Posts

Showing posts from March, 2012

कैलपाल जाँत एक सम्झना

Image
यसपाली जाँतका लागि भनेर नै मैले पनि दुई पटक पहाड पस्ने मौका पाए । पहिलो जाँत शिखरको जाँत थियो जो भदौका महिनामा सम्पन्न भएको थियो । पछिल्लो जाँत कैलपाल जाँत थियो जो कार्तिकको १५ र १६ गते सम्पन्न भएको थियो । यी दुवै जाँतहरु डडेल्धुरा जिल्लाको कैलपाल माण्डौ गाविसको वडा नं. ५ जयसेरामा भएका थिए । सोही दिन गणेशपुर गाविसको मैलोडामा पनि नङरै लाटाको जाँत भएको थियो । यी स्थानीय कुल देवताहरुका जाँतहरु विशेष गरी तिथीका आधारमा मनाइने भएकाले वर्षै पिच्छे फरक फरक दिन पर्ने गर्दछन् । कैलपाल जाँत कार्तिक शुक्ल षष्ठी र सप्तमी तिथीमा मनाइने गरिन्छ । षष्ठीका दिन रतेडी र सप्तमीमा दिउँसेडी गरी दुई दिन सम्म यसलाई मनाइने गरिन्छ । कैलपाल जाँतका क्रममा आसपासका गाउँका मान्छेहरु लगायत विविध कारणले गाउँबाट बाहिरिएका मानिसहरु पनि यहाँ आउने गर्छन् । यस्तो हुँदा त्यहाँका स्थानीय बासीले देवताले तानेको भनि भन्छन् । कति श्रद्धाले त कति विभिन्न मनोकामनाहरुको साथ यस्ता जाँतहरुमा आउने गर्दछन् । त्यहाँका मूल वासीहरुका लागि कैलपाल जाँतको धार्मिक महत्व त छँदै छ साथसाथै त्यसको सामाजिक र साँस्कृतिक महत्व पनि अति नै रहेको देख्...

फागुले बोकी ल्याएको तिम्रो सम्झना (तिमी नारी किन यति हठी ?– ३१ )

याद छ पोहोरको फागुमा के भएको थियो ? तिमीले सम्झेकी छौ जस्तो लाग्दैन । सम्झेकी भए यसपालिको फागुमा मेरो मुहार दिन भरि रंग विहीन हुने नै थिएन । यसपालिको फागुले सबैका लागि रंग बोकी ल्यायो । मेरा लागि भने रंगहीन उमंगहीन सावित भयो । के गर्नु मलाई रंग लाउनका लागि अनि मसँग फागु खेल्नका लागि तिमी जो थिएनौ । कुर्न त कुरेकै थिएँ । तिम्रो प्रतिक्षामा हातमा अविर लिएर अनि आँखामा आशा बोकेर बाटो हेरेकै थिए । तिमी आएनौ । पर्खाइ व्यर्थै भयो । तिमीसँग विताएका दिनहरु हिजै हुन कि जस्तो लाग्छ । फागुको त्यो दिन पनि अझै मनमा ताजै छ । त्यस दिन तिमी विहानै देखि नुहाइ धुवाइ गरी म कहाँ आएकी थियौ । तिमीलाई मेरो हातबाट रंग लगाइ होली सुरु गर्ने धोको थियो । तिम्रो त्यो रहरले मलाई पनि खुशी तुल्याएको थियो । सायद तिमीलाई मैले यो कुरा जाहेर हुन दिइन । के गर्नु पुरुष हुँ धेरै भावुक हुने छुट समाजले दिएकै छैन । मनमनै दंग परेको थिएँ । तिमी मेरा हातबाट रंग लगाएर अन्त होली खेल्न जान चाहन्थ्यौ । म तिमीसँगै दिन विताउन चाहन्थे । त्यसैले त तिमी कतै नजाओस भनि मैले तिमीलाई ‘पछि लाउँला पछि लाउँला’ भन्दै टारेको थिएँ । तिमी बारम्बा...

सम्पादक ज्यूको चाला पनि देखियो !

