Posts

Showing posts from 2012

फरक विश्वविद्यालयको फरक कक्षाकोठाबाट

Image
नेपालको वरीष्ठ विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा विताएका करीब आठ वर्ष र सोही क्रममा निजी विद्यालयमा अध्यापन गर्दै विताएको समयसँग अहिले आएर यूरोपेली शैलीमा अध्ययन गर्ने अवसरलाई हेर्दा र ती दुई बीचको अन्तरलाई देख्दा यहाँको कक्षाकोठाको अनुभुति सबैसँग बाँड्ने मन लाग्यो । हुन त कुनै एक देश भित्रको एक सानो सहरको शिकाइ विधिलाई यूरोपेली शैली भनी सामान्यीकरण गर्नु त्यति उचित हुँदैन होला । तर पनि यो एक उदाहरण हुन सक्छ । त्यति पनि नभए एउटा कोरो अनुभवका रुपमा मात्रै भएपनि प्रस्तुत गर्न मन लाग्यो । प्रथम पटक कक्षाकोठामा प्रवेश गर्दा कक्षाकोठाको दृश्य कुनै पाँच तारे होटलको सम्मेलन कक्ष भन्दा कम थिएन । झण्डै पचास जना अटाउने क्षमता भएको कोठामा शिक्षणका क्रममा प्रयोगमा आउन सक्ने सम्पूर्ण सामग्रीको चाँजोपाँजो पहिले नै मिलाइ सकिएको थियो । श्रव्य–दृश्य सामग्रीहरु प्रस्तुत गर्नका लागि प्रोजेक्टर र ध्वनी यन्त्रहरु उपलब्द्ध देखिन्थे । त्यस्तै हाम्रो देशमा प्राय प्रयोगमा आउने कालो पाटीको बदलामा तल माथि सार्न मिल्ने दुई भिन्न भिन्न आकारका हरिया पाटीहरु कक्षाकोठाको अघिल्तिरको पर्खालमा देखिन्थ्यो । त...

यहाँ यस्तै छ

Image
 फिलिङ्गेन–स्वाइनिङ्गेन जर्मनीको दक्षीण पश्चिम भागमा पर्ने एक सानो सहर हो । सानो भएपनि यो सहरमा भएको सुव्यवस्था सम्बन्धी जानकारी आफ्नो गाउँ ठाउँको विकासका लागि अनुकरणीय उदाहरण बन्न सक्ने देखेर मैले यहाँको बारेमा निरन्तर लेखी रहने निधो गरेको छु । प्रथम झल्को मै यो शहर मलाई एक दमै रमाइलो लाग्यो । यो शहर अन्य ठूला शहर जस्तो गगनचुम्बी भवनहरुले भरिएको छैन । यहाँ हरियालीलाई कायम राख्ने भरसक प्रयास गरिएको छ । घरहरुका माझ रुख खोज्नु पर्ने स्थिति छैन । हरेक घरको करेसामा वा आँगनमा रुखका बोटहरु देख्न सकिन्छ । प्राय गरेर स्याउका बोटहरु बढि लगाउने गरेको पाइन्छ । जर्मनका मानिसहरु वा भनौँ पश्चिमा मुलुकका मानिसहरु वाइन लगायतका मदिराजन्य पेयहरु बढि सेवन गर्ने हुनाले पनि उनीहरुले स्याउका बोटहरु लाएको हुनु पर्छ । स्याउकोबाट बन्ने मदिराका प्राय सबैले आफैले घरैमा बनाउने गर्दछन् । त्यसका अलावा पनि घरवरीपरी सामान्य फलामे बार अनि चाइनीज दुबोको चहुर र कतैकतै झारबार (हरियो झारहुने वनस्पतीको बार) देखिनु सामान्य जस्तै लाग्छ । प्रत्येक घरमा गाडीघर (गाडीका लागि घर) अनि प्रवेशद्वारमा सबैको चिठीपत्र आदिक...

