मधेस मुद्दा र भारतीय नाकाबन्दी
‘मेरो घरमा त एउटा भाउजु नेवार, तीनवटा भिनाजु पहाडी बाहुन, काकीहरु सुदूरपश्चिमको क्षेत्री छन् । अब मेरो परिवारले कसलाई समर्थन गर्ने ?’ साथी कल्पनाले दुखेसो पोखिन ।
मधेस मुद्दा पेचिलो भएसँगै मधेसका सवालमा केहि कुरा लेख्न मन लाग्यो । विद्यालय देखि बजारका चोकचोकमा मधेसीमाथि विशेष गरी पहाडी समुदायबाट गरिने दुव्र्यवहार आदिका एकपछि अर्को लेखहरु पढ्दा ‘हाम्रो समाजमा यत्तिकै अन्याय भएको छ त?’भनेर घोत्लिन बाध्य भएको थिएँ । त्यसैले आफूसँगै विद्यालय जीवन विताएकी कल्पना झालाई मधेसी भएर पहाडी समुदायका छात्रछात्राबीचमा अध्ययन गर्दा आइपरेको कठिनाइहरुका बारेमा सोधेको थिएँ ।
मेरो समाजमा सद्भाव थियो या एक समुदाय चुप लागेर र अर्को शोषक भएर बसेको थियो भन्ने कुराको सोझो उत्तर छैन । पहाडी, थारु, मधेसी र विदेशी सबै समुदायमा शोषक र शोषित थिए । थारु जमिन्दार पनि थिए अनि थारु कमैया पनि थिए । मधेसी कपाल काट्ने पनि थिए मधेसी गणित पढाउने पनि थिए । विदेशी सडकमा अलकत्रा ओछ्याउने, चटपट बेच्ने, कबाडको काम गर्ने, गिट्टी कुट्ने, चर्पी साफ गर्ने पनि थिए अनि मिल मालिक र गल्ला साहु पनि थिए । जो होचो उसका मुखमा घोचो भने जस्तै हरेक समुदायका कम्जोरमाथि अन्य बलियाहरुले भ्याए सम्म दमन र शोषण गरेका थिए ।
कक्षामा मधेसी र विदेशी दुबै थिए । पूर्वी तराईबाट ऊ थिइ भने राजस्थानका मारवाडीहरु पनि कक्षामै थिए । हामी स्कुल जीवन विताउँदा सम्म ती विदेशी थिए । विगतमा नयाँ जनाधार खडा गर्नेहरुले विश्वविद्यालयमा विद्यार्थी नेताले चुनावका नजिक निशुल्क भर्ना गरेर परिचयपत्र बाँडेको जस्तै अभियानमा नागरिकता पाएका भए थाह भएन । नत्र म हुर्केको समाजमा पहाडी, थारु, मधेसी र विदेशी सबै थिए । साथीभाइमा नाम विगार्ने जिस्काउने कुराहरु सामान्य थिए । पण्डित, चुट्टी, चिरकुट, छगरवाल, बोका, काले, काली, गण्ठा, लम्बु, आदि थुप्रै नाम थिए । यसमा जातीय भावनाले कसैलाई होच्याउने या दुव्र्यवहार गर्ने गरी न्वारन गरिएको थाहा भएन ।
हेर्दा हेर्दै हनुमान मिलको साहुले हाम्रो पिस्न लगेका गहुँ र कुट्न लगेका धान चोरेर ठूलो मिल खोल्यो । हेर्दा हेर्दै बोरामा ब्यापार सुरु गरेका एक अग्रबालले ठूलो मैदा कम्पनी खोले । गल्लावाल साहु त कति जन्मिए कति । विदेशीले थुप्रो कमाए । फेन्सी स्टोर वाला, नायलनको डोरी र प्लास्टिकका भाँडा बेच्ने पसले, गोलगप्पा बेच्ने रामबाबु, क्याम्पस चोकको चटपटे, सबैले मनग्गे कमाए । अनि त्यसैमा आजको दिन सम्म पनि दुःख गरेर निम्नस्तरको जिवनस्तर जिउने विदेशीहरु पनि छन् । ‘खास्ता करारे मम्फले’ र ‘ठण्डा मिठा बरेफ’ का व्यापार गर्नेले पनि जिवनोपार्जन गरेकै छन् ।
सानो छँदा खेतको बीचको दुई कट्ठा जमिनमा दुई कोठे घरमा बाल्यकाल कट्यो । वरपरका सबै खेत थारुका थिए । उनीहरुको बोरिङ्ग थियो । खेतमा पानी लाउन बोरिङ्ग चलाउँथे । हामी कट्टु गन्जीमा बोरिङ्गमा नुहाउन जान्थ्यौँ । बेलाबेला गाली खाइन्थ्यो, कुटाइ खाइन्थ्यो । घरमा पालेको गाईले फुत्केर खेतका धान खाँदा थरुनी बडो कराउँथी । कतिबेला त गाइलाई नगरपालीकामा लगेर बाँधि दिन्थी । छुटाउन जरिवाना तिर्नु पथ्र्यो । अस्ति घर जाँदा पुरानो घर पछाडिका खेतमा धानको ठाउँमा नयाँ घरहरु उम्रीएका थिए । ‘डोट्लाक छावा’, ‘खसीया’, आदि उपनाम त हामीले पनि पाएका थियौँ । अनि अर्को तर्फा खेतमा अधिँया लाउने बिष्णु दाइको परिवार थियो । अधियाँमा खेत मालिकले खेतीको आधा खर्च बेहोर्छ । उत्पादन भएको जतिमा बिऊ झिकेर बाँकी बराबर भागमा बाँडिन्छ । हामी बुबाले दाइ भनेको सुनेर हामी पनि दाइ भन्थ्यौँ । उनकी श्रीमति लाई भौजी भन्थ्यौँ । उनीहरुले तिनै सम्बोधन मन पराउँथे । उनीहरु ‘डगौरा थारु’ (दाङ्गबाट आएका) थिए । पछि बनका ऐलानी जग्गा जोत्दै गरि खाने मेलो बनाए । छोरोले पहिले खेत लाउँथ्यो पछि वनको काठ बेच्थ्यो । उसलाई बाबुको जस्तो खेती गरेर खाने रहर थिएन । फुटबल पनि खेल्थ्यो । अचेल के छ थाहा छैन ।
पूर्वी मधेसका उती सारो मानिसहरु हामीकहाँ आउँथेनन् । प्राय सिमावर्ती भारतीय इलाकाहरुबाट कामका सिलसिलामा अनि व्यापारका सिलसिलामा देश भित्रिएकाहरु थिए । मधेसीलाई जनकपुरीया र विदेशीलाई धोती, भैया, भेले, आदि उपनामहरु दिइन्थे । भारतीय चलचित्रहरुमा बेलाबेला नेपालीहरुलाई बहादुर आदि उपनामले खिल्ली उडाइ रहने अनि भारतीय सिमामा नेपालीमाथि गरिने दुव्र्यवहार, पसलेले गर्ने ठगी, सिमामा भारतमा काम गरेर फर्कने कामदारलाई कठालो समातेर जबरजस्ती टाँगामा हुल्ने र मनलागी भाडा असुल्ने अनुभव, घरमा गहना साफ गर्ने नाउमा चोरी गर्ने घटनाहरु, सन्तोषीमाताका भक्त बनेर सोझासाझा आइमाइलाई फकाएर धनमाल कुम्ल्याउने अनुभवहरुले भारतीयहरु प्रति सम्मानजनक व्यवहार गर्न उती कसैलाई मन हुँदैन थियो । गौरी फण्टाको बजारमा भोगेको पिडाको बदला धनगढी पुगेपछि लिन्थ्यौँ । बनबासामा टाँगावालले गरेको दुव्र्यवहारको भरपाई मम्फले र बरेब बेच्नेले पाउँथे । त्यही हो जहाँ जो बलियो थियो त्यहाँ उसले निर्बलीयामाथि थिचोमिचो गर्दथ्यो । ट
थारुहरु कमैया बसेको कथा सम्म सुनेको हो । कमैया मुक्ती घोषणा पछि धनगढी बजारकै बीचमा कमैया बस्ती बसेपछि त्यसका बारेमा बढि थाहा हुँदै गयो । सरकार बाट पाएका १० कट्ठा खोला किनारमा प¥यो र बसोबास गर्न लायक भएन भनेर कति त्यहाँ फर्किएका थिए । कतिले जग्गा पाउने लोभले त्यहाँ टहरा बनाएका थिए । दिन मज्दुरी गरेर जिविकोपार्जन गर्दथे । माओवादी कालमा थारुहरुमाथि प्रहरीहरुले केहि दुव्र्यवहार गरेका घटनाहरु सुनिन्थे । संका लाग्दा जसलाई पनि गर्थे । मलाई समेत बेलाबेला ब्यारेक नजिक कुइना देखाउन लाएका थिए । जसका लागी पनि प्रहरी र सेनाको गाली र बोली त एकनासै हुन्थ्यो ।
सायद हामी सभ्यताको सुरुवाती खुट्कीला उक्लँदै छौँ । एकअर्कालाई सम्मान जनक व्यवहार गर्ने संस्कार अझै बसीसकेको छैन । आफु बलिया भएको ठाउँमा कम्जोरहरु माथि तागत देखाउने स्वभाव हावी छ । अहिले यिनै कुरालाई जातीय रंग पोतेर राजनीतिक मुद्दा बनाइँदै छ । कैलाली कञ्चनपुरमा धेरै थारु छन् तर बहुसंख्यक पहाडी पनि छन् । कैलाली भन्दा पनि कञ्चनपुर सुदूरपश्चिमका पहाडी जिल्लामा बस्नेहरुकालागी भारत पस्ने बाटो थियो । विस्तारै उकाली ओरालीको दुःख विर्सन पहाडका मानिसहरु तराईं झरे । मच्छर र घामले दुबैलाई जात नहेरी उत्तिकै दुःख दिए । मुट्ठीभर मानिसले गरेका गल्तीमा समुदायलाई जुन किसिमले अपराधी करार गरिँदैछ त्यो एकदमै दुःखलाग्दो छ । कैलालीको कमैया जीवन विताएको थारु र पहाडका हलियाहरुको दुःख मलाई उति फरक लाग्दैन । मधेसमा सरकारको पहुँच नपुगेर विकासका सामान्य पूर्वाधार उपभोग गर्न नपाएका जनताको गुनासो र महाकालीमा तुहिन चढेर नदि पार गर्ने पहाडीको बाटो घाटो अनि पुल बनोस भने आकांक्षा मलाई उति फरक लाग्दैन ।
यी कमी र कम्जोरीहरु थुप्रै छन् । यिनको निकास मिलेर खोज्नु छ । तर हरेक विभेद र पहुँचका कुरालाई जातीय रंग पोतेर देशमा अशान्ती मच्चाउँदा सायद कुनै पनि जाती या वर्गलाई हित हुँदैन । यहाँको समाज यसरी मिसिएर बसेको छ कि कुनै एक जातले अर्कोलाई निषेध गरेर अगाडि बढ्न सक्दैन । अहिले मधेसले सोचेको छ नाकाबान्दीले पहाडी मुख छेकिएको छ । तर कालीदासले जस्तो आफै बसेको रुखको हाँगो काटेर आफू सफल भएको ठान्नु मुर्खता भन्दा केहि हो जस्तो लाग्दैन । यसपटकको विदेशी स्वार्थले संविधानमा ठाउँ पाएन उनीहरुको हस्तक्षेपको वेवास्था गरेर नेताहरु अघि बढ्न चाहे र त्यहि ठूलदाई बन्न नपाएको रोष आपूर्तीका बाटो छेकेर पोखीरहेको बेला र नेतृत्वले घुणा टेकोस् भन्ने इक्षा राखीरहेका बेला केहि नेताहरु त्यसलाई आफ्नो सफलता मान्दैछन् । जसले मधेसको मुद्दा बेचेर मन्त्रालयहरु पाए, जसले आफू पदमा हुँदा मधेसको लागी केहि गरेनन् भनेर मधेसी जनताले नै चुनावमा हराए अब तिनीहरुनै आफ्नो सकिएको राजनीति पुनःप्राप्तीका लागी अनेकौँ अर्घेलो सारेर सम्पूर्ण देशलाई नै दुःखी बनाइ रहेका छन् । मलाई जान्न मन छ, यो नाका बन्दीले के दैनिक जिविको पार्जन गर्न ज्याला मज्दुरी गर्ने र रिक्सा चलाउने वर्गलाई केहि गरेको छैन त ? उनीहरुको श्रम गरेर बाँच्न पाउने अधिकार कुण्ठित भएको छैन ? ‘छोरी कुटेर बुहारी तर्साउने’ भने जस्तै नेपाली जनतालाई दुःख दिएर नेताहरुमाझ आफ्नो मागका लागी दबाब दिने व्यवहारको अन्त्य अब हुनुपर्छ । जनताहरुले पनि आपसमा फाटो ल्याएर देशको साधन श्रोत र सत्तामा मनोमानी गर्न खोज्नेहरुको असली अनुहार चिन्नु पर्छ ।
नेतृत्वले आन्दोलनकारीका मागहरुमा केहि सकारात्मक माग पनि रहेको कुरा स्वीकार गरि सकेको छ । यदि त्यसो हो भने भुल सच्याउन किन ढिलाई गर्ने । यदि एक दुई शब्दको हेरफेरले देशले निकास पाउँछ भने त्यसमा फेरबदल गर्न कुन कुराले छेकेको छ ? आन्दोलनकारीका जायज मुद्दाहरुलाई एक संसोधन मार्फत सच्याएर आन्दोलन रोक्न आह्वान गरौँ । विचौलीयाहरुसँग भन्दा जनतासमक्ष गएर कुरा राखौँ । पृथ्वी नारायण शाहको दिव्य उपदेश मध्ये दुई शक्तिलाई रिझाएर देशको स्वार्थ सिद्ध गर्नु भनेको कुरालाई अहिलेको नेतृत्वले चटक्कै विर्सेको छ । भुकम्पले थिलथिलो भएको देशलाई नाकाबन्दी थपेर नेतृत्वले आफ्नो अदूरदर्शिताको भरपुर प्रदर्शन गरिसकेको छ । यसलाई चाँडो भन्दा चाँडो सच्याउन सक्नु पर्छ ।
नेतृत्वले सुधार गर्नुपर्ने कुरा नेतृत्वले सुधारोस । हामी आपसमा सुधार गर्नुपर्ने कुराहरुको जिम्मा लिऔँ । जातभात केहि नभनी सबैलाई मानवीय व्यवहार गरौँ । सबैलाई सम्मान गरौँ । अरुलाई इज्जत दिँदा न हामीले इज्जत पाउने पनि हो । नयाँ पुस्ताका लागी राम्रा संस्कारहरु छोडेर जाआँै । विभेद दर्शाउने हरेक व्यवहारलाई आफू पनि नगर्ने र आफ्नो वरपर पनि हुन नदिने गरौँ । त्यसो गर्दा हामीलाई कसैले आपसमा लडाउन सक्ने छैन । हामी एक सभ्य र संस्कृत समाज निर्माण गर्नमा सफल हुनेछौँ ।
‘यो दुई जाती बीचको नभएर सत्ता र जनता बीचको लडाइ हो ।’ साथी कल्पनाले कुरा टुङ्ग्याउँदै भनी ।
मधेस मुद्दा पेचिलो भएसँगै मधेसका सवालमा केहि कुरा लेख्न मन लाग्यो । विद्यालय देखि बजारका चोकचोकमा मधेसीमाथि विशेष गरी पहाडी समुदायबाट गरिने दुव्र्यवहार आदिका एकपछि अर्को लेखहरु पढ्दा ‘हाम्रो समाजमा यत्तिकै अन्याय भएको छ त?’भनेर घोत्लिन बाध्य भएको थिएँ । त्यसैले आफूसँगै विद्यालय जीवन विताएकी कल्पना झालाई मधेसी भएर पहाडी समुदायका छात्रछात्राबीचमा अध्ययन गर्दा आइपरेको कठिनाइहरुका बारेमा सोधेको थिएँ ।
मेरो समाजमा सद्भाव थियो या एक समुदाय चुप लागेर र अर्को शोषक भएर बसेको थियो भन्ने कुराको सोझो उत्तर छैन । पहाडी, थारु, मधेसी र विदेशी सबै समुदायमा शोषक र शोषित थिए । थारु जमिन्दार पनि थिए अनि थारु कमैया पनि थिए । मधेसी कपाल काट्ने पनि थिए मधेसी गणित पढाउने पनि थिए । विदेशी सडकमा अलकत्रा ओछ्याउने, चटपट बेच्ने, कबाडको काम गर्ने, गिट्टी कुट्ने, चर्पी साफ गर्ने पनि थिए अनि मिल मालिक र गल्ला साहु पनि थिए । जो होचो उसका मुखमा घोचो भने जस्तै हरेक समुदायका कम्जोरमाथि अन्य बलियाहरुले भ्याए सम्म दमन र शोषण गरेका थिए ।
कक्षामा मधेसी र विदेशी दुबै थिए । पूर्वी तराईबाट ऊ थिइ भने राजस्थानका मारवाडीहरु पनि कक्षामै थिए । हामी स्कुल जीवन विताउँदा सम्म ती विदेशी थिए । विगतमा नयाँ जनाधार खडा गर्नेहरुले विश्वविद्यालयमा विद्यार्थी नेताले चुनावका नजिक निशुल्क भर्ना गरेर परिचयपत्र बाँडेको जस्तै अभियानमा नागरिकता पाएका भए थाह भएन । नत्र म हुर्केको समाजमा पहाडी, थारु, मधेसी र विदेशी सबै थिए । साथीभाइमा नाम विगार्ने जिस्काउने कुराहरु सामान्य थिए । पण्डित, चुट्टी, चिरकुट, छगरवाल, बोका, काले, काली, गण्ठा, लम्बु, आदि थुप्रै नाम थिए । यसमा जातीय भावनाले कसैलाई होच्याउने या दुव्र्यवहार गर्ने गरी न्वारन गरिएको थाहा भएन ।
हेर्दा हेर्दै हनुमान मिलको साहुले हाम्रो पिस्न लगेका गहुँ र कुट्न लगेका धान चोरेर ठूलो मिल खोल्यो । हेर्दा हेर्दै बोरामा ब्यापार सुरु गरेका एक अग्रबालले ठूलो मैदा कम्पनी खोले । गल्लावाल साहु त कति जन्मिए कति । विदेशीले थुप्रो कमाए । फेन्सी स्टोर वाला, नायलनको डोरी र प्लास्टिकका भाँडा बेच्ने पसले, गोलगप्पा बेच्ने रामबाबु, क्याम्पस चोकको चटपटे, सबैले मनग्गे कमाए । अनि त्यसैमा आजको दिन सम्म पनि दुःख गरेर निम्नस्तरको जिवनस्तर जिउने विदेशीहरु पनि छन् । ‘खास्ता करारे मम्फले’ र ‘ठण्डा मिठा बरेफ’ का व्यापार गर्नेले पनि जिवनोपार्जन गरेकै छन् ।
सानो छँदा खेतको बीचको दुई कट्ठा जमिनमा दुई कोठे घरमा बाल्यकाल कट्यो । वरपरका सबै खेत थारुका थिए । उनीहरुको बोरिङ्ग थियो । खेतमा पानी लाउन बोरिङ्ग चलाउँथे । हामी कट्टु गन्जीमा बोरिङ्गमा नुहाउन जान्थ्यौँ । बेलाबेला गाली खाइन्थ्यो, कुटाइ खाइन्थ्यो । घरमा पालेको गाईले फुत्केर खेतका धान खाँदा थरुनी बडो कराउँथी । कतिबेला त गाइलाई नगरपालीकामा लगेर बाँधि दिन्थी । छुटाउन जरिवाना तिर्नु पथ्र्यो । अस्ति घर जाँदा पुरानो घर पछाडिका खेतमा धानको ठाउँमा नयाँ घरहरु उम्रीएका थिए । ‘डोट्लाक छावा’, ‘खसीया’, आदि उपनाम त हामीले पनि पाएका थियौँ । अनि अर्को तर्फा खेतमा अधिँया लाउने बिष्णु दाइको परिवार थियो । अधियाँमा खेत मालिकले खेतीको आधा खर्च बेहोर्छ । उत्पादन भएको जतिमा बिऊ झिकेर बाँकी बराबर भागमा बाँडिन्छ । हामी बुबाले दाइ भनेको सुनेर हामी पनि दाइ भन्थ्यौँ । उनकी श्रीमति लाई भौजी भन्थ्यौँ । उनीहरुले तिनै सम्बोधन मन पराउँथे । उनीहरु ‘डगौरा थारु’ (दाङ्गबाट आएका) थिए । पछि बनका ऐलानी जग्गा जोत्दै गरि खाने मेलो बनाए । छोरोले पहिले खेत लाउँथ्यो पछि वनको काठ बेच्थ्यो । उसलाई बाबुको जस्तो खेती गरेर खाने रहर थिएन । फुटबल पनि खेल्थ्यो । अचेल के छ थाहा छैन ।
पूर्वी मधेसका उती सारो मानिसहरु हामीकहाँ आउँथेनन् । प्राय सिमावर्ती भारतीय इलाकाहरुबाट कामका सिलसिलामा अनि व्यापारका सिलसिलामा देश भित्रिएकाहरु थिए । मधेसीलाई जनकपुरीया र विदेशीलाई धोती, भैया, भेले, आदि उपनामहरु दिइन्थे । भारतीय चलचित्रहरुमा बेलाबेला नेपालीहरुलाई बहादुर आदि उपनामले खिल्ली उडाइ रहने अनि भारतीय सिमामा नेपालीमाथि गरिने दुव्र्यवहार, पसलेले गर्ने ठगी, सिमामा भारतमा काम गरेर फर्कने कामदारलाई कठालो समातेर जबरजस्ती टाँगामा हुल्ने र मनलागी भाडा असुल्ने अनुभव, घरमा गहना साफ गर्ने नाउमा चोरी गर्ने घटनाहरु, सन्तोषीमाताका भक्त बनेर सोझासाझा आइमाइलाई फकाएर धनमाल कुम्ल्याउने अनुभवहरुले भारतीयहरु प्रति सम्मानजनक व्यवहार गर्न उती कसैलाई मन हुँदैन थियो । गौरी फण्टाको बजारमा भोगेको पिडाको बदला धनगढी पुगेपछि लिन्थ्यौँ । बनबासामा टाँगावालले गरेको दुव्र्यवहारको भरपाई मम्फले र बरेब बेच्नेले पाउँथे । त्यही हो जहाँ जो बलियो थियो त्यहाँ उसले निर्बलीयामाथि थिचोमिचो गर्दथ्यो । ट
थारुहरु कमैया बसेको कथा सम्म सुनेको हो । कमैया मुक्ती घोषणा पछि धनगढी बजारकै बीचमा कमैया बस्ती बसेपछि त्यसका बारेमा बढि थाहा हुँदै गयो । सरकार बाट पाएका १० कट्ठा खोला किनारमा प¥यो र बसोबास गर्न लायक भएन भनेर कति त्यहाँ फर्किएका थिए । कतिले जग्गा पाउने लोभले त्यहाँ टहरा बनाएका थिए । दिन मज्दुरी गरेर जिविकोपार्जन गर्दथे । माओवादी कालमा थारुहरुमाथि प्रहरीहरुले केहि दुव्र्यवहार गरेका घटनाहरु सुनिन्थे । संका लाग्दा जसलाई पनि गर्थे । मलाई समेत बेलाबेला ब्यारेक नजिक कुइना देखाउन लाएका थिए । जसका लागी पनि प्रहरी र सेनाको गाली र बोली त एकनासै हुन्थ्यो ।
सायद हामी सभ्यताको सुरुवाती खुट्कीला उक्लँदै छौँ । एकअर्कालाई सम्मान जनक व्यवहार गर्ने संस्कार अझै बसीसकेको छैन । आफु बलिया भएको ठाउँमा कम्जोरहरु माथि तागत देखाउने स्वभाव हावी छ । अहिले यिनै कुरालाई जातीय रंग पोतेर राजनीतिक मुद्दा बनाइँदै छ । कैलाली कञ्चनपुरमा धेरै थारु छन् तर बहुसंख्यक पहाडी पनि छन् । कैलाली भन्दा पनि कञ्चनपुर सुदूरपश्चिमका पहाडी जिल्लामा बस्नेहरुकालागी भारत पस्ने बाटो थियो । विस्तारै उकाली ओरालीको दुःख विर्सन पहाडका मानिसहरु तराईं झरे । मच्छर र घामले दुबैलाई जात नहेरी उत्तिकै दुःख दिए । मुट्ठीभर मानिसले गरेका गल्तीमा समुदायलाई जुन किसिमले अपराधी करार गरिँदैछ त्यो एकदमै दुःखलाग्दो छ । कैलालीको कमैया जीवन विताएको थारु र पहाडका हलियाहरुको दुःख मलाई उति फरक लाग्दैन । मधेसमा सरकारको पहुँच नपुगेर विकासका सामान्य पूर्वाधार उपभोग गर्न नपाएका जनताको गुनासो र महाकालीमा तुहिन चढेर नदि पार गर्ने पहाडीको बाटो घाटो अनि पुल बनोस भने आकांक्षा मलाई उति फरक लाग्दैन ।

नेतृत्वले आन्दोलनकारीका मागहरुमा केहि सकारात्मक माग पनि रहेको कुरा स्वीकार गरि सकेको छ । यदि त्यसो हो भने भुल सच्याउन किन ढिलाई गर्ने । यदि एक दुई शब्दको हेरफेरले देशले निकास पाउँछ भने त्यसमा फेरबदल गर्न कुन कुराले छेकेको छ ? आन्दोलनकारीका जायज मुद्दाहरुलाई एक संसोधन मार्फत सच्याएर आन्दोलन रोक्न आह्वान गरौँ । विचौलीयाहरुसँग भन्दा जनतासमक्ष गएर कुरा राखौँ । पृथ्वी नारायण शाहको दिव्य उपदेश मध्ये दुई शक्तिलाई रिझाएर देशको स्वार्थ सिद्ध गर्नु भनेको कुरालाई अहिलेको नेतृत्वले चटक्कै विर्सेको छ । भुकम्पले थिलथिलो भएको देशलाई नाकाबन्दी थपेर नेतृत्वले आफ्नो अदूरदर्शिताको भरपुर प्रदर्शन गरिसकेको छ । यसलाई चाँडो भन्दा चाँडो सच्याउन सक्नु पर्छ ।
नेतृत्वले सुधार गर्नुपर्ने कुरा नेतृत्वले सुधारोस । हामी आपसमा सुधार गर्नुपर्ने कुराहरुको जिम्मा लिऔँ । जातभात केहि नभनी सबैलाई मानवीय व्यवहार गरौँ । सबैलाई सम्मान गरौँ । अरुलाई इज्जत दिँदा न हामीले इज्जत पाउने पनि हो । नयाँ पुस्ताका लागी राम्रा संस्कारहरु छोडेर जाआँै । विभेद दर्शाउने हरेक व्यवहारलाई आफू पनि नगर्ने र आफ्नो वरपर पनि हुन नदिने गरौँ । त्यसो गर्दा हामीलाई कसैले आपसमा लडाउन सक्ने छैन । हामी एक सभ्य र संस्कृत समाज निर्माण गर्नमा सफल हुनेछौँ ।
‘यो दुई जाती बीचको नभएर सत्ता र जनता बीचको लडाइ हो ।’ साथी कल्पनाले कुरा टुङ्ग्याउँदै भनी ।
Comments
Post a Comment