Image
 अरुका बारेमा नराम्रो कुराहरु लेख्दा अरुले पनि बारम्बार ‘दुधले धोएको त तै पनि कहाँ होलास् र ?’ भनेर औंला ठड्याउँथे । पहिलो अंकमा मैले करकार्यालयको सामान्य कर्मचारीले पनि कसरी अनुचित रुपमा पदीयलाभ उठाइरहेको हुन्छ भन्ने कुरा लेखेपछि दोश्र्रो अंकमा मैले आफ्नै शिक्षण पेशाभित्र हुने भ्रष्टाचारहरुका बारेमा लेखेको थिएँ । ती मध्ये कतिपय गलत कामहरु मैले स्वयं पनि गरेको छु । तर सबै दोषहरु भएको एउटै मास्टर साब भेटाउन भने गाह्रो नै पर्ला किनभने त्यो कुनै व्यक्तिको चित्रण थिएन त्यो त प्रवृत्तिहरुलाई गाभेर बनाएको एक पात्र मात्रै थियो जसमार्फत मैले शिक्षा क्षेत्रको विकृतिलाई बाहिर ल्याउन खोजेको थिए । त्यो लेखमा मास्टर साबले आफ्नो पेशाप्रति गर्ने गद्दारीका कुरा लेखिसकेपछि म आफैलाई पनि त्यस्ता दुष्प्रवृत्तिहरुलाई त्याग्न सहजता मिलेको थियो । त्यसैले आगामी दिनमा पनि त्यस्ता गलत प्रवृत्तिहरुलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर समाजलाई गलत दिशातिर लाग्न बाट निरुत्साहित गराउने सोच राखेको थिएँ । तर सबैले भन्न थाले ‘कतिन्जेल लेख्छस् ? तैले लेख्न नपर्ने मान्छे त सायदै कोही होला । अनि सबैको खेदो खनी सकेपछि...

अलिखित पात्र

Image
मलाई अझै पनि याद छ ती दिनहरु जब म अबेर रातसम्म कम्प्युटर अगाडि रहेर भोलि प्रकाशित हुने अखबारका खबरहरु मिलाई रहन्थे । मलाई कहिले काहिं गर्व हुने गथ्र्यो त्यो कामप्रति किनभने म आफ्नो वरपरको घटनालाई मानिसले थाहा पाउनु पुर्व नै थाहा पाउ“थे । अखबार अहिलेको युगमा एक सशक्त माध्यम बनेको छ मानिसहरुलाई उनीहरुको वरपरको घटनाहरुको बारेमा सु–सुचित गर्ने सम्बन्धमा । र त्यसमा प्रकाशित हुने हरेक समाचारहरु प्रकाशन पूर्व मकहा“ आउने गर्थे । म मनमनै खुशी हुने गर्थे यो कल्पेर कि भोलि मानिसलाई जे कुरा थाहा हुने हो त्यसको बारेमा मलाई आजै थाह छ त्यो पनि एक कोठा भित्र बसी बसी । अखबारको अपरेटर हुनुको सायद यहि मात्र एउटै फाइदा हो ।  झण्डै तीन महिनासम्म म यो पेशामा निरन्तर लागि रहें । विहानको विद्यालयमा पढाउने पेशा(गर्मीका दिनहरुमा विद्यालयहरु विहान सञ्चिालित हुन्छन्) र थप अर्थोपार्जनका लागि घर घर धाएरै ‘होम ट्युसन’ पढाएपछिको मेरो काम थियो पत्रिकामा अपरेटरको काम गर्ने । यसो हेर्दा मस“ग राम्ररी निदाउने समय हु“दैन थियो । कहिले अबेर हु“दा दुई वा ढाई घण्टाको निन्द्रामै मैले चित्त बुझाउनु पथ्र्यो । सोच्थे सबै...

Nothing Lasts Forever

Image
Sometimes it's hard to hide the way you feel. You confess thinking that you are making things easier but they become more complicated. And then you speak what you never thought you would ever speak: a lie. When a truth is no more like a truth and a lie seems better convincing, you choose to tell a lie and walk away. When a lie seems true and the truth seems  a lie, there is no much difference in telling a lie or a truth. *** They both met on a Facebook page: Music That Turns Me On.  Well it was a co-incident that both posted same song in that page one after another. They happened to go through each other's posts. They liked each other's post. The boy started commenting as usual and the girl couldn't stop herself from replying. "nice song" "yep :)" "I listen dis song evryda b4 i go2bed :)" "really? u must b kiddin right?" "y wud i" "just like dat" "think our likes r same" "may be....

उसको रोजाइ -Story

Image
धेरै दिनपछि आज मलाई विहानै घरबाट निस्किने मन भएको छ । सोच्छु आज केही नौलो गरेर दिन विताउने छु । म प्रशन्न मुहार लिएर भित्रभित्रै शोचमा डुबिरहन्छु । म आफ्नो शोचमा यति डुबेको हुन्छु कि मैले कतिबेला आफ्नो कोठा छाडेर मुल सडकमा आइपुगे भन्ने समेत मलाई थाहै हुँदैन । सायद त्यो अब आवश्यक छैन । म सधैँ यस्तै अनावश्यक शोचमा डुबिरहन्छु । म हर कुरालाई केलाएर हेर्ने खालको मान्छे । तर आफ्नो जीवनलाई भने कहिल्ये केलाएर हेर्न सकेको छैन । मैले के पाएँ र के गुमाएँ मलाई नै थाह छैन । तर जीवन वितिरहेकोछ म त्यसैमा खुशी छु । म कहिले काहीँ आफ्ना साथीहरुको जीवन हेर्ने गर्छु र सोच्ने गर्छु, कति गतिमय छ तिनीहरुको जीवनः हरेक दिन नौलो, हरेक पल नौलो । तर मेरो जीवनमा सायदै त्यस्ता पल आए होलान् । सधैँको घर, उही पढाइ र उही बाल्यकालदेखि हिँड्दै आएका गल्लीहरु । तर आज केही नयाँपन ल्याउने शोचमा छु । म आफ्नै बाटो हिँडीरहेको हुन्छु । त्यत्तिकैमा मेरो भेट एक पुराना मित्र पवनसित हुन्छ । धेरै पहिले भेट भएको हुँदा म उसलाई सजिलै चिन्न सक्तिन तर ऊ मलाई सहजै चिन्छ । “के छ मास्टर तेरो हालखबर ? अचेल के गर्दैछस् ?” उसले प्रश्नम...

टिचर इज पेनफुल

Image
कक्षाकोठामा पढाउँदै गर्दा एक जना बालिकाले भनिन्, ‘... टिचर इज पेनफुल’ । मैले अरु कुनै शब्दमा ध्यान दिएन । मात्र सोचीरहेँ, साँच्चै टिचरहरु अर्थात शिक्षकहरु पीडक हुन्छन् त? बेलाबेलामा विद्यार्थीका लागि पीडक बन्नु परेका आफ्नै थुप्रै उदाहरण हरु थिए । त्यसैले नकार्न सकिने त्यसैले स्वीकारेँ, ‘हो टिचर इज पेनफुल । तर त्यसका पछि पनि कारणहरु छन् । मास्टर मास्टर मात्रै होइन ऊ कसै को छोरो, कसैको बाबु, कसैको पति, कसैको भाइ कसैको दाइ र कसैको प्रेमी पनि हो  । उसका बाबुले पनि ऊ बाट केही अपेक्षा गरेका हुन्छन् । आशा गरेका हुन्छन् छोरो एक दिन नाक राख्ने काम गर्नेछ । ठूलो मान्छे बन्नेछ । अनि उसकी आमाले पनि त्यही मास्टर छोरोले बुढेसकालमा उसका आँखाका आँशु पुछी दिनेछ भन्ने सोचेकी हुन्छे । त्यही माष्टरकी श्रीमतिले पनि पतिले गति पाओस् भनि सोच्दी हो । मास्टरकी प्रेमीका पनि उसको प्रेमीले  आफ्ना रहरहरु सबै पुरा गर्न सक्ने क्षमता राखोस् भनि सोच्दी हो । मास्टरका छोराछोर िपनि बाबुले जन्मदिनमा ‘ब्ल्याक  फरेष्ट’(महँगो खालको केक) ल्याउने क्षमता राखुन भन्ने सोच्दा हुन् । मास्टरको समाजले पनि ...

अवीरको रंग के भोर सिन्दुरैले सिउँदो सजाउँला ! (तिमी नारी किन यति हठी ? –१८ )

Image
अरुका लागि चाडपर्व खुशीको अवसर होला तर मेरालागि चाडपर्वले प्राय समस्या लिएर आउँछ । उत्सवहरुको आगमनसँगै तिमीलाई कसरी खुशी पार्ने भन्ने पिरलो पनि थपिन्छ । तिमीलाई खुशी दिने हरदम प्रयत्न गरिरहँदा पनि तिम्रा आँशुहरुले रुझेका परेला देख्न म बाध्य हुन्छु । खै मेरो दोस भनौँ कि नियतीको दोस भनौँ, सँधै यस्तै हुन्छ । यसपालीको होलीमा पनि तिम्रो आँशुले मन रुझायो । तिम्रो चाहना पुरा गर्ने लाखौं कोशिस गर्दा पनि सकिन । हुन त तिमीले पनि ठूलै अभिष्ट त राखेकी होइनौ । जाबो एउटा रंगको कुरा न थ्यो । तिमी चाहन्थ्यौ तिम्रो मसँगको प्रथम होलीमा ममाथि रंग लगाउने तिमी प्रथम व्यक्ति होऔ । मैले पनि त्यसो नचाहेको होइन । तिम्रो इच्छा पुरा गर्ने प्रयास नगरेको होइन र पनि तिमीले भनेझैँ तिम्रो हातको प्रथम रंग लगाउन सकिन । नारीहरुको एउटा अनौठो स्वभाव, पुरुष मित्रको शुभकामना पाउने वा उनीहरुलाई शुभकामना दिने काममा होस वा त्यस्ता जुन सुकै काममा सँधै पहिली हुन चाहने अनि सँधै एकलौटी माया रोज्ने गर्छन । अपेक्षा राख्नु गलत होइन । अपेक्षा गर्नु तर अपेक्षकृत फल नआउँदाको स्थितिमा पनि संयमित रहन सक्नुले मानिसलाई विवेकी प्राणी ...

लेखकीय चुनौती बनेको अघोषित सेन्सरसीप–२ (तपाईंको आग्रह नकार्न सकिने अनि लेखें)

Image
लेख्ने नशा पनि गजबको हँुदो रहेछ । रक्सी भन्दा पनि बढि मात हुँदो रहेछ । अनि जसरी नशाको आदी भइसकेकोलाई नशाबाट बञ्चित गराउँदा ऊ बहुलाउँछ, त्यसैगरी लेख्ने मान्छेलाई पनि उसको लेखनमा प्रतिबन्धहरुले लेखनलाई अझै रोमान्चक बनाउँदो रहेछ । अहिले म त्यही रोमान्चमा भुलेको छु । त्यसैले त उनको आग्रहलाई अक्षरशः पालना गरेर यो लेख लेख्दैछु । धेरै पटक सोचेँ । स्वामी विकासानन्दको सफलताको सुत्रमा पर्ने अरुको प्रसंसाले मानिसलाई उनीहरुतर्फ आकर्षित बनाउँछ र निन्दाले विकर्षित तुल्याउँछ भन्ने नीति अनुरुप धेरै बेरसम्म आफूलाई संयमित बनाइ रहेँ । तर जब बाटामा भेट हुने आफन्त एवं शुभ चिन्तकहरुले ‘अचेल लेखहरु किन आउँदैन ?’ भनि प्रश्न गर्न थाले तब भने उत्तर दिन मन लाग्यो । सकेसम्म कुवाको पानी नखाइकन काम गर्न चाहेको थिएँ । गाह्रो थियो र पनि आफ्नो पराइ कोही नभनि इमान्दरीतापूर्वक कलमलाई न्याय दिन खोजेँ । जसको बारेमा लेख्थेँ उसैले समेत राम्रै लेख्नु हुन्छ तर अलि बढि बिझाउने भयो भनेको पनि सुनेँ । कतिपय अवस्थामा अति पो भयो कि भनेर नरमाइलो पनि लाग्थ्यो । तर बेला बेलामा पाठक पंक्तिबाट आउने उत्साहप्रद प्रतिक्रियाले नलेखी ...