स्वप्न नगरी सम्मको यात्रा (भाग २)

Image
३८ डिग्रीको बाहिरि प्रचण्ड गर्मीका बाबजुद विमानस्थल भित्रको वातावरण निकै चिसो थियो । अझै भन्नु पर्दा कमाउने जाडो नै थियो । विमानस्थल भित्रका पसलहरुमा खोजेको जे पनि पाइन्थ्यो । बस् मोल चुकाउनु प¥यो । भित्रै पामका(एबmि) वृक्षहरु उमारिएका थिए । सिसाले बारिएकोबाट बाहिरी दुनीया देख्न सकिन्थ्यो र पनि बत्तीका लाम र विमानस्थलका बडेमानका विमानहरु बाहेक आँखाले केही पाउन सक्दैन थे । भित्रै थियो बरु रमाइलो ।  यात्रुहरुका लागि निःशुल्क इन्टर्नेटको समेत व्यवस्था गरिएको थियो । धेरै पछि मात्र थाहा भयो । वाइफाइको बारेमा त नपुग्दै जाँचेको थिए । अनि सके जतिका तस्वीर फेसबुकमा उतारेको थिएँ । भेटिएकालाई घरमा राम्ररी पुगेको खबर गरिदिन भनेको थिएँ । हिँड्ने बाटोको छेउमा अत्याधुनिक किसिमका उभिएर चलाउन मिल्ने तर डेस्कटप भन्दा बेग्लै बरु एटीएम जस्ता लाग्ने कम्प्युटरमा निःशुल्क इन्टर्नेट सुविधा रहेको कुरा पछि मात्रै थाहा भयो । हिँड्ने ठाउँमै यात्रुहरुलाई हिँड्न कठिनाइ होला भनेर उभिएरै अघि जान मिल्ने हाम्रा राजधानीका नयाँ खुलेका मलहरुमा भएका सिँडी जस्ता तर तेर्सो जान मिल्ने वयवस्थाहरु पनि थिए । रहर लाग...

स्वप्न नगरी सम्मको यात्रा –भाग १

Image
अँ स्वप्न नगरी नै भन्दा उचित होला । धेरैले इच्छाएको ठाउँ । गगनचुम्बी महलहरुको सहर, चिल्ला गाडी गुड्ने सहर, झिलिमिली सहर अनि लाखौँ सपना पुरा गर्ने आशा बोकेको सहर । नयाँ ठाउँ नयाँ अपेक्षाहरु । अनि जहिले पनि उही त हो, आफ्नो अवस्था भन्दा अरुको अवस्था नै राम्रो लाग्छ । विदेश पुग्ने दुई उपाय छन् ः कि कामदारका रुपमा प्रवेशाज्ञा लिएर अरव तिर लाग्ने कि त अध्ययनका लागि प्रवेशाज्ञाका साथ अमेरिका, अस्ट्रेलिया र यूरोपका देशहरु धाउने । मेरा लागि अध्ययनको बाहाना बढि प्रीय बन्यो । मैले त्यही रोजेँ । धेर थोर उतार चढाव पश्चात जर्मनी जाने अवसर पाइयो । गजब लाग्यो । विकसित राष्ट्रहरुको सूची जी–एटमा पर्ने देशहरुमध्येको एक देश जर्मनी जाने अवसर मिल्नु अहो भाग्यको कुरा थियो । विदेश भ्रमणको नाममा छिमेकी मुलुक भारतका सिमावर्ती इलाकाका बाहेक कहिँ जान नसकेको मान्छेका लागि सात समुद्र पारिको मुलुक छिर्न पाउने अवसर सायद गौरवपूर्ण लाग्नु स्वाभाविकै हो । जुन बेला मलाई जर्मनीका लागि प्रवेशाज्ञा पाएको सुचना प्राप्त भएको थियो, त्यो बेला म खुलेर खुशी समेत हुन सकेको थिएन । कारण मान्छेहरुको भए नभएको हल्ला । मैले के सुन...

विदेशीने रहरले निम्त्याउने कहर

Image
 विदेशीने रहर सबैलाई छ । सबैलाई लाग्छ उनीहरुको समस्याको हल सारा विदेशमा छ ः अवसर, पैसा, उच्च शिक्षा, लोभलाग्दा सेवासुविधा, आदिआदि । तर यो रहर पनि विना कहर सही पुरा गर्न सकिन्न । विदेशीँदा पाइने दुःखको कथा पनि बेग्लै छ । चाहे कामदारको रुपमा विदेशीँदा होस् चाहे विद्यार्थीका रुपमा विदेशीँदा होस् । समस्या धेरै छन् । तनावहरु उत्तिकै छन् । विद्यार्थीको रुपमा विदेशीने रहरका पछि पनि थुप्रै कारणहरु छन् । देशमा उच्च शिक्षाका अवसरहरुको अभावमा भन्दा पनि गुणस्तरीय शिक्षा र शिक्षा आर्जन सकिएपछिको अनिश्चयपूर्ण भविष्यका कारण विद्यार्थीहरु विदेशी शिक्षा आर्जनमा लालायित हुने गर्दछन् । गुणस्तरीय यस अर्थमा कि देशको अस्थीर राजनीतिक अवस्थाले शिक्षालाई जुन रुपमा असर पारेको छ, त्यसले शिक्षाको गुणस्तरलाई पक्कै पनि प्रभाव पारेको छ । दिनहुँका बन्द हड्तालका कारण विद्यार्थीहरुले परीक्षा दिँदा समेत सहज रुपमा दिन नपाउने र घण्टौँ सम्म हिँडेर परीक्षा केन्द्रहरु धाउनु पर्ने स्थितिहरु छन् । परीक्षा दिइसकेपछि पनि परीक्षाफल प्रकाशनमा हुने ढिलाई ले समेत विद्यार्थीहरुमा नैराश्यता बढाउने गरेको छ । निजी विश्वविद्याल...

विदेशीने रहर

Image
नेपालबाट प्रति दिन लगभग १५०० नेपाली विदेशीने गर्छन् । ती मध्ये कति अध्ययनका लागि विदेशीनछन् भने कति काम गर्नकै लागि भनेर बाहिरिने गर्छन । अध्ययनका लागि विदेशीनेहरु पनि अध्ययन मात्रकै लागि भनेर भने पक्के बाहिरिँदैनन् । उच्च शिक्षा आर्जनका साथसाथै सानोतिनो काम गरेर धनकमाउने अभिष्ट पनि उनीहरुले बोक्ने गरेका हुन्छन् । होइन भने नेपाली आमाबाबुको आम्दानीबाट विदेशमा गइ अध्ययन गर्नु असम्भव प्राय छ । जुनसुकै बहानामा भएपनि विदेशीने नेपालीहरुले देशबाट बाहिर लग्ने धन भन्दा देशमा भित्र्याउने धन नै बढि हुने गर्दछ । नेपालीहरुले विदेश गएर कमाएको त्यही धन हाल आएर नेपाली अर्थतन्त्र धान्ने एक बलियो आधार बन्न पुगेको छ । स्वदेशमा भविष्य नदेखेपछि अर्थोपार्जनको लागि बलियो विकल्प बनेको विदेश  बसाइ अचेलको सबै भन्दा आकर्षक विकल्प बन्न पुगेको छ । हुन त एक पटक विदेश पस्नु राम्रै हो । दुनीया देखिन्छ । आफू वरपरको भन्दा बाहेकको संसार जान्नु पनि राम्रै हो । त्यसले पनि हामीलाई प्रगति गर्नमा सहयोग पु¥याउँछ । ज्ञानगुनका कुराहरु सिक्नका लागि पनि बाहिरी दुनियाँ देख्नु आवश्यक छ । देशमा आएका पुराना परिवर्तनहरुलाई ...

Path of Dream

Image
To tread on the path of dreams is not so easy for anyone You have to strive with all your might to reach the shining moon so high If someday you wish something and make it a dream to pursue Keep up your head and keep going straight Giving damn to what others say! Keep in your mind my dearest friend "They say so is half a lie" Rather the truth is, "the world conspires to fulfil the dream that you've seen"

उसले रोजेको बाटो

Image
यो लेख लेख्नु भन्दा अघि मैले धेरै पटक सोच्नु प¥यो । कतै म कसैको व्यक्तिगत जीवनमा हस्तक्षप त गर्न खोजीरहेको छैन भनी मैले बारम्बार आफैलाई प्रश्न गरे“ । तर एक सचेत नागरिक भएको र शिक्षकको जस्तो अभिभावकत्व निभाउनुपर्ने पेशा अ“गालेको भएर मैले यो विषयमा लेख्नै पर्छ भन्ने सोचे र कलम धसाउन सुरु गरे“ । कुरा के भने म एक पटक कक्षामा पढाउ“दै गर्दा मैले एक पसलको नाम लिन पुगेछु । त्यो पसलको नाम महिलाको नामबाट सुरु हुन्थ्यो ।मैले त्यो नाम लिने बित्तिकै कक्षामा पढिरहेका सबैले हा“स्दै नाम दोहो¥याउन भने । मैले उनीहरुको आग्रहलाई स्वीकार्दै नाम दोहो¥याए“ । यसपटक सबै जना एकैसाथ गलल हा“से । मैले सबैको मुहार जा“चे । ती मुहारहरु मध्ये एक छात्रको मुहार केही क्रोधित देखिन्थ्यो । उ हा“स्नेहरुलाई नियालेर हेरिरहेको थियो । मलाई कुरोको मेसो मिले मिले जस्तो भयो । म मुस्काउ“दै उ तर्फ हेरे“ । उ पनि केही मुस्कायो र अप्रत्यक्ष किसिमले केही छात्रको नाम लियो । अघि हा“स्ने जमात अझै जोरले हा“स्यो र यसपटक निसानामा कोही अरु नै थियो । अर्की एक जना छात्रा हा“स्नेहरुलाई क्रोधित नजरले हेर्दै थिइ र केहीलाई झपार्दै थिइ । मलाई क...

