अम्बेडकरको Annihilation of Caste

 



Annihilation of Caste डा. भिमराव अम्वेडकरले जातपात तोडक मण्डलको कार्यक्रमका लागि तयार पारेको तर प्रस्तुत गर्न नपाएको भाषण हो । अम्वेडकर भारतको संविधान लेख्ने व्यक्ति हुन् र दलित आन्दोलनका एक चिनिएका नाम हुन् । बुकाहोलिक्स समूहमा प्रकाशित समीक्षाले यो किताव पढ्ने ईक्षा जगाएको हो । 


यो किताबले गान्धीप्रतिको धारणा परिवर्तन गर्छ । जातीप्रथा बुझ्न अझै मद्दत गर्छ । प्राय धेरैले मनुस्मृतिलाई जातभातको विभेद सुरुगर्ने ग्रन्थको रुपमा हेर्छन् । तर गौतम धर्मशुत्रको खासै चर्चा हुंदैन । यो त्यो ग्रन्थ हो जसमा दलितले वेद सुन्दा इस्पात पगालेर कानमा हाल्नु भन्ने लिखित कानुन बनाएको छ । त्यस्तै गौहत्यालाई दलित हत्या भन्दा ठूलो अपराध पनि यसै किताबले कायम गरेको छ । जात अनुसार अपराधको दण्डको व्यवस्था पनि यसैमा छ । यो पुस्तकमा गौतम धर्मशुत्र देखि अन्य हिन्दु ग्रन्थहरु र तिनले जातीय विभेद कायम गर्न खेलेको भूमिकाको चर्चा छ । 


दलितहरुलाई हरेक किसिमले शोषण गरिएको र त्यसको अन्तको लागि गरिएका प्रयासहरु पनि गान्धी जस्ता व्यक्तित्वका कारण असफल बनाइएको प्रसंगले हामीले जानेको इतिहासलाई प्रश्न गर्न कर लगाउॅछ ।


अम्वेडकरले अन्तर्जातीय विवाहलाई जातीय विभेद अन्त्यको प्रभावकारी माध्यम मानेका छन् । बाहुन होस् या राजपुत विज्ञानले कसैलाई पनि शुद्ध जात मानेको छैन सबैमा मिसावट छ । त्यस्तै जातीप्रथा श्रमको विभाजन (Division of Labour) मात्रै नभएर श्रमिकको विभाजन (Division of Labourers) पनि हो । श्रमको रोजाई वा शर्मको क्षमता भन्दा पनि कुन परिवारमा जन्म्यो भन्ने कुराले उसको पेशा निर्धारण गव्ने हुनाले यो कुनै पनि नजरबाट सहि छैन । अनि यो विभाजन केहि गरि पनि फेर्न सकिन्न । लोहार परिवारको बच्चाले वेद पढ्ने रहर राख्ने सक्दैन (अपवादमा नजाऔं) उसले आरनमै काम गर्नुपर्छ । त्यसैले पनि जातीप्रथा विलकुलै गलत हो । यी र यस्ता झेरै कुराहरु निकै गहकिला तर्कका साथमा किताबमा प्रस्तुत छ । 


यसको अर्को रोचक कुरा भनेको पुस्तकको सुरुवातमा भएको अरुणधती रोयले लेखेको The Doctor and the Saint भन्ने परिचयात्मक भाग पनि हो । त्यसमा गान्धीको अफ्रिका हुंदा देखिको कुरा देखि दलितमाथि हुने हिंसाका तथ्यांक र उनीहरुलाई पुराइएको संरचनात्मक वेफाइदाका कुराहरु पनि अटेका छन् । त्यस्तै फोर्ब्स पत्रिका देखि भारतको न्यायालय र रेलवेको मलसफा गर्नो काममा जातीय प्रतिनीधित्वको कुरा रोयले विश्लेषण गरेकी छिन् । ती कुराहरुले जो कोहिलाई सोच्न बाध्य बनाउंछ । 


The Doctor (अम्वेडकर) and the Saint(महात्मा गान्धी) ले  रोयको लेखनीको परिचय पनि दिन्छ । एकदमै महत्वपूर्ण अंश छ । रोयको भाग मात्रै पनि छुट्टै किताब बन्ने हैसियत राख्छ । 


नेपालमा जाती प्रथा अन्तको लागि कसैले हरेक जातको जिएनए जांचेर त्यसको मिसावट जांच गरिदिनु पर्छ जस्तो लाग्छ । नत्र यो जातको खोक्रो आडम्बर अझै लामो समयसम्म रहिरहनेछ ।

यो एक छुटाउनै नहुने किताब हो । दलित गैह्रदलित सबैले यो पढ्नु जरुरी छ । पठन सुखद रहोस् ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी