Posts

कान्छा महारानीः अनुवाद सगुना शाह

Image
कान्छा महारानीबाट आश र त्रास दुबै थियो । आश इतिहासको एक महत्वपूर्ण अध्याय महिलाबाटै रचित, महिलाबाटै अनुवादित र महिलाकै दृष्टिबिन्दुबाट व्यक्त गरिएको प्रति थियो भने त्रास केहि गरि मन परेन भने के गर्ने भन्ने थियो । शिवा शाहको द अदर क्वीन को नेपाली अनुवाद कान्छा महारानी पढिसकेपछि मिश्रित अनुभव भयो । इतिहासका कतिपय नजानिएका पाटाहरु यो किताबमा भेटियो । इतिहास बारे थप जान्ने तलतल किताबले दियो । यसैमा उल्लेख कुराहरुको बारेमा थप खोज्ने क्रममा पर्सिभल ल्यानडनको नेपाल किताब सम्म हात प¥यो । (यो महत्वपूर्ण किताब छ पाएसम्म एक प्रति संग्रह नै गर्न अनुरोध छ ।) त्यस्तै नेपाल हुँदा धुमधुमती खोजेको डोरबहादुर विष्टको भाग्यवाद र विकास किताब पनि अन्तिममा आफ्नै ल्यापटपमा भेटियो । त्यसैले पनि यो कितबको पठन उपलब्द्धिमुलक नै रह्यो । कान्छा महारानी उपन्यासले साम्राज्यलक्ष्मीको दृष्टिविन्दुबाट सुगौली सन्धी पछि र जंगबहादुरको उदय पूर्वको कथा बोकेको छ । यस अघिका इतिहासका पुस्तकहरुमा खासै महत्व नदिइएका घटनाहरुलाई पनि विस्तारमा उल्लेख गरेर त्यसको एक काल्पिनिक चित्र पाठकका मनमा छोड्न पुस्तक सफल भएको छ । जस्तो जंगबहादु...

आगोका फुलहरु हुन्, आगोका फुलहरु हैनन्: ईश्वर बल्लभ

Image
 २०२९ को मदनपुरस्कार पाएको कृति भनेर पढेको । नाम पनि रोचक लागेको थियो । पढ्न निकै समय लाग्यो । के पढियो खासै मेसो पाइएन । दिमाग बुच्चो हुॅदै गएको पो हो कि ! खै केहि थाहा भएन । *** थपथाप: मैले साँच्चिकै नबुझेरै यहाँ त्यस्तो भनेको हो । रवि रोदन र दिलिप ज्ञवालीजीले दिएको सूचनाले गज्जबको सहयोग गऱ्यो । लिंक पोष्ट गर्ने राईजीलाई पनि धन्यवाद। "मेरी आमाले आत्महत्या गरेको देश" कविताको पृष्ठभूमी बल्लभकी आमाले खुकुरीले गला काटेको घटना हो भन्ने जान्दा कविताप्रति एकदमै फरक दृष्टिकोण बन्दो रहेछ । पति जेल पर्दा जुद्धशम्सेरसँग गुहार गरेर छुटाएकी पत्नीमाथि सौता हाल्दा विवादको चरम त्यहाँसम्म पुगेको रहेछ ।  तर एउटा प्रश्न फेरि उठ्यो: कविता बुझाउन अर्को निवन्ध लेख्नपरे सो कवितालाई राम्रो भन्न मिल्ला ?  कविता आफैमा पूर्ण हुनुपर्ने हैन र ? आमा प्रतिको अन्याय खुलाई दिएको भए कविता महिला हिंसा विरुद्धको कविता बन्थ्यो होला । २६ कथाको संग्रहमा १ त बुझियो । बाँकि २५ बुझ्न अझै कतिवटा निबन्ध पढ्ने होला ?  "पागल" कविता पनि सन्दर्भ सहित पढ्दा मजा आउँछ तर सन्दर्भ रहित पढ्दा पनि मजा नै आउँछ । बल्लभ ...

चुली: सरुभक्त

Image
 यो किताब मैले किन पढ्न चाहें मलाई अहिले सम्झना छैन । नेपाल पुग्दा किन्न मन लागेका किताबको सूचीमा यो पनि थियो ।  "दुर्भाग्यवश हामीकहां हिमालहरु छन् तर हिमालसम्बन्धी, हिमाल आरोहणसम्बन्धी साहित्य त्यति छैनन् । सायद म यहि आश्चर्यजनक अभाव परिपुर्तिको चाहनीले धेरै प्रेरित भएको छु ।" - सरुभक्त   ७० पानाको यो किताबमा सगरमाथा आरोहणको कथा छ । कथा कम्जोर छ । तर सगरमाथा आरोहण सम्बन्धी जानकारी पढ्दा लाग्छ लेखक एक पटक सगरमाथा आरोहण गरेरै लघु उपन्यास लेखेका हुन् । पढ्दा बारम्बार हेमिङवेको लघु उपन्यास The Old Man and The Sea सम्झना आइ रह्यो । खासमा त्यसमा पनि माछामार्ने सम्बन्धी धेरै प्राविधिक कुरा पनि छन् । हेमिङवे आफै पनि माछा मार्न निस्किइ रहन्थे । तर त्यसमा कथा पनि थियो । कथामा घोलेर बांकि कुरा आएको थियो । चुलीमा परिवेशमा जबरजस्ती कथा घुसाइएको भान हुन्छ ।  "ऊ आफैलाई आफैंबाट सम्हाल्छ, अनि चिसो जुनेली आलोकमा हिमाली वातावरण हेर्छ । उत्तर तर्फ तिब्बती पठार र दक्षिणतर्फ ल्होत्से, मकालु, नुप्से, कञ्चनजंघा, आदिका मनमोहक छटा । चोमोलोङ्मा अर्थात पृथ्वीको देवी आमा भनिने प्रकृतिको पवित्र ...

प्रश्नहरूको कारखानाः सरिता तिवारी

Image
 खोक्रिइरहेको गरिबको पेट भरिइरहेको साहुको ढिकुटी चुलिइरहेको रिनको सगरमाथा त्यसैको पहिरोले च्यापिएर बिस्तारै मरिरहेको निर्धो मानिस र उसको मुखबाट निस्किरहेको लाचार फिँज मेरो गाउँका अघोषित शान्तिका अरु दृष्टान्त थिए  ‘प्रश्नहरुको कारखाना’ नाम नै मन परेको थियो । पढ्न मन लागेका किताबहरुको सूचिमा लामै समय देखि थियो । यसपटक ‘कारखाना’ धनीसँगै भएको भेटमा किताब पनि हात परेपछि यो नपढि नहुने भयो ।  सरिता तिवारीलाई कवि भन्दा पनि बढि स्तम्भकारको रुपमा चिनेको थिएँ । सामाजिक सञ्जालको उनको उपस्थितिले पनि उनीप्रतिको एक धारणा बनेको थियो । यसपाली जुरेको भेटमा उनको व्यक्तित्वको थप पाटाको बारेमा पनि जानकारी भयो । एउटा हातमा राहदानी र अर्को हातमा प्रवेशाज्ञा लिएर उडिरहेको छु आकाशमार्गमा र सोच्दै छु के थियो मेरो जीवनको खोज ? के थियो मेरो विचार ? के थिएँ म ? अब एउटै सत्य भेटाएको छु विचारहरुको भीडमा सबभन्दा निर्मम विचार हो पेट प्रिय सुप्रिमो ! प्रिय कमरेड, के सोचिरहेका छौ तिमी के सकियो युद्धको मौसम ? म त अझै लडिरहेको छु जीवनको कठोर सुरुङ युद्धमा अझै त मैले बिसाइसकेको छैन हतियार म कविताको उस्तो गम्...

खोलाको गीत: उपेन्द्र सुब्बा

Image
उपेन्द्र सुब्बा खासमा कबड्डी कबड्डीको खिर ख्वाउने झांक्री, लाटो पहाडको लेखक हुंदै खोलाको गीतका कविको रुपमा मैले चिनेको हो ।उनको विश्वास, साँल्दीज्यु ! एक ट्वाक चढाऊँ कि ..., भेडेटारको पिकनिक, किस्नेले विहे गरेछ, आदि कविता वाचन सुनेदेखि खोलाकोगीत पढ्ने तलतल लागेको हो ।  यसपालीको नेपाल घुमाइमा यो किताब पनि नकिनी नहुने सूचीमा पर्Þयो । एक त कविता भएकोले र अर्को उपेन्द्र सुब्बाको कविता भएको ले । पढेका किताबमा विधागत र श्रष्टागत विविधता ल्याउने प्रयासको कारण पनि यो पढियो ।   युट्युबमा भएका बाहेक पनि राम्रा कविता संग्रहमा छन् । एकबसाइमा पढि भ्याइने (मैले ३ हप्ता लाएं) यो कविता संग्रह पढ्ने नै सुझाब दिन्छु । कारण यसमा कविता मात्रै छैन फरक संस्कृतिको कुरापनि छ । मुन्धुमका कथाहरु पनि व्याख्याको रुपमा समावेश छ । त्यो पढ्दै गर्दा सुब्बाको पहिचान प्रेम मज्जाले बुझिन्छ । खासमा मेची(काली यात्रामा यो किताब धरानमा किनेर भेडेटार उक्लेर मनोजजीलाई यसका कविता पढ्न लाउने मन थियो । त्यसो हुन धेरै कारणले सकेन ।  “के किन्यो होला यो ? खाली पैसाको खैंकार !“ बुबाले खोलाको गित हातमा लिएर भन्नु भएको थ...

कुमारी प्रश्नहरु पढ्दाका अनुभुतिहरु

Image
  सुत्न अघि अलिकति पढौं भनेको नीद हराम भयो । लेखिका पनि बोल्दा हाॅस्ने अनि हाॅस्दा गालामा खोपिल्टा पर्ने भएर त्यसै मन परेकी थिइन् । लेखनी झन् कडा ! त्यो कनिकुथी कथा बनाए भन्दा पनि कथा भएरै लेखे जस्तो । कथाको मोडहरु पनि अप्रत्याशित । यस्तो होसा भन्यो फ्याट्टै अर्को भइदिने ! मोबाइलमा कथासंग्रह पढेर सिध्याउनु निकै सकसपूर्ण रह्यो । अरु भन्दा पनि एकाग्रता भंग गर्ने थुप्रै कुरा मोबाइलमा हुने हुनाले त्यसो भयो । जे होस् आज पढेर भ्याइयो । त्यसैले किताबका हकमा केहि खेस्रा लेखिहाल्न मन लाग्यो । नेपाली भाषामा किशोर साहित्यका किताव उति छैनन् । हुन त यो कथासंग्रहले पनि निश्चित उमेर समूहका लागि भनेर तोकेको छैन । तर यसको कथाहरु पढ्दा किशोर साहित्य अन्तर्गत राखिनु पर्ने जस्तो लाग्यो ।  किशोर साहित्य मैले सोचेको वर्गिकरण हो । नत्र संग्रहलाई सामाजिक कथा संग्रह भनिएको छ । कथाका थप कुरा खुलाउॅदा पढ्दाको कौतुहलता नरहला भनेर लेख्न मन लागेन । एउटा विवाह पूर्व सक्रिय यौन जीवन बांचेकी किशोरीले सुहागरातमा कुमारित्वको प्रमाण स्वरुप रगत कसरी र किन पेश गर्छे भन्ने विषय बोकेको "रगत" कथा सामाजिक कथाको साथसा...

अम्बेडकरको Annihilation of Caste

Image
  Annihilation of Caste डा. भिमराव अम्वेडकरले जातपात तोडक मण्डलको कार्यक्रमका लागि तयार पारेको तर प्रस्तुत गर्न नपाएको भाषण हो । अम्वेडकर भारतको संविधान लेख्ने व्यक्ति हुन् र दलित आन्दोलनका एक चिनिएका नाम हुन् । बुकाहोलिक्स समूहमा प्रकाशित समीक्षाले यो किताव पढ्ने ईक्षा जगाएको हो ।  यो किताबले गान्धीप्रतिको धारणा परिवर्तन गर्छ । जातीप्रथा बुझ्न अझै मद्दत गर्छ । प्राय धेरैले मनुस्मृतिलाई जातभातको विभेद सुरुगर्ने ग्रन्थको रुपमा हेर्छन् । तर गौतम धर्मशुत्रको खासै चर्चा हुंदैन । यो त्यो ग्रन्थ हो जसमा दलितले वेद सुन्दा इस्पात पगालेर कानमा हाल्नु भन्ने लिखित कानुन बनाएको छ । त्यस्तै गौहत्यालाई दलित हत्या भन्दा ठूलो अपराध पनि यसै किताबले कायम गरेको छ । जात अनुसार अपराधको दण्डको व्यवस्था पनि यसैमा छ । यो पुस्तकमा गौतम धर्मशुत्र देखि अन्य हिन्दु ग्रन्थहरु र तिनले जातीय विभेद कायम गर्न खेलेको भूमिकाको चर्चा छ ।  दलितहरुलाई हरेक किसिमले शोषण गरिएको र त्यसको अन्तको लागि गरिएका प्रयासहरु पनि गान्धी जस्ता व्यक्तित्वका कारण असफल बनाइएको प्रसंगले हामीले जानेको इतिहासलाई प्रश्न गर्न कर ल...