रंग बदल्ने तालः झिलमिले ताल

Image
सुदूरपश्चिमलाई सुन्दर पश्चिममा रुपान्तरण गर्नका निम्ति सुदूरपश्चिममा पर्यटन विकासमा जोड दिनुपर्छ भन्ने उद्देश्यले विगतका दिनमा सुदूरपश्चिमको पर्यटक विकासको क्षेत्रमा थुप्रै प्रयासहरु भइरहेका छन् । त्यस्ता प्रयासहरुको फलस्वरुप सुदूर पश्चिमले नयाँ नाम समेत प्राप्त गरेको छः सुन्दर पश्चिम । सुदूर पश्चिमको पर्यटकीय सम्भावनाका बारेमा थुप्रै कुराहरु अहिले चर्चा परिचर्चाको विषय बनि सकेका छन् । विगतका दिनमा दुर्गमता र रुढीग्रस्त समाजको पर्याय बनेको सुदूरपश्चिम अबका दिनमा भने पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै आएको छ । सुदूरपश्चिमको खप्तड आजको दिन सम्म आइपुग्दा एक उत्तम गन्तव्यको रुपमा स्थापित भइसकेको छ । सुदूरपश्चिममा खप्तड जस्था थुप्रै गन्तव्यहरु छन् । साथै यहाँको विकट पहाडी भेगहरुमा वनभोज, भ्रमण, पद यात्रा, पर्वतारोहण, जल विहार, तिर्थाटन, वनस्पतिहरुको अध्ययन, वन्यजन्तुहरुको अध्ययन, बन्जी, ¥याफ्टिङ्ग, कायाकिङ्ग, क्यानोइङ्ग, प्याराग्लाइडिङ्ग, लगायतका साहसिक खेल, आदिको थुप्रै सम्भावनाहरु पाइन्छ । यी थुपै्र सम्भावनाहरु मध्ये केहीका बारेमा लेखिइसकेका छन् भने कतिका बारेमा अझै लेख्न ...

साहित्य समालोचना देखि लिङ्गभेद सम्मका कुरा (तिमी नारी किन यति हठी ? –३३)

Image
साहित्यिक कार्यक्रममा भाग लिने रहर अहिलेको होइन । सानै उमेर देखि नै  आफूले पढेका किताबका रचियताहरुका बारेमा बढि जान्ने इच्छा हुने उनीहरुसँग सम्बन्धित कुराहरु जान्ने इच्छा हुने र कुनै पनि बौद्धिक बहसका कार्यक्रममा सहभागी हुने रहर लाग्ने गथ्र्यो । कहिले समयले साथ नदिने कहिले अवसर नै नमिल्ने । यस्तै यस्तै भएको थियो । संयोगैले भनौँ यसपटक नारी साहित्य र नारी श्रष्टासँग सम्बन्धित कार्यक्रममा सम्मिलित हुन पाउने मौका जु¥यो । साहित्य सिद्धान्त र नारी समालोचक भनी नामाकरण गरिएको उक्त कार्यक्रममा महिलाहरुको बाक्लोे उपस्थिति देखिन्थ्यो । पुरुषहरु पनि उत्तिकै संख्यामा उपस्थित देखिन्थे । उसो त मलाई नारीवाद र नारीवादीहरु उति मन पर्दैनन् । एक लिङ्गको सत्ताको विरोधमा अर्को लिङ्गको सत्ताको वकालत गर्ने एक लिङ्गको वादको विरुद्धमा अर्को लिङ्गको वाद लाद्ने कुरा पटक्कै मन पर्दैैन । तर यसपटक बचन राख्नैको लागि भए पनि पुग्नै पर्ने थियो । त्यसैले पनि सहभागी हुन पुगेको थिएँ । कार्यक्रममा अर्चना थापाले प्रमुख बक्ताका रुपमा रहेकी डा.सुधा त्रिपाठी र अर्की बक्ता रजनी ढकालसँग साहित्य सिद्धान्त र नारी समालोचकक...