स्वप्न नगरी सम्मको यात्रा (भाग २)
३८ डिग्रीको बाहिरि प्रचण्ड गर्मीका बाबजुद विमानस्थल भित्रको वातावरण निकै चिसो थियो । अझै भन्नु पर्दा कमाउने जाडो नै थियो । विमानस्थल भित्रका पसलहरुमा खोजेको जे पनि पाइन्थ्यो । बस् मोल चुकाउनु प¥यो । भित्रै पामका(एबmि) वृक्षहरु उमारिएका थिए । सिसाले बारिएकोबाट बाहिरी दुनीया देख्न सकिन्थ्यो र पनि बत्तीका लाम र विमानस्थलका बडेमानका विमानहरु बाहेक आँखाले केही पाउन सक्दैन थे । भित्रै थियो बरु रमाइलो ।

विमानको भोजनले नेपालीको पेट के भरिन्थ्यो । भोकले के गरौँ कसो गरौँ हुन थाल्यो । विमानमा थप्ने व्यवस्था थियो थिएन सोध्न भुलेँ ! विमानस्थल भित्रका सस्तो भन्दा सस्तो चीज खोज्दा पनि महँगो लाग्ने । उही त हो यूरोको हिसाब एक भन्दा नेपाली सयको नोट झल्झल्ती आँखा अघि नाच्ने । जसो तसो रात काट्ने जोहो गर्न तर्फ लागेँ । सँगैका साथीले कफी खाए । मैले होस् भनेँ । एकछिन पछि उनी मसँग आफूले भेटेका भुटानी सरणार्थीहरुका बारेमा बताउन आइपुगे । ठूलै हुल पुनःस्थापना कार्यक्रम अन्तर्गत अमेरिका पस्न लागेका रहेछन् । उनीहरुलाई हेर्दै दंग परेँ । धन्न भाग्य, कस्तो कस्तो दिन सम्म देख्न पाइन्छ । घरबाट बेघर बनाइ लखेटिएकाहरुले सहजै अमेरिका पस्न पाउनु कम भाग्यको कुरा होइन ।
प्रतिक्षालयमा कुर्दै गर्दा एक जना रसियाबाट आएका नागरिकसँग चिना परिचय भयो । उनी नेपाल जाने क्रममा रहेछन् । नेपाल जाने भनेपछि मैले नेपालका बारेमा निकै कुराहरु गरेँ । आध्यात्मको खोजमा नेपाल र भारत भ्रमणका लागि निस्किएका रहेछन् । मैले पनि उनीसँग आध्यात्मका बारेमा आफूले जानेबुझेका कुराहरु गरेँ । आफूले बोकेको गितार उनलाई बजाउन दिएँ । उनले पनि बडो रुचिका साथ रमाइला धुनहरु बजाए । मैले पनि कनि कुथी आफूले सिकेको गन्स एण्ड रोजेजको नकिङ्ग अन हेभन्स डोर सुनाउँदा उनी मेरो तस्वीर लिन थाले । आफूसँग क्यामेरा थिएन कुनै पनि तस्विर लिन सकेन । मनको क्यामेराका तस्वीर भने अमmै ताजै छन् ।
जसो तसो प्रतीक्षा समाप्त भयो र यात्राको अर्को अनि अन्तिम भाग सुरु भयो । नेपालको विमानस्थल र आवुधावीको विमानस्थलको तुलना गर्नै सकिन्न । विमान उड्न ४५ मिनेट अघि टिकट जाँचका लागि आह्वान गरियो । एक दमै सहज र सरल जाँच पछि विमान सम्म पुग्ने सुरुङ्ग जस्तै बाटोबाट भित्रैभित्र विमान सम्म लगियो । फेरी उही भव्य विमान । यसपटक ओढ्नका लागि कम्बल थपिएको थियो । सुन्ने यन्त्र अलि महँगो खाले थियो । अरु विमान भित्रको व्यवस्था यथावत । अलि ठूलो विमान भने परेछ । एक जना बृद्धा नन छेवैमा परिन । उनी पनि सानो अध्ययनका लागि जाँदै रहिछन् । उनीसँग पनि केही भलाकुसारी भए । बाटामा अघिल्लो यात्राको जस्तै झिलिमिली सहरहरु देखिने क्रम जारी थियो ।
एकघण्टा जति सुतेँ क्या रे ! त्यो भन्दा बढि सकेन । अघिल्लो पटकको तालिका दोहो¥याएँ । भए भरका चलचित्र हेर्न, कहिले विमानको बाटो हेर्ने, कहिले नकसा ठूलो पारेर अफू पुगेको स्थान हेर्ने, आदिआदि । बीचबीचमा जाडोका कारण लघुशंकाको क्रम जारी थियो । दिर्घशंका पश्चातको पखाल्ने नभई पुछ्ने चलनले सानोमा जंगलमा आची गरेर ढुङ्गाले पुछि नचाही नचाही कट्टु लगाएको याद दिलायो ।
लगभग ७ घण्टाको उडान पश्चात अवतरणस्थल फ्रान्कफर्ट आइपुग्यो ।

अवतरण पश्चात सामान्य पुछताछ अनि आफ्ना पोका पन्तुरा समेटी फेरि यात्रुप्रत्रिक्षालयमा पुगियो । सँगैका साथी केही डराएका थिए । १० दिनको कार्यक्रमका लागि भनि आएका साथी विमानस्थालबाट समेत धेरैलाई फर्काएको छ भन्दै सकेसम्म विमानस्थलबाट उम्कने जोहो गर्न लागे । मैले पनि मलाई लिन आउने भनिएका व्यक्तिलाई सम्पर्क गरेँ तर उनलाई अझै १ घण्टा कुर्नु पर्ने भयो ।
१ घण्टा पछि आफै पनि कोसिस गर्ने मन लाग्यो । पोका पन्तुरा बोकी विमानस्थ देखि रेल विसाउनी सम्मको निःशुल्क सटल सेवामा बसेर रेल विसाउनी सम्म पुगेँ । बस ज्यादै नै आरामदायी र भिन्न पैकारको थियो । यात्रु चढ्ने र ओर्लिने ठाउँमा पुग्दा आफै होच्चिन्थ्यो । त्यसो हुँदा बसमा चढ्न अनि सामान हाल्न सजिलो हुन्थ्यो । बसका अघिल्तिरको सिसामा लेखिएको समयमा बस आफ्नो बाटो लाग्थ्यो । बस भित्रका यात्रुको संख्या मतलब हुँदैन थियो । त्यहाँ आफूले जानेको अँग्रेजीले पैसा साँटे र सँगैका साथीका लागि टिकेट किनीदिने जोहो गर्न थालेँ । त्यत्तिकैमा आफ्नो टिकटको याद आयो । हेर्दा छैन । एउटा पारदर्शी ब्यागमा मैले भेट्नु पर्ने भनिएको नाम र टेलिफोन नम्बर अनि आफ्नो विश्वविद्यालयको सम्पर्क व्यक्तिको सम्पर्क नम्बर र अन्य आवश्यक कागजात राखेको थिएँ । ब्यागै गायब । सायद बसमा भुलेछु । धेरै पोका पन्तुरा बोकी यात्रा गर्दाको बेफाइदा यही हो । अब के गर्ने ?
साथैका नेपालीलाई आफ्नो अवस्था भनेँ । उनी उनको पीरमा थिए । टिकट काटि दिएर जान भन्दै थिए । मेरो भुल भनेको एक त मैले सबै सम्पर्क सामग्री हराएँ अर्को म आएको ठाउँमा जहाँ मेरा लागि यात्रा सहज पारिदिनका लागि एक जना नेपाली दाजु आउने भन्ने कुरा थियो त्यहाँ सम्म फिर्ता जाने कसरी भन्ने थाहा भएन । जसो तसो ईश्वरलाई सम्झँदै पहिले पुगेकै ठाउँमा पुगेँ । खोज्दै गर्दा नेपाली अनुहार भेटेँ । उनै रहेछन् ।
सामान्य भलाकुसारी र आफ्नो चतु¥याइँ सुनाए । उनले आफू आउनमा ढिलाई हुनुको विवशता बुझए । जसोतसो टिकट नयाँ बनाएँ । पछि खोज्दा आफ्ना प्रमाणपत्रको फाइलमा टिकटको अर्को कपी पनि राखेको रहेछु । धत्तेरी, भन्नु भयो !
फ्रान्कफर्टको मूख्य रेल विसौनीमा पुग्दा कुनै भव्य कभर्डहल भित्र पसेझैँ लाग्यो । कभर्डहल खेलकुद मैदान जत्तिकै ठूलो थियो । सायद तीन चार फुटबल मैदान जोडेर बनाए जस्तै । आफूले जानु पर्ने ट्रेन कुर्नुपर्ने भएकोले फ्रान्कफर्टको सामान्य दर्शन गर्ने समय बन्यो । अग्ला भवन, चिल्ला सडक, चिल्ला गाडी, सुकिलामुकिला मान्छे, अनि अनुशासित जीवनयापन, यत्ति हो मैले देखेको । फ्रान्कफर्टमा पनि धेरै नेपालीहरु छन् र कतिपयको यहाँ पसलहरु पनि छ भनेको सुन्दा खुशी लाग्यो । भारतीय नागरिक पनि थुप्रै रहेछन् । एक भारतीय नागरिककै पसलमा गएर मोबाइलको सिम किनेँ । योरोपेली खाना पाउरोटीको एक परिकार, (साकाहारी भएकाले मेरा लागि कम विकल्पहरु थिए) र पानी खाएँ । धेरै टाढा जान सक्ने समय थिएन त्यसैले आफू चढ्नु पर्ने टे«नको रोकिने ठाउँ सम्म गएँ । त्यहीँ केही बेर कु¥यौँ ।
टे«न आयो । ३ घण्टा २० मिनेटको यात्रा पनि सम्पूर्ण यात्रा करीब करीब अन्त्यतिर आइपुग्ने निश्चित थियो । त्यसैले थकित अनि चकित मनका साथ त्यो यात्रा थालेँ । भारतीय रेलका तुलनामा धेरै अघाडि थियो सो रेल । द्वितीय श्रेणीको टिकट भएपनि भित्रको सेवा सुविधा अव्वल थियो । बस्ने, सामान राख्ने अनि शौचालयको एकदमै राम्रो व्यवस्था । दंग पर्नु बाहेक मसँग अरु विकल्प थिएन ।
सहयात्रुहरु आत्मीय नै थिए । आउने जाने क्रम जारी थियो । अब रेलले स्टुटगार्ट हुँदै फिलिङ्गेन सम्म पु¥याइसकेपछि त्यहाँ लिन आउने कोही भेटिने हुन वा होइनन् भन्ने भयो । पुगि सक्दा पनि आफू बस्ने कोठाको साँचो अनि कोठामा ओड्ने ओछ्याउनेको जोहो भए नभएको कुरा दाइले सोध्दा जवाफ मसँग थिएन । एक रातला ज्याकेटै लाएर पनि सुतौँला भनेको थिएँ ।
गन्तव्यमा पुग्दा मेरा लागि पहिले नै विश्वविद्यालयकी अधिकारी गाडी लिएर आइ सकेकी थिइन । उनले मलाई चिन्न त्यति समय लाइनन् । मैले बोकेका पोका पन्तुराले नै मेरो बेली विस्तार लाउँथ्यो । विश्वविद्यालयका बारेमा जानकारी लिँदै बाटो सकियो । मैले बोकेको गितार देखेर उनले मैले विश्वविद्यालयको समूहमा बजाउन सक्ने कुरा जाहेर गरिन् । म मनमनै दङ्ग परेँ । बाटाका छेउछाउमा प्राय हरियाली देखिन्थ्यो । नयाँ ठाउँमा पुग्दा खुशी थिएँ ।
मैले रोजेको घर सम्म ल्याइ पु¥याइन् । घर हाम्रै पहाडे शैलीको भुइँतला, बीचको तला र माथिल्लो तल्ला भएको थियो । त्यस माथि पनि सामान राख्ने ठाउँ थियो क्यारे याद गरेनँ । घरबेटी बाआमा आत्मीय नै देखिए । बोकेको गितार देखि केही त्रसित देखिन्थे । मैले जर्मनमा ‘म जोरले बजाउने छैन’ भनेँ । दुबै मैले बोलेको जर्मन देखि दंग परेर हाँसे । हाम्रा लागि गोराले बोलेको अंग्रेजी जस्तै फरक उच्चारणमा जर्मन बोलेछु क्यारे । कोठाको बारेमा सारा जानकारी दिएर मलाई स्वीकार भए नभएको सोधियो । झण्डै चौबीस घण्टाको यात्रा पछिको विश्राम लिने मौकालाई म त्यसै गुमाउन चाहन्नथेँ । मेरा आवश्यकता थोरै भएकाले मलाई सबै चित्त बुझ्यो भनि सुनाएँ । सामान किन्ने ठाउँ पनि घरबेटी आमैले खुशी खुशी देखाइदिइन् ।
तागत मरेको थियो । कोठामा सुत्नका लागि सबै कुरा तयार थिए । कार्पेट, सोफा, ओढ्ने–ओच्छ्याउने, ऐना, दुई दराज, दुई टेबल र एक कुर्सी चाहिने जति र चाहिने भन्दा बढि नै सामान पाउँदा म दंग थिएँ । भएन भनेर छ सातवटा भएभरका तौलिया समेत राखिएको थियो ।
नुहाउन सँधै अल्छी मान्ने मान्छे, सफा अनि तातो चिसो मनलागेको पानी आउने फोहोराको व्यवस्थाका बारेमा थाहा पाएपछि दंग हुँदै नुहाएँ । सँगै बस्ने अर्का साथी पनि पुगे । सामान्य चिना परिचय लाएँ । अनि उनले म भन्दा अगाडीका वहालवालाले छाडेको वास्मती चामल र अन्य सामग्री देखाउन थाले । मैले प्रयोग गर्न सक्ने अरु सामग्री पनि देखाए । मैले जसोतसो भात र तरकारी बनाएँ । पेट भरुन्जेल खाएँ । अनि यात्राको थकान मेट्नका लागि आरामदाइ पलङ्गमा पस्रिएँ । निद्रा लाग्नु अघि यात्राका सबै दृष्यहरु मनमा आइ रहे । अनि भोलिको दिन कस्तो हुने हो भन्ने अनिश्चिन्तताले पनि ठाउँ छोडेन । सबै भन्दा यहाँ सम्मको यात्रा सफलतापूर्वक सम्पन्न भएको खुशीले मुहारको हाँसो बनाइ रह्यो ।
स्वप्न नगरी सम्मको यात्रा –भाग १
Raman Sehr gut erleben.
ReplyDeletevielen Danke
Delete