

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला