प्रवास, देश अनि चुनाव
देशमा रहँदा भन्दा देश बाहिर पसेपछि देशको माया बढ्दै जान्छ । देश प्रतिको चाँसो पनि अझै दोब्बर हुँदै जान्छ । देशमा हुन लागेका परिवर्तनहरुले बेलाबेला आशाका किरणहरुको काम गर्छ । विदेशमा बस्दाको दुःख र कष्टले गाउँघर त्यागी आउँदाका आशा र सपनाहरु फेर्दछ । मनमा त लाग्छ यत्तिको दुःख गर्दा घरैमा पनि त केही गर्न सकिन्थ्यो होला । फेरी देशको खबर बुझ्यो उस्तै छ । साना दुःखले त मान्छे विदेशै पो किन पस्छ र ?
देशमा आजका मिति सम्ममा आएर थुप्रै परिवर्तन भए । हुन त विगतको तुलनामा देश धेरै अगाडी बढि सकेको छ । हाम्रा बाउबाजेका पालाको राजनीतिक चेतनाको स्तर र अहिलेको राजनीतिक चेतनाको स्तर हेर्ने हो भने त्यसमा आकास पातालको फरक छ । राजनीतिक रुपमा जनताहरुले पहिलेको भन्दा धेरै अधिकार पाइसकेका छन् । ००७ सालको परिवर्तनले जहानीयाँ राणा शासनको अन्त्य गरेर जनताको छोरोले पनि राज्यसत्ता संचालनमा ल्याउन सक्छ भन्ने प्रमाणित भयो । राम्ररी अभ्यास गर्न नपाउँदै शिशु अवस्थामै मारिएको त्यो प्रजातन्त्र फेरी ०४६ सालमा आएर बौरी उठ्यो । जनताहरुमा फेरी आशा पलायो । ०४७ सालको संविधान अनि एक दशक भन्दा लामो त्यसको अभ्यास सकिन नपाउँदै देशमा अर्को आन्दोलन सुरु भइसकेको थियो । विभिन्न सुधारका मागहरु राख्दै देशका सर्वहारालाई अधिकार सम्पन्न बनाउने भन्दै देशमा आन्दोलन चल्यो । राजतन्त्रको अन्त्यको कल्पना सम्म नगरेका नेपालीले ०५८ सालको दरवार काण्ड पछि आस्था घट्दै गएको राजतन्त्रको अन्त्यका लागि ०६२÷०६३ को उन्नीस दिने दोस्रो जनआन्दोलन एक जुट भएर अघि बढे । देशमा कुनै पनि किसिमको सामन्ती संस्था नरहोस् भन्ने चाहना र मनोभावनाले आन्दोलित जनताहरुले २५० वर्ष देखि आस्था गरि आएको राजतन्त्रलाई पनि नेपाली इतिहाँसका पानाबाट विदा गरे । थुप्रै आशा र भरोसा का साथ गणतान्त्रिक नेपालको स्थापनार्थ संविधान सभाको चुनाव भयो । १२ वर्षे जनयुद्धबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेको माओवादीलाई नेपाली जनताले सबै भन्दा ठूलो दलका रुपमा निर्वाचित गराए । उनीहरु प्रति धेरै आशा र भरोस थिए । काँग्रेस र एमाले लगायतका दलको राजनीति देखिसकेकाले पनि माओवादीमा बढि आशा–भरोसा बढेको हो । तर ०६२÷०६३ को जनआन्दोलन पछिका विकसित घटनाक्रममा एनेकपा माओवादीको र त्यसका नेताहरुको भुमिकाले पालैपालो जनताहरुलाई निरास बनाउँदै लगे । चार वर्ष सम्म म्याद पाएको संविधान बनाउने संविधान सभा सत्ताको लुछाचुँडीमै सकियो । संविधान सभाको असामयिक अवसान पछि देश झन अन्योलको खाडलमा जाकियो । स्वतन्त्र न्यायपालिका र कार्यपालिका एकै व्यक्तिले चलाएको दिन पनि नेपाली जनताले देखे ।
यति हुँदासम्ममा देशको नयाँ सम्विधानका धेरै अध्यायहरु कोरिसकिएका छन् । देशले थुप्रै समय र सम्पत्ति ती अध्याय कोर्नका लागि खर्च गरिसकेको अवस्था छ । त्यो उपलब्द्धिलाई विर्सनु वा त्यो उपलब्द्धिलाई पूर्णतामा पु¥याउन नसक्नु हामी सबैको असफलता हुनेछ । त्यसैले पनि बाँकि रहेका केही मुद्दाहरु टुङ्गयाउने उद्देश्यले हुन लागेको मंसिर ४ को निर्वाचन नै हाल आएर सबै नेपालीको प्रतिक्षाको विषय भएको छ ।
नेपाली राजनीतिको हालसम्मको घटना क्रमले नेपाली जनमानसमा एक किसिमको नैराश्यता फैलाएको कुरा नयाँ होइन । सबैले सुरुवातमा राम्रा नाराहरु दिए पनि सत्तामा पुग्दा आफ्ना बाचाहरु सबै भुल्ने प्रवृत्तीले नेपाली नेताहरुले ‘जति जोगी आए पनि कानै चिरेका’ भन्ने उखानलाई चरितार्थ पारेको महसुस हुन्छ । यस्तै नैराश्यता कै उपज मानिने नेताहरुमाथिको जाइलागी (झलनाथ देखि प्रचण्डलाई झापड हानेका काण्डहरु) का घटनाहरुले अराजक भएपनि फेसबुक लगायतका सामाजिक संजालहरुमा थुप्रै वाहवाही पाए । नेता माथि जाइलागीका घटनाले वाहवाही बटुल्नु भनेको नेताहरु प्रतिको नैराश्यताको पराकाष्टा हो ।
गलत गर्नेलाई कानुन सम्मत कार्वाही हुनुपर्छ भन्ने कुरामा कसैको दुईमत छैन । तर व्यक्ति आफैले स्वविवेकमा जे पायो त्यहि गर्नु उति राम्रो कुरा होइन । यस्ता घटनाहरुले नेपाली समाजमा बढावा पाइरहनु राजनीतिक दलहरुको नालायकी त हो नै साथै नेपाली जनताहरुको व्यवस्था प्रतिको वेवास्था पनि हो ।
युवापिढी पनि राजनीति प्रति निकै निराश देखिन्छ । राजनीति तर्फ उनीहरुको वितृष्णाले उनीहरु आफूलाई सकेसम्म राजनीतिबाट टाढा राख्न चाहन्छन् । जर्मनीमा एनआरएन (आप्रवासी नेपालीको संस्था) निर्वाचनका क्रममा निर्वाचनमा सहभागी हुन आह्वान गर्दा ताका विद्यार्थीहरुले देखाएको असन्तुष्टीले पनि त्यो कुरा प्रष्ट हुन्थ्यो । धेरै जस्ता विद्यार्थीहरु स्वदेशी राजनीति जस्तो राजनीति विदेशमा पनि नहोस् भन्ने चाहन्थे । थोरै मात्र एनआरएन निर्वाचनका कुरालाई सकारात्मक रुपमा हेरेर त्यसलाई प्रवासमा बसेर देशको लागि केही गर्नसक्ने क्षमता राख्ने नेतृत्व चयनको अवसरका रुपमा हेर्दथे । सत्ताको लागि हानथाप गर्ने प्रवृत्तीवाट ग्रस्त नेपाली राजनीति प्रवास पस्दा पनि झण्डैझण्डै उस्तै देखिन्थ्योे । त्यसैले युवाहरुको नैराश्यता बुझ्न गाह्रो थिएन ।
अब हुन लागेको आम निर्वाचनका बारेमा प्रबासी नेपालीको धारणाका लागि आदरणीय किशोर दाइले अनुरोध गर्दा मैले सबैको मनसाय बुझ्न यहाँका विद्यार्थीहरुको फेसबुक समूहहरुमा प्रश्न राखेको थिएँ । कसैले पनि उत्तर दिने जाँगर देखाएनन् । व्यक्तिगत रुपमा प्रश्नहरु राख्दा पनि आशाका कुराहरु कसैको मुखबाट सुन्न पाइएन । सबैले ‘उस्तै त हो नि के हुन्थ्यो’ भनेर टारे । स्पेन भ्रमणका क्रममा भेटिएका नेपालीहरुसँग पनि प्रश्न गरि हेरेको थिएँ । आफ्नै कथा व्यथा बोकेका उनीहरु पनि चुनाव हुने कुरा मात्रैले आशावादी नभइसकेको अवस्था देखिन्थ्यो । घर पनि अहिल्यै नफर्कने कुरा राख्थे ।
जसले जे जस्तो धारणा राखे पनि के कुरा चाहीँ सत्य हो भने देश अहिले कै सरकार र संविधान विहिन अवस्थामा धेरै लामो समय सम्म रहनु हुँदैन । त्यसै गरी देशले अहिले सम्म संविधान निर्माणमा खर्च गरेको धन र समय पनि त्यत्तिकै खेर जानु हँदैन । चुनावले धेर थोर देशमा हलचल पैदा गरि सकेको छ । चुनावका सहभागीहरु आफ्ना मतदाताहरुलाई विभिन्न किसिमले आफ्नो पक्षमा पार्न लागि परेका छन् ।
हो अहिलेको चुनाव भनेको पहिलेको संविधान सभाको चुनाव जत्ति आसलाग्दो छैन । विगतका वर्षहरुमा धेरै आशा र भरोसाको हत्या भइसकेको छ । तर यो समय भनेको दिवंगत आशा भरोसाको शोकमा बिताउने भन्दा पनि नयाँ सपनाहरु जन्माउने समय हो । विगतमा गल्ती नेताहरुले मात्रै गरेका होइनन् । देश भनेको नेताहरुले मात्रै चलाउने होइन । त्यत्रो कर्मचारी तन्त्र छ । अनि त्यो कर्मचारी तन्त्रमा सबै हाम्र्रै आफन्तहरु छन् । प्रशासनिक कमी कमजोरीका लागि उनीहरु पनि उत्तिकै जिम्मेवार छन् । अनि उनीहरुसँगै प्रत्यक्ष परोक्ष रुपमा हामी पनि जिम्मेवार छौँ । प्रकृया पु¥याएर अलि लामो समय लगाएर काम गराउन भन्दा पैसा दिएर काम छोट्याउने हाम्रो बानीले पनि देशमा यो दिन ल्याउन पुगेको हो । आफ्ना जिम्मेवारी सबैले भुल्ने अनि अरुमाथि दोसारोपणमा कहिल्यै पछि नपर्ने हाम्रो बानी पनि देशको यो स्थितिका लागि उत्तिकै जिम्मेवार छ ।
नेताहरु सबै हामीले नै छानेका त हुन् । तथ्यांकले नै बताउँछ कि जम्मा चार प्रतिशत नेपाली मात्रले नेताका चुनावी घोषणा पत्रलाई महत्व दिएर हेर्ने गर्छन । बाँकि सबैले आफ्ना मताधिकारको त्यति उचित सदुपयोग गर्दैनन् । हामीले नै रोजेका मान्छेहरुले न हो देश यहाँ सम्म पु¥याएको । अनि रोज्ने हामी भएपछि दोस उनीहरुको मात्रै कसरी भयो ।
विगतमा जे जस्ता गल्तीहरु भएका भए पनि यसपटक सचेत भएर निर्वाचनमा भाग लिऔँ । आफुलाई मन परेको र आफुले विश्वास गरेको मान्छेलाई चुनावमा विजयी गराऔँ । चिनजानका भरमा वा नातागोताका भरमा भन्दा पनि क्षमता अनुसार वा उनीहरुको चुनावी घोषणा पत्रमा प्रस्तुत कार्यक्रम र नीति अनुसार उनीहरुलाई असल र खराब भनि छुट्याऔँ । सायद यति गर्दा अबको संविधान सभालले पक्कै पनि राम्रो परिणाम ल्याउने छ ।

Comments
Post a